Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026
Wednesday, April 15, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

एलेण्ड आयरल्याण्ड एलेण्ड आयरल्याण्ड
मंसिर २, २०७६
- इतिहास, दस्तावेज, यो हप्ता, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चीनियाँँ दरबारसँग प्रथम पटक प्रत्यक्ष सम्वाद गर्न प्रयत्न गर्ने इङ्गल्याण्डका शासक रानी एलिजावेथ थिइन्। सन् १५९६ मा उनले चीनको यात्रा गर्नका निम्ति तीन वटा जहाज तयार गर्न लगाइन् र ती जहाजका मुखिया वेन्जामिन उड हस्ते चीनियाँँ सम्राटलाई पत्रहरू पठाइन्। ती जहाजहरू बाटामै हराए र त्यसपछि केहीकालसम्म प्रयत्न पुनः जारी राखिएन।

    सन् १६३५ मा क्याप्टेन वेडेलको नेतृत्वमा इङ्गल्याण्डका ४ वटा जहाजहरू क्यान्टन भन्दा दक्षिणमा अवस्थित मकाओमा पुगे। त्यसबेला त्यहाँ पुर्तगालीहरूको जगजगीपूर्ण वसोवास थियो।  मकाओमा इङ्गल्याण्डका जहाजहरु पुग्नु पोर्तुगालीहरूका निम्ति गम्भीर चासोको बिषय बन्यो, किनभने यसले उनीहरूको ब्यापारिक एकाधिकारमा खतरा पैदा गरेको थियो।

    ती नव–आगन्तुकहरूलाई भगाउन पुर्तगालीहरूले अनेकौं उपायहरू र दाउ अपनाए। तीबारेमा क्याप्टेन वेडेलले आफ्यानो यात्रा-विवरणमा यसरी लेखेकाछन्– ‘‘…र इङ्गल्याण्डका जहाजहरू जहाजका मश्तुलमा सेता रङका प्रतीक चिह्नहरू फर्फराउदै अघि बढे; तर कोखामा दाँत भएका पोर्तुगालीहरूले जहाजको सानो सम्पर्क-डुंगा फर्किए लगत्तै देखि, हरपल, हर समय हामीलाई डाका, चोर, भिखमङ्गा भएको सुनाउँदै चीनियाँहरूको यति धेरै कान फुके कि चीनियाँहरू हाम्रा असल नियतप्रति नै दुर्भावना राख्ने बने; यति सम्म कि, रातको मौका छोपी उनीहरूले नदीको किनारमा रहेको किल्लामा चौसठ्ठी वटा ढलौट फलामका तगारो तेर्स्याए ; ती तगाराहरू हरेक ६ देखि ७ सय वेटका टुक्राहरू थिए र हरेक उत्रै आकार-प्रकारका थिए; र चार दिन वितेपछि, जब उनीहरूले आफुलाई राम्रै किलाबन्दी गरेको भनी ठाने उनीहरूले जहाजमा पानी आपूर्ति गर्न सजिलो ठाँउ खोज्दै हिडेका हाम्रा डुंगाहरूमाथि साना हतियारले गोली चलाउन थाले, तर कुनै नोक्सानी भने भएन ।

    त्यसपछि उनीहरूको रक्तपातको नियत थाहा पाएका हाम्रा सबैै जहाजीहरू सतर्क भए; र उनीहरूका जहाज अड्काउने काँटाहरूलाई पानीको वहावले पार्न सक्ने प्रभावको आकलन गर्दै ती जहाजीहरूले गोली चलाइएका किल्ला विपरित जहाजमै मोर्चा कसे; यद्यपी ती गोलीहरूले डोरीहरू तथा जहाजका छतमा छुनु बाहेक कुनै क्षति पुर्‍याउन सकेनन्। त्यस उप्रान्त उनीहरूको दुस्साहस सहन गर्न नसकिने हुँदै गएपछि, हरेक जहाजले उनीहरू तिर फर्केर चर्को गोलीबारी गर्न थाले; र तीन–चार घण्टापछि, तिनीहरूको कायरतापूर्ण वेहोसीको अनुमान गर्दै १०० जवानहरू सहित हाम्रा डुंगाहरू किनारमा अडिए। त्यसपछि फाट्टफुट्ट गोली चले, मुकाविला पनि भयो र किल्लावासीहरू किल्ला छाडी भागी गए। त्यसै मौका छोपी डुङ्गामा गएकाहरूले किल्लाका पर्खालमा ग्रेट ब्रिटेनको झण्डा फहराए तथा त्यसै रात उनीहरूले आफ्ना सबै हतियारका मद्दतले काउन्सील घरलाई सके जति ध्वस्त पारे ।”

    पहिलो मुठभेटको परिणाम
    यो नै ब्रिटिस र चीनियाँँ सेनाहरूका बीचमा पहिलो मुठभेट थियो र यसको परिणाम, त्यस पछिका र हालसम्मका अन्य सबैै मुठभेटका परिणामहरू जस्तै निस्कियो र त्यो थियो – पहिले पहिले सम्मानपूर्ण निवेदनहरू दिँदा अस्विकार गरिएका सामान्य ब्यापारिक विशेषाधिकारहरू खुरुक्कै प्रदान गरिए।

