Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना भाइरस महामारी: चार करोडभन्दा बढीको ज्यान लिएको स्पेनिश फ्लूबाट हामीले के सिक्यौँ?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ ३०, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    त्यो महामारीलाई ‘मदर अफ अल प्यान्डेमिक’ अर्थात् ‘सबै महामारीको आमा’ भन्ने गरिन्छ।सो महामारीमा सन् १९१८ देखि १९२० सम्म दुई वर्षमा चारदेखि पाँच करोड मानिसको ज्यान गएको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओ र यूएस सेन्ट्रर्स फर डिजिजेज् कन्ट्रोल सीडीसीको तथ्याङ्क छ।

    वैज्ञानिक र इतिहासकारहरू त्यसबेला विश्वको कुल जनसङ्ख्याको एक तिहाइको स्पेनिश फ्लूका कारण मृत्यु भएको बताउँछन्। त्यसबेला विश्वको जनसङ्ख्या १.८ अर्ब थियो।पहिलो विश्वयुद्ध सकिँदै गर्दा उक्त भाइरस फैलिएको थियो। तर महामारीमा विश्वयुद्धमा मारिएकाभन्दा धेरैको ज्यान गयो।

    विश्व कोभिड-१९ सँग जुझिरहेका बेला त्यो महामारी कस्तो थियो र त्यसबेला विश्व कस्तो अवस्थामा पुगेको थियो? महामारी समाप्त भएपछि विश्वमा के परिवर्तन भयो?यदि तपाईँले अहिलेसम्म स्पेनिस फ्लू महामारीबारे सुन्नु भएको छैन भने पनि कोरोनाभाइरस सङ्कटका कारण बीसौँ शताब्दीको सुरुवातको त्यो खतरनाक भाइरसबारे जान्न पक्कै उत्सुक हुनुहुन्छ।

    सन् १९१८, एउटा फरक विश्व
    सन् १९१८ मा चिकित्साशास्त्र र विज्ञानको विकास अहिलेको जस्तो थिएन । रोगको उपचार गर्ने मामिलामा सन् १९१८ मा चिकित्सा र विज्ञान आजको तुलनामा निकै सीमित थियो।चिकित्सकहरूलाई माइक्रोअर्गानिज्मका कारण स्पेनिश फ्लू भइरहेको छ र यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भन्ने थाहा भएको थियो।

    तर त्यसबेला उनीहरूले यो भाइरसको साटो ब्याक्टेरियाका कारण भइरहेको छ भन्ने ठानेका थिए।त्यसबेला उपचार पनि सीमित थियो। विश्वको पहिलो एन्टिबायोटिक नै सन् १९२८ मा पत्ता लागेको थियो।फ्लूविरुद्ध लगाइने खोप त झन् सन् १९४० मा मात्र सर्वसाधारणका लागि उपलब्ध भएको थियो।

    त्यसबेला सबैका लागि स्वास्थ्य सेवा सम्भव नै थिएन। धनी देशहरूमा पनि सार्वजनिक स्वच्छता एउटा विलासी सुविधा थियो।

    “औद्योगिक देशहरूमा अधिकांश चिकित्सकहरू कि आफैँ काम गर्थे वा च्यारिटी तथा धार्मिक संस्थाद्वारा रकम दिइन्थ्यो र अधिकांश नागरिकले उपचारको सुविधा पाउन असम्भव थियो,” एक पुस्तक ‘पेल राइडर: द स्पेनिस फ्लू अफ १९१८ एन्ड हाउ इट चेन्ज्ड द वर्ड’की लेखिका लोरा स्पिनी भन्छिन्।

    गरिब र युवा मारमा
    स्पेनिश फ्लूले पहिले कुनै पनि महामारीले नगरेको जस्तो हमला गरेको थियो।सन् १८८९ मा देखिएको अर्को महामारीमा पनि १० लाख मानिसहरूको ज्यान गएको थियो तर त्यो स्पेनिश फ्लूजस्तो ठूलो मात्रामा फैलिएको थिएन।

    स्पेनिश फ्लूबाट मारिनेमा अधिकांश २० देनि ४० वर्षका युवा थिए। महिलाभन्दा पुरुषमा बढी प्रभाव परेको थियो।त्यसको कारण यो रोग पश्चिमी मोर्चाको सैन्य शिविरबाट सुरु भएको थियो। पहिलो विश्वयुद्धका बेला त्यस सैन्य शिविरबाट फर्किएका सैनिकबाटै यो फ्लू अन्यत्र फैलिएको थियो।यो महामारीको मार गरिब देशहरूमा धेरै पर्‍यो।

