Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दशैं-तिहार किरात चाँडः राजकुमार राई

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज १२, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    राजकुमार राई । नेपालमा सबै चिज हिन्दुकरण भयो । विशेष गरी पञ्चायती व्यवस्था लागू गरेपछि त्यसलाई जोगाउन राजतन्त्रले सबैखाले हतियार प्रयोग गरे ।

    धर्म, भाषा, संस्कृति राजतन्त्र जोगाउने एउटा हतियार बन्यो र त्यसलाई हिन्दूको मात्रै बनाएर प्रचार गरियो । तर मलाई लाग्छ दसैं तिहार भनेको किरात चाड हो ।

    हिन्दू धर्म र दर्शनको उत्पति थलो भनेको सिन्धु र गंगाको बिचको मैदानी फाँट हो । त्यसलाई आर्यवर्त भनिन्छ । त्यहीँ आर्य सभ्यताको विकास भयो । त्यहीँ हिन्दू दर्शनको विकास भयो ।

    तर त्यहाँ दसैं मान्दैनन् । तिहार पनि मान्दैनन् । जहाँ हिन्दू धर्मको उद्भव र विकास भयो त्यहाँ दुर्गा पूजा भनेर कुभिण्डो काटेर पूजा गर्छन् ।अनि दुुर्गा पूजा भनेको पनि के हो भने वास्तवमा महादेवको श्रीमती पार्वतीको पूजा हो ।

    हिन्दूहरुको संस्कृतिमा पहिला महिलाहरुलाई त्यसरी पुजा गर्ने वा महिलालाई मान्ने देखिदैन । त्यसको पछिल्लो उदाहरण के देख्न सकिन्छ भने हिन्दूहरुमा सति प्रथा थियो । सति प्रथा भनेको लोग्ने मर्दाखेरि श्रीमती सँगै चितामा जलेर जाने साह्र्रै अमानवीय प्रथा हो । त्यो त पछिसम्म थियो । अहिले पनि इन्डियामा यदाकदा हुने गर्छ । तर स्वइच्छाले भन्छन् तर काहीकाही छ । त्यसकारणले हिन्दू दर्शन र मूल्य मान्यताचाहिँ महिलालाई सम्मान गर्ने होइन ।

    उनीहरुले दुर्गा भनेर पुज्ने कुनै कारण नै छैन । दुर्गा भनेर पार्वतीलाई नै पुजेको हो । पार्वती भनेको महादेवको श्रीमती । महादेव भनेको किरातेश्वर महादेव हो । यो कुरा त रामायण, महाभारतजस्ता उनीहरुले भनेको ग्रन्थहरु सबैमा किरातेश्वर छ।

    शिवजी भनेको किरात नै हो । नेपालको बृहत शब्दकोशमा पनि शिव भनेको किरात भनिएको छ ।
    पुरानो ग्रन्थहरु सबैमा किरात भेटिन्छ र महादेवलाई चाहिँ सबैभन्दा पछि मात्रै देउता मानेको हो हिन्दूहरुले ।

    उनीहरुले उता ककेसस पर्वतबाट पर्सिया हुँदै यता पूर्वतिर आउँदा सबन्दा पहिला लिएर आएको देउता त ब्रम्हा भन्ने थियो । विष्णु पनि उनीहरुको देउता हैन । ब्रम्हा चाहिँ उनीहरुले लिएर आएको हो । पहिला त उनीहरुले विष्णु र कृष्णलाई पनि मानेको हैन । त्यो पछिल्लो कालमा आएर मात्रै मानेको हो । र महादेवलाई देउता मान्नुभन्दा अगाडि उनको श्रीमती पार्वतीलाई उमा भन्छन्, उमालाई चाहिँ हिन्दूहरुले अलिक अगाडि मानेका थिए । त्यसपछि अन्तिममा मात्रै महादेवलाई आफ्नो देउता मानेका हुन् ।

    आर्यवर्तमा चाहिँ न टीका लगाउने चलन छ । न देउसी खेल्ने चलन छ । न काग तिहार कुकुर तिहार त्यस्तो पनि देखिदैन । त्यहाँ दसैं पनि हाम्रोमा जस्तो मानेको देखिदैन । दसैं माइती जाने चलन पनि छैन ।

    त्यसकारण मलाई लाग्छ दसैं तिहार किरातहरुले नै विकास गरेको चाड हो । तर पछाडि विशेष गरी पञ्चायत कालमा जब हिन्दू धर्मलाई राजतन्त्रको रक्षाकवजको रुपमा विकास गरे, अनि खस नेपाली भाषालाई राष्ट्रिय भाषा बनाए, त्यसपछि मात्रै नेपालको ठुटाबुटा, गुफा, खोला, नाला हरेक देवदेवालय र मन्दिरहरुको हिन्दूकरण गर्दै गए । जस्तै पशुपति क्षेत्रको जय बागेश्वरी, त्यसको नाम अर्कै छ नेवारी भाषामा । नाम ठ्याक्कै भन्न सकिन सोध्नुपर्छ जान्नेहरुसँग ।

