Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चिलीको बिल्लीबाठ : हाम्रा लागि ठूलो पाठ !

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक १५, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    धेरै मुलुकमा सरकारको आफ्ना नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने कुरो महत्वपूर्ण हुन्छ जसमा आम्दानीको व्यावहारिक वितरण र गरिबी घटाउने रणनीति मुख्य रूपले राखेको देखिन्छ ।

    सन् १९७० तिरको चिलीलाई चिहाउँदा यो मुलुक कुनै अन्य ल्याटिन अमेरिकन मुलुकभन्दा कमजोर देखिँदैन, यसमा ४६ प्रतिशत जीएनपी जुन ४५ प्रतिशत सामाजिक कार्यमा खर्च गरेको देखिन्छ। सैनिक शासकले बितेका दशकमा सार्वजनिक क्षेत्रलाई बदल्न भूमिका निर्वाह गरे, त्यो परिवर्तन भनेको उनीहरूको मुख्य उद्देश्य ‘सार्वजनिक सेवाहरूको मुख्य गरेर निजीकरण गर्नु सरकारको मुख्य केन्द्रीकृत नीति’ बन्यो । यस अवधिमा धेरै सामाजिक नीतिहरूको अभ्यास र प्रयोग गरिए । यहाँ सामाजिक नीतिहरू भित्र शिक्षा, स्वास्थ्य, पोषण, आवास, सामाजिक सुरक्षा आदि राखिएस तर श्रम, बजार र सङ्गठन, तलब र काम गर्ने वातावरण आदि बाहिर राखिए ।

    चिली दक्षिण अमेरिकाको एक स्थिर र समृद्ध राष्ट्र हो । यस मुलुकको अर्थतन्त्र २० प्रतिशत कपर बिक्रीबाट धानेको छ । यो मुलुक चिली, विश्वको नक्सामा जोसुकैलाई असामान्य लाग्छ, किनकि ‘रिबन’ जस्तो आकारको विश्वमा अन्य मुलुक छैन । यसको लम्बाइ ३ सय किलोमिटर र औसत चौडाइ ।सय ७५ किलोमिटर छ अनि यो विविध वातावरण बोकेको मुलुक हो । मुद्रा स् चिलियन पेसो, क्षेत्र स् ७ लाख ५६ हजार ९६ वर्गकिलोमिटर, मुख्य भाषा स्पेनिस हो ।चिलीको दक्षिणी–केन्द्रमा बसोबास गर्ने मापुचे जातिको शब्दबाट ‘चिली’ भन्ने नाम रहन गएको बुझिन्छ जसको अर्थ ‘प्रिथ्वीको सीमितता’ वा ‘चिसो’ भनेर लेखेका छन् ।१६ प्रशासनिक भागमा बाँडिएको यो मुलुक स्पेनबाट १८ सेप्टेम्बर, १८१० मा स्वतन्त्र भएको थियो ।चिलीमा बसोबास गर्ने बहुजातीय समाज हो, जसमा युरोपियन र भारतीय वंशका मानिसहरू बस्छन् ।

    निर्वाचित सरकारहरूको श्रृंखला चलिरहेको चिलीमा तीन वर्षदेखि चलिरहेको माक्र्सवादी साल्भाडोर एलेन्देको सरकारलाई सैनिक कुमार्फत सन् १९७३ मा अगस्टो पीनासेट आए, जसले प्रजातान्त्रिक पद्धतिबाट राष्ट्रपति नआउन्जेल ११ मार्च, १९९० सम्म शासन गरे । त्यसपछि निर्वाचित हुँदै गयो, अहिले सन् १९९० पछिका सातौँ राष्ट्रपति मिगुयेल जुएन सवास्तेन पिनेरा ११ मार्च, २०१८ देखि सन् ११ मार्च २०२२ सम्मका लागि चुनिएर आएका छन् तर यस मुलुकमा सैनिक कुपछि सुरु गरिएको नवउदारवादी सिद्धान्त फेलुयर भएर जनमानस अशान्तियुक्त संघर्षमा आइपुगेको आजभोलि देखिँदै छ १
    यहाँ, चिलीको सन् १९७३ देखि हालसम्मको राजनीतिक–आर्थिक पाटोका साथै सामाजिक पाटो केलाउने प्रयत्न गरेको छु जुन हाम्रो जस्तो मिश्रित अर्थतन्त्र र उदारवाद अनि उनै विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व व्यापार सङ्गठनको आर्थिक रूपरेखा, संरचनात्मक ढाँचा, नीति र उद्देश्यमा हिँड्नेलाई यो ठूलो पाठ हो।

