Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नोकरशाहीतन्त्रबारे मार्क्सको बुझाइ र माओले देखेका बीस लक्षणहरु

नेपाल रिडर्स नेपाल रिडर्स
मंसिर ८, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कार्ल मार्क्स  र फ्रेडरिक एङ्गेल्सले वैज्ञानिक समाजवादमा मनुष्य, समाज, प्रकृतिबारे अत्यन्त व्यापक अध्ययन गरेका छन्। ती अध्ययनहरुलाई तत्कालिन समय र सन्दर्भमा सत्य, तथ्य, तर्कमा आधारित एवं प्रमाणित गरेका छन्। तर मार्क्सहरुबाट तत्कालिन समयको प्रशासनिक तथा व्यवस्थापनसम्बन्धी सिलसिलेवार अध्ययन र मत–व्यक्त गरिएका समर्पित साहित्य पाइदैनन्।

    मार्क्सहरुले व्यवस्थापन सम्बन्धी चिन्तनको आधार दिएका छन्। मार्क्सको राज्य संयन्त्र अर्थात् नोकरशाहीतन्त्र तर्फ दृष्टिमात्र पुगेको छ, जुन राज्य र राज्य प्रशासन सम्बन्धबारे चिन्तन गर्ने कारणले मात्र पुगेको जस्तो देखिन्छ। यस कुरालाई मार्क्सको  पुस्तक ‘ Critique of Hegel’s Philosophy of Right ‘ मा गरिएका केही निष्कर्षबाट बुझ्न सकिन्छ।

    नोकरशाहीतन्त्रसँग सम्बन्धी विचार गरिरहँदा मार्क्स हेगेलको विचारबाट धेरै प्रभावित थिए, तर मार्क्सको विकसित चिन्तनधाराका कारण नोकरशाहीबारे भिन्न निष्कर्ष हुन गयो।

    मार्क्सको निष्कर्ष नोकरशाहले निजी सम्पत्तिलाई राज्यमाथि गरे जसरी नियन्त्रण गर्छ। नोकरशाहीतन्त्र एक फनफनी घुम्ने रोटेपिङ्गको चक्र जस्तै हुन्छ, जसमा चढेपछि त्यहीं वरिपरी घुमाउँछ। समाजको मूल्यमा विकसित भएको नोकरशाहीतन्त्रले आफ्नो निजी हितहरुलाई सुरक्षित र बढावा दिन निरन्तर प्रयत्न गरिरहन्छ। ज्ञानलाई कव्जा गरेर वा त्यसलाई रहस्यमा राखेर उसले समाजका अन्य क्षेत्रलाई फनफनी घुमाउँछ। नोकरशाहीका वास्तविक क्रियाकलापहरु गोपनीयताका नाममा र रहस्यबाट घेरिएका हुन्छन्।

    कार्ल मार्क्सले प्रशासनयन्त्रमा गोपनियता र सेन्सर हुनुपर्ने विचार कहिल्यै पनि राखेनन्। उनी यस्तो कार्यले प्रशासनयन्त्र राजनीतिका विशिष्ट वर्गको प्रभुत्वलाई संरक्षण तथा सुदृढ गर्ने यन्त्र बन्छ। र, उनी नोकरशाहहरुले आफ्ना कार्य प्रकृतिको परजीवी स्वरुप तथा शोषणको स्वभाव बुझ्न नसक्दा तिनीहरु समाजबाट वेलगाव वा अलगावमा पुग्छन् भन्ने सोच्थे।

    कार्ल मार्क्सका अनुसार विकसित नोकरशाही तन्त्रको संगठनको एक अपरिहार्य लक्षण नै अयोग्यता बन्न पुग्छ। यस्तो यन्त्रमा पहलकदमी लिने क्षमता र अग्रसरता ज्यादै कमी हुन्छ र कल्पनाशीलता भन्ने त हुँदैन भने पनि हुन्छ। यसले आफूँलाई केन्द्रमा राख्दै आफ्नो विकासका कुनै पनि मौका चुकाउँदैन र हरदम अवसर तयार गर्ने प्रयत्न गरिरहन्छ।

