Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिड-१९ महामारी : संक्रमण रोकिन वर्षदिन लाग्ला- संयम होऔं

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र १०, २०७६
- यो हप्ता, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    डा. केदार बराल। कोरोना भाइरल डिजिज – १९ अर्थात् कोभिड-१९ को महामारीको चरित्र विल्कुलै भिन्न देखियो। मानिसको गतिशीलताले गर्दा यो संसारभर अति नै छोटो समयमा फैलियो। संसारमा धेरै पटक विश्वमहामारी फैलिएका छन्। तर तिनीहरु फैलन समय लागेका थिए। कारण यसबेला जस्तो त्यतिबेला मानिसको चलायमानता बढि थिएन।  यसैकारण यसले छोटो अविधिमै धेरै मान्छेलाई प्रभावित पार्न सक्यो । यसले कुनै उमेर, समुह, जात, वर्ग, धर्म वा क्षेत्र केही पनि छुट्याएको छैन। अहिलेको सन्दर्भमा भन्ने हो नेपालमा दुईटा चिज मात्रै छ– एउटा नेपाली अर्को कोरोना । अरु केही पनि छैन ।

    यसबाट बच्न हामीले अहिले गलत सन्देश दिइरहेका छौं सामाजिक दुरी बढाऊँ भनेर। यो सन्देश खतरनाक छ। हामीले सामाजिक दुरी होइन, निश्चित भौतिक दुरी कायम गरौं भन्ने हो। सामाजिक रुपमा छुट्टिनु पर्दैन, हुँदैन। सामाजिक दुरी कम गर्न थालियो भने व्यक्ति, परिवार र समाजमा दिग्दारी तथा तनाव बढ्छ। यसले अर्को समस्या निम्त्याउँछ।

    यतिवेला त हामी सामाजिक रुपमा अझ एकबद्ध भएर महामारीको सामना गर्नु जरुरी छ। हाम्रो बाच्ने आधार भनेकै समाज हो। समाजिक हुनु भनेको हामी बोल्छौं, एकअर्कालाई माया गर्छौं, सद्भाव, प्रेम, करुणा, सम्वेदशीलता जस्ता कुरा व्यक्त गछौं। अनि हाम्रो जुन छिमेकीपन छ त्यसलाई अझ सक्रिय गराउनु पर्छ।

    विपतका वेलामा छिमेकीपनले ठूलो काम गर्छ। कसैलाई सहयोग गर्नुपर्‍यो भने आफन्त पनि नजिक नहुनसक्छ, त्यो भनेकै छिमेकी हो। यसको ज्वलन्त उदाहरण नेपालमा विक्रम सम्बत् २०७२ सालको भुकम्पको वेला अस्पतालहरुले सबभन्दा राम्रो काम गर्न सके। कसरी राम्रो काम गरे भने छिमेकीले अस्पतालको मूलढोकासम्म घाइतेलाई ल्याइदिए अनिमात्र अस्पतालले बचाउन सके। छिमेकीले अस्पतालसम्म घाइते नल्याइदिएको भए अस्पताल त्यहाँ पुग्न सक्दैनथ्ये । यो छिमेकीपन विपत् वा महामारीसंग जुझ्नका लागि सबैभन्दा ठूलो शक्ति हो।

    आपतकालमा समाजिक प्रयत्न र सक्रियाता नै निर्णायक शक्ति हो। सरकारले त्यसलाई परिचालन गर्ने हो र स्वास्थ्यकर्मीहरुले प्राविधिक सेवा प्रदान गर्ने हो।

    महामारी स्वास्थ्य क्षेत्र विशेषको मात्र सवाल होइन, यो सामाजिक सवाल हो, यो युद्धको सवाल हो। कोरोना महामारीलाई संसारमा अहिलेसम्म भएका युद्धहरुमध्ये सबभन्दा ठूलो युद्धका रुपमा लिनुपर्छ। किनभने पूर्णरुपमा विभाजित विश्व समुदायका यति धेरै देश यति छोटो अवधिमा एउटै शत्रुसंग भिडिरहेका छन्। इतिहासमा यस्तो भएकै थिएन।