    अहिलेका केही समाचार

    सयौँ चिलियन नागरिकलाई सडकमा कुटियो र गोली हानियो, डाक्टर भन्छन्— घाइतेहरूको उपचारका लागि औषधि छैन । एक वकिल भन्दैछन्, हाम्रो मुलुकमा केही भाँचियो, विभाजनको गहिरो घाउ बनाइयो । यो छलफल राष्ट्रिय रूपले हुनुपर्छ ।पिनेरो बोल्दैछन्, यी हाम्रा मुस्किलका दिनहरू हुन्, हामी दुस्ख र आशाको बीच बाँचिरहेका छौं । चिली बदलियो, यस समयका नयाँ चुनौतीहरूको हामीले सामना गर्नुपर्छ । तर, आर्थिक असमानतालाई लिएर हिंस्रक अशान्तिको एक हप्ता बढी भइसक्यो। बाहिर सयौँ प्रदर्शनकारीले पिनेराको राजीनामा पनि मागिरहेका छन्। यही अनुहारभन्दा राजनीतिमा परिवर्तन गर्न जरुरी भन्दै शासकीय पद्धतितिर समाजवादी पार्टीका अध्यक्षले औँल्याएका छन् । यहाँ १९ भन्दा बढी मानिसको मृत्यु भैसकेको छ। मुख्य हाम्रो मुलुकजस्तै बढ्दो आर्थिक असमानता, बढ्दो सामाजिक विभाजन, सार्वजनिक सेवाको व्यापारीकरण, वित्तीयकरण, बेरोजगारी, उद्योग धन्दाको नाजुक अवस्था, भ्रष्टाचार र कमिसन, बिचौलिया वर्गको शासकीय पद्धतिमा चलखेल, ग्रास रुट तहमा सामाजिक रूपान्तरणलाई भड्काउने परिपाटी, राजनीतिक पार्टीहरू फेलुयर, अपमानित राजनीतिक नेतृत्व, अविश्वास युक्त शासन, नव उदारवादमा हाम्रो जस्तै महाराजर महारानी वर्गको उदय र शासकीय स्वार्थले यो सबै निम्त्यायो, यो अध्ययनबाट प्रस्ट देखिन्छ । अर्को यस ल्याटिन अमेरिकी मुलुकमा यी ४० वर्षभन्दा बढीको नवउदारवादी अर्थ राजनीतिक–अर्थ व्यवस्थाको अभ्यास र प्रयोगले यो अहिलेको आन्दोलनमा नेतृत्वको अभाव (नेतृत्व दिने क्षमता र सामथ्र्य नष्ट भइसकेको) र विरोध आन्दोलनको स्पष्ट मागको सूची नभएकाले प्रस्ट चिलीको अलोकप्रिय, अपमानित राजनीतिक दलहरूको कमजोरी देखिन्छ। अर्थात् जनमानसको नेतृत्व लिन, नेतृत्वमा हुनुपर्ने सामाजिक मूल्य र मान्यता मर्‍यो । उभिन नै नसक्ने भयो ।

    रचनात्मक विनाश

    सन् १९७० को दशकमा आएको राजनीतिक–आर्थिक नवउदारवादको दृष्टिकोण र अभ्यास आजभन्दा ४६ वर्षअगाडि ११ सेप्टेम्बर, १९७३ मा पहिलो ठूलो नवउदारवादको प्रयोगात्मक अभ्यास चिलीमा गरियो । जसलाई ‘सानो सेप्टेम्बर एघार’ भनिन्छ।