    डेढ सय वर्षसम्म चीनसँगको ब्यापार कठिनाइहरूका बीचमा संचालित भएका थिए। इङ्लिस इष्ट इन्डीया कम्पनीद्वारा निङ्पो, फुचाउ र एमोयमा पनि ब्यापारिक कारोवारका नाकाहरू खोल्न कोशिस भयो। क्यान्टन चीनको एकमात्र “खुला” बन्दरगाह रहिरह्यो । (यदि यो “खुला” शब्दलाई सबैैभन्दा कडा तथा असँगतिपूर्ण नियमहरू अन्तर्गत मात्र ब्यापार गर्नु बाध्य बनाइने र ब्यापार गर्न सरकारद्वारा नियुक्त गरिएका आधा दर्जन जति ब्यापारीहरूसँग मात्र लेनदेन गर्न पाइने ठाँउलाई जनाउँछ भने) थप नाका खोल्न कुनै सफलता प्राप्त भएन।

    त्यस बन्दरगाहका कष्टकर तौरतरिकाहरूका वावजुद, क्यान्टनको ब्यापारिक महत्वमा क्रमिक बृद्धि भइरह्यो। सन् १७८८ मा चीनका राजदूतका रुपमा इङ्गल्याण्डबाट कर्णेल क्याथकार्टलाई पठाइयो। यात्राका क्रममा उनको मृत्यु भयो, जसले गर्दा त्यो परियोजना स्थगित भयो। त्यसलाई सन् १७९२ सम्म नवीकरण गरिएन। त्यस वर्ष जर्ज तृतीयले चीनका सम्राटलाई लेखेको पत्र लिएर लर्ड म्याकार्नो चीन गए। उनी सम्राटलाई भेट्न सफल भए। तर, घुँडा टेकेर दर्शन गर्नु पर्ने वेइज्जतीपूर्ण परम्परा निर्वाह नगरी सम्राटसँग ब्यक्तिगत रुपमा वार्ता गर्ने ढिपीका कारणले उक्त मिसन चीनमा इङ्गल्याण्डका हितहरूमा कमै मात्र फाइदा लिन सक्यो (विदेशी राजदूतहरूले चीनको दरबारमा पालन गर्नुपर्ने तौरतरिकाहरूको विवरणका निम्ति जी. पाएथियरकोे पुस्तकहरू –‘हिस्टोरी डेस रिलेसन्स पोलिटिकेस डे ला चीने एभोक लेस पुइसानसेस ओक्सिडेन्टालेस’ तथा ‘सुइभी दु सेरेमोनियल अब्जर्भे ए ला कुर डे पेकिङ् पोर ल रिसेप्सन डेस एम्वेस दोयरस’ (पेरिस १८५९) हेर्नुहोस्।)।

    राजदूत समुद्री किनारमा फर्के पछि के थाहा भयो भने, उनीहरूको समूह पेकिङ्तिर यात्रारत् रहँदा उनीहरूका अघि अघि राखिएका झण्डाहरूमा “तीरो बुझाउन आएका रैतीहरू” लेखिएको थियो, जुन “असभ्य”हरूसँग कुटनीतिक सम्बन्ध स्थापना गरिएको चीनियाँँ जनताले थाहा नपाउन् भन्नका लागि थियो। यसबारे अरु सूचनाका लागि लर्ड म्याकर्नीको अभियानका बारेमा सर जर्ज स्टाउन्टन (पृष्ठ –७० को खुट्टे टिपन) को पुस्तक हेर्नुहोस्।

    सम्राटले जर्ज तृतीयलाई  चिनियाँले पठाएको पत्रले पहिलो ब्रिटिस राजनयिकको भ्रमणको चरम उपादेयहीनता मात्र देखाउँछ । सो पत्रले हामीलाई के कुरा मान्न बाध्य पार्छ भने, कुनै खास गुनासाहरूका अभावमा पनि उक्त पत्रमा प्रदर्शित गरिएको जस्तो अति असहिष्णु मनोवृत्ति नै त्यस दिन देखि आजका मितिसम्म चीनको विदेशी राष्ट्रहरूसँगको लडाइँहरूका पर्याप्त कारण रहेको हुन सक्छ।

    “इङ्गल्याण्डका राजालाई साम्राज्यको आदेश”

    “इङ्गल्याण्डका राजालाई साम्राज्यको आदेश” (तुङ्ह्वा लुह वा मंचु वंशको दरबारका प्रकाशित दस्तावेजहरू) शीर्षक भएको पत्रलाई इ. एच. पारकरले प्रकाशित गरेका थिए।

    त्यसै स्रोतबाट म निम्न उद्धरण लिन्छुः “त्यसो भए, धेरै समुद्र पारीका तिमी राजाले आफ्नो हृदयलाई सभ्यतातिर झुकाएका छौ र तिमीले आफ्नो अधिनतालाई प्रतिष्ठापूर्ण बनाउन राजनयिकहरू पठाएर त्यो कुरा प्रमाणित गरेका छौ…तिम्रो सम्वोधनमा गरिएको नम्र निवेदनको जहाँसम्म सवाल छ, राजा, तिमीले आफ्नै राष्ट्रियता भएको कुनै ब्यक्तिलाई दिव्य दरबारमा रहन र तिम्रो अधिराज्यका ब्यापारिक हितहरूको ब्यवस्थापन आफैले गर्न पाउनु पर्ने कुरा दिव्य दरबारका नीतिहरूको पुरै विपक्षमा छ र त्यसकारण तिम्रो निवेदन सरासर खारेज गरिन्छ…यसरी तिमीलाई यो कुरा सूचित गर्दा हामी हर्षित छौ र अब तिम्रा राजनयिकहरूलाई खारेज गरिन्छ तथा उनीहरूलाई आरामपूर्वक आफ्ना राष्ट्रमा फर्की जान आज्ञा दिइन्छ। अनि, तिमी राजा, तिमीले साम्राज्यको आसयलाई परिपूर्ण गर्न सक्दो प्रयत्न गर्नु पर्छ । तिमीले आफ्नो वफादारिता सिद्ध गर्न अझ थप प्रयासहरू गरिरहनु पर्छ र शान्ति तथा आशिर्वादको तिम्रो राष्ट्रको न्यायोचित भाग प्राप्त गरिरहन  यस दिव्य साम्राज्यका सम्राट प्रति आदरभाव जनाइरहनु तथा आज्ञापालक भइरहनु पर्छ।”

    त्यस पत्रमा दिइएका थप आदेश यस्ता छन्– “तिमी राजाले, त्यति टाढाबाट सभ्यतातिर डोर्‍याउने प्रभावको आकाङ्क्षी बनेर तथा अत्यन्त आतुरतापूर्वक आफुलाई सुधारको मार्गतिर झुकाएर विन्तिपत्र तथा सौगातहरूसहित आफ्ना राजनयीकहरूलाई समुन्द्र पार गर्न तथा हाम्रा खुशीका निम्ति प्रार्थना गर्न पठाएका छौ… यहाँ आइपुगेको भोलिपल्ट देखि नै तिम्रा दूतहरूले तिम्रो अधिराज्यको व्यापारको प्रश्न उठाए र उक्त कुरा हाम्रा सामु ल्याइयोस् भनी हाम्रा मन्त्रीहरू समक्ष निवेदन गरे। यी सबैै गतिविधिहरू स्थापित नियमका बिरुद्ध तथा प्रणाली भत्काउने खालका छन्। आज पर्यन्त बिभिन्न युरोपेली राष्ट्रहरूका असभ्यहरूका जहाजहरू, जसमा तिम्रो अधिराज्यको जहाजहरू समेत पर्दछन्, दिव्य दरबारसँग व्यापार गर्दा, आफ्नो व्यापार सधै मकाओमा गर्ने गरेका छन्। मकाओको विवरणका निम्ति ए युगस्टेडको ‘अ हिस्टोरिकल स्केच अफ दी पोर्तुगीज सेटलमेन्ट इन चाइना (वोष्टन, १८३६) हेर्नुहोस्।

    उनले लेखेका छन्-   “दिव्य दरबारका भण्डार सामानहरूले भरिभराउ छन्। हामीसँग जे जति छ, अरु कहिं पनि केही पनि छैन। त्यसकारण आपूर्ति र मागमा सन्तुलन ल्याउन बाहिरीया असभ्यहरूका कुनै पनि उत्पादनहरू हामीलाई आवश्यकता नै छैन। यस्तै अवस्थामा पनि दिव्य दरबारले उत्पादन गरेका चिया, रेशम तथा चीनियाँँ माटाका भाँडा जस्ता वस्तुहरू तिम्रो अधिराज्य लगायत युरोपका बिभिन्न राष्ट्रलाई अत्यावश्यक छन् । यसकारण दैनिक आवश्यकताका वस्तुहरूको सजिलो आपूर्ति होस् र हाम्रो अति सम्पन्नताको स्वाद सबैैले चाख्न पाउन् भनेर हाम्रा करुणा र दयाका कारणले मकाओमा विदेशी कोठीहरू खोलिएका छन् । तर यता आएर तिम्रा दूतहरूले, पूर्व स्थापित व्यवहारहरूले प्रदान गरेका सीमाहरूको उल्लङ्घन हुने गरी, उल्लेखनीय मागहरू सारेका छन् जुन परचक्रीहरूलाई दिव्य दरबारका दानहरू प्रदान गर्ने तथा विविध प्रकारका असभ्यहरूलाई हेरचाह गर्ने सिद्धान्तहरूमाथि गम्भीर आघात पार्ने प्रकारका छन् ।

    त्यसका अतिरिक्त, दिव्य दरबारले सबैै राष्ट्रहरू माथि नियन्त्रणात्मक रेखदेख गर्दछ…दिव्य साम्राज्यका सीमानाहरू पूर्ण प्रष्टताका साथ परिभाषित छन् र बाहिरी आश्रित राष्ट्रहरूमा वसोवास गर्ने व्यक्तिहरूलाई कहिल्यै पनि ती सीमाहरूको उल्लङ्घन गर्ने वा न्यून मात्रामा पनि हाम्रा जनतासँग घुलमिल हुने अनुमति छैन। यसरी, शहरभित्र तिम्रो अधिराज्यको कोठी स्थापित गर्ने तिम्रो इच्छालाई अनुमति दिँइदैन….तिम्रो अधिराज्यले मलजल गरेको स्वर्गका मालिकको शिक्षाहरूको जहाँंसम्म सम्बन्ध छ, त्यो युरोपका बिभिन्न राष्ट्रहरूले आजसम्म मलजल गरिरहेको सामान्यतयाः उस्तै शिक्षा हो। संसारको उत्पत्ति भए देखि नै दिव्य दरबारका पवित्र सम्राटहरू तथा वुद्धिमान राजाहरूले समय समयमा संस्थागत गरेका शिक्षाहरू परम्परागत रुपमा नयाँ पुस्तालाई प्रदान गर्दै आएका छन्। त्यही शिक्षालाई नै अनुशरण गर्नु पर्ने स्थायी दिशा निर्देशलाई पछ्याउन र बाहिरी शिक्षाहरूलाई पछ्याएर आफूलाई मूर्ख नबनाउन संसारका लाखौलाख मानिसहरूलाई निर्देशन गरिन्छ।…दिव्य दरबारले संसारका सबैै राष्ट्रहरूमाथि मित्रतापूर्ण आधिपत्य राख्दछ…थर थर काँप र आज्ञा पालन गर, थप हेलचेक्र्याई नगर, यो अनुलङ्घ्य आदेश हो।”

    “अफिम युद्ध” को विजारोपण

    सन् १८१६ मा चीनमा अर्को ब्रिटिस राजनयिकलाई पठाइयो तर राजदूत लर्ड एमहस्र्टले घुंँडा टेकेर दर्शन गर्न अस्विकार  गरे । यसकारणका साथै अन्य कारणहरूले समेत सम्राटसँगको प्रत्यक्ष दर्शन भेट अस्विकृत भयो र उक्त राजनयिक यात्राले कुनै पनि काम गर्न सकेन।

    डा. विलियम्सका शब्दमा “यसको वास्तविक असफलता यथार्थ स्थितिका बारेमा सम्राट र उनका अधिकारीहरूमा रहेको चरम गलत धारणा थियो। उनीहरूको घामडपन, घमण्ड, पृथकता तथा पाखण्डबाट पैदा भएको थियो र जसको मिश्रणले उनीहरूलाई त्यस्तो बनाइरहेको थियो। उनीहरूको त्यस्तो धारणा अप्रतिरोध्य शक्तिले प्रगतिवादी प्रभावहरू सामु उनीहरूलाई उदाङ्गो नपारेसम्म रहिरहने भयो। यो त्यस प्रकारको अन्तिम प्रयत्न थियो र अब मात्र तीन वटा विकल्प बाँकी रहे – कुनै न कुनै प्रकारको समानतापूर्ण प्रवन्धनमा प्रवेश गर्न उनीहरूलाई बाध्य पार्न शक्तिको सहारा लिनु, उनीहरूले दिएका आदेशहरूको अक्षरशः पालना गर्नु तथा शरणागत हुनु वा उनीहरूले पुनः ब्यापार शुरु गर्ने प्रयाश नराखुन्जेलसम्म सबैै व्यापार बन्द गर्नु। दोश्रो उपायबाट ब्यापार चलिरहने घटना क्रम चलिरह्यो तर जब पहिलो प्रकारको उपाय अपनाइयो, पश्चिमी उद्यमहरूका निम्ति सम्पूर्ण समुद्री किनारा खोल्ने घटना क्रम विकसित भयो।”

    व्यवहारिक मामलाहरूका सन्दर्भमा ब्रिटिस सरकारले चीन सरकारसँग राखेको पहिलो सम्बन्धका बारेमा विवरण दिनका लागि, इष्ट इन्डियन तथा चीनियाँँ व्यापारलाई एकाधिकारका रुपमा सञ्चालन गरेको तथा सन् १८३४ सम्म चीनियाँँ अधिकारीहरूसँग सबैै खाले व्यापारिक लेनदेन सञ्चालन गरेको इङ्गलिस इष्ट इन्डिया कम्पनी नाम गरेको कर्पोरेशनको प्रवन्ध–पत्रमा उन्नाइसौं शताव्दीको शुरुमा गरिएका परिवर्तनहरूलाई एक क्षण सर्सर्ती हेर्न जरुरी हुन्छ ।

    जुलाई २१, १८१३ मा संसदले “ …उल्लेख गरिएको कम्पनीको प्रवन्ध–पत्रका सीमाहरू अन्तर्गत रहेर बिभिन्न ठाँउहरूमा तथा ती ठाँउहरूबाट गरिने व्यापारलाई नियमन गर्न” एउटा ऐन पारित गर्‍यो। यो ऐनले, अप्रिल १०, १८१४ देखि, जहाँसम्म यसको चीनसँगको व्यापारको सम्बन्ध छ – त्यो देखि वाहेक, व्यापारमा उक्त कम्पनीको एकाधिकार समाप्त गर्‍यो। दश वर्षपछि, सन् १८२३ मा, उक्त कम्पनीको चीनसँगको व्यापारिक एकाधिकारलाई कायमै राखी, उक्त प्रवन्ध पत्रलाई कायमै राखियो।

    सन् १८३२ मा उक्त कम्पनीको अवस्था तथा गतिविधिहरूका बारेमा जाँचपडताल गर्न हाउस अफ कमन्सले एउटा विशेष समिति गठन गर्‍यो। यस समितिले त्यसै वर्ष ५,००० पृष्ठ भएको एउटा लामो प्रतिवेदन दियो। अगस्त २८, १८३३ मा एउटा ऐन पारित भयो, जसले अप्रिल ३०, १८५४ सम्म कम्पनीका मुख्य अधिकारहरूलाई कायम राख्दै (त्यस दिनदेखि उक्त कम्पनीको अस्तित्व समाप्त हुने गरी), अप्रील २२, १८३४ देखि चीनसँगको व्यापारलाई खुला गर्‍यो।अगस्त २८, १८३३ कै दिन, अर्को एउटा ऐन पनि पारित भयो, जसमा इष्ट इन्डिया कम्पनीको नियन्त्रणबाट फुक्का भएको समयदेखि चीन तथा भारतको व्यापारका नियमहरू समावेश गरिएका थिए। यस ऐनले, ब्रिटिस सरकारलाई चीनमा तीन जना आवाशीय सुपरिवेक्षक नियुक्त गर्ने तथा त्यस क्षेत्रमा ब्रिटिस व्यापारलाई नियमन गर्ने अधिकार दियो। लर्ड नेपियर मुख्य सुपरिवेक्षक नियुक्त गरिए र उनका सहायकहरू डेभिस (पछि सर जोन फ्रान्सिस्) र सर जोन रबिन्सन थिए।

    लर्ड नेपियरले चीनियाँ अधिकारीहरू समक्ष आफ्नो मिशनको परिचय दिने कोशिश गरे तर चीनियाँहरूले त्यस कुराको मतलवै राखेनन्। उनका झिँटीगुन्टाहरू खोसिए, उनको घोर बेइज्जती गरियो र अन्त्यमा उनलाई मकाओमा शरण लिन बाध्य बनाइयो, त्यहीं उनको मृत्यु अक्टोबर ११, १८३४ मा भयो।

    लर्ड नेपियर पछि उनको ठाँउमा सर जर्ज रबिन्सन गए। त्यस पछि उनको ठाँउमा क्याप्टेन (जो पछि सर चार्ल्स बने) इलियट गए। यी अधिकारीहरूको कार्यकालमा केही समयसम्म क्यान्टनको व्यापारमा केही तेजी आयो तापनि ब्रिटिस प्रतिनिधिहरूसँग कुनै पनि प्रकारको प्रत्यक्ष लेनदेन गर्न मेन्डारिनहरूको अस्विकृतिले गर्दा हरेक कामलाई कठिन बनायो र आपसी मामलाहरू उच्च तनावयुक्त रहे ।

    तर, कष्टका दिन आउदै थिए । सन् १८३४ मा एकाधिकार तोडिए यता तथा इङ्गल्याण्ड र चीनका बीचमा सन् १८४० मा शुरु भएको लडाइँ भन्दा उता आफ्ना ब्यापारका निम्ति स्वीकार गर्न सकिने सर्तहरू प्राप्त गर्न खोजियो। तर विदेशी व्यापारीहरूले गरेका अनवरत प्रयत्नहरू तथा विदेशीहरूलाई असभ्य वाहेक अन्य केही नदेख्ने चीनियाँ अधिकारीहरूको लगातार अस्विकृतिले प्रतिवेदनहरू भरिएका छन्।

    घम्साघम्सी शुरु हुनुको तत्कालिन कारण साम्राज्यका लिन नामक आयुक्त जिम्मवार थिए। उन्ले क्यान्टनमा हुने शंका गरिएको अफिमको ब्यापारको (त्यस्तो व्यापार चीनियाँ अधिकारीहरूको सहमति र सक्रिय सहयोगमा गरिन्थ्यो) बारेमा जाँचबुझ गर्ने निहुँमा ब्रिटिस सरकारका प्रतिनिधि सर चार्ल्स इलियट सहित सम्पूर्ण विदेशी समुदायलाई गिरफ्तार गर्न र ६ हप्तासम्म बन्दि बनाउन लगाए। विदेशी व्यापारीहरूको गिरफ्तारीका दौरानमा, उनीहरूले क्याप्टेन इलियटको आदेश अनुसार र चीनियाँ अधिकारीहरूको ज्यान लिने धम्कीका कारण उनीहरूसँग भएका सबैै अफिम उनीहरूले बुझाए। यसरी बुझाएको करीव २०,००० बोरा अफिम, सबैै नै लिनद्वारा नष्ट गरिए।

    ब्रिटिस सरकारका प्रतिनिधिहरूलाई गरिएको बेइज्जती तथा बिदेशी समुदाय बिरुद्धको घृणात्मक व्यवहारका अतिरिक्त चीनियाँहरूद्वारा हिंसामा उत्रने बारम्बारको धम्की, (जुन कहिं कहिं ब्यवहारमा समेत परिणत भयो) ले सन् १८३९ को अन्त्यतिर द्वन्दको व्यापक शुरुवात तिर डोर्‍यायो।

    त्यो लडाइँँ करीव तीन वर्षसम्म चलिरह्यो र ब्रिटिस सेनाले धेरैवटा शहरहरू कब्जा गरेपछि तथा धेरैवटा मुठभेटहरूमा चीनियाँहरूलाई पराजित गरेपछि लडाइँँ बन्द गरियो। लडाइँँ बन्द गर्दाको सम्झौता अगस्त २९, १८४२ मा (नानकिङ् सम्झौता) एच.एम.एस कर्नवालिस जहाजमा नानकिङ् नजिकै गरिएको थियो, जसमा सर हेनरी पोटिङ्गर एवं चीनियाँ उच्च आयुक्त के यीङ् तथा अन्य दुई चीनियाँ अधिकारीहरूले हस्ताक्षर गरेका थिए।

    मुठभेट पछिका छलफल तिर डोर्‍याउन यो लागू–औषधले खेलेको महत्वपूर्ण भूमिकाका कारणले यो लडाइँलाई “अफिम युद्ध” भनिन्छ। यस विषयका धेरै आधिकारिक कागजपत्रका अलावा गैरसरकारी व्यक्तिहरूका पुस्तक एवं पर्चाहरूको उल्लेखनीय सँग्रह उपलब्ध छ।

    कुरा नलुकाई भन्ने हो भने सम्राटका आदेशहरू अनुसार अफिमको ब्यापार गैरकानूनी थियो तर क्यान्टनका स्थानीय अधिकारीहरूले त्यसको आयातलाई प्रोत्साहित गरेका थिए। क्यान्टन शहर समेत अवस्थित रहेको क्वाङतुङ् प्रान्तका भाइसरायका झण्डा फहराउने चारवटा डुंगाहरू त्यस ब्यापारमा संलग्न रहेको विश्वसनीय साक्षीहरू छन्। दुर्व्यसनीहरुलाई बेला बेलामा बोलाएर उक्त लागू औषध प्रयोग गरे बापत फट्कारिए पनि अवैध चोरी पैठारी रोक्न चीनियाँ अधिकारीहरूले कुनै गम्भीर प्रयत्न गरेनन् । त्यसपछि, जब अफिमका लागि तामाका सिक्काको मूल्यमा धेरै बृद्धि भयो, विनिमय दरमा मिलान गर्दै लाँदा चाँदी नै रित्तिने अवस्था पैदा भयो र यी सबै कुराको जाँचवुझ गर्न चिनिया पदािधकारी लिनलाई क्यान्टन पठाइयो। चलनचल्तीको दर १,००० नगद बरावर १ टिल चाँदी थियो, तर चाँदीको निकासीका कारणले उक्त दरमा वृद्धि भई १६,००० नगद बराबर १ टिल चाँदी पुगेको थियो।

    यो चलिरहेको अबैध धन्दाको बारेमा क्यान्टनस्थित ब्रिटिस ब्यापारिक सुपरिवेक्षकलाई निश्चित रुपमा थाहा थियो, तर उनले के महसुस गरे भने स्थानीय उच्चपदस्थ अधिकारीहरू नै त्यस ब्यापारमा संलग्न हुन हिच्किचाउँदैनन् भने, त्यसमा उनले हस्तक्षेप गर्नुपर्ने कुनै कारण थिएन। त्यसमाथि थप कुरा के थियो भने, यिनै अधिकारीहरूले उनको औपचारिक पदलाई मान्यता प्रदान गर्न अस्विकार गरेका थिए र उनलाई त्यस्तो मान्यता प्रदान गरेका भए उनले ब्यापारीहरूलाई त्यस्तो काम नगर्न सम्झाई–वुझाई गर्ने बारेमा उनले सोच्न सक्ने परिस्थिति बन्थ्यो।

    यस प्रकारले घटनाक्रम विकसित हुँदै गयो – दुवै पक्षलाई यो व्यापार अबैध भएको थाहा थियो। दुवै पक्षले यस्ता गतिविधिप्रति आँखा बन्द गरेका थिए। चीनियाँ अधिकारीहरूले यसबाट अझ वढी र दोहोरो फाइदा लिइरहेका थिए– एकातिर यो व्यापारमा संलग्न भएर प्रसस्त कमाइरहेका थिए भने अर्कातिर अरुलाई ब्यापार गर्ने अनुमति दिई घुस लिएर समेत कमाइरहेका थिए। आफ्ना राष्ट्रका दुव्र्यसनीहरू प्रति वेपर्वाह भएर तथा पेकिङ्का अधिकारीहरूको दवावमा जब तिनीहरूले अन्त्यमा उक्त व्यापार बन्द गर्ने निर्णय गरे, त्यतिबेला जुन हिंसात्मक तथा अन्यायपूर्ण तौरतरिका अबलम्वन गरियो, त्यसले चीनियाँहरूलाई गलत ठाँउमा उभ्याइदियो। सर्सर्ती हेर्दा, स्थानीय अधिकारीहरूको वेइमानीमा संलग्नताका लागि अंग्रेजहरू पनि गल्तीका भागीदार देखिन्छन् र अझ गहिरिएर हेर्ने हो भने लिनले क्यान्टनमा नष्ट गरेको अफिमको क्षतिपूर्तिका लागि उनीहरूले जुन ढिपी गरे, त्यसले उनीहरूको गल्तीको भार अझ बढी देखिन्छ।

    तर लडाइँँहरूका बारेमा बिचार गर्दा तिनीहरूका कारणलाई मात्र आधार बनाइनु हुँदैन। त्यसका परिणामहरूलाई पनि आधार बनाइनु पर्छ। भोन रान्केले भनेका छन् –“लडाइँहरू धेरै प्रकारका हुन्छन् र बहादुरीका गाथाहरूका धेरै कोण हुन्छन्; तर जसले आफ्ना विजयी हातहतियारका बलले मानवीय सभ्यताका नयाँ द्वारहरू खोलेका छन् र संसारका केही महत्वपूर्ण भूभागहरूमा असभ्यता माथि विजय हासिल गरेका छन्, तिनीहरू मात्र सर्वोच्च प्रशंशाका पात्र हुन्छन् ।” यसरी, हाम्रा आफ्ना दृष्टिकोण अनुसार सन् १८४० को लडाइँको दोषको भाग लगाइदिन सक्छौ तर व्यवहारिक कुरा चैं के हो भने त्यस लडाइँले संसारको आम वस्तुस्थितिमा कस्तो प्रभाव पार्‍यो भन्ने हेर्नु पर्छ।

    हङ्‍कङमा हक कायम भयो र यो लडाइँ न्यायपूर्ण पनि थियो

    सन् १८४२ को नानकिङ् सम्झौता तथा हुमुन–चेको त्यसै सालको पूरक सम्झौता अनुरुप क्यान्टनमा वैदेशिक व्यापारमा लगाइएका झञ्झटिला प्रतिबन्धहरू हटाइए, को होङ्लाई खारेज गरियो, व्यापारीहरूलाई जो सुकैसँग पनि व्यापार गर्ने स्वतन्त्रता दिइयो, अमोय, निङ्पो, फुचो र सांघाई– यी चारवटा बन्दरगाहहरूलाई वैदेशिक व्यापारका निम्ति खुला गरिए (इङ्गल्याण्डले कुनै पनि प्रकारका विशेषाधिकारहरूको दावा गरेन), र उच्च चीनियाँ अधिकारीहरूसँग समानताका आधारमा सम्वाद गर्न पाउने अधिकार सुरक्षित गरेर, इङ्गल्याण्डले चीनियाँको विदेशीहरू प्रति गरिने लापर्वाहपूर्ण तथा असैह्य व्यवहारलाई पहिलो प्रभावकारी धक्का दियो।

    त्यसबेला चीनमा इङ्गल्याण्डका आम नीतिप्रति कडा असहमति व्यक्त गर्ने एक लेखकले त्यो अवस्थालाई वर्णन गर्दै भनेका छन् –“चीनियाँ सरकार आफैले अफिमको व्यापारको खरावी र त्यसले निम्त्याएको लडाइँँ आफुमाथि थोपरेको हो।”

    जहाँसम्म त्यस लडाइँबाट इङ्गल्याण्डलाई भएको वास्तविक भौतिक फाइदाको कुरा छ, उसले लडाइँका दौरानमा कब्जा जमाएको हङ्‍कङ  माथिको स्वामित्व र २ करोड १० लाख डलर क्षतिपूर्ति (जसमध्ये ६० लाख डलर लिनद्वारा नष्ट गरिएको अफिमको मूल्य पनि थियो) पायो।

    चीनका बिरुद्ध इङ्गल्याण्डले शुरु गरेको असमानतापूर्ण लडाइँका बारेमा छलफल चल्दा युरोपेली महादेश तथा संयुक्त राज्य अमेरिकामा सधै झैं चर्को विरोध गरिए पनि ब्रिटिस विजयले सारा संसारका निम्ति सुरक्षित गरेका लाभहरू आ–आफ्ना राष्ट्रका निम्ति दावा गर्न सबैै अग्रसर भए। संयुक्त राज्य अमेरिका र फ्रान्सले तुरुन्तै आयुक्तहरू त्यता पठाए; र धोकेवाज ब्रिटिसहरूले जे गरे त्यो नगरेका भए चीनले आगामी धेरै वर्षसम्म रोकेर राख्ने निश्चित रहेका विशेषाधिकारहरू सहितका सम्झौता, हरेक राष्ट्रले चीनसँग गरे। यो नयाँ परिस्थितिको लाभ लिँदै बेल्जियम, स्पेन, हल्याण्ड, प्रशिया तथा पुर्तगालले पनि प्रतिनिधि पठाए।

    दुई जना सुपरिचित अमेरिकीहरू, एक ताकाका राष्ट्रपति जोन क्वीन्सी एडम्स् तथा आफ्नो जमानाका अत्यन्त विद्वान चीन विशेषज्ञ डा.एस.वेल्स विलियम्सले ब्यक्त गरेका विद्वतापूर्ण विचारहरूलाई उद्दृत गरी हामी लडाइँको प्रश्नलाई खारेज गर्न सक्छौ।

    “इङ्गल्याण्ड र चीनबीचको युद्ध” विषयको नोभेम्वर २२, १८४१ को म्यासाचुसेट्स ऐतिहासिक समाजको गोष्ठीलाई सम्बोधन गर्दै एडम्सले भने –“दुई पक्षहरू मध्ये कस्को पक्ष न्यायपूर्ण छ ? तपाईंहरूलाई मेरो उत्तरले छक्क पार्न सक्छ, म भन्छु– ब्रिटेन । ब्रिटेनको पक्ष न्यायपूर्ण छ । तर यस कुरालाई प्रमाणित गर्न, मेरो के दायित्व हुन्छ भने, अफिमको प्रश्न लडार्इँको कारण होइन भनेर प्रमाण दिन सक्नुपर्छ । मैले देखाउन खोजेको कुरा अझै पूर्ण भइसकेको छैन । लडाइँको कारण घुँडा टेक्नु हो ! – आफु बाहेकका सारा मानवजातिहरूको व्यापारिक सम्बन्धलाई आफुले नियन्त्रण गर्ने, (त्यो पनि समानतामा आधारित नभई, वल्कि मालिक र नोकरको बेइज्जतीपूर्ण तथा घटिया सम्बन्धका आधारमा) चीनको घमण्डी एवं समर्थन गर्नै नसकिने चर्तिकला ।”

    आफ्नो जमानाका चीनियाँ मामलामा वढी ज्ञाता डा. विलियम्स्ले उक्त लडाइँको सार खिच्दै भनेका छन्–“यो लडार्इँ, अफिम युद्धका कारणले भएको हुनाले सरासर अन्यायपूर्ण छ, तापनि जहाँसम्म मानवीय समझदारीको ग्रहणशीलताको कुरा छ, अन्य राष्ट्रहरूसँग समानतापूर्ण सम्बन्धलाई पूर्णरुपेण अस्वीकार गर्ने वा आफ्ना क्रियाकलापको प्रष्टिकरण नगर्ने तथा मानव–मानवबीचमा स्वतन्त्र लेनदेनलाई मनाही गर्ने सरकारलाई दिइएको दण्ड हो ।’’

    उनले अझ प्रष्ट गर्न खोजेका छन् – ‘‘लडाइँमा सामेल हुनु अघि त्यसो गर्नुपर्ने कारणहरूका बारेमा इङ्गल्याण्डले सारा संसारलाई त्यसका कारणहरू खुलाएको भए, त्यस मामलाका असल पक्षहरूलाई अझ राम्ररी बुझ्न सकिन्थ्यो । लडाइँको बिगुल फुकिनु अघि इङ्गल्याण्डले चीनियाँ सम्राटका बिरुद्ध लडाइँँ गर्नु परेका कारणहरू खोल्नु पर्थ्यो । जस्तै ‘चीनियाँ सम्राटले, उनको अनुमति लिएर उनका समुद्री किनारमा बसोबास गर्न पुगेका बेलयाती नागरिकहरूलाई उनका प्रजाहरूसँग हिमचिम वढाउन दिएन यति मात्र होइन उनका अधिकारीहरूसँग आप्mना कुरा राख्न समेत नदिने जस्ता आम मानवीय व्यवहार गरेनन्। आफुलाई पायक परेका बेलामा अरुलाई सताउन सकिने खालका मूर्खतापूर्ण नियम कानूनहरू उनले बनाए (जसलाई उनकै प्रजाहरूले पनि पालन गर्दैनथे) र निष्पक्षता भन्ने कुरालाई लत्याउँदै अनौठा तथा एकपक्षीय न्यायिक प्रक्रियाका माध्यमहरूबाट अरुको सम्पत्तिमा दखल गरे; र अन्त्यमा उनले आफूलाई अरु सार्वभौमसत्ता सम्पन्न शक्तिहरूबाट पृथक राखे र आफ्ना जनताको अन्य मानव जातिसँग सम्बन्ध राख्न पाउने अवशिष्ट अधिकारहरूमा उनले बन्देज लगाए’ भन्ने कुराहरु स्पष्ट पार्न सक्नु पर्थ्यो। यसो गर्न सकेको भए, यस लडाइँमा ब्रिटेनको नियत धेरै राम्रो देखिने थियो ।”

    (हामीले सन् १९०२ मा प्रकाशित Allende Ireland द्वारा लिखित China and Powers को छोटो अंशलाई हरेक शनिवार क्रमश: प्रसारण गर्दै आएका छौं।  यो पुस्तक प्रकाशन भएको करीव १०२ वर्ष भइसकेकोछ तर पश्चिमाको  थुसिडाइट्स रणनीति यसैमा आधारित छ। र यही पुस्तकमा  प्रस्तुत धारणा नै हालको पश्चिमा राष्ट्रहरुको चिनलाई व्यवहार गर्ने रणनीति बन्दै आएको छ। फ्रान्सिस फुकियामाका हालका धारणाले पनि यस पुस्तकको घेरा नाँघ्न सकेको छैन। जम्माजम्मी १५० प्रति छापिएको यो पुस्तक खासखास व्यक्तिलाई वितरण गरिएको थियो र त्यसपछि यसको प्रिन्टिङ्ग प्लेटहरु नष्ट गरिएको थियो।  हामीले यस पुस्तकका  महत्वपूर्ण र वर्तमानमा सान्दर्भिक हुने ऐतिहासिक  अंश प्रशार  गर्दैछौ‌ं र यसलाई आगामी हप्तामा पनि दिइनेछ। )

    यो पनि पढ्नुहोस् –

    चीनमा पश्चिमाहरुको पहिलो अध्ययन भ्रमण (मार्को पोलोबारे रोचक वर्णनसहित) 

    स्वतन्त्र भएपछि संयुक्त राज्य अमेरिकाको चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयाश – एक 

    संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

    संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु 

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      एलेण्ड आयरल्याण्ड

      एलेण्ड आयरल्याण्ड

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.