दशैं-तिहार किरात चाँडः राजकुमार राई

0
27

राजकुमार राई । नेपालमा सबै चिज हिन्दुकरण भयो । विशेष गरी पञ्चायती व्यवस्था लागू गरेपछि त्यसलाई जोगाउन राजतन्त्रले सबैखाले हतियार प्रयोग गरे ।

धर्म, भाषा, संस्कृति राजतन्त्र जोगाउने एउटा हतियार बन्यो र त्यसलाई हिन्दूको मात्रै बनाएर प्रचार गरियो । तर मलाई लाग्छ दसैं तिहार भनेको किरात चाड हो ।

हिन्दू धर्म र दर्शनको उत्पति थलो भनेको सिन्धु र गंगाको बिचको मैदानी फाँट हो । त्यसलाई आर्यवर्त भनिन्छ । त्यहीँ आर्य सभ्यताको विकास भयो । त्यहीँ हिन्दू दर्शनको विकास भयो ।

तर त्यहाँ दसैं मान्दैनन् । तिहार पनि मान्दैनन् । जहाँ हिन्दू धर्मको उद्भव र विकास भयो त्यहाँ दुर्गा पूजा भनेर कुभिण्डो काटेर पूजा गर्छन् ।अनि दुुर्गा पूजा भनेको पनि के हो भने वास्तवमा महादेवको श्रीमती पार्वतीको पूजा हो ।

हिन्दूहरुको संस्कृतिमा पहिला महिलाहरुलाई त्यसरी पुजा गर्ने वा महिलालाई मान्ने देखिदैन । त्यसको पछिल्लो उदाहरण के देख्न सकिन्छ भने हिन्दूहरुमा सति प्रथा थियो । सति प्रथा भनेको लोग्ने मर्दाखेरि श्रीमती सँगै चितामा जलेर जाने साह्र्रै अमानवीय प्रथा हो । त्यो त पछिसम्म थियो । अहिले पनि इन्डियामा यदाकदा हुने गर्छ । तर स्वइच्छाले भन्छन् तर काहीकाही छ । त्यसकारणले हिन्दू दर्शन र मूल्य मान्यताचाहिँ महिलालाई सम्मान गर्ने होइन ।

उनीहरुले दुर्गा भनेर पुज्ने कुनै कारण नै छैन । दुर्गा भनेर पार्वतीलाई नै पुजेको हो । पार्वती भनेको महादेवको श्रीमती । महादेव भनेको किरातेश्वर महादेव हो । यो कुरा त रामायण, महाभारतजस्ता उनीहरुले भनेको ग्रन्थहरु सबैमा किरातेश्वर छ।

शिवजी भनेको किरात नै हो । नेपालको बृहत शब्दकोशमा पनि शिव भनेको किरात भनिएको छ ।
पुरानो ग्रन्थहरु सबैमा किरात भेटिन्छ र महादेवलाई चाहिँ सबैभन्दा पछि मात्रै देउता मानेको हो हिन्दूहरुले ।

उनीहरुले उता ककेसस पर्वतबाट पर्सिया हुँदै यता पूर्वतिर आउँदा सबन्दा पहिला लिएर आएको देउता त ब्रम्हा भन्ने थियो । विष्णु पनि उनीहरुको देउता हैन । ब्रम्हा चाहिँ उनीहरुले लिएर आएको हो । पहिला त उनीहरुले विष्णु र कृष्णलाई पनि मानेको हैन । त्यो पछिल्लो कालमा आएर मात्रै मानेको हो । र महादेवलाई देउता मान्नुभन्दा अगाडि उनको श्रीमती पार्वतीलाई उमा भन्छन्, उमालाई चाहिँ हिन्दूहरुले अलिक अगाडि मानेका थिए । त्यसपछि अन्तिममा मात्रै महादेवलाई आफ्नो देउता मानेका हुन् ।

आर्यवर्तमा चाहिँ न टीका लगाउने चलन छ । न देउसी खेल्ने चलन छ । न काग तिहार कुकुर तिहार त्यस्तो पनि देखिदैन । त्यहाँ दसैं पनि हाम्रोमा जस्तो मानेको देखिदैन । दसैं माइती जाने चलन पनि छैन ।

त्यसकारण मलाई लाग्छ दसैं तिहार किरातहरुले नै विकास गरेको चाड हो । तर पछाडि विशेष गरी पञ्चायत कालमा जब हिन्दू धर्मलाई राजतन्त्रको रक्षाकवजको रुपमा विकास गरे, अनि खस नेपाली भाषालाई राष्ट्रिय भाषा बनाए, त्यसपछि मात्रै नेपालको ठुटाबुटा, गुफा, खोला, नाला हरेक देवदेवालय र मन्दिरहरुको हिन्दूकरण गर्दै गए । जस्तै पशुपति क्षेत्रको जय बागेश्वरी, त्यसको नाम अर्कै छ नेवारी भाषामा । नाम ठ्याक्कै भन्न सकिन सोध्नुपर्छ जान्नेहरुसँग ।