    तिहार भनेको बलि राजासँग सम्बन्धित चाड हो । बलि राजा पुराणहरुमा कही राक्षस वा दैत्य भनेको छ, कही किरात भनेको छ । त्यतिखेरको सम्बर, नमुचि, बरुचि, बलि सबै किरातहरु हुन् ।

    तिहार बलि राजाको पालादेखि सुरु भएकोले लिम्बुहरुले अहिले पनि बलिहाङ तङनाम भनेर तिहारलाई मान्छन् ।
    दसैंको बेलामा राईहरुको छोरीचेली सुंगुरको फिला बोकेर टीका लाउन आउछन् । अहिले पनि चलन छँदैछ ।

    लिम्बूहरुको त ससुराली वा माइती जाँदा विहा गरेको तेस्रो वर्षसम्म सिंगै सुंगुर बोकेर जानुपर्ने, रक्सी रोटी कोसेली बोकेर जानुपर्ने । तर पछाडि चाहि के भयो भने सबै संस्कृति चाडबाडको हिन्दूकरण गरेको हुनाले र त्यो हिन्दू मूल्य मान्यताले यहाँको आदिवासी जनजातिहरुलाई दमन गरेको उनीहरुलाई पछाडि पारेको, हिन्दूवादले उनीहरुलाई विभेद गरेको हुनाले त्यसको एउटा प्रतिक्रियाको रुपमा दसैं बहिष्कार गरिएको हो ।

    यो त पछि मात्रै बहिष्कार गरिएको हो । गोरेबहादुर खपाङगी जनमुक्ति पार्टीको महासचिव हुँदा उनले भने कि दसैं बहिष्कार गरिदिने अब । त्यो एउटा प्रतिक्रियात्मक रुपमा आएको हो । खाली एकोहोरो रुपमा हिन्दुको मात्रै चाड भनी प्रचार गरिएकोले ल त्यसो हो भने तेरो चाड रैछ तै मना न त भनेर छोडिदिएको जस्तो देखिन्छ ।

    तर यसको गहिरो अध्ययन गर्न जरुरी छ । समाजशास्त्रीय मानवशास्त्रीय अध्ययन नगरीकनै दसैं बहिष्कार गरिएको छ ।
    २०४७ सालकै सेरोफेरोमा जनमुक्ति पार्टी बनिसकेपछि गोरेबहादुर खपाङगीले दसैं बहिष्कारको आव्हान गरे । सबैतिर हिन्दुकरण गरेको र त्यो हिन्दुकरणको मारमा जनजातिहरु परेर उनीहरुमाथि उत्पीडन भएको एउटा आवेगको प्रतिक्रियात्मक स्वरुपमा दसैं बहिष्कार गरिएको हो भन्ने मेरो बुझाई छ ।

    जस्तो अब दुभोकै कुरा गरौ । अहिले हिन्दू धर्मावलम्बीहरुले पनि दुभोको माला लगाउँछन् । दुभो त पहिला किरातहरुले चलाएको हो । किरातहरुको प्रथा परम्परामा के छ भने दुभो र ढुंगो सबभन्दा चोखो भन्ने छ ।

    दुभोलाई किरातीहरुले किन मानेको भन्दाखेरि त्यो उनीहरुको एउटा लामो जीवन र इतिहाससँग पनि सम्बन्धित छ ।
    किनभने किरातीहरुलाई त धेरै ठाउँमा कतिपय अवस्थामा उनीहरुलाई आछुआछु पनि पारेर उनीहरुको अस्तित्व नै संकटमा परेको बेला पनि उनीहरुले हामी दुभोजस्तै हो भनेका थिए ।

    किनभने दुभो भनेको यस्तो चिज हो त्यो जतिसुकै सुखा ठाउँमा राखे पनि मर्दैन । जरा माथि परे पनि टुप्पो जमिनतिर गाडियो भने त्यसैबाट पलाउँछ । जरा नै रह्यो भने त पलाइहाल्छ । अहिले चाहि दुभो हिन्दूकरण भयो ।

