Sunday, March 7, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

अमेरिकाको जस्तो उदार लोकतन्त्रलाई चिनियाँ जनताले कसरी बुझ्छन्

by हुइजीयान वु
January 23, 2021
- यो हप्ता, समाचार
अमेरिकाको जस्तो उदार लोकतन्त्रलाई चिनियाँ जनताले कसरी बुझ्छन्
Share on FacebookShare on TwitterEmail

के तपाईं सत्य सुन्न चाहनुहुन्छ? हुन त अमेरिकीहरूका लागि सत्य त्यति मन नपर्न सक्छ।

अधिकांश चिनियाँ जनताले अमेरिकी उदार लोकतन्त्रलाई एक मजाक मान्छन्। हुन त अति नै थोरै प्रतिशत चिनियाँहरु अमेरिकाको प्रशंशा गर्नेपनि छन्। तर ९४% चिनियाँले वर्तमान सरकारलाई समर्थन गर्दछन्। यो कुरा हार्वर्ड विश्वविद्यालयको क्यानेडी स्कूल अफ पोलिटिक्सको सर्वेक्षणले देखाएको छ।

अमेरिका र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीनमा अमेरिकी प्रजातन्त्रबारेमा प्रचारहरु भइरहेका छन्। ती प्रचारहरुले विभिन्नकालमा चिनियाँ जनतालाई भिन्न भिन्न प्रभाव पारेका छन्।

१९७९ देखि १९८९ सम्म चिनियाँहरूले संयुक्त राज्य अमेरिकालाई प्रशंशा गर्दै रहे। चिनीयाहरुका लागि अमेरिका स्वर्ग होला जस्तो लाग्थ्यो। चिनियाँ बुद्धिजीवीहरू अमेरिकाका सबै मूल्यमान्यताहरूलाई प्रशंशा नै प्रशंशा गर्थे।

१९८९ देखि १९९९ सम्म सोभियत संघ र पूर्वी यूरोपका सबै कम्युनिष्ट सरकारहरू विघटन भए। जब कम्युनिष्ट शासनको विघटन भयो चिनियाँहरूले ती मुलुकहरु स्वतः तुरून्त  अमेरिका जस्तो भएनन्, बरु धेरै गरीबीको दुश्चक्रमा फसेको देखे। यही घटना र यही समयदेखि चिनियाँहरूले अमेरिका र शासन प्रणाली र मूल्यमान्यतामाथि शंकाको दृष्टिमा हेर्न थाले।

१९९९ देखि २०१९ को अवधिमा, चीनको अर्थतन्त्र द्रुत गतिमा बृद्धि भयो र द्रुत गतिमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न गयो। जबकि अमेरिकी विकास दर एकदमै सुस्त हुँदै गयो। यसकारणले चिनियाँहरूमा बढी आत्मविश्वास बढ्यो।

२०२० मा, महामारी फैलियो। यसको सामना गर्न अमेरिका तथा युरोप र तथाकथित उदारवादी प्रजातन्त्र प्रणाली भएका मुलुकहरुलाई हायककायल बनायो। अमेरिकामा ३ करोडभन्दा बढीको ज्यान गइसकेको छ। यस्तो दुखद घटनाले चिनियाँहरुलाई चकित र विस्मात बनाएको छ, किनकि चिनियाहरु एक जमानामा अमेरिकी चिकित्सा प्रणाली र यसको प्रगतिबारे अति नै प्रशंसा गर्थे।

अझ अमेरिकी राष्ट्रपतिको व्यवहार त चिनियाँहरूले बुझ्नै नसकिने भयो।

हरेक वर्ष धेरै भन्दा धेरै चिनियाँहरू संयुक्त राज्य अमेरिकामा यात्रा र अध्ययन गर्न जान्छन्। यसबेला तिनीहरुले अमेरिकी प्रणाली र जीवनको प्रत्यक्ष भोग्छन्। यसो भएपछि अब भ्वाइस अफ अमेरिका र रेडियो फ्री एशिया जस्ता अमेरिकी प्रचार एजेन्सीहरूले चिनियाँहरूलाई धोका दिन सक्दैनन्।

यदि कसैले चिनियाँहरुलाई स्वतन्त्रता र लोकतन्त्रका सिद्धान्तहरू बुझाउन खोज्यो भने उसले धेरै प्रश्नहरुको उत्तर दिनुपर्ने हुन्छ। जस्तै

१. किन अमेरिकाले महामारी नियन्त्रण गर्न सकेको छैन?

२. अमेरिकामा किन ३ करोड गरीब, घरबारविहीन मानिसहरू छन्?

३. अमेरिकी राष्ट्रपति चुनावमा किन यस्तो दंगा भएको हो?

४.  किन अमेरिकाले विश्वका धेरै देशहरूमा बम विस्फोट गर्न सेना उतार्ने गर्दछ र असंख्य निर्दोष नागरिकहरूको मृत्यु निम्त्याउँछ?

५. अमेरिका किन संसारका सबै मुसलमानहरुका बिरूद्ध खडा हुन्छ जब कि किन यसले उइगुर्सलाई भड्काउँछ?

६. आधुनिक सभ्यता नभएको सउदी अरेबिया जस्ता देशहरूलाई अमेरिकाले किन समर्थन गर्दछ?

७. सबैभन्दा महत्त्वपूर्ण प्रश्नः विश्वका २०० भन्दा बढी देशहरू र क्षेत्रहरू मध्ये करीव २०० ले अमेरिकी लोकतान्त्रिक प्रणालीलाई अपनाएका छन् भने किन धेरैजसो उदार लोकतन्त्र भएका मुलुकहरू गरीब छन्। (युरोपको बारेमा कुरा नगर्नुहोस्, युरोप आधुनिक प्रजातान्त्रिक र स्वतन्त्र देश हुनु भन्दा पहिले तिनीहरु उपनिवेशवादी थिए र उपनीवेश बनाएका मुलुकको स्रोत दोहन गर्दै ती औद्योगिक र धनी भएका थिए।)

यस्ता यावत प्रश्नहरू उठेका छन् र अझ लामो फेहरिस्त बनाएर बसेका छन्, चिनियाँहरू। यसकारण तिनीहरु अमेरिकी उदार लोकतन्त्रलाई पत्याउन सक्दैनन्।

हुइजीयान वु

अफ्रिकाका धेरैजसो देशहरूमा पनि अमेरिकाले भनेजस्तै स्वतन्त्र र प्रजातान्त्रिक सरकारहरु छन् तर ती सँग खाद्यान्न र पैसा भने छैन।

तथापी अमेरिका चीनमा उदार लोकतन्त्रको प्रचार गरिरहेको छ। यसले चिनियाहरुलाई निम्न कुराहरुका लागि सम्झाउन खोज्दैछः

१. लोकतान्त्रिक चुनाव प्रणाली

२. स्वतन्त्र रूपमा मिडिया संचालनको अधिकार

३. शक्तिको पृथक्करण 

४. निजी सम्पत्तिको संरक्षण

५.  निरपेक्ष होइन, धार्मिक स्वतन्त्रता।

यी उदार लोकतन्त्रका विशेषताहरु हुन्। जुन अफ्रिका र अमेरिका जस्ता मुलुकहरुका शासन प्रणालीमा देखिन्छन्।

केही टिप्पणीकारहरूले अफ्रिका उदारवादी प्रजातन्त्र हो कि होइन? यो हेर्न बाँकी छ भन्दैछन्। झ्वाट्ट हेर्दा अफ्रिकामा माथिका सबै विशेषताहरु छन् जस्तो लाग्दछ। तर अफ्रिकीहरूसँग केवल पैसा र खाद्यान्न छैन।

त्यसोभए एउटा ठूलो प्रश्न छ,  चीनमा लोकतन्त्र प्रचार गर्न ज्यान दिएर लागेको अमेरिका अफ्रिकाको भोकमरी र गरिवीविरुद्ध सहयोग र प्रचार गर्न अगाडि सर्दैन।

क्वोरा जनवरी १३, २०२१ बाट ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
हुइजीयान वु

हुइजीयान वु

Discussion about this post

Connect with us

Recommended

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

3 months ago
सन् १८५० देखि १९०० सम्मको रुस र चीनको सम्बन्ध

सन् १८५० देखि १९०० सम्मको रुस र चीनको सम्बन्ध

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.