    कार्ल मार्क्सको यी विचारहरु आज पनि प्रासङ्गिक छन्। नेपालको नोकरशाहतन्त्रको सामुन्ने पुगेका अध्येताहरु नेपाली नोकरशाहीतन्त्रबारे मार्क्सका माथिका केही निष्कर्षमा सहमत हुनसक्छन्।

    स्तालिन आफैं नोकरशाहीतन्त्रका चालक र अगुवा नै भए। लेनिनका यसबारे अध्ययन साहित्य रुसी भाषामा छ्न् कि? भएपनि अन्य भाषिका लागि देखिएका छैनन्। माओत्स्तुङ्गले नोकरशाहीतन्त्रलाई घनिभूत सामना गर्नु परेको रहेछ। यसैकारण उनले नोकरशाहीतन्त्रका २० लक्षणहरुलाई चरित्रार्थ गर्न एक टिप्पणी नै प्रस्तुत गरेका छन्। सोही २० लक्षणहरुलाई तल प्रस्तुत गरिएको छ।

    १. सबैभन्दा उपल्लो तहमा ज्ञानको मात्रा अति न्यून हुन्छ; तिनीहरु जतनाको अभिमतलाई बुझ्न सक्दैनन्; तिनीहरु अनुसन्धान र अध्ययन गर्दैनन्; तिनीहरु विशेष नीतिहरु बुझ्न सक्दैनन्; तिनीहरु राजनीतिक र सैद्धान्तिक कार्यहरु गर्दैनन्; तिनीहरु वास्तविकताबाट, जनताबाट र पार्टी नेतृत्वबाट अलग्गिएका हुन्छन्; तिनीहरु हरदम आदेश जारी गरिरहन्छन् र प्रायश ती आदेशहरु गलत हुन्छन, निश्चय नै तिनीहरु देश र जनताहरुलाई गलत मार्गमा डोर्‍याइरहेका हुन्छन्; कम्तिमा पनि तिनीहरुले पार्टी लाइन र नीतिहरुको निरन्तर पालनामा अवरोध खडा गर्छन्; र तिनीहरुले जनताको सामना गर्न सक्दैनन्।

    २. तिनीहरु दम्भी, मदमस्त हुन्छन् र राजनीतिबारे निरुदेस्य छलफल गरिरहन्छन्। तिनीहरु आफ्ना कामहरुलाई बुझ्नै सक्दैनन्। तिनीहरु मनोगत र एकलकाँटे हुन्छन्।  तिनीहरु लापर्वाह हुन्छन्; तिनीहरु जनताका कुरा सुन्दैनन्; तिनीहरु थेत्तरा र स्वेच्छाचारी हुन्छन्। तिनीहरु आदेश थोपर्छन्। तिनीहरुको वास्तवितासँग कुनै साइनो हुँदैन। तिनीहरु विषय नै नबुझी नियन्त्रण कायम राख्छन्। यो तानाशाही नोकरशाहीतन्त्र हो।

    ३.तिनीहरु रातोदिन व्यस्त रहन्छन् र बर्षैभरि मेहेनत गरिरहेका हुन्छन्। तिनीहरु मानिसहरुबारे जाँचबुझ गर्दैनन् र विषयवस्तु माथि अनुसन्धान गर्दैनन्; तिनीहरु नीतिहरुको अध्ययन गर्दैनन्; उनिहरु जनतामाथि भर गर्दैनन्; तिनीहरु आफ्ना बक्तव्यहरु तयार गर्दैनन्; तिनीहरु आफ्ना कामहरुको योजना बनाउदैनन्। यो दिग्भ्रमित नोकरशाहीतन्त्र हो। अर्को शब्दमा दाईंमा नारिएका गोरु झैं दिनहुँ एकैखालका काम गरिरहन्छन्।

    ४.तिनीहरुमा नोकरशाही मनोवृत्ति अथाह हुन्छ; तिनीहरु कुनै दिशा पक्रन सक्दैनन्; तिनीहरु अहङ्कारी हुन्छन्; तिनीहरु मार्ग प्रशस्त गर्न आफ्नो झ्याली बजाइ रहन्छन्; तिनीहरु आफूलाई जनताले अदवका साथ व्यवहार गरुन् भन्ने अवस्था बनाउछन्; तिनीहरु निरन्तर विभिन्न प्रकारका दुर्व्यवहार गरिरहन्छन्, तिनीहरुको काम गर्ने तरिका कच्चा हुन्छ; तिनीहरु जनतालाई सम्मानपूर्वक व्यवहार गर्दैनन्। यो सामन्ती नोकरशाहीतन्त्र हो।

