Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेरिकाको जस्तो उदार लोकतन्त्रलाई चिनियाँ जनताले कसरी बुझ्छन्

हुइजीयान वु हुइजीयान वु
माघ १०, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    के तपाईं सत्य सुन्न चाहनुहुन्छ? हुन त अमेरिकीहरूका लागि सत्य त्यति मन नपर्न सक्छ।

    अधिकांश चिनियाँ जनताले अमेरिकी उदार लोकतन्त्रलाई एक मजाक मान्छन्। हुन त अति नै थोरै प्रतिशत चिनियाँहरु अमेरिकाको प्रशंशा गर्नेपनि छन्। तर ९४% चिनियाँले वर्तमान सरकारलाई समर्थन गर्दछन्। यो कुरा हार्वर्ड विश्वविद्यालयको क्यानेडी स्कूल अफ पोलिटिक्सको सर्वेक्षणले देखाएको छ।

    अमेरिका र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीनमा अमेरिकी प्रजातन्त्रबारेमा प्रचारहरु भइरहेका छन्। ती प्रचारहरुले विभिन्नकालमा चिनियाँ जनतालाई भिन्न भिन्न प्रभाव पारेका छन्।

    १९७९ देखि १९८९ सम्म चिनियाँहरूले संयुक्त राज्य अमेरिकालाई प्रशंशा गर्दै रहे। चिनीयाहरुका लागि अमेरिका स्वर्ग होला जस्तो लाग्थ्यो। चिनियाँ बुद्धिजीवीहरू अमेरिकाका सबै मूल्यमान्यताहरूलाई प्रशंशा नै प्रशंशा गर्थे।

    १९८९ देखि १९९९ सम्म सोभियत संघ र पूर्वी यूरोपका सबै कम्युनिष्ट सरकारहरू विघटन भए। जब कम्युनिष्ट शासनको विघटन भयो चिनियाँहरूले ती मुलुकहरु स्वतः तुरून्त  अमेरिका जस्तो भएनन्, बरु धेरै गरीबीको दुश्चक्रमा फसेको देखे। यही घटना र यही समयदेखि चिनियाँहरूले अमेरिका र शासन प्रणाली र मूल्यमान्यतामाथि शंकाको दृष्टिमा हेर्न थाले।

    १९९९ देखि २०१९ को अवधिमा, चीनको अर्थतन्त्र द्रुत गतिमा बृद्धि भयो र द्रुत गतिमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न गयो। जबकि अमेरिकी विकास दर एकदमै सुस्त हुँदै गयो। यसकारणले चिनियाँहरूमा बढी आत्मविश्वास बढ्यो।

    २०२० मा, महामारी फैलियो। यसको सामना गर्न अमेरिका तथा युरोप र तथाकथित उदारवादी प्रजातन्त्र प्रणाली भएका मुलुकहरुलाई हायककायल बनायो। अमेरिकामा ३ करोडभन्दा बढीको ज्यान गइसकेको छ। यस्तो दुखद घटनाले चिनियाँहरुलाई चकित र विस्मात बनाएको छ, किनकि चिनियाहरु एक जमानामा अमेरिकी चिकित्सा प्रणाली र यसको प्रगतिबारे अति नै प्रशंसा गर्थे।

    अझ अमेरिकी राष्ट्रपतिको व्यवहार त चिनियाँहरूले बुझ्नै नसकिने भयो।

    हरेक वर्ष धेरै भन्दा धेरै चिनियाँहरू संयुक्त राज्य अमेरिकामा यात्रा र अध्ययन गर्न जान्छन्। यसबेला तिनीहरुले अमेरिकी प्रणाली र जीवनको प्रत्यक्ष भोग्छन्। यसो भएपछि अब भ्वाइस अफ अमेरिका र रेडियो फ्री एशिया जस्ता अमेरिकी प्रचार एजेन्सीहरूले चिनियाँहरूलाई धोका दिन सक्दैनन्।

    यदि कसैले चिनियाँहरुलाई स्वतन्त्रता र लोकतन्त्रका सिद्धान्तहरू बुझाउन खोज्यो भने उसले धेरै प्रश्नहरुको उत्तर दिनुपर्ने हुन्छ। जस्तै

    १. किन अमेरिकाले महामारी नियन्त्रण गर्न सकेको छैन?

    २. अमेरिकामा किन ३ करोड गरीब, घरबारविहीन मानिसहरू छन्?

    ३. अमेरिकी राष्ट्रपति चुनावमा किन यस्तो दंगा भएको हो?

    ४.  किन अमेरिकाले विश्वका धेरै देशहरूमा बम विस्फोट गर्न सेना उतार्ने गर्दछ र असंख्य निर्दोष नागरिकहरूको मृत्यु निम्त्याउँछ?

    ५. अमेरिका किन संसारका सबै मुसलमानहरुका बिरूद्ध खडा हुन्छ जब कि किन यसले उइगुर्सलाई भड्काउँछ?

    ६. आधुनिक सभ्यता नभएको सउदी अरेबिया जस्ता देशहरूलाई अमेरिकाले किन समर्थन गर्दछ?

    ७. सबैभन्दा महत्त्वपूर्ण प्रश्नः विश्वका २०० भन्दा बढी देशहरू र क्षेत्रहरू मध्ये करीव २०० ले अमेरिकी लोकतान्त्रिक प्रणालीलाई अपनाएका छन् भने किन धेरैजसो उदार लोकतन्त्र भएका मुलुकहरू गरीब छन्। (युरोपको बारेमा कुरा नगर्नुहोस्, युरोप आधुनिक प्रजातान्त्रिक र स्वतन्त्र देश हुनु भन्दा पहिले तिनीहरु उपनिवेशवादी थिए र उपनीवेश बनाएका मुलुकको स्रोत दोहन गर्दै ती औद्योगिक र धनी भएका थिए।)

    यस्ता यावत प्रश्नहरू उठेका छन् र अझ लामो फेहरिस्त बनाएर बसेका छन्, चिनियाँहरू। यसकारण तिनीहरु अमेरिकी उदार लोकतन्त्रलाई पत्याउन सक्दैनन्।

    हुइजीयान वु

    अफ्रिकाका धेरैजसो देशहरूमा पनि अमेरिकाले भनेजस्तै स्वतन्त्र र प्रजातान्त्रिक सरकारहरु छन् तर ती सँग खाद्यान्न र पैसा भने छैन।

    तथापी अमेरिका चीनमा उदार लोकतन्त्रको प्रचार गरिरहेको छ। यसले चिनियाहरुलाई निम्न कुराहरुका लागि सम्झाउन खोज्दैछः

    १. लोकतान्त्रिक चुनाव प्रणाली

    २. स्वतन्त्र रूपमा मिडिया संचालनको अधिकार

    ३. शक्तिको पृथक्करण 

    ४. निजी सम्पत्तिको संरक्षण

    ५.  निरपेक्ष होइन, धार्मिक स्वतन्त्रता।

    यी उदार लोकतन्त्रका विशेषताहरु हुन्। जुन अफ्रिका र अमेरिका जस्ता मुलुकहरुका शासन प्रणालीमा देखिन्छन्।

    केही टिप्पणीकारहरूले अफ्रिका उदारवादी प्रजातन्त्र हो कि होइन? यो हेर्न बाँकी छ भन्दैछन्। झ्वाट्ट हेर्दा अफ्रिकामा माथिका सबै विशेषताहरु छन् जस्तो लाग्दछ। तर अफ्रिकीहरूसँग केवल पैसा र खाद्यान्न छैन।

    त्यसोभए एउटा ठूलो प्रश्न छ,  चीनमा लोकतन्त्र प्रचार गर्न ज्यान दिएर लागेको अमेरिका अफ्रिकाको भोकमरी र गरिवीविरुद्ध सहयोग र प्रचार गर्न अगाडि सर्दैन।

    क्वोरा जनवरी १३, २०२१ बाट ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      हुइजीयान वु

      हुइजीयान वु

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.