    हार्वर्ड विश्वविद्यालयका अध्येता रोबर्ट बरोले सन् २०२० मा गरेको एक अध्ययनले अनुमान गरे अनुसार अमेरिकी जनसङ्ख्याको करिब ०.५ प्रतिशत हिस्साले उक्त रोगका कारण ज्यान गुमाएका थिए। त्यो भनेको करिब पाँच लाख ५० हजार हुन्छ।

    भारतमा स्पेनिश फ्लूबाट जनसङ्ख्याको ५.२ प्रतिशत प्रभावित भएका थिए। त्यो भनेको करिब एक करोड ७० लाख हुन्छ।त्यसको आर्थिक असर पनि निकै ठूलो थियो। बरो त्यस महामारीले संसारभर कुल ग्राहस्थ उत्पादनमा छ प्रतिशतको गिरावट आएको ठान्छन्।’प्यान्डेमिक-१९१८’ नामक पुस्तककी लेखिका क्याथरिन अर्नोल्ड भन्छिन्, “पहिलो विश्वयुद्ध र स्पेनिश फ्लूले एउटा त्रासदी पैदा भएको थियो।”

    स्पेनिश फ्लूबाट पीडित हुनेमा क्याथरिनकै हजुरबुवा र हजुराआमा पनि थिए।”कैयौँ देशहरूमा घरबार चलाउन जिम्मेवारी लिने, खेती गर्ने, वा व्यापार गर्ने युवाहरू जीवित थिएनन्। विवाह गरेर त्यसलाई पूर्ति गर्नका समेत मानिसहरू थिएनन्,” उनी भन्छिन्।योग्य पुरुष नभेट्दा लाखौँ महिलाहरू समस्यामा परेका थिए।

    स्पेनिश फ्लूले चौधौँ शताब्दीको प्लेगका कारण जमिनदारी प्रथा समाप्त भएजस्तो ठूलो सामाजिक परिवर्तन त ल्याउन सकेन तर यसले कतिपय देशमा लैङ्गिक सन्तुलन बिगारेको थियो।टेक्सस ए एन्ड एम विश्वविद्यालयकी अध्येता क्रिस्टीन ब्ल्याकबर्नले पहिलो विश्वयुद्ध र स्पेनिश फ्लूका कारण काम गर्ने मानिसहरूको कमी हुँदा महिलाहरू काम गर्न बाध्य भएको पत्ता लगाएकी छन्।

    उनी भन्छिन्, “सन् १९२० सम्म देशका सबै कर्मचारीहरूमा महिलाहरूको हिस्सा बढेर २१ प्रतिशत पुगेको थियो।त्यसै वर्ष अमेरिकी कङ्ग्रेसले संविधानको १९औँ संशोधन गरेर महिलाहरूलाई मतदानको अधिकार दिएको थियो।उनी भन्छिन्, “सन् १९१८ को फ्लूले कैयौँ देशहरूमा महिलाहरुको अधिकारमा प्रभाव र परिवर्तन गरेको प्रमाण भेटिन्छ।”

    कामदारको अभावका कारण मजदुरहरूको तलब पनि बढ्यो।अमेरिकाको सरकारी तथ्याङ्कअनुसार सन् १९१५ मा प्रतिघण्टा २१ सेन्ट रहेको मजदुरको तलब बढेर सन् १९२० मा ५६ सेन्ट भएको थियो।

    नवजातमा असर
    वैज्ञानिकहरूले स्पेनिश फ्लूका बेला जन्मिएका बच्चाहरूको पनि अनुसन्धान गरेका छन्।उनीहरूले महामारीका बेला जन्मिएका बच्चामा मुटुसम्बन्धी समस्या हुने सम्भावना बढी छ कि छैन भनेर पत्ता लगाउन अनुसन्धान गरेका थिए।

    यूके र ब्राजिलका विश्लेषकहरूले सन् १९१८ र १९ मा जन्मिएका बच्चाहरूमध्ये कमैले औपचारिक रूपमा कलेजको पढाइ पूरा गरे।केही सिद्धान्तका अनुसार महामारीका बेला आमाहरूमा देखिएको तनावको असर उनीहरूको गर्भाशयमा रहेका भ्रुणमा पर्‍यो।सन् १९१५ देखि १९२२ मा जन्मिएका र अमेरिकी सेनामा भर्ना भएकाहरूको तथ्याङ्क विश्लेषणबाट सन् १९१९ मा जन्मिएकाहरूको उचाइ एक मिलिमिटर कम पाइएको थियो।

    उपनिवेशवादको विरोध र अन्तर्राष्ट्रिय सहयोग
    सन् १९१८ सम्म भारत ब्रिटिश उपनिवेश बनेको करिब एक शताब्दी भइसकेको थियो।भारतमा त्यसै वर्ष मेमा स्पेनिश फ्लू देखियो। त्यसबाट ब्रिटिश नागरिकभन्दा भारतीयहरू धेरै प्रभावित भए।