    यो सानो सेप्टेम्बर एघार चिलीमा पिनोचेटको सैनिक कु थियो, जसलाई दरिलो तवरले अमेरिकी राज्य सेक्रेटरी हेनरी किसिन्जर र सीआइएको सहयोगमा थियो। यो सैनिक कु अमेरिकाले गराएको थियो । यो सैनिक कुमा प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित, लेफ्टिस समाजवादी प्रजातान्त्रिक सरकारका साल्बाडोर अलांडे हटाइएको थियो । मुख्य गरी यसले सबै सामाजिक आन्दोलन र राजनीतिक सङ्गठनहरूलाई हिंसात्मक रूपमा दमन गरियो । लोकप्रिय सङ्गठनका सबै रूप ध्वस्त (जस्तै सामुदायिक स्वास्थ्य केन्द्रहरू) गरियो । यो नेपालमा जस्तै पुराना राजनीतिक, आर्थिक र सामाजिकदेखि ऐतिहासिक धरोहर संरचना भत्काउने र नयाँ अग्रगामी छलाङका कागज प्वाँखे भुत्ला हालियो । अब, चिलीमा नयाँ धारणा हालियोस्, निजीकरणलाई मुख्य राष्ट्रिय प्राथमिकीकरण नीति र उद्देश्यमा राखियो, वित्तीयकरण अनि सङ्कट सृष्टि र सानो सानो सार्वजनिक सेवा र सुविधा प्रवाह गर्ने शिक्षा, स्वास्थ्य, पानी, वायु आदिको व्यापारीकरण गरियो ।ठ्याक्कै अहिलेको नेपालजस्तै यो चिलीमा ४६ वर्षअघि गरियो । अर्थात् हामी सुरुवाती अवस्थामै छौं । जुन कुरो नेपालमा हेर्दा, उद्योगधन्दा बिक्री गरिसकेका छौं, मेडिकल शिक्षाको एमबीबीएस पढाई निजीकरण गरिसकेका छौं, साथै विद्यार्थीसँग धेरै रकम उठाएर व्यापार गरिरहेका छौं । त्योमाथि एमडी/एमएसको पढाइ र अनुसन्धान अनि सेवासुविधा दिन चासो छैन, किनकि त्यहाँ नाफा छैन। हामीले निजी विद्यालयहरूलाई प्राथमिकतामा राखेका छौँ भने निजी अस्पताल फस्टाउने वातावरण तयार गरिदिन सरकारी अस्पतालको अव्यस्थित अवस्थाको व्यवस्थापन गर्दैनौं । कमाउनबाहेक अर्को उद्देश्य राखेको देखिएन ।यस्ता धेरै उदाहरण यी २९ वर्षका छन् ।

    चिलीमा त्यस समयमा खुल्ला बजार, खुल्ला अर्थतन्त्र, अमेरिकी शान्ति र व्यक्तिगत स्वतन्त्रताको वकालत र आर्थिक नयाँ संरचना तयार गर्न एक अमेरिकी अर्थ शास्त्रीको समूह तयार गरियो, जसलाई सिकागोका केटाहरू भनिन्छ । यी केटाहरूलाई मिल्टन फ्रायडम्यानको नवउदारवाद सिद्धान्तबारे सिकागोमा तालिम दिइएको थियो । यिनीहरूले चिलीमा अहिलेको हाम्रो जस्तै खुल्ला बजारको बहावमा, सार्वजनिक सम्पत्तिको निजीकरण, प्राकृतिक स्रोतसाधनलाई खुला गरी निजीकरणतिर लगी त्यसको दोहन र शोषण, विदेशीहरूलाई सोझै लगानी गर्ने वातावरण र खुल्ला व्यापार क्षेत्रमा जोसुकै प्रवेश र इलाइट्स वर्गले जे पनि गर्न पाउने राजनीतिक–आर्थिक ढाँचामा र संरचना तयार गर्ने कार्य गरे।

    यहाँ देखिन्छ के भने, निर्यात–आयात असन्तुलन, निर्यात मुखी विकास जसले आयातलाई प्रतिस्पादन गरिदियो। चिलीको अर्थव्यवस्थाको पुनर्संरचना बिचौलिया, ठूला व्यापारी, विदेशी कम्पनी र राष्ट्रका इलिट्सहरूको हातमा लगियो । अहिले यहाँ हाम्रो जस्तै स्वास्थ्य क्षेत्र, मानव अधिकार, शिक्षा आदि खकार जाँचदेखि छोराछोरी पाउन बन्द गराउने सम्म सहयोग र मागेर भएका आफ्नाको रचनात्मक विनाश गरियो ।निजी क्षेत्र र उद्योगपति उधरका माल उधर गर्ने बिचौलियालाई हामीले भन्ने गरेको प्रस्ट देखिन्छ। धेरै यस्ता विषय आफ्नो आधारभूमि अनुकूल हामीले प्रस्ट परिभाषित गर्न सकेका छैनौं।

    यहाँ अहिले मनन गर्न लायक त्यो समयमा नव उदारवादलाई मल जल गर्ने कार्य गर्ने थ्याचर र रेगनको ब्रिटेन र अमेरिकामा शासन थियो। चिलीमा यो त्यहींको वास्तविकतामा र यथार्थतामा आधारित नभएर राजनीतिक–आर्थिक संरचनामा रचनात्मक क्रूर प्रयोग थियो ९भालडेज, १९९५० जुन अहिले आएर जनमानस कोही कसैको नियन्त्रण र नेतृत्व बेगर आन्दोलनमा देखियो । वास्तविक, नवउदारवादी आधारभूत धरातल सबै च्यातियो । त्यो समयमा नवउदारवादको ढाँचार संरचना अर्को साउथ अफ्रिकाले प्रयोग र्गयो, अहिले चीन हिँडिरहेको बाटो पनि त्यही हो । तर, त्यहाँ नियन्त्रण, नियमन र अनुशासनमा हिड्यो। नव उदारबाद र मिश्रित अर्थतन्त्र यसको वकालत गर्ने र अभ्यास गराउने हाम्रो जस्तो मुलुकमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व व्यापार सङ्गठन हुन् । सन् १९५० देखि नै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले गरिब मुलुकका आन्तरिक आर्थिक संरचनामा हात हाली नीति र उद्देश्यहरू लाद्ने गरेका छन् । त्यसको परिणाम हामी भोग्दै छौं । हाम्रो राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय आफ्ना आधारभूत धरातल खोज्न छोडेर सन् २०३० सम्ममा सबै मध्यम स्तरीय वर्गमा पुग्ने सपनाको खेती बाँडेर बसेको छ भने केन्द्रको अनुदानमा चल्ने, बितेका दुई वर्षसम्म आफूसँग भएका स्रोतसाधनको नक्सा बनाउन नसक्ने प्रदेशहरू त्यही आर्थिक–नीति र कार्यक्रम सारेर नेपालीलाई सपना बाँड्दैछन् भने उता तिनै कार्यक्रमबाट आउने कमिसन खान, महाराजर महारानी सान–सौकत देखाउन छोडेको देखिँदैन। आयोजनाहरूको विस्तृत अध्ययन र आयोजना चक्रका अवयव केलाउनु त रूख कि ढुकुर चरी भएको अध्ययन गर्दा देखिन्छ । यहाँ संविधान बदलेर मात्रै हुँदैन्, संस्थाहरूको ढाँचा, कार्यान्वयनका पद्धति, जन प्रतिनिधिको प्रवृत्ति, सोच र दृष्टि र चरित्र विकेन्द्रीकरणको अभ्यासले आधार भूत धरातलमै पुर्‍याउँछ। यो संघीयतामा अति महत्वपूर्ण हुन्छ ।

    यो सजग र सचेत हुने पाटो हामी हिँडिरहेको बाटो चिरफार गर्न चिलीले देखाइदिएको छ । घर–गृहस्थी गरिरहेकी महिलाले डुइङ बिजनेसको डाटा उक्लियो कि थेचारियो, सूचकाङ्क कहाँ पुगे हेर्दैनन् । विश्व बैंक, नेपाल राष्ट्र बैंक, तथ्याङ्क विभाग र अर्थ शास्त्रीका विश्लेषण हेर्न नपर्ने रहेछ । त्यो घर अगाडिकै किनारा पसलमा दाल, चामल अर्थात् दैनिक उपभोग्य वस्तुकै खरिदारीमा देखिन्छ । यही भोग्यो चिलियन जनताले, जहाँ खुला बजार, निजीकरण, मानिसको जीवन माथिको बनियाकरण ०४६ वर्ष भोग्यो। चिली मा आर्थिक असमानता, दलाल र बिचौलियाको बिगबिगीले जनमानस बटारिएर सडकमा आयो ।

    पार्टीहरूको मान्छे नेतृत्व दिने त्यहाँ गएर उभिने ल्याकत नै नभएको देखिन्छ । शासक र शासितबीचको विश्वास (अनौपचारिक संस्था) ढल्यो । नेपालको जस्तै दलाली करण र व्यापारीकरण गरेर खाएकाहरू उभिन सक्ने स्थिति रहेनछ ।भागा भागको स्थिति बनेको देखिन्छ। यो अहम् पाठबाट सिकौँ, पार्टीलाई अझै प्रजातान्त्रीकरण, पद्धतीय, क्षमता, सीप, ज्ञानतिर लैजाऊ। विदेशी दात्री राष्ट्रबाट दिने सहयोगलाई सोझै हामीसँग भएका केन्द्र, प्रदेश र स्थानीय सरकार मार्फत पारदर्शी बनाएर लैजाऊ कुनै गैरसरकारी संस्था मार्फत होइन। हाम्रो संघायतामा जिविसको यो दुई वर्षमा आवश्यकता देखिएन। हाम्रो राजनीतिक ढाँचा ठूलो भयो यो घटाऊ। आर्थिक अवस्था र सामाजिक रूपान्तरणले मागेको ढाँचा बनाऊ ।सानो चुस्त र दुरुस्त राखौँ यो हामीलाई राम्रो पाठ सिकाइरहेको अवस्था छ ।

