Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पूँजीवादले विश्वलाई समृद्ध बनायो त? (भाग १)

बढी नाफा कमाउनका लागि उद्योगहरूले श्रमिकको शोषण गर्न थाले। स्थिति दयनिय बन्न थाल्यो, अन्ततः मध्यम वर्गकै केही विचारकले श्रम शोषणको मुद्दा उठाए। सुरुमा जोन स्टुअर्ट मिलले पनि यस मुद्दालाई उठाए, बाँकी केही समाजवादी चिन्तकले यस विषयमा कुरा गरे।

मणिकान्त सिंह मणिकान्त सिंह
फाल्गुन २७, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सुरुवातमा पूँजीवादले विश्वमा समृद्धि ल्याउने दाबी गरेको थियो। प्रत्येकलाई खाना, आवास र शिक्षा लगायत आधारभूत आवश्यकता पूर्ति गर्ने दाबी गरेको पूँजीवादले के यो वाचा पूरा गरेको छ? यो प्रश्न त्यतिबेला उठ्छ, जब कोभिडकालमा लाखौँ कामदारहरू भारतका सडकमा भोकभोकै दौडिन थाले र जब अमेरिकामा कालाहरूले भेदभाव महशुस गर्न थाले। विश्वका हरेक क्षेत्रमा सिमान्तकृत समुदाय छन् र महामारीमा त्यो समुदाय सबैभन्दा बढी प्रभावित भयो। त्यसैले अब फेरि एकपटक प्रश्न उठेको छः के पूँजीवादले विश्वलाई समृद्ध बनायो?

    यस प्रश्नको उत्तर खोज्नका लागि पूँजीवादको ५०० वर्ष लामो इतिहासको समीक्षा गर्नुपर्छ। जुन १५ औं शताव्दीको मध्येदेखिको एटलान्टिक दास व्यापारबाट सुरु भएको थियो। युरोप एउटा सानो महादेश हो। एशियाको तुलनामा युरोपमा स्रोत साधन पनि कम थियो। त्ससबेला चीन र भारतले विश्व जीडीपीको ५५ प्रतिशत हिस्सा आफ्नो हातमा लिएका थिए। चीनमा महत्वपूर्ण प्रविधिको विकास भइरहेको थियो। चीनमा कम्पास अर्थात् दिशासूचक यन्त्र, बारुद र कागज लगायतका वस्तुको आविस्कार भइसकेको थियो। उता युरोपियनहरू भने विश्वभर भ्रमणमा निस्कन्थे। अन्ततः ‘फादर अफ क्यापिटलिज्म्’ पनि युरोप नै बन्न पुग्यो।

    आधुनिकिकरण वा आधुनिक पश्चिमा सभ्यताको सबैभन्दा पृथक उपलब्धि होः पूँजीवाद। आफूले विश्वमा आधुनिकीकरण ल्याएकोमा पश्चिम सधैँ गर्व गरिरहन्छ। र, यस आधुनिक युगको आर्थिक संरचनाको रुपमा आयो, पूँजीवाद। पूँजीवादको यो यात्रा १५ औं शताब्दीबाट सुरु भयो।

    कसरी भयो सुरुवात ?

    पूँजीवाद एउटा यस्तो पद्धति हो, जुन बढी मुनाफाको उद्देश्यबाट प्रेरित हुन्छ। यदि हामी मुनाफामा केन्द्रित हुन्छौँ भने यो बुझौँ कि पूँजीवाद अस्तित्वमा आयो। बजार त पूँजीवाद आउनु अघि पनि थियो। पहिले पनि व्यापारीहरू थिए र आर्थिक गतिविधि पनि हुन्थ्यो। तर पहिले मुनाफामा बढी जोड दिइँदैन थियो। जबदेखि मुनाफामा बल दिइन थालियो, तबदेखि विश्वमा पूँजीवादको आगमन भयो।