तिहार भनेको बलि राजासँग सम्बन्धित चाड हो । बलि राजा पुराणहरुमा कही राक्षस वा दैत्य भनेको छ, कही किरात भनेको छ । त्यतिखेरको सम्बर, नमुचि, बरुचि, बलि सबै किरातहरु हुन् ।

तिहार बलि राजाको पालादेखि सुरु भएकोले लिम्बुहरुले अहिले पनि बलिहाङ तङनाम भनेर तिहारलाई मान्छन् ।
दसैंको बेलामा राईहरुको छोरीचेली सुंगुरको फिला बोकेर टीका लाउन आउछन् । अहिले पनि चलन छँदैछ ।

लिम्बूहरुको त ससुराली वा माइती जाँदा विहा गरेको तेस्रो वर्षसम्म सिंगै सुंगुर बोकेर जानुपर्ने, रक्सी रोटी कोसेली बोकेर जानुपर्ने । तर पछाडि चाहि के भयो भने सबै संस्कृति चाडबाडको हिन्दूकरण गरेको हुनाले र त्यो हिन्दू मूल्य मान्यताले यहाँको आदिवासी जनजातिहरुलाई दमन गरेको उनीहरुलाई पछाडि पारेको, हिन्दूवादले उनीहरुलाई विभेद गरेको हुनाले त्यसको एउटा प्रतिक्रियाको रुपमा दसैं बहिष्कार गरिएको हो ।

यो त पछि मात्रै बहिष्कार गरिएको हो । गोरेबहादुर खपाङगी जनमुक्ति पार्टीको महासचिव हुँदा उनले भने कि दसैं बहिष्कार गरिदिने अब । त्यो एउटा प्रतिक्रियात्मक रुपमा आएको हो । खाली एकोहोरो रुपमा हिन्दुको मात्रै चाड भनी प्रचार गरिएकोले ल त्यसो हो भने तेरो चाड रैछ तै मना न त भनेर छोडिदिएको जस्तो देखिन्छ ।

तर यसको गहिरो अध्ययन गर्न जरुरी छ । समाजशास्त्रीय मानवशास्त्रीय अध्ययन नगरीकनै दसैं बहिष्कार गरिएको छ ।
२०४७ सालकै सेरोफेरोमा जनमुक्ति पार्टी बनिसकेपछि गोरेबहादुर खपाङगीले दसैं बहिष्कारको आव्हान गरे । सबैतिर हिन्दुकरण गरेको र त्यो हिन्दुकरणको मारमा जनजातिहरु परेर उनीहरुमाथि उत्पीडन भएको एउटा आवेगको प्रतिक्रियात्मक स्वरुपमा दसैं बहिष्कार गरिएको हो भन्ने मेरो बुझाई छ ।

जस्तो अब दुभोकै कुरा गरौ । अहिले हिन्दू धर्मावलम्बीहरुले पनि दुभोको माला लगाउँछन् । दुभो त पहिला किरातहरुले चलाएको हो । किरातहरुको प्रथा परम्परामा के छ भने दुभो र ढुंगो सबभन्दा चोखो भन्ने छ ।

दुभोलाई किरातीहरुले किन मानेको भन्दाखेरि त्यो उनीहरुको एउटा लामो जीवन र इतिहाससँग पनि सम्बन्धित छ ।
किनभने किरातीहरुलाई त धेरै ठाउँमा कतिपय अवस्थामा उनीहरुलाई आछुआछु पनि पारेर उनीहरुको अस्तित्व नै संकटमा परेको बेला पनि उनीहरुले हामी दुभोजस्तै हो भनेका थिए ।

किनभने दुभो भनेको यस्तो चिज हो त्यो जतिसुकै सुखा ठाउँमा राखे पनि मर्दैन । जरा माथि परे पनि टुप्पो जमिनतिर गाडियो भने त्यसैबाट पलाउँछ । जरा नै रह्यो भने त पलाइहाल्छ । अहिले चाहि दुभो हिन्दूकरण भयो ।