    किरातीहरुको एउटा चलन छ । के छ भने दुभो र ढुंगो कस्तो हुन्छ भने मानौ कुनै अजाते बुहारी ल्याएर आयो राई लिम्बूले । कुटुम्बेरीदेखि बाहिरको अजाते बुहारी ल्यायो भने पहिला के गरिन्छ भने दुभो र ढुंगो राखेर त्यसलाई छुवाएर एउटा मुन्दुम गरिन्छ । र जो अजाते कन्या हुन्छ उसलाई कुुटुम्बेरी हुने वा केटासँग साइनो नपर्ने गरी नयाँ पाछा दिइन्छ ।
    उसलाई कुटुम्बेरी चल्ने खालको नाता नपर्ने एउटा पाछा दिइन्छ । अनि आफ्नो समाजमा समाविष्ट गरिन्छ, दुभो ढुंगो राखेर । त्यस्तो त हिन्दुको त चलन छैन । भनेपछि किरातहरुले दुभो र ढुंगोको प्रचलन पनि छोडिदिने रु
    आफ्नो मूल्य मान्यता र परम्पराहरु जुन पुर्खाहरूले धेरै समय लगाएर विकास गरेका थिए त्यसलाई एउटा आवेगमा आएर छोडिदिनु हुँदैन भन्ने मलाई लाग्छ ।

    त्यसकारण कुनै पनि कुरा हिन्दुको वा अरु कसैको वा किरातको हो कि हैन भनेर हेर्नका लागि सबभन्दा पहिला आर्यवर्ततिर जानुपर्छ । गंगा र सिन्धुको मैदानको बिचमा जहाँ हिन्दू मूल्य मान्यता, हिन्दु दर्शन, हिन्दू धर्मको विकास भयो त्यहाँ अध्ययन गर्न जानुपर्यो । र त्यहाँ अध्ययन गरेर त्यहाँ प्रचलनमा छ भने त्यो हिन्दू मूल्य मान्यता हुन्छ । नभए हुँदैन ।

    त्यहाँ दसैं तिहार यसरी मान्ने चलन नै छैन । टीका लाउने, माइती मावल जाने चलन नै छैन । उतातिर मान्ने भनेको त एउटा दिपावली छ । त्यो के अर्थले दिपाली मान्छन् रु किन मान्छन् रु के को नाममा दिपावली गर्ने भन्ने मलाई थाहा छैन ।
    अर्को चाहिँ दुर्गा पुजा गर्छन् । कुनै एउटा शक्तिको पुजा गर्छन् होला, बाघमा चढेको एउटा महिलालाई मान्छन् । तर त्यो कुन अर्थमा मान्छन् रु मलाई थाहा छैन । त्यो उनीहरुलाई नै थाहा होला ।

    तर हाम्रो जस्तो दसैं मान्दैनन्, टीक लगाउदैनन्, माइतीघर जादैनन् । उनीहरुले त राखी बाध्ने एउटा चाड मान्छन् । अर्को के के मान्छन् हिन्दूको उतातिरको बेग्लै छ । त्यसकारण त्यो कुरा हेर्नुपर्ने हुन्छ । त्यहाँ गएर समाजशास्त्री मानवशास्त्री र संस्कृतिविदहरुले अध्ययन गरुन ।

    नेपाल देश त किरात भूमि हो । अहिले पनि यसलाई किरात देश भन्छ । गुरुङ मगर पनि किरात नै हुन् । राहुल सांकृत्यायन, हर्क गुरुङजस्ता ठूल्ठूला विद्वानहरु छन् । सुनिती कुमार चटर्जीको किताब र त्यो मात्रै हैन जीपी सिंह जो आसाम युनिभर्सिटीको प्रोफेसर पनि हुन्, उनले प्राचिन भारतमा किरातहरु भन्ने किताब लेखेका छन् । त्यसमा यो बेल्टको मंगोलियन अनुहारका सबैलाई किरात भनिएको छ ।

    यहाँ रहने थारुदेखि दनुवार सबै किरात नै भनिएको छ । हर्क गुरुङले दनुवार चेपाङहरुलाई पुरानो किरात मानेका छन् । त्यसकारणले गर्दा यो किरात देश हो । र अहिले पनि हिन्दूको पुरोहितले संकल्प भन्दाखेरि नेपाललाई किरात देश भन्छन् ।

    त्यसकाण यो किरात भूमि भएको हुनाले यहाँ विकास भएका दसैं तिहारजस्ता चाडहरु किरात चाड हो भन्ने लाग्छ । र पछि जब हिन्दूहरु अनेक कारणबाट नेपालमा आए त्यस पछाडि र विशेष गरी पञ्चायत कालमा सबै कुरालाई हिन्दूकरण गर्दै लगे । यहाँको खोला नाला, पोखरी ताल तलैयाहरु, बुटाहरु, जंगल, गुफाहरु, सबैको उनीहरुले हिन्दूकरण गरे । र त्यसलाई विशेष तरिकाबाट उनीहरुले राज्यमा स्थापित गराए । र राज्यबाट प्रचार प्रसारदेखि लिएर यी सबै कुरा गर्छन् । त्यसकाण मलाई लाग्छ यसमा गम्भीर तरिकाले अध्ययन गर्नु जरुरी छ । सार्वजनिक डटकमबाट साभार

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.