आइतवार, साउन ५, २०७६
कोमल भट्टराई

कोमल भट्टराई

लेखक समसामयिक राजनीति, समाज र जन-स्वास्थ्य सम्बन्धमा कलम चलाउछन्।

महिला स्वास्थ्यको सन्दर्भमा गर्भपतन–अधिकार

-कोमल भट्टराई
गर्भपतनको अधिकारले गर्ने हित या फाइदालाई हेर्ने हो भने महिलाअधिकारवादी आन्दोलनकारीहरूले गम्भिर हुनुपर्ने वेला आएको छ । कतै हामीहरू लैङ्गिक समानता र कानूनी अधिकारको प्राप्ति सँगै कुनै व्यापारीको जालोमा त फस्न पुग्दैनौं ?यदि हामीले स्वास्थ्यसेवालाई ग्रामिण र गरीव जनताको माझमा पुर्‍याउन सकेनौ भने अन्तर्राष्ट्रिय औषधिनिर्माताका लागि उपभोक्ताको रूपमा उर्वर महिलाको पक्ति थपिदिएनौं ? यदि यस्तो होइन भने गर्भपतनको अधिकारलाई मातृमृत्यु घटाउने काममा लगाउन गाँउको स्वास्थ्यचौकीको परिसरमा समग्ररूपमा गर्भवती तथा प्रसूतिसेवा पुर्‍याउन हामीले अभियान थाल्नै पर्छ।