    पूँजीवादमा कहिल्यै पनि वस्तुको गुणस्तरबाट वस्तुको मूल्यांकन हुँदैन। बरु वस्तुको बजार मूल्यबाट नै यसको मूल्यांकन हुन्छ। कुनैपनि वस्तुको आन्तरिक गुण के छ भन्नेमा पूँजीवादलाई मतलव हुँदैन। पूँजीवादलाई वस्तुको बजार मूल्यसँग मात्र मतलव हुन्छ।
    झट्ट हेर्दा पूँजीवाद आर्थिक प्रणाली मात्रै जस्तो लाग्छ। तर यो एउटा आर्थिक पद्धति मात्रै नभएर यसले राजनीतिक पद्धतिलाई पनि रेखांकित गर्छ। यसको झुकाव एक खास प्रकारको राजनीतिक संरचनामा हुन्छ। साथै, यसको खास झुकाव एक प्रकारको सामाजिक सम्बन्ध वा संरचनामा पनि हुन्छ। पूँजीवादले आफ्नो हितका लागि एक खास राजनीतिक संरचना र खास प्रकारको सामाजिक सम्बन्धमा बल दिन्छ।

    मुद्राको प्रचलन

    इसापूर्व १५०० देखि युरोपमा रहेको रोमन साम्राज्य ५औँ शताब्दीको अन्त्यतिर विघटन भयो। त्यसपछि युरोपमा सामन्तवाद कायम भयो। सामन्तवादको शुरुवातसँगै राजाको स्थिति कमजोर हुन् थाल्छ। यसमा राजा र जनताबीचमा एउटा वर्ग  देखा पर्न थाल्छ,  कुलिन वर्ग। यसले राजतन्त्रमा राजनीतिक स्थान खोज्न थाल्छ। यसले राजतन्त्रको प्रतिनिधित्व गर्दैनथ्यो। यसैगरी यो वर्गले क्षेत्रीय र ग्रामीण अर्थतन्त्रको प्रतिनिधित्व गर्दथ्यो। यही वर्गले सामन्तवादमा मुद्राको लेनदेन प्रचलन गराउन थाल्यो भने यो पूँजीको प्रसार गर्दै व्यवस्था परिवर्तन  ल्याउन थाल्यो।

    संयोगले युरोपमा इस्लामिक र इसाई समाजबीच धर्मयुद्ध भयो, जसलाई क्रुसेड्स् भनिन्छ। यस युद्धको परिणाम स्वरुप युरोपबाट पश्चिम एशियातर्फको व्यापारिक मार्ग खुल्यो। तब केही टर्कीस्‌ले पूर्वी रोमन साम्राज्य (कोन्सटान्टिन पोल)  कब्जा गरेपछि भारत र पूर्वी युरोपको मार्ग बन्द भयो। यस घटनालाई इतिहासमा कोन्सटान्टिनको पतनको रुपमा चिनिन्छ। यसै समय युरोपमा धनाढ्य वर्गको पैदा भयो। त्यसकारण युरोपमा विलासतासम्बन्धी सामग्रीको माग बढेको थियो। ती सामान प्राप्त गर्नका लागि तिनले नै वैकल्पिक व्यापारिक मार्ग खोज्न सुरु गरे। र, यसबाट सामुन्द्रिक मार्ग खोज सुरु भयो।

    यसक्रममा अमेरिकामा युरोपियन (कोलम्वस इटाली  निवासी) पुगे पत्ता लाग्यो र यो ‘लाइमलाइट’मा आयो। अमेरिकाबाट मूल्यवान धातुहरू पनि प्राप्त हुन थाल्यो। ल्याटिन अमेरिकाबाट चाँदी ल्याइयो भने उत्तर अमेरिकामा सुन ल्याउन थालियो। अर्थशास्त्री जेएम केन्स्‌को विचार छ, ‘विश्वमा पूँजीवाद तब आयो, जब अमेरिकी धातु आयो।’ अमेरिकी धातुका कारण मुद्रा प्रचलनमा आयो। अर्थशास्त्रको एउटा सामान्य नियम छ–बजारमा मुद्रा बढी भयो भने बढी मागको सिर्जना हुन्छ र माग बढ्यो भने मूल्य वृद्धिको समस्या बढ्छ। विश्वमा सुनचाँदी उपलब्ध भएपछि मुद्रा छाप्न सुरु भयो। त्यसैले माग बढ्यो र सँगसँगै महङ्गी बढ्यो। जब महङ्गी बढ्यो, तब मानिसहरूको ध्यान मुनाफातर्फ गयो।