    एक सय वर्ष अगाडि सन् १९१८ मा ‘स्पेनिस फ्लु’ वा ‘इन्फ्लुयञ्जा’ भएको थियो तर त्यसवेला विश्वलाई यसरी गाँजेको थिएन। भारतमा करोडौंको संख्यामा यसले ज्यान लियो तर नेपालमा त्यसको प्रभाव आइपुगेको ठोस उदाहरण पाइदैन। अहिले त कोरोना महामारी यत्रतत्र सर्वत्र फैलिएको छ ।

    अर्को कुरा हामीकहाँ महामारी फैलिएको छैन भनेर ढुक्क हुने होइन, हामी त्यो तहसम्म चाँहि त्रसित हुनु पर्‍यो  जसले हामीलाई व्यापक तयारी गर्न लगाओस, जीउ छाड्ने हदको त्रसित हुने होइन। समाजमा अब हाम्रो केही नहुने भयो, हामी मर्ने भयौं भन्ने नै होइन। हामीले होस पुर्‍यायौं भने हामी यो महामारीलाई कम क्षतिमै परास्त गर्न सक्छौं।

    -डा. केदार बराल

    अहिले हामी कहिल्यै नहिडेको घना जंगलमा त्यो पनि औंसीको मध्यरातमा हिड्दैछौं भन्नेजस्तै स्थिति छ। हामीलाई अलिअलि मात्र थाहा छ, अनुभव छ। अहिलेसम्म जुनजुन देशले अनुभव प्राप्त गरेका छन् त्यो अनुभवलाई हेर्दै र छामछामछुमछुम गर्दै विस्तारो पाइला चाल्नु पर्नेछ। यसो गर्न एकअर्काबीच छलफल गर्नुपर्छ, अनुभवको साटासाट गर्नुपर्छ। यस्तो काम घरका छतबाट, आँगनमा निस्किएर, तीन चार पाइला परबाटै कुराकानी गर्न सकिन्छ। त्यसो गर्दा संक्रमण फैलिने समस्या हुँदैन। मुख्य कुरा अनुशासित हौं भन्ने हो।

    यस्तो वेलामा हाम्रो भावना म पनि बाँचौं र अरुलाई पनि बचाउँ भन्ने हुनुपर्छ। सबै सामान आफैं मात्र राखौं भनेर हुँदैन। म बाँचे पुग्छ भन्ने होइन। त्यो रोग मबाहेकलाई लाग्छ भन्ने धारणा राख्नु भएन। पहिला नै मलाई लाग्न सक्छ, त्यस्तो वेला मलाई समाजको, छिमेकी, आफन्त, स्वास्थ्यकर्मी सबैको सहयोग चाहिन्छ भन्ने सोच्नुपर्छ। यसले धनी, गरीव, भौगोलिक क्षेत्र कसैलाई पनि छोड्दैन।

    महामारीले पर्याप्त खाद्यान्न राखेको रहेछ यसलाई आक्रमण नगरौं भन्दैन। स्वार्थी भएर यसको समाधान हुँदैन। त्यसैले यो संकटबाट मुक्ति पाउन सामाजिक सम्बन्धलाई अझ बलियो बनाउनु पर्छ।

    तपाई विरामी हुनुभयो भने हेरचाह गर्ने, सहयोग गर्ने भनेकै तपाईका घरपरिवार र छिमेकी हुन्। त्यो भावनाको विकासबाटै कोरोना महामारी विरुद्ध लड्ने तयारीको शुरुवात हुन्छ। त्यसपछि राज्यले गर्ने, सामाजिक संघसस्थाले गर्ने, स्थानीय निकायले मद्दत गर्ने कुरा आउँछ । तर हामीले यो भावना नै समाप्त पार्‍यौ भने न त आफू बाच्न सक्छौं न त अरुलाई सहयोग गर्न सक्छौं ।