    ५.तिनीहरु अज्ञानी हुन्छन्; तिनीहरु अरुबाट सिक्न लाज मान्छन्; तिनीहरु कुरा बढाई चढाई गर्छन् र झुठ बोल्छन्; तिनीहरु नक्कली हुन्छन्; तिनीहरु आफ्ना गल्तिहरु जनतामाथि थोपर्छन् र जस जति आफैले लिन्छन्; तिनीहरु केन्द्रीय सरकारलाई ठग्छन्; तिनीहरु आफु माथिकाहरुलाई झुक्याउछन् र आफु तलकाहरुलाई मूर्ख बनाउछन्; तिनीहरु कमजोरीहरु लुकाउछन् र गल्तिहरु माथि चुना पोतेर राम्रो देखाउन खोज्छन्। यो बेइमान नोकरशाहीतन्त्र हो।

    ६. तिनीहरु राजनीति बुझ्दैनन; तिनीहरु आफ्नो काम गर्दैनन्; तिनीहरु आफ्नो काम अरुमा पन्छाउछन्; तिनीहरु आफ्नो जिम्मेवारी पूरा गर्दैनन्; तिनीहरु मोलतोल गर्छन्; तिनीहरु कामलाई पन्छाउछन्; तिनीहरु असम्वेदनशील हुन्छन्; तिनीहरु आफ्नो चनाखोपन गुमाउछन्। यो गैह्र जिम्मेवार नोकरशाहीतन्त्र हो।

    ७. तिनीहरु काम कुरामा लापर्वाह हुन्छन्; तिनीहरुको जनताबारे कुनै सरोकार हुँदैन्; तिनीहरु जहिले पनि गल्ति गर्छन्; उनिहरु आफुभन्दा माथिकाहरु समक्ष आफुलाई नम्र भएर प्रस्तुत हुन्छन्। आफुभन्दा तलकाहरु समक्ष अभद्र भएर प्रस्तुत हुन्छन्; तिनीहरु हर हिसाबमा होसियार हुन्छन्; तिनीहरु दुईजिब्रे र माछा झैं चिप्ला हुन्छन्। यो अधिकृतका रुपमा काम गर्ने कर्मर्चारीहरुको नोकरशाहीतन्त्र हो।

    ८. तिनीहरु मुलुकको राजनीति बुझ्न चाहदैनन्। तिनीहरु आफ्नो काममा अघि बढ्दैनन्; तिनीहरुको बोल्ने तरिका स्वादहिन हुन्छ; तिनीहरुको नेतृवले कुनै दिशा पक्रदैन; तिनीहरु तलब थापीरहदा पनि आफ्नो कामको बेवास्ता गरिरहेका हुन्छन्; तिनीहरु देखाउनका खातिर अनेक बहाना बनाउछन्। यो कपटी र सिपविहीन नोकरशाहीतन्त्र हो।

    ९. तिनीहरु बुद्धि नखियाउने हुन्छन्; तिनीहरु अल्मलिएका हुन्छन्; तिनीहरुको आफ्नै दिमाग लगाउँदैनन्; तिनीहरु विस्तारै असक्रिय हुँदै जान्छन् र इन्द्रीय सुखभोगी हुन्छन्; तिनीहरु दिनानुदिन ‘खानेबाटो’ खोजी रहन्छन्; तिनीहरु परिश्रमी हुँदै हुदैनन्, तिनीहरु स्थिर हुँदैनन् र तिनीहरु बुझ्न चाहदैनन्। यो बुद्धिहिन र उपयोगहिन नोकरशाहीतन्त्र हो।