    नियन्त्रण, नियमन, पारदर्शिता, इमानदारिता र आर्थिक अनुशासन पार्टीबाट सुरु हुने हो, प्रजातान्त्रिक पद्धतिमा सोझै सरकारसँग मात्रै सम्बन्धित हुँदैन। यो पार्टी र क्याडर सदस्यबाट सुरु गरौँ ।

    पढौँ चिलीका इस्तेवान रुइजको पत्र, आज चिल को स्थितिबारे धेरै नवउदारवादका पुस्तक लेख्ने आफ्नो साथी प्रोफेसर सिमोन स्प्रिगरलाई २९ अक्टोबर, २०१९ मा लेखेको पत्र –
    प्यारो सिमन… तिमी जान्दछौ, चिलीमा हामी गहिरो राजनीतिक सङ्कटमा फसेका छौं । नवउदारवाद हामीमाथि प्रयोगात्मक रूपमा लादेर त्यसको उत्पादनले हाम्रो बाँच्ने अवस्थामा क्रूर प्रहार गरियो ।हामी नवउदारवादका प्रयोगशाला भयौं ।

    एक हप्ताअगाडि चिली उठ्यो, अहिले हामी शासकीय पद्धति र सामाजिक–राजनीतिक ढाँचा बदल्न सडकमा छौं । हाम्रो झन्डा संविधान बदल्नलाई छ, जुन पिनोसेटको तानासाहीले लादेको क्रूर पुँजीवाद ( vनवउदारवाद)तिर लक्षित छ । आज, नयाँ संस्थागत संरचना कसरी तयार गर्ने, ठाडो र तेर्सो संस्थागत संरचनामा पद्धति र सम्बन्ध कसरी विकास गर्ने र सबैको आवाज प्रतिविम्बित हुने गरी यो राज्यको संरक्षण गर्ने प्रश्नहरू तेर्सिएका छन् । अराजकता जन्मिएको छ, आवाजहरू आएका छन्, शैक्षिक क्षेत्रका व्यक्तिहरू अन्योलमा छन्, सबै सङ्घर्षमा छन्। हामी चिलीमा तानाशाहीविरुद्धको ‘अनारसिजम’ खोजिरहेका छौँ । हामी स्वयम् सेवी, स्वव्यवस्थित, सहकारी, सहअस्तित्व र स्वशासित समुदाय र छिमेकीहरू भएको सामाजिक रूपान्तरण खोजिरहेका छौं‍‍…।

    यो पत्र प्रस्ट बोल्छ, मिल्टन फ्रायडम्यानको नवउदारवाद, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व व्यापार सङ्गठनहरूको ४० वर्ष माथिको चिलीमाथिको प्रयोगात्मक अभ्यास । जसमा हाम्रो अहिलेको जस्तै निजीकरण, वित्तीयकरण, स्वार्थ अनुकूल बनाउन सङ्कट सृष्टि र व्यवस्थापन गर्ने अनि एकीकृत पुँजी सङ्कलन र वर्गीय शासकीय शक्तिको सञ्चय गर्ने। यो शक्तिको सञ्चय गर्न हाम्रो जस्तो मुलुकमा युवराजर युवराज्ञी वर्ग (अमरेत्य सेन) सन् १९९० पछि जन्मिसकेको देखिन्छ । यो राजनीतिक–आर्थिक बहाव ४६ वर्षअघि चिलीमा भयो । हाम्रो बहाव मिश्रित अर्थतन्त्र तर पुरानै राणाकालीन संरचना माथि तत्कालीन अर्थमन्त्री प्रकाशचन्द्र लोहनी अनि औपचारिक रूप दिने तत्कालीन अर्थमन्त्री रामशरण महत र उही संरचना र ढाँचामा कार्यक्रम बनाएर चलाइरहेका ऐलेका अर्थमन्त्री युवराज खतिवडाको कार्यकालमा छौं । हामीले हाम्रो आधार भूमि कहिले सोच्ने ? हामीले यही राजनीतिक–आर्थिक बहाव झेलेको चिली पथबाट किन नसिक्ने ? त्यसैले चिलीको यो बिल्लीबाठ– हाम्रो राजनीतिक–आर्थिक बहावलाई ठूलो पाठ हो। काराेबार दैनिकमा विनाेद न्यौपाने लेखेका छन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.