    महामारीबारे मेडिकल हस्तक्षेप सम्बन्धी प्राविधिक कुराहरु धेरै सार्वजनिक भइसकेको छ। सरकारले विभिन्न निर्णयहरु लिइरहेको छ। अब हामी सबैले त्यसलाई परिपालन गर्ने हो। एक अर्कालाई परिपालन गर्न उत्साहित गर्ने हो। यो परस्पर सहयोग गरेर बाच्ने बेला हो। इतिहासमा फेरि हाम्रो जीवनमा यस्तो भोग्नु नपर्ने हुनसक्छ। त्यस अर्थमा यो समाजलाई योगदान गर्ने जीवनकै सबभन्दा ठूलो मौका हुनसक्छ। यस्तो योगदान दिन कहिल्यै नपाइन सक्छ। लोभ गर्ने, कमाउने त अरुवेला जहिले पनि अवसर छँदै । मेरो विचारमा यस्तो वेलामा योगदान गर्न जो चुक्छ त्यो मानिस नैतिक रुपमा जीवनभर विरामी हुनपुग्छ वा उ अहिले नै विरामी भैसकेको छ।

    यसको अलावा जनस्वास्थ्यको दृष्टिकोणबाट महामारीको सम्बोधन भनेको रोग फैलिन नदिनु हो। यसका लागि धेरैभन्दा धेरै मात्रामा परिक्षण गर्नु पर्छ, संक्रमितहरुको पहिचान गर्न सक्नुपर्छ, संक्रमित भेटिएमा उसलाई अलग्ग राख्नु पर्छ, संक्रमित भएकासँग संर्सगमा परेकालाई क्वारेन्टिन गर्नुपर्छ र परिक्षण गर्नुपर्छ। संक्रमितको सम्पर्कमा आएका सबैलाई पहिचान गर्ने, निगरानी गर्ने, परिक्षण गर्ने र संक्रमित पाइएमा उपचार गर्ने कार्य गर्नुपर्छ। यसरी महामारीको चक्रलाई भत्काउन वा टुटाउन सक्नुपर्छ ।

    यसका लागि फेरि पनि हामी अनुशासित हुनुपर्छ। कुनै पनि स्वास्थ्य समस्या जस्तै रुघाखोकी लाग्यो भने त्यो कोरोना नहुन सक्छ। यो नेपालका लागि रुघाखोकीको मौसम पनि हो। तर अहिलेको खतरामा रुघाखोकीमा पनि अलि बढी सावधानी लिनु पर्छ। रुघाखोकी मात्रै लागेको हो भने पनि अलग्गै बस्नु राम्रो हुन्छ। स्वास्थ्य संस्थामा गएर भिडभाड गर्नु पनि उचित नहुनसक्छ। तर अलिबढी अफ्ठ्यारो भयो भने वा पहिलेका रुघाखोकीको लक्षण वा अनुभवभन्दा फरक महशुस भयो भने चाँहि तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।

    महामारीका वेलाको महत्वपूर्ण रणनीति भनेको यसको बेगलाई ढिलो गर्ने, सुस्त पार्ने वा पर धकेल्ने हो। यसले तीन वटा कार्यलाई मौका दिन्छ ।

    पहिलो यो अवस्थाले मानिसमा जिवाणु विरुद्धको प्रतिरोधी शक्ति क्रमशः विकास हुन पाउँछ। यसोभएमा संक्रमणको तीव्रतालाई ह्वात्तै घटाउँछ, नोक्सानी कम हुन्छ। यसका लागि विश्वले ‘लकडाउन’को रणनीति लिएको हो।

    दोस्रो त्यो समयमा अरुका अनुभवबाट सिक्न, थप अनुसन्धान गर्न समय मिल्छ। जसले उपचारको गुणस्तर बढाउँछ । यो अवधिमा औषधि र खोपहरु पत्तो लगाएर प्रयोगमा ल्याउन सकिन्छ।

    तेस्रो, हामी सामाजिक र स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन पनि समय पाउँछौं । संक्रमितको संख्या जति कम भयो त्यतिनै गुणस्तरीय सेवा दिन सम्भव हुन्छ।

    यो समय समाज र सरकारले दिएको सल्लाहलाई पुरै अनुशासित भएर पालना गर्नुपर्ने समय हो । दुई/चार हप्ता वा केही महिना हामी अनुशासित भएर बस्दा ठूलो क्षतिबाट समाजलाई जोगाउन सकिन्छ भने अनुशासित हुन गाह्रो मान्नु हुँदैन। यो मनोवल आफूभित्र विकास गर्नुपर्छ, एकअर्कालाई मनोवल विकास गर्न हौसला प्रदान गर्नुपर्छ। यसो गर्दा हाम्रा लागि, हाम्रो परिवारका लागि, हाम्रो समुदायका लागि, हामीलाई सहयोग गर्नेहरुका लागि, समाज र समग्र मानव जातिका लागि फाइदा हुन्छ। मानव सभ्यतालाई योगदान दिने यो जस्तो मौका जीवनमा फेरि पाइदैन । यो परम कर्तव्यको धारणा विकास गर्नुपर्छ।

    हामी राजनीति, पत्रकारिता, स्वास्थ्य, प्रशासन लगायत सबै पेशा, व्यवसायमा सम्लग्न भएकाहरुले सकारात्मक सोचलाई राख्नुपर्छ र बढावा दिनुपर्छ। यो हामी सबैको जिम्मेवारी हो।

    जहाँसम्म स्वास्थ्य संस्थाहरुको क्षमताको कुरा छ, यति छिटो अवधिमा यति व्यापक महामारीको सामना गर्न नेपाल मात्र होइन, विश्वभर कोही पनि तयार थिएन र यो अनपेक्षित थियो। र तयारीका लागि प्रशस्त स्रोतको आवश्यकता र परिचालन गर्नु पर्ने थियो।

    चीनका लागि आपत थियो बरा त्यो एक क्षण मौका पाएन। तर युरोप, अमेरिका लगायत ठूलठूला र सम्पन्न देशहरुले त पाएका थिए नि ?  तिनीहरुले पनि त गर्न सकेनन् । कारण दुनियका लागि यो नयाँ र बिलकुलै ज्ञान नभएको महामारी थियो । यसैले हाम्रो तयारी कम भयो भन्न मिल्दैन। हाम्रो त साधान स्रोत नै कम छ ।

    यस्तो अवस्थामा हामीसंग भएको सामाजिक र छिमेकीपनको भावना प्रयोग गरौं, जोखिम मोलेर उपचारमा खटिएका स्वयंसेवी तथा स्वास्थ्यकर्मीलाई आदर गरौं। हाम्रो आदरले अरुलाई सक्रिय हुन सहयोग पुग्छ, मनोवल उच्च राख्न मद्दत मिल्छ र महामारीसंग लड्न बल पुग् । यो सामन्य अवस्थामा भन्दा धेरै गुणा दरो मनोवल चाहिने वेला हो । हामी मनोसामाजिक रुपमा समेत बलियो हुनुपर्छ ।

    अहिले महामारी कति समयसम्म रहनसक्छ भन्ने आम छटपटी र जिज्ञासको विषय बनेको छ। यो कति चाँडो फैलिन्छ र हामीले यसको फैलने दरलाई कतिसम्म कम गर्न सक्छौं भन्ने कुरामा भरपर्छ। यसको अवधि तोक्न कठिन छ। हामीले विज्ञान र विगतको अनुभवलाई नियाल्दा सम्भवतः एकवर्ष जति विस्तारै फैलिने पनि हुनसक्छ। तसर्थ महामारीलाई नअत्तालिइकन सबै मिलेर राम्ररी व्यवस्थापन गर्न तर्फ लागौं। नत्र भने यसले मानवीय क्षतिमात्र होइन, सिङ्गो मानव सभ्यतालाई धेरै पछाडि धकेल्नेछ ।

    लेखक  सामुदायिक चिकित्साका प्राध्यापक डा बराल पाटन एकेडेमी अफ  हेल्थ साइन्समा संलग्न हुनुहुन्छ।

    साभारः परिसंवाद डटकमबाट विचार प्रस्तकर्तासँगको स्वीकृति सहित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.