    तथ्याङ्कहरूका अनुसार भारतमा कथित तल्लो जातिका मानिसहरुको मृत्युदर प्रतिहजारमा ६१.६ थियो। युरोपियनहरूको भने प्रतिहजार नौ जनाभन्दा पनि कम थियो।भारतीय राष्ट्रवादीहरूले यो महामारीका बेला ब्रिटिश शासकले राम्रो व्यवस्थापन नगरेको भन्दै त्यसैलाई मुद्दा बनाए।

    सन् १९१९ मा ‘योङ्ग इन्डिया’को एउटा अङ्कमा महात्मा गान्धीले ब्रिटिश अधिकारीहरूको कडा आलोचना गरे।विश्वयुद्धका कारण विश्वभरका देशहरू शत्रु भएका थिए तर यो महामारीले अन्तर्राष्ट्रिय सहयोगको महत्त्वलाई पनि दर्शाएको थियो।

    सन् १९२३ मा लिग अफ नेसन्स बन्यो। त्यसले स्वास्थ्यसम्बन्धी काम गर्ने निकाय पनि बनायो। विश्व स्वास्थ्य सङ्गठन भने सन् १९४८ मा मात्र खुलेको हो।

    जनस्वास्थ्यमा प्रगति
    सन् १९२० को दशकमा धेरै देशमा स्वास्थ्य प्रणाली बलियो बनाइएको थियो।महामारीले निम्त्याएको नोक्सानका कारण जनस्वास्थ्यमा सुधार गर्न मद्दत गर्‍यो।सन् १९२० मा रुसले पहिलोपटक केन्द्रीकृत जनस्वास्थ्य प्रणाली बनायो। अन्य देशहरू पनि त्यसै दिशामा अघि बढे।लोरा स्पिनी लेख्छिन्, “कैयौँ देशहरूले सन् १९२० मा कि त स्वास्थ्य मन्त्रालय बनाए वा त्यसमा आमूल परिवर्तन गरे।”उनी स्पेनिश फ्लूकै कारण यस्तो भएको बताउँछिन्।

    लकडाउन र सामाजिक दूरी
    सन् १९१८ मा सामाजिक दूरी महत्त्वपूर्ण बनेको थियो।यो दुईवटा सहरको चर्चित कथा हो। सेप्टेम्बर १९१८ मा अमेरिकी सहरमा युद्धका लागि पैसा जुटाउन ऋणपत्रको बिक्री गर्न लागिएको थियो।

    त्यसको प्रचारका लागि सैन्य परेडको आयोजना हुँदै थियो।स्पेनिश फ्लू सुरु भएपछि पनि फिलाडेल्फियाले उक्त परेडलाई जारी राख्यो तर सेन्ट लुइले कार्यक्रम रद्द गरिदियो।एक महिनापछि फिलाडेल्फियामा स्पेनिस फ्लूबाट १० हजार मानिस मरेका थिए भने सेन्ट लुइमा ७०० भन्दा पनि कम मानिसको मात्र ज्यान गयो।यति धेरै अन्तरले के देखाउँछ भने महामारी रोक्नका लागि लकडाउन र सामाजिक दूरी निकै प्रभावकारी छ।

    बिर्सिएको महामारी?
    स्पेनिश फ्लूले ठूलो शिक्षा दिए पनि त्यसलाई बिर्सिएको महामारी ठानिन्छ।कोरोनाभाइरसबाट अहिले धेरै नेताहरू सङ्क्रमित भएजस्तै त्यसबेला पनि अमेरिकी राष्ट्रपति र ब्रिटिश प्रधानमन्त्रीलाई पनि उक्त रोग लागेको थियो।

    ब्राजिलका राष्ट्रपति रोड्रिगेज अल्भेसको त स्पेनिश फ्लूकै कारण ज्यान गएको थियो।तर यो महामरी पहिलो विश्वयुद्धको छायामा पर्‍यो।युद्धका बेला कति सरकारहरूले समाचारमै प्रतिबन्ध लगाएका थिए। त्यसले गर्दा स्पेनिश फ्लूको धेरै जानकारी बाहिर आउन पनि पाएन।

    यसबारे यकिन तथ्याङ्क नभएकाले नै यो महामरी इतिहासका पुस्तक र चलचित्रमै सीमित भयो।सन् २०१८ मा स्पेनिश फ्लू आएको एक सय वर्ष भयो। तर अन्य महामारी त के केही वर्षअघि देखिएको एड्सको जस्तो पनि यसको चर्चा भएन। बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.