किरातीहरुको एउटा चलन छ । के छ भने दुभो र ढुंगो कस्तो हुन्छ भने मानौ कुनै अजाते बुहारी ल्याएर आयो राई लिम्बूले । कुटुम्बेरीदेखि बाहिरको अजाते बुहारी ल्यायो भने पहिला के गरिन्छ भने दुभो र ढुंगो राखेर त्यसलाई छुवाएर एउटा मुन्दुम गरिन्छ । र जो अजाते कन्या हुन्छ उसलाई कुुटुम्बेरी हुने वा केटासँग साइनो नपर्ने गरी नयाँ पाछा दिइन्छ ।
उसलाई कुटुम्बेरी चल्ने खालको नाता नपर्ने एउटा पाछा दिइन्छ । अनि आफ्नो समाजमा समाविष्ट गरिन्छ, दुभो ढुंगो राखेर । त्यस्तो त हिन्दुको त चलन छैन । भनेपछि किरातहरुले दुभो र ढुंगोको प्रचलन पनि छोडिदिने रु
आफ्नो मूल्य मान्यता र परम्पराहरु जुन पुर्खाहरूले धेरै समय लगाएर विकास गरेका थिए त्यसलाई एउटा आवेगमा आएर छोडिदिनु हुँदैन भन्ने मलाई लाग्छ ।

त्यसकारण कुनै पनि कुरा हिन्दुको वा अरु कसैको वा किरातको हो कि हैन भनेर हेर्नका लागि सबभन्दा पहिला आर्यवर्ततिर जानुपर्छ । गंगा र सिन्धुको मैदानको बिचमा जहाँ हिन्दू मूल्य मान्यता, हिन्दु दर्शन, हिन्दू धर्मको विकास भयो त्यहाँ अध्ययन गर्न जानुपर्यो । र त्यहाँ अध्ययन गरेर त्यहाँ प्रचलनमा छ भने त्यो हिन्दू मूल्य मान्यता हुन्छ । नभए हुँदैन ।

त्यहाँ दसैं तिहार यसरी मान्ने चलन नै छैन । टीका लाउने, माइती मावल जाने चलन नै छैन । उतातिर मान्ने भनेको त एउटा दिपावली छ । त्यो के अर्थले दिपाली मान्छन् रु किन मान्छन् रु के को नाममा दिपावली गर्ने भन्ने मलाई थाहा छैन ।
अर्को चाहिँ दुर्गा पुजा गर्छन् । कुनै एउटा शक्तिको पुजा गर्छन् होला, बाघमा चढेको एउटा महिलालाई मान्छन् । तर त्यो कुन अर्थमा मान्छन् रु मलाई थाहा छैन । त्यो उनीहरुलाई नै थाहा होला ।

तर हाम्रो जस्तो दसैं मान्दैनन्, टीक लगाउदैनन्, माइतीघर जादैनन् । उनीहरुले त राखी बाध्ने एउटा चाड मान्छन् । अर्को के के मान्छन् हिन्दूको उतातिरको बेग्लै छ । त्यसकारण त्यो कुरा हेर्नुपर्ने हुन्छ । त्यहाँ गएर समाजशास्त्री मानवशास्त्री र संस्कृतिविदहरुले अध्ययन गरुन ।

नेपाल देश त किरात भूमि हो । अहिले पनि यसलाई किरात देश भन्छ । गुरुङ मगर पनि किरात नै हुन् । राहुल सांकृत्यायन, हर्क गुरुङजस्ता ठूल्ठूला विद्वानहरु छन् । सुनिती कुमार चटर्जीको किताब र त्यो मात्रै हैन जीपी सिंह जो आसाम युनिभर्सिटीको प्रोफेसर पनि हुन्, उनले प्राचिन भारतमा किरातहरु भन्ने किताब लेखेका छन् । त्यसमा यो बेल्टको मंगोलियन अनुहारका सबैलाई किरात भनिएको छ ।

यहाँ रहने थारुदेखि दनुवार सबै किरात नै भनिएको छ । हर्क गुरुङले दनुवार चेपाङहरुलाई पुरानो किरात मानेका छन् । त्यसकारणले गर्दा यो किरात देश हो । र अहिले पनि हिन्दूको पुरोहितले संकल्प भन्दाखेरि नेपाललाई किरात देश भन्छन् ।

त्यसकाण यो किरात भूमि भएको हुनाले यहाँ विकास भएका दसैं तिहारजस्ता चाडहरु किरात चाड हो भन्ने लाग्छ । र पछि जब हिन्दूहरु अनेक कारणबाट नेपालमा आए त्यस पछाडि र विशेष गरी पञ्चायत कालमा सबै कुरालाई हिन्दूकरण गर्दै लगे । यहाँको खोला नाला, पोखरी ताल तलैयाहरु, बुटाहरु, जंगल, गुफाहरु, सबैको उनीहरुले हिन्दूकरण गरे । र त्यसलाई विशेष तरिकाबाट उनीहरुले राज्यमा स्थापित गराए । र राज्यबाट प्रचार प्रसारदेखि लिएर यी सबै कुरा गर्छन् । त्यसकाण मलाई लाग्छ यसमा गम्भीर तरिकाले अध्ययन गर्नु जरुरी छ । सार्वजनिक डटकमबाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया