Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026
Wednesday, April 15, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

एलेण्ड आयरल्याण्ड एलेण्ड आयरल्याण्ड
कार्तिक १७, २०७६
- इतिहास, यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जम्काभेट

    सन् १८५६ मा पहिलो पटक संयुक्त राज्य अमेरिका र चीनका बीचमा शसस्त्र मुठभेट भयो। १५ नोभेम्बर १८५६ मा अमेरिकी वाष्प–जहाज ‘पोर्ट्स्माउथ’ को एउटा डुङ्गा लङ्गर हालेको ठाँउबाट क्यान्टनतिर जाँदै गर्दा किनारका किल्लाहरूबाट यस माथि गोला दागियो। शुरुमा त चीनियाँहरूले भूलवश गोला बर्षाउदै होलान् भन्नेमा डुङ्गाका यात्रीहरू विश्वस्त थिए र तोपचीहरूले देख्ने गरी अमेरिकी झण्डा फहराइयो। तथापी, गोला वर्षाउने क्रम जारी रह्यो र डुङ्गा त्यहाँबाट फर्कन बाध्य भयो। अर्को दिन, पूर्वी भारत तथा चीनियाँ समुद्र स्थित संयुक्त राज्य अमेरिकाको जल सेनाका सेनापति जेम्स आर्मस्ट्रङ्ले केही फौजीहरू त्यहाँ उतारे र ती किल्लाहरू नियन्त्रणमा लिए, जहाँबाट रणभुल्लमा परेका चिनीयाँहरू भागे।

    त्यसपछि सेनापति जेम्सले साम्राज्यका आयुक्त ये लाई स्पष्टीकरणको माग गर्दै पत्र लेखे। उनको पत्रमा भनियो– “महामहिमलाई यो कुरा सूचित गराउँदा मलाई दुख लागेको छ कि गत १६ तारिख ह्वाम्पोवा र क्यान्टन बीचको नदीमा निर्माणहरू गरिएका ‘बाधा किल्ला’ भनी चिनिएका किल्लाहरू माथि आक्रमण गरी तिनलाई शान्त पार्नु मेरो कर्तब्य थियो।”

    तत्काल प्रतिक्रिया गर्ने त्यो कार्यले ये लाई यति प्रभावित पार्‍यो कि त्यस घटनाका बारेमा अन्तिम सुलह गर्दा ती किल्लाहरूमाथि अमेरिकी आक्रमण तथा कब्जाका बारेमा चीनियाँ अधिकारीहरूले कुनै उल्लेख नै गरेनन्।सम्झौता–वार्ता गर्ने म्याक्लेनका प्रयत्नहरूका कुनै प्रतिफल निस्किएनन्।

    सन् १८५७ मा विलियम बी–रिड चीनका लागि मन्त्री नियुक्त गरिए। चीन पुगेपछि उनले क्यान्टनका निम्ति साम्राज्यका आयुक्त ये सँग सम्वाद शुरु गरे। यो बेला चीन उथलपुथलको अवस्थामा थियो किनभने ताए–पिङ् विद्रोहहरूका गतिविधिहरूका अतिरिक्त त्यस साम्राज्यका अधिकारीहरू ब्रिटेन र फ्रान्ससँगको वैमनश्यतापूर्ण अवस्थामा ब्यस्त थिए। अन्ततः रिड जून १८, १८५८ मा एउटा सम्झौता तथा नोभेम्बर ३, १८५८ मा दुई वटा अभिसन्धिलाई अन्तिमरुप दिन सफल भए। उनले आफ्ना पदबाट राजीनामा दिई अमेरिका फर्कनु अघिसम्म यस विषयमा उनीबाट गरिएको पत्राचारहरूको ठेली ६०० पृष्ठ भन्दा बढी छ।

    रीडले साम्राज्यका आयुक्त ये बाट प्राप्त गरेका पत्राचारहरूको दुई वटा उद्धरणले त्यहाँ कुनै पनि काम गराउँदा आइपर्ने कठिनाइहरू दर्शाउन सक्छन्। ये आफैले उनीहरू बीचको पत्राचारको हास्यास्पद कुरालाई मन पराएका थिए भन्ने अनुभूति नगरी कसैले पनि यी उद्धरणहरू सरासर पढ्न सक्तैनन्। रिड चीन आइपुगेलगत्तै उनले ये लाई आँफू वाङ्घीयाको सम्झौता, १८४४ लाई संशोधन गर्ने उद्देश्यले आएको लेखे। किनकि घटना क्रमको विकासले खास खास कुराहरूमा सन्धी फेरबदल गर्नु आवश्यक भइसकेको थियो। उनले सन्धीको कार्यान्वयनप्रति पूर्ण सन्तुष्टी भएको औपचारिकताका साथ के कुरा स्मरण गराए भने कुनै पनि विषयमा संयुक्त राज्य अमेरिकाले उक्त सम्झौता कहिले पनि उल्लङ्घन गरेन।

    ये ले यस्को प्रत्युत्तरमा भने—“त्यतिबेला (सन् १८४४मा) सम्पन्न त्यो सम्झौता त्यति विधि सन्तोषजनक र फाइदाकारी प्रमाणीत भएको तपाईं महामहिम नै भन्दै हुनुहुन्छ, तिनको कहिल्यै उल्लङ्घन भएन, त्यसो भए त्यसमा यी झिना मसिना संशोधन गर्न पनि आवश्यकता छैन, र तपाईं जस्तो मेधावी र निष्कपट ब्यक्तिले हाल प्रचलित पुराना नियमहरूमा फेरवदल गर्नु पर्ने आवश्यकता नरहेको प्रष्ट देख्नै पर्दछ।”

    यसको जबाफमा रिडले लेखे–“तपाईंले ब्यक्त गर्नु भएको मैत्रीपूर्ण भावका लागि म तपाईंंलाई धन्यवाद दिन्छु। तपाईंले म सँग भेटघाट गर्न असमर्थता प्रकट गर्नु भएको कुराले मलाई थप दुखी बनाएको छ, किनभने म हाम्रा विचारहरूको प्रत्यक्ष आदानप्रदानले हामी हाम्रा घोषित मित्रतालाई तपाईंंको र मेरो देशका जनताको ब्यवहारिक फाइदामा रुपान्तरण गर्न सकिने कुरामा ढुक्क छु।”

    यसको जबाफमा भेटघाटै गर्न नसकिने लाचारी प्रकट गर्दै ये ले लेखे– “तपाईंंको संदेशमा तपाईंको टिप्पणी ‘म सँगको भेटघाटका निम्ति तपाईंको असमर्थता प्रति म थप दुखी बनेको छु’ आदि छ। यहाँबाट सरल हिसावले के अनुमान गर्न सकिन्छ भने, महामहिमले वस्तुस्थितिलाई राम्ररी बुझ्नु भएको छ र तपाईंले ब्यक्त गर्नु भएको गहिरो दुखले मेरो भावनाहरूलाई निकै नै शान्त बनाएका छन्। मेरो यो भन्दा अघिको प्रत्युत्तरमा कुनै शब्द, कुनै वाक्य थिएनन् जसले मेरा यथार्थ चाहना तथा विचारहरूलाई अभिब्यक्त नगरेका होउन् र त्यस समय यता न त म परिवर्तित भएको छु, न मेरा लागि त्यो घोषित मित्रता गफ मात्र हो। त्यसो भए किन तपाईं प्रत्यक्ष वार्तालाई त्यति धेरै जोड दिनुहुन्छ–त्यहाँ ब्यक्त मैत्रीपूर्ण भावनाहरूको सुनिश्चिततालाई प्रदर्शन गर्न ? उदाहरणका लागि, एक अर्काका बारेमा जानकारी भएका ब्यक्तिहरूले आपसी हार्दिकता यथार्थ मै अनुभूत गर्न सक्छन्, र एक अर्काले लेखेको पत्रलाई प्रत्यक्ष भेटघाट जत्तिकै ठान्छन्, तर उनीहरूको मित्रता देखावटी मात्र हो तथा तिनीहरूका बीचमा हार्दिकता छैन भने, उनीहरूले निरन्तर रुपमा आपसी भेटघाट गरे पनि, उनीहरूका भावनामा खोट छ भने एक अर्कालाई अनुहार देखाएर मात्र के प्राप्ति होला र ?”

    अन्तहीन छलफलहरू र घेराबन्दीबाट निष्कर्ष

    तथापी, त्यसपछि पनि करीव अन्तहीन छलफलहरू चलिनैरहे तर फ्रेन्च र अङ्ग्रेज फौजहरूले चिन साम्राज्यका अधिकारीहरूलाई आफ्नो स्थिति महशुस गर्न बाध्य नबनाएको भए ती छलफलहरू फलदायी सावित नहुनेमा कुनै शंका थिएन। त्यस पछि भने जून १८, १८५८ मा तिएन्त्सीनमा अमेरिका र चीन बीचमा एउटा नयाँ सम्झौतामा हस्ताक्षर भयो।
    त्यस सम्झौतामा एउटा प्राक्कथन तथा तीस वटा धाराहरू थिए। जहाँसम्म अमेरिका हितहरूको कुरा थिए, सन् १८४४ को सम्झौता भन्दा त्यो धेरै हदसम्म अग्रगामी थियो।

    असमझदारीका मुख्य बुँदाहरू मध्ये ध्यानयोग्य कुराहरू– “अमेरिकी मन्त्रीहरूले, समानताका आधारमा चीनियाँँ राजकीय परिषद् तथा खास खास उच्चपदस्थ अधिकारीहरूसँग सम्वाद गर्न पाउने अधिकार तथा पेकिङको भ्रमण गर्न पाउने अधिकार प्राप्त गर्नु’’ थिए ; जब कि अमेरिकी धर्म प्रचारकहरूलाई निम्न शर्तहरूका अधिनमा रहने गरी धारा २९ मा मान्यता प्रदान गरियोः ‘‘प्रोटेस्टेन्ट तथा रोमन क्याथोलिक चर्चहरूले मानी ल्याए अनुरुपका  क्रिश्चियन धर्मका आचार्यहरूलाई असल बन्ने शिक्षकहरूका रुपमा मान्यता प्रदान गरिन्छ र उनीहरूले अरुलाई जस्तो ब्यवहार गर्दछन्, त्यस्तै ब्यवहार उनीहरू प्रति अरुले पनि गर्नु पर्दछ। अब आइन्दा यी शास्त्रहरूको शान्तिपूर्ण तवरले प्रचार तथा शिक्षण गर्नेहरूलाई त्यस निहुँमा दुरुत्साहित वा दंडित गरिने छैन। कुनै ब्यक्ति, चाहे त्यो अमेरिकी नागरिक होस् या धर्म परिवर्तन गरेको चीनियाँलाई यदि उनीहरू आफ्ना सिद्धान्त अनुसार, शान्तिपूर्ण तवरमा क्रिश्चियन धर्मका सिद्धान्तहरू पढाउँदछन् र प्रचार प्रसार गर्दछन् भने, त्यस्ता कुनै पनि गतिविधिहरूमा हस्तक्षेप वा दुर्व्यवहार गरिने छैनन्।”

    सन् १८५८ को सम्झौताका अतिरिक्त, त्यस वर्ष अमेरिका र चीन बीचमा दुई वटा समझदारी पत्रमा हस्ताक्षर भएका थिए। त्यस मध्ये पहिलो ब्यापारका नियमहरूसँग मात्र सम्बन्धित थियो र त्यसलाई नोभेम्बर ८, १८५८ मा सांघाईमा अन्तिमरुप दिइएको थियो। यो समझदारी पत्रको आवश्यकताका केही वास्तविक कारणहरू थिए। जून १८, १८५८ को सम्झौतामा अमेरिकी नागरिकहरूले सन् १८४४ को वाङ्घीया सम्झौताले ब्यवस्था गरे अनुरुपकै भन्सार महसुल तिर्नु पर्ने प्रावधान थियो; तर अन्य शक्तिहरूसँगका सम्झौता अनुरुप तिनीहरूलाई संशोधन गर्न सकिने प्रावधान पनि त्यसमा थियो, जसअनुसार अमेरिकी राष्ट्रहरूलाई अरु राष्ट्रहरूका मालवस्तु भन्दा बढी भंसार–महसुल नउठाइने कुरा उल्लेख थियो। सन् १८५६ को युद्धलाई समाप्त पार्ने ब्रिटेन र फ्रान्ससँग हालसालै गरिएका सम्झौताहरूले केही परिवर्तनहरू ल्याएको थियो र तिनमा संयुक्त राज्य अमेरिकाको स्वीकृतिको अपेक्षा गरिएको थियो। त्यसको लगत्तै नयाँ भंसार–महसुलहरू निर्धारण गरिए, जुन वाङ्घीयाको सम्झौतामा ब्यवस्था गरिएका तथा तियान्त्सीनको सम्झौतामा समझदारी गरिएका भन्दा बढी थिए।

    नोभेम्बर ८, १८५८ कै दिन अमेरिकासँग अर्को समझदारी पत्रमा पनि हस्ताक्षर भयो र त्यसअनुरुप अमेरिकी नागरिकहरूको चीनियाँँ सरकार बिरुद्धका दावाहरू सम्बन्धित ब्यवस्थापन पनि लागू भयो, जुन कुरा रिडले जुन १८५८ मा तियान्त्सीनमा हस्ताक्षर गर्ने चीनियाँँ आयुक्त सामू राखेका थिए।

    यी दावाहरू अधिकांशतः, साम्राज्यका आयुक्त तथा क्यान्टनका मूख्य–प्रशासक ये का गतिविधिहरूका कारणले उब्जिएका थिए, जसले डिसेम्बर १४, १८५६ मा रातको समयमा क्यान्टनमा भएका सबै विदेशीहरूका कारखानामा जानाजान आगो लगाई ध्वस्त पारेका थिए। राष्ट्रपति बुचनानद्वारा छानवीनका लागि नियुक्त गरिएका आयुक्तहरू चाल्र्स डब्लु ब्राडली तथा ओलिभर इ. रवर्टस्ले यी दावाहरूको छानवीन गरेका थिए। उनीहरूले क्षतिपूर्तिको दावालाई ११ लाख ८५ हजार ८२१ डलरबाट घटाएर ४ लाख १४ हजार १८७ डलर निर्धारण गरे, तर क्षतिपूर्तिका दावा गर्नेहरूलाई अन्तिम हिसाबमा ४ लाख ९२ हजार ७३४ डलर क्षतिपूर्ति तिरियो।

    यी दुई राष्ट्रहरू बीचको सम्बन्धमा थप पाइलाले हामीलाई संयुक्त राज्य अमेरिका पुर्‍याउँछ, जहाँ चीनको मामलासँग सम्बन्धित कुराहरू केही वर्षहरूसम्म चाखको केन्द्र बनिरहन्छ। सन् १८६८ मा चीनका लागि तात्कालिन अमेरिकी मन्त्री अनसोन बर्लिनगेमले आफ्नो पदबाट राजीनामा दिए र शक्तिशाली राष्ट्रहरूका निम्ति चीनका राजदूतका रुपमा, अमेरिका तथा युरोपको यात्रा गर्न पाउने तथा त्यहाँका राष्ट्रहरूसँग सन्धी–सम्झौता गर्ने अधिकार सहित, चीन सरकार अन्तर्गत एउटा पद ग्रहण गरे। सन् १८६८ को बर्षायाममा उनी वासिङ्गटन पुगे र त्यसै वर्षको जून १८ मा १८५८ को सम्झौतामा थप परिशिष्ट भएको एउटा सम्झौता संयुक्त राज्य अमेरिकासँग गरे। यो थप परिशिष्टयुक्त सम्झौतालाई आम रुपमा “वर्लिनगेम सम्झौता” (Burlingame Treaty) का नामले चिनिन्छ।

    वर्लिनगेम सम्झौता” को महत्व

    धेरै कुराले उक्त सम्झौता ज्यादै महत्वपूर्ण थियो। उक्त सम्झौताका आठवटा धाराहरू मध्ये, यहाँ उल्लेख गर्न लायक तीन वटा मात्र छन्। धारा ३ अनुरुप चीनका सम्राटले संयुक्त राज्य अमेरिकाका बन्दरगाहहरूमा वाणिज्य–दूत नियुक्त गर्न पाउने अधिकार सुरक्षित गरे र ती वाणिज्य–दूतका विशेषाधिकारहरू अमेरिकास्थित ग्रेट ब्रिटेन र रुसका वाणिज्य–दूतहरू समान रहने ब्यवस्था गरिए। धारा ५ र ६ को म किन उल्लेख गर्छु भने यी धाराहरू अनुरुप संयुक्त राज्य अमेरिकाले संयुक्त राज्य अमेरिकामा विना ब्यवधान प्रवेश गर्न तथा त्यहाँ बसोवास गर्न पाउने चीनियाँँको अधिकारलाई आधिकारिक रुपमा मान्यता दियो।

    धारा ५ अनुसार “संयुक्त राज्य अमेरिका र चीनका सम्राट मानवको बसोबास तथा निष्ठा फेर्ने आधारभूत तथा अकाट्य अधिकारलाई हार्दिकतापूर्ण तवरले मान्यता प्रदान गर्दछन् र उनीहरूका नागरिक तथा प्रजाहरूको जिज्ञासा, ब्यापार वा स्थायी बसोवासका प्रयोजनले एक राष्ट्रबाट अर्को देशमा क्रमश स्वतन्त्र आवागमन तथा आप्रवासनका आपसी फाइदाहरूलाई समेत मान्यता दिन्छन्।”

    धारा ६ अनुसार “चीनको भ्रमणमा रहेका वा त्यहाँ बसोवास गरिरहेका संयुक्त राज्य अमेरिकाका नागरिकहरूले तिनै विशेषाधिकारहरू, उन्मुक्तिहरू वा यात्रा अथवा बसोवासका सन्दर्भमा छूटहरू पाउने छन्, जुन कुनै पनि अतिसौविध्य प्राप्त राष्ट्रका नागरिकले त्यहाँ पाउँछन्। र त्यही तवरमा, संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका वा त्यहाँ बसोवास गरिरहेका चीनका प्रजाहरूले पनि तिनै विशेषाधिकारहरू, उन्मुक्तिहरू वा यात्रा अथवा बसोवासका सन्दर्भमा छूटहरू पाउनेछन्, जुन कुनै पनि अतिसौविध्य प्राप्त राष्ट्रका नागरिकले त्यहाँ पाउँछन्।”

    यही बिन्दूबाट हामी संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्याको शुरुवात भएको दिन तोक्न सक्छौ।
    (हामीले सन् १९०२ मा प्रकाशित Allende Ireland द्वारा लिखित China and Powers को छोटो अंशलाई हरेक शनिवार क्रमश: प्रसारण गर्दै आएका छौं।  यो पुस्तक प्रकाशन भएको करीव १०२ वर्ष भइसकेकोछ तर पश्चिमाको  थुसिडाइट्स रणनीति यसैमा आधारित छ। र यही पुस्तकमा  प्रस्तुत धारणा नै हालको पश्चिमा राष्ट्रहरुको चिनलाई व्यवहार गर्ने रणनीति बन्दै आएको छ। फ्रान्सिस फुकियामाका हालका धारणाले पनि यस पुस्तकको घेरा नाँघ्न सकेको छैन। जम्माजम्मी १५० प्रति छापिएको यो पुस्तक खासखास व्यक्तिलाई वितरण गरिएको थियो र त्यसपछि यसको प्रिन्टिङ्ग प्लेटहरु नष्ट गरिएको थियो। अर्को पटक संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्याकाबारे पक्षविपक्षबारे छलफलबारे छ।

    यो पनि पढ्नुहोस्

    स्वतन्त्र भएपछि संयुक्त राज्य अमेरिकाको चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयाश – एक

     

    चीनमा पश्चिमाहरुको पहिलो अध्ययन भ्रमण (मार्को पोलोबारे रोचक वर्णनसहित) 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      एलेण्ड आयरल्याण्ड

      एलेण्ड आयरल्याण्ड

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.