    १०. तिनीहरु दस्तावेजहरु अरुले नै पढोस् भन्ने चाहन्छन्; अरुले पढ्छन् र तिनीहरु सुत्छन्; तिनीहरु कुनै विषय नहेरी आलोचना गर्छन्; तिनीहरु कमजोरीको आलोचना गर्छन् र दोष जनता माथि थोपर्छन्; तिनीहरुको कमजोरीसँग कुनै लेनादेना हुँदैन; तिनीहरु कुनै विषयमा छलफल गर्दैनन्; तिनीहरु विषयलाई पन्छाउछन् र वेवास्ता गर्छन्; तिनीहरु आफु माथिकाहरुको जी हजुरी गर्छन्; तिनीहरु आफु मुनिकाहरुलाई बुझेको अभिनय गर्छन्, जबकी तिनीहरु बुझ्दैनन्; र तिनीहरु आफ्ना समकक्षीहरुसँग विमति राख्छन्। यो आलसी नोकरशाहीतन्त्र हो।

    ११. सरकारी अधिकृतहरु ठुला माथि ठुला बन्दै जान्छन्; सबै कुरा गन्जागोल बन्दै जान्छ ; यहाँ आवश्यकताभन्दा ज्यादा मानिसहरु हुन्छन्; तिनीहरु गोल चक्कर लगाई रहन्छन्; तिनीहरु एकअर्कालाई काम पञ्छाउँछन्;  थप जिम्मेवारी र अतिरिक्त समयमा काम गर्न चाहदैनन्; तिनीहरु आफ्ना विशेष कर्तब्यहरु पूरा गर्दैनन्। यो सरकारी कार्यालयको नोकरशाहीतन्त्र हो।

    १२. दस्तावेजहरु असंख्य हुन्छन्; त्यहाँ लालफिताशाही ब्याप्त हुन्छ; आदेशहरुको थुप्रो लाग्दै जान्छन्; धेरैजसो प्रतिवेदनहरु पढिएका हुँदैनन् जसको आलोचना हुँदैन; धेरै तालिका र समयसारिणी तयार गरिन्छन् तर प्रयोगमा ल्याइदैनन्; थुप्रै बैठकहरु बसिन्छन् तर कुनै  काम अघि बढ्दैन; र त्यहाँ एकैखालका कामहरु भइसकेका हुन्छन् तर एकअर्काबाट केही सिकिदैन। यो लालफिताशाही र औपचारिकतावादी नोकरशाहीतन्त्र हो।

    १३. तिनीहरु मोजमस्ती चाहन्छन् र मिहिनेत गर्न डराउछन्; तिनीहरु पर्दा पछाडिका गतिविधिमा संलग्न हुन्छन्; एक ब्यक्ति अधिकृत बन्दछ र सिङ्गो परिवारले फाइदा लिन्छ; एक ब्यक्तिले मोक्ष प्राप्त गर्छ र उसका सारा नजिकका साथिसङ्गीहरु स्वर्ग पुग्छन्; पार्टीभोजहरु हुन्छन् र उपहारहरु दिइन्छ।यो गजवको नोकरशाहीतन्त्र हो।

    १४. ऊ जति ठूलो अधिकृत बन्छ उसको मिजाज उति नै खराब बन्दै जान्छ; उसको जीविकाका आवश्यकताहरु विशाल बन्दै जान्छन्; उसको घर र फर्निचरहरु थप आरामदायी बन्दै जान्छन्; र उसको विभिन्न वस्तुहरु माथिको पहुँच बढेको बढ्यै हुन्छ। उपल्लो तहकाहरुले ठूलो हिस्सा पाउँछन्। यदि तल्लो तहकाहरुले धेरै हिस्सा पाइहाले तिनीहरुले फजुलखर्च गर्छन्। यस्ताहरुले आफूँभन्दा माथिल्लो, तल्लो, र समकक्षीहरुमा समेत हातापाइ गर्न थाल्छन्। यो अधिकृत भएको सान झार्ने नोकरशाहीतन्त्र हो ।

    १५. उनिहरु आफ्नै गुणगानमा लिप्त हुन्छन्; तिनीहरु सार्वजनिक साधनबाट ब्यक्तिगत चाहनाहरु पूरा गर्छन्; त्यहाँ धोकाधडी र सट्टेबाजी हुन्छ; तिनीहरु जति धेरै रिस्वत लिन थाल्छन् उति नै तिनीहरुको चाहना बढ्दै जान्छ; र तिनीहरु कहिल्यै पछाडि हट्दैनन् र आत्मसमर्पण गर्दैनन् । यो आफ्नै गुणगानमा लिप्त हुनेहरुको नोकरशाहीतन्त्र हो ।

    १६. तिनीहरु शक्ति र पैसाको लागि एक आपसमा लड्छन्; तिनीहरु पार्टीभित्र आफ्नो खुट्टा अड्याउछन्; तिनीहरु नाम र दाम चाहन्छन्; तिनीहरु पद प्राप्त गर्न चाहन्छन् र यदि पाएनन् भने सन्तुष्ट हुदैनन्; तिनीहरु मोटाउन रहर गर्छन् र दुब्लाउन चाहन्छन; तिनीहरु आफ्नो तलबमा खुबै ध्यान दिन्छन्; तिनीहरु आफ्ना कमरेडहरु सामु हुँदा खुसामद गर्छन् तर जनताहरुबारे वास्ता गर्दैनन्। यो त्यस्तो नोकरशाहीतन्त्र हो जो शक्ति र पैसाको लागि लडिरहन्छ।

    १७. बहुल नेतृत्व एकरुपमा संगठित हुँदैन; तिनीहरु आफ्ना हात चारैतिर फैलाउछन् र तिनीहरुको काम गन्जागोल हुन्छ; तिनीहरु एक अर्कालाई पछारेर अघि बढ्न कोसिस गरिरहन्छन्; सबैभन्दा माथिल्लो तह सबैभन्दा तल्लो तहबाट विच्छेदित हुन्छ र त्यहाँ केन्द्रीयता हुँदैन, न त त्यहाँ लोकतन्त्र हुन्छ। यो असंगठित नोकरशाहीतन्त्र हो।

    १८. त्यहाँ संगठन हुँदैन; तिनीहरु आफ्ना साथीभाइलाई नियुक्ति दिन्छन्; तिनीहरु गुटगत गतिविधिमा लाग्छन्; तिनीहरु सामन्ती सम्बन्धहरु कायम राख्छन्; तिनीहरु आफ्ना निजी स्वार्थहरु पूरा गर्न गुट बनाउछन्; तिनीहरु एकअर्काको रक्षा गर्दछन्, ब्यक्ति सबैभन्दा माथि रहन्छ; यी निम्न अधिकारीहरु जनतालाई नोक्सान पुर्‍याउँछन्। यो गुटगत नोकरशाहीतन्त्र हो।

    १९. तिनीहरुको क्रान्तिकारी इच्छाशक्ति कमजोर हुन्छ; तिनीहरुको राजनीति क्षयिकरण भएर त्यसले आफ्नो चरित्र बदलिन्छ; तिनीहरु आफु अति क्षमतावान भएको अभिनय गर्छन्; तिनीहरु अधिकृत भएको रवाफ झार्छन्; उनिहरु शारिरिक कसरतमात्र होइन दिमागी कसरत पनि गर्दैनन्। तिनीहरु काम लतरपतर गरि सिध्याउछन्; तिनीहरु आफ्ना निजी स्वार्थहरुबारे चिन्तित रहन्छन; तर तिनीहरु जस्तोसुकै राष्ट्रिय स्वार्थ भए पनि चिन्तित हुँदैनन्। यो क्षयीकरण हुँदै गरेको नोकरशाहीतन्त्र हो।

    २०. तिनीहरु गलत नियतहरु र कार्यप्रक्रियालाई प्रोत्साहित गर्छन्; तिनीहरु गुप्त रुपमा खराब मानिसहरुसँग मिलेर षड्यन्त्र रच्छन्; तिनीहरु खलनायकीमा उत्रिन्छन् र कानुन उल्लंघन गर्छन्; तिनीहरु सट्टेबाजीमा लिप्त हुन्छन्; तिनीहरु समाज र राष्ट्रका लागि खतरा हुन्; तिनीहरु लोकतन्त्रलाई दवाउछन्; तिनीहरु लड्छन् र बदला लिन्छन्, तिनीहरु नियम कानुनहरु तोड्छन्; तिनीहरु खराबहरुको रक्षा गर्छन्; तिनीहरु मित्रु र शत्रु छुट्याउदैनन्। यो गलत नियतहरु र प्रतिक्रियावादी नोकरशाहीतन्त्र हो ।

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.