Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के हो हिन्द प्रशान्त रणनीति र किन यसको विपक्षमा छ नेपाल ?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज ३, २०७६
- यो हप्ता, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    के हो हिन्द प्रशान्त रणनीति

    सन् २०१२ मा एसिया प्यासिफिकलाइ इण्डो प्यासिफिकमा जोड्नलाई ल्याइएको यो अमेरिकाको रणनीतिक परियोजना हो। एसिया प्यासिफिकले चीनको विस्तारलाई रोक्न नसकेपछि नै यो योजना ल्याइएकोमा दुई मत छैन। यसको सुरुवातदेखि नै चीन र पाकिस्तानलाई अलग गरिएकोले चीन घेर्ने रणनीति भएको पुस्टि भइसकेको छ।

    सन् २०१८ को डिसेम्बर ३१ मा अमेरिकी सिनेटले ‘एसियालाई आश्वस्त पार्ने सम्बन्धी ऐन’ पारित गरेको थियो। यो ऐन अनुसार हिन्द प्रशान्त क्षेत्रमा १ अर्व ५१ करोड डलर खर्च गर्ने नीति लिएको छ। यसरी नै चीनमा प्रजातन्त्र स्थापना गर्ने नाममा प्रतिवर्ष २१ करोड डलर चीनको स्वशासित क्षेत्र तिब्बत र अन्य प्रान्तमा र तिब्बती शरणार्थीमा खर्च गर्ने भनी सार्वजनिक भइसकेको विषय हो। अर्को अमेरिकाले तिब्बत मामिलासम्बन्धी ऐन पनि पारित गरेको छ । यी सबै रणनैतिक योजना नै हिन्द प्रशान्त रणनीतिको विषय हो। यसको रणनीतिकार अमेरिकाले नेपालको केन्द्रीय भूमिका रहने यसअघि नै सार्वजनिक पनि भइसकेको छ।

    गएको मंगलवार चिनियाँ विदेशमन्त्री वाङ यीसँग नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री प्रचण्डले भेटेको प्रसंग राष्ट्रिय राजनीतिमा तरङ्गित भएको छ। भेटको अवसरमा दाहालले नेपाल, अमेरिकाको हिन्द–प्रशान्त शैन्य रणनीतिमा नजाने संकेतसहितको भनाइ चिनियाँ विदेश मन्त्रीको भ्रमणपछि वेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयले प्रचारमा ल्याएपछि यो विषयले राष्ट्रिय चर्चा पाएको हो।

    नेपाल हिन्द–प्रशान्त रणनीतिको साझेदार बन्ने नबन्ने विषय गर्भमै छ। तर, चीनको अर्को अर्थ–रणनैतिक कार्यक्रम वेल्ट एण्ड रोड इनिसिएटिभ कार्यक्रममा यसअघि नै नेपालले सहमति जनाइ सकेको हो । यस अर्थमा हिन्द–प्रशान्त रणनीतिको साझेदार बन्ने कुरा वेल्ट एण्ड रोड इनिसिएटिभ कार्यक्रमबाट नेपालले आफूूलाई अलग गर्नु पर्ने हुन्छ । अर्को नेपाल एक चीन नीतिको पक्ष राष्ट्र हो । नेपालले असंलग्न परराष्ट्र नीति अपनाएको छ भनिन्छ।

    तर, यो असंलग्न नीतिलाई सरकारले यताका वर्षहरुमा प्रस्टसँग नराखेकाले विदेश नीतिमा अलमल देखिएको हो । नेपाल भूराजनैतिक दृष्टिले पनि हिन्द–प्रशान्त रणनीतिको साझेदार बन्न अनैतिक, नसुहाउने र प्रत्युत्पादक विषय हो । चीनले अघि सारेको वेल्ट एण्ड रोड इनिसिएटिभलाई आर्थिक साझेदारी वा जीतजीत अवस्थाको आर्थिक परियोजना नाम दिइए पनि यो विश्व राजनीतिक शक्ति राष्ट्रहरुसम्बद्ध चीन सम्बन्धित रणनीति नै हो । भलै यसको नाम शीतयुद्धकालीन रणनीतिलाई सोझै प्रतिनिधित्व गर्ने भाषा शैली सरह छैन । तर, चीनको यो कार्यक्रम पनि उसको हकमा रणनैतिक कार्यक्रम हो । शीतयुद्धकाल जस्तो वैचारिक विवादमा दुुई शक्ति राष्ट्र रुस र अमेरिकाको सम्बन्धमा देखिएको विभाजनमा तर्सिएर बाँच्नु पर्ने अवस्था आइसकेको छैन । तर, यो रणनीतिको चेपुवामा परेर नेपालले हायलकायल भइरहनु पर्ने परिदृश्य भने देखिएकै छ।

    प्रचण्डको खण्डन

    यसैबीच अध्यक्ष प्रचण्डले विषयवोधलाई स्वीकार पनि गरेका छन्। त्यस यता इलामसहित विभिन्न जिल्लामा भएको सार्वजनिक कार्यक्रममा ‘शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सामेल हुँदैनौं’ भनेर प्रस्टै पारिसकेका छन्। चिनियाँ विदेश मन्त्रीलाई रणनैतिक उद्वेश्यसहितको नेपालको राष्ट्रिय हितलाई असर गर्ने काममा संलग्न नरहने कुरा वताएको उल्लेख गरेका छन्। उनले सिधै भनेका छन, ‘चाहे त्यो विम्स्टेक सैन्य गठबन्धन होस, चाहे इण्डो प्यासिफिक फण्डअन्तर्गत हुने सैन्य गठबन्धनमा हामी संलग्न हुँदैनौ। इण्डो प्यासिफिक सैन्य रणनीति आएमा हाम्रो कहीँ कतै संलग्नता हुँदैन। चीन विरोधी गतिविधि हाम्रो लागि सह्य छैन।’

    नयाँ नीति आवश्यक

    असंलग्न परराष्ट्र नीतिको सैद्धान्तिक मूल्य मान्यता अनुसार नेपालले नयाँ वैदेशिक नीतिको व्याख्या विश्लेषण गर्न जरुरी छ । बहुध्रुवीय विश्व राजनैतिक रंगमञ्च आजको सत्य हो । हिजोको जस्तो विश्व दुई ध्रुवमा रहेन। यसकारण असंलग्नताको सिद्धान्