    सामन्ती अर्थव्यवस्थाको विघटन 

    सामन्ती अर्थव्यस्था वस्तु विनिमयमा आधारित थियो। यस व्यवस्थाको एउटा पाटो होः कृषि दासता। यस व्यवस्थामा किसान भूमिमा बन्धित हुन्थे। सामन्ती अर्थव्यवस्थामा भूमि जोते वापत उनीहरूलाई केही भूमि नै दिइन्थ्यो। मुद्रा प्रचलनमा आएपछि महङ्गी बढ्यो। त्यसकारण किसानले भूमिको सट्टा पैसा नै माग्न थाले। यता जमिनका मालिकहरूले पनि काम गरेर उत्पादन गरेवापत जमिनको भाडा माग्न थाले। यसरी युरोपमा सामन्तवाद टुट्यो र पूँजीवादको जन्म भयो।

    व्यापारिक गतिविधिकै क्रममा अमेरिकाको खोज भयो, त्यसका साथै दक्षिण पूर्वी एशिया लगायत बाँकी दुनियाँको खोज भयो। यसरी एउटा ग्लोबल ट्रेडको विकास भयो। युरोपमा धेरै कम्पनीहरूको स्थापना भयो। जसमध्ये इस्ट इन्डिया कम्पनी एउटा हो। यो ज्वाइन्ट स्टक कम्पनी पूँजीवादी सम्बन्धमा आधारित कम्पनी थियो। ठूल्ठूला व्यवसायी मिलेर यो कम्पनी बनाएका थिए। यसले बजारमा सेयर पनि जारी गर्दथ्यो। सरकारले यस कम्पनीलाई विभिन्न क्षेत्रमा व्यापार गर्ने एकाधिकार दियो। जसलाई कार्ल मार्क्सले एकाधिकार पूँजीवाद भने। यो थियो पूँजीवादको सुरुवाती चरण।

    वाणिज्य पूँजीवाद

    पूँजीवादको पहिलो स्वरुप हो, वाणिज्य पूँजीवाद। वाणिज्य पूँजीवादमा ठूल्ठूला कम्पनीहरू हुन्थे र एक क्षेत्रबाट वस्तुको संकलन गरेर अर्को क्षेत्रमा बेचेर मुनाफा कमाउने गर्थे। कम्पनीको शेयरहोल्डर बढ्थ्यो। यस स्वरूपमा मुनाफाका लागि लगानी गरिन्थ्यो। त्यसैले यसलाई पनि पूँजीवाद भनियो। व्यापारकै क्रममा युरोपियनहरूले एसिया, ल्याटिन अमेरिका, युरोप र अफ्रिकाको तटीय क्षेत्र लगायतका बाँकी क्षेत्रमा आफ्नो उपनिवेश बनाए। अमेरिकाले युरोपियनहरूलाई सुन र चाँदीमात्रै दिएनन्, अमेरिकाले आलु पनि दिएको थियो। यदि अमेरिकाबाट आलु ल्याइँदैन थियो भने युरोपलाई आफ्नो महाद्वीपमा बढ्दो जनसंख्यालाई थेग्न मुश्किल पर्थ्यो।

    अब यहाँ एउटा ‘ट्रेङगल ट्रेड’ (त्रिकोणात्मक व्यापार)बन्छ। युरोपियनहरूले अफ्रिकाबाट दासहरूलाई किन्थे, तिनलाई जहाजमा राखेर ल्याटिन र उत्तरी अमेरिकामा पुर्‍याएर बेच्थे। बदलामा ल्याटिन अमेरिकाबाट धातु र उत्तर अमेरिकाबाट फसलहरू युरोपमा ल्याउँथे। यसरी ‘ट्रेङगुलर ट्रेड’ बन्यो। यसरी उनीहरूले १ करोड ३० लाख दासलाई बेचे।

    वाणिज्य पूँजीवादले समकालिन राजनीति र सामाजिक सम्बन्धलाई पनि प्रभाव पारिहेको थियो। हुनत यो आर्थिक गतिविधि हो, जसमा ठूल्ठूला ज्वाइन्ट कम्पनी थिए, बैंकिङ व्यवस्था विकास भइरहेको थियो, अमेरिकाबाट मूल्यवान धातुहरू आइरहेका थिए। यो स्वभाविक हो। तर, यसले राजनीति र सामाजिक सम्बन्धलाई कसरी प्रभावित पारिरहेको थियो भन्ने बुझ्नका लागि त्यस समयको राजनीतिक र सामाजिक संरचनालाई हेर्नुपर्ने हुन्छ।

    राजनीतिक परिवर्तनः सामन्तवादी संरचनामा सबैभन्दा माथि राजा हुन्थ्यो, त्यसपछि लर्ड, व्यारेन तथा नाइट हुन्थे र सबैभन्दा तल आम मानिस हुन्थे (युरोपको हकमा)। सामन्तवादी पद्धति टुटेपछि भने बीचको वर्ग अर्थात् कुलिन वर्ग कमजोर बन्न पुग्यो। राजतन्त्रले कुलिन वर्गसँग लडेर आफूलाई शक्तिशाली बनायो। त्यस क्रममा नयाँ वर्ग आयो, मध्यम वर्ग। यो व्यापारी वर्ग थियो।

    सामन्तवादमा तीनवटा वर्ग रहेकामा अब चौथो वर्गको रूपमा मध्यम वर्ग आइसकेको थियो। मध्यवर्गको आरम्भिक रूप व्यपारिक वर्ग थियो। कुलिनहरूसँगको लडाइँमा मध्यम वर्गले राजाको साथ दियो। यसरी कुलिन र चर्चका पादरीहरूविरुद्ध राजा र मध्यम वर्गबीच गठबन्धन बन्यो। यस क्रममा राजा मध्यम वर्गको सहायतामा शक्तिशाली बन्दै गए। यसरी वाणिज्य पूँजीवादले राजनीतिलाई असर पारेको थियो। मध्यम वर्ग र राजतन्त्रबीचको गठबन्धन कुलिनहरूविरुद्ध थियो, किनभने कुलिन वर्गले परिवर्तन हुन दिँदैनथिए। यो गठबन्धन १८ औं शताब्दीसम्म चल्यो। यस गठबन्धनलाई वाणिज्यवादको नामबाट पनि जानिन्छ।

    सामाजिक परिवर्तनः कुनै पनि व्यवस्था चाहे यो सामन्तवाद होस् वा पूँजीवाद, यो केवल व्यवस्था नभएर मानसिकता पनि हो। सामन्तवादी व्यवस्थामा रगतको सम्बन्धलाई धेरै महत्व दिइन्छ। जस्तैः घराना, परिवार, खानदान र नातागोताको भावना बलियो हुन्थ्यो। जब नयाँ वर्ग, मध्यम वर्ग आयो। यो वर्गले एउटा नयाँ सामाजिक र राजनीतिक दर्शन लिएर आयो। उसले भन्योः ‘हाम्रो पहिचान नै हाम्रो प्रतिभा हो। हामी प्रतिभाकै बलबाट अगाडि बढ्नुपर्छ।’ यस व्यपारिक वर्ग अर्थात् मध्यम वर्गले जुनसुकै कुलमा जन्मिएको भएपनि जन्मकै कारण आफ्नो महत्व दर्शाउन छोड्नुपर्ने कुरा गर्न थाल्यो।

    पूँजीवादको यो नयाँ चरण १५ औँ शताब्दी देखि १८ औँ शताब्दी सम्मको हो। यसरी सामन्तवादी मालिकसँग लड्नका लागि यस मध्यम वर्गले युरोपियन राजतन्त्रको समर्थन गरेको थियो। साथै यसले जन्मका आधारमा हुने सामाजिक विशेषाधिकारलाई चुनौति पनि दियो।

    फ्रि ट्रेड (खुला बजार)

    १८ औँ शताब्दीसम्म आइपुग्दा युरोपको कुलिन वर्गको पनि तागत टुटिसकेको थियो। तर राजतन्त्रले आफूलाई बढी शक्तिशाली बनायो। उसले आफूले आफूलाई निरंकुश शासकको रुपमा स्थापित गरिसकेको थियो। त्यसपछि मध्यमवर्गले पनि शक्तिमा दाबी गर्न थाल्यो। १८ औँ शताब्दीपछि पूँजीवादले एउटा नयाँ आर्थिक दर्शन दियो। यससँगै राजनीतिक दर्शन र सामाजिक दर्शन पनि परिवर्तन हुँदै गयो।

    एडम स्मिथको आगमन अघि अर्थशास्त्रमा एउटा सिद्धान्त थियो, जसलाई वाणिज्यवादी सिद्धान्त भनिन्थ्यो। यस सिद्धान्तले अन्तर्राष्ट्रिय व्यापारको मात्रा सीमित रहेको बताउँथ्यो। यस सिद्धान्त अनुसार यदि कुनै दुई देश अन्तर्राष्ट्रिय बजारमा व्यापार गरिरहेका छन् भने एउटा देशलाई तब लाभ मिल्छ, जब अर्को देशलाई घाटा हुन्छ। दुवै देशले एकसाथ लाभ लिनु भनेको असम्भवप्राय हो।

    यसको समाधानका लागि कुनै पनि देशले निर्यातलाई बढाउनु र आयातलाई कम गर्नु हो। तर सबै देशले निर्यातमात्रै गर्ने हो भने अन्तर्राष्ट्रिय अर्थव्यवस्थामा असन्तुलन हुन्छ। त्यसैले यस सिद्धान्तको विरुद्धमा आउँछः एडम स्मिथको क्लासिकल इकोनोमी। यसका लागि उनले केही सिद्धान्तहरू दिएका थिएः फ्रि ट्रेड, मार्केट इज मस्ट र्‍यासनल (बजार  तर्कसंगत हुन्छ)।

    स्मिथले अन्तराष्ट्रिय व्यापारमा एउटा देशलाई नाफा भए अर्कोलाई घाटा हुने कुरालाई नकारे। उनले तर्क गरे, ‘यदि एउटाको नाफा हुँदा अर्कोको घाटा हुने नै हो भने घाटा हुने देश अन्तर्राष्ट्रिय बजारमा रहने सम्भावना हुँदैन।’ त्यसैले उनले फ्रि ट्रेड अपनाउने कुरा गरे। यस अनुसार कुनै देश जुन वस्तु उत्पादनमा विशेष क्षमता राख्छ अथवा अर्को देशको तुलनामा कम लागतमा उसले त्यो वस्तु पर्याप्त उत्पादन गर्न सक्छ भने उसले त्यही वस्तु उत्पादन गर्ने र अन्य आवश्यक वस्तु आयात गर्ने। जसले गर्दा अन्तराष्ट्रिय बजार सन्तुलित रुपमा चल्छ।

    यस्तै उनले भनेका छन्ः ‘मार्केट इज मस्ट र्‍यासनल । बरु मान्छेले गल्ती गर्छ तर बजारले गर्दैन। बजारको आफ्नै नियम हुन्छ।’ माग र पूर्तिको नियन्त्रणबाट बजार आफैँ चलेको छ। यसैगरी बजारले आफ्नो हितमा स्वभाविक सन्तुलन कायम राखेको छ। उत्पादक, उपभोक्ता र श्रमिकबीचको सन्तुलनले नै बजार चलेको हुन्छ। सरकारले यसमा हस्तक्षेप गर्नुको अर्थ हुँदैन।

    यदि उत्पादकले आफ्नो उत्पादनको मूल्य बढी राख्छ भने उपभोक्ताले त्यसलाई खरिद गर्दैन। उत्पादन उपभोक्ताको रोजाईबाट नियन्त्रित हुनु स्वभाविक हो। त्यस्तै, यदि श्रमिकले बढी ज्याला माग्छ भने उत्पादकले श्रमिकलाई कम ज्याला दिन चाहन्छ। यदि उत्पादकले श्रमिकलाई कम ज्याला दिन्छ भने श्रमिकले काम गर्दैन। त्यसैले यी तिनैको हितले नै एक अर्कालाई सन्तुलनमा राखेको हुन्छ। त्यसले बजारलाई यसको आफ्नै नियममा चल्न दिनुपर्छ भन्ने नियम नै ‘फ्रि ट्रेड’ हो।

    संवैधानिक राजतन्त्रको उदय

    मध्यम वर्गीयहरू नै फ्रि ट्रेडका यी सिद्धान्तलाई प्रतिपादन गर्नेहरू हुन्। यसै सिद्धान्तका आधारमा अन्तराष्ट्रिय बजारको व्यापकता बढेपछि अब यो वर्ग आफैसँग निर्भर भयो। अब यस वर्गलाई राजतन्त्रसँग गठबन्धन गरिरहनुपर्ने आवश्यकता नै रहेन। यसकारण मध्यम वर्गले शक्तिमा आफ्नो पनि सहभागिता खोज्दै राजतन्त्रले विधान मण्डल (संसद) को सहयोगबाट शासन गर्नुपर्ने माग गरे। यसलाई संवैधानिक राजतन्त्र भनियो। तर संवैधानिक राजतन्त्र जनतन्त्र होइन। जनतन्त्रमा सबैलाई मताधिकार हुन्छ। यहाँ मध्यम वर्गले नै सेभियर अर्थात् मुक्तिदाताको काम गर्छ।

    यसरी मध्यम वर्ग अर्थात् व्यापारिक वर्गले आर्थिक क्षेत्रमा पूँजीवाद र राजनीतिक क्षेत्रमा संवैधानिक राजतन्त्रको माग गर्‍यो  भने सामाजिक क्षेत्रमा व्यक्तिको अधिकार अर्थात् इन्डिभिजुअलिजम(व्यक्तिवाद) मा जोड दियो। यसै संवैधानिक राजतन्त्रको अवधारणाको आदर्शमा टेकेर अमेरिकी क्रान्ति भयो। अमेरिकामा पहिले नै राजा नभएकाले त्यहाँ संवैधानिक राजतन्त्र रहने कुरै भएन। यद्यपि यसै अवधारणामा रहेर अमेरिकामा क्रान्ति भएको भन्नेमा दुइमत छैन। यस्तै युरोपका विभिन्न क्रान्तिपनि यसै अवधारणापछि नै भएका हुन्।

    बेइमान पूँजीवाद

    राजनीतिक क्षेत्रमा संवैधानिक राजतन्त्रलाई उदारवाद अर्थात् लिबरिजम् भनियो। उदारवादको अर्थ हुन्छः उदारताको भावना। तर यो मध्यम वर्गको दृष्टिमा मात्रै उदार हो। यसरी १९ औँ शताब्दीको सुरुवातसम्म यो पूँजीवाद युरोपमा ‘मुक्तिदाता’को रूपमा आयो। किनभने यसले राजनीतिमा संवैधानिक राजतन्त्रको अवधारणासहित नयाँ क्रान्ति ल्यायो भने सामाजिक क्षेत्रमा व्यक्तिको स्वतन्त्रता र अधिकारको कुरा गर्‍यो। तर, यो पूँजीवादी ‘नायक’ अब विस्तारै ‘खलनायक’ बन्छ।

    वास्तवमा पूँजीवादले संवैधानिक राजतन्त्र र व्यक्तिगत स्वतन्त्रता ल्याएपनि यो आफैँमा बेइमान छ। यसले पूरै विश्वमा खुशियाली ल्याउन सकेन। किनभने यसले विश्वमा मुक्तिदाता भनेर प्रस्तुत भइरहेको थियो भने आफ्ना मुलुकमा दास व्यापार चलाइरहेको थियो। यसले युरोपमा व्यक्तिको अधिकारको कुरा गरिरहेको थियो भने पूरै विश्वलाई लुटिरहेको थियो।

    दोस्रो कुरा, पूँजीवादले राजनीतिक क्षेत्रमा उदारवाद र सामाजिक क्षेत्रमा व्यक्तिको स्वतन्त्रताको कुरा गर्छ ् पूँजीवादलाई नै ल्याउने मध्यम वर्गीयहरू आफ्नो मात्रै मताधिकारको कुरा गर्छन्। उनीहरूले शासन शक्तिलाई राजतन्त्रबाट आफूमा ल्याए, तर मताधिकारलाई आफूभन्दा तल्लो तहमा लैजान दिएनन्। महिला र काला जातिलाई मतदानमा भाग लिन विसौै शताव्दीसम्म कुर्नु पर‍्‍यो।

    पूँजीवादको सुरुवात नै कुलिनवर्गले आफ्ना लागि मात्रै मुनाफा र अधिकारबाट सुरु भएको थियो भने यसले सामाजिक खुशी कसरी दिनसक्छ? त्यसैले अगाडि गएर समस्या आउनु नै थियो। र, यो समस्या औद्योगिक क्रान्तिपछि चाडै नै आयो।

    औद्योगिक क्रान्ति

    औद्योगिक क्रान्तिको प्रारुप १८ औँ शताब्दीमा दक्षिणी बेलायतमा तयार भएको थियो। बेलायतमा यो बिना योजना आएको हो। सन् १८८० को दशकमा मात्र ब्रिटिश इतिहासविद् अर्नोल्ड टोयनवीले पहिलोपटक ‘औद्योगिक क्रान्ति’ शब्द प्रयोग गरेका हुन्।
    युरोपका अन्य मुलुकले जस्तै बेलायतमा पनि एक ठाउँबाट सामाग्री खरिद गरेर अर्को ठाउँमा बेचेर मुनाफा कमाउने गरिन्थ्यो। यस क्रममा बेलायत सबैभन्दा ठूलो उपनिवेश भयो, यसले विश्वको लगभग २५ प्रतिशत ठाउँ कब्जा गरिदियो। यसका उपनिवेशहरूको यति धैरै वस्तुको माग थियो कि यसले वस्तुहरूको संग्रह मात्रै गरेर माग पुरा गर्न सक्ने अवस्था थिएन।

    त्यसैले बेलायतले आफ्नै विशेष उत्पादन सुरु ग-यो। यसै क्रममा अन्जानमै बेलायतमा आधुनिक फ्याक्ट्री सिस्टम सुरु भयो अर्थात् बेलायतमा औद्योगिक क्रान्ति सुरु भयो। बेलायतपछि युरोपका अन्य देशले पनि यो प्रणालीलाई अपनाउँदै जान थाले। पछि एशियाली देश जापानले पनि औद्योगिकीकरणलाई अपनायो।

    यस प्रकारले पूँजीवाद औद्योगिक चरणमा आयो। र, यसले विश्वभरमा आफ्नो बजार बनाउन सुरु गर्‍यो। यसै क्रममा मध्यम वर्गले राष्ट्रवादलाई आफ्नो राजनीतिक हतियार बनायो। राष्ट्रवाद पहिले राजतन्त्रको थियो, उसले भन्थ्यो, ‘म नै राज्य हुँ।’ यसै समय अमेरिकी क्रान्ति भयो, फ्रान्सेली क्रान्ति भयो र राष्ट्रवाद आम मानिसको पनि बन्यो। मध्यम वर्गले यही राष्ट्रवादलाई आफ्नो तागत बनाउँदै आफ्नो राजनीतिक स्थितिलाई बलियो बनाउन थाल्यो।

    श्रम शोषणको सुरुवात

    ‘फ्रि ट्रेड’(खुला बजार)मा एडम स्मिथले सूर्यको प्रकाश देखेका थिए, तर त्यही अर्थतन्त्रमा काल मार्क्सले कालो छायाँ देखे। स्मिथले कामदार र मालिकबीच आपसी हितमा कामदारको ज्याला तोकिने कुरा गरेका थिए। तर स्मिथको मृत्युपश्तान नै औद्योगिक क्रान्ति सुरु भएकाले उनले औद्योगिक क्रान्तिको कालो पाटो देखेनन्।

    उद्योगहरूमा आएको मेसिनिकरणले कामदारहरु मारमा परे। एउटा मेसिनले सैयौँ कामदारलाई विस्थापित गरिदियो। यो कुरा पूँजीपतिको हितमा थियो तर श्रमिकको हितमा भएन। त्यसो भए यी दुवैबीच बागर्नेनिङ पोजिसन कसरी भयो? उद्योगपतिहरू नाफाका लागि लडिरहेका छन्, मजदुरहरू भने एक पेटका लागि लडिरहेका छन्। र, बढी नाफा कमाउनका लागि उद्योगहरूले श्रमिकको शोषण गर्न थाले। स्थिति दयनीय बन्न थाल्यो, अन्ततः मध्यम वर्गकै केही विचारकले श्रम शोषणको मुद्दा उठाए। सुरुमा जोन स्टुअर्ट मिलले पनि यस मुद्दालाई उठाए, बाँकी केही समाजवादी चिन्तकले यस विषयमा कुरा गरे।

    ती सबैले मजदुरको दुर्दशाको कुरा गरे। र, सबैभन्दा ठूला चिन्तक आए, कार्ल मार्क्स। कार्ल मार्क्सको आगमनले पूँजीवादी विश्वलाई चुनौती दिन थाल्यो। कामदारमाथि त्यति धेरै शोषण गर्न नहुने कुरा पूँजीवादले पनि महशुस गर्न थाल्यो। क्रमिक रुपमा ट्रेड युनियनहरू बन्न थाले। वर्ग चेतना आउन थाल्यो। र पूँजीपतिलाई मनोमानी ढंगले चलाउन मुश्किल हुन थाल्यो।

    ‘द स्टडी–एन् इन्स्टिच्युट फर आइएस’ युट्युब च्यानलमा मणिकान्त सिंहको हिन्दी प्रवचनको स‌ंक्षिप्त अनुवाद।

    यो पनि –

    पूँजीवादले विश्वलाई समृद्ध बनायो त ? [भाग-२] 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मणिकान्त सिंह

      मणिकान्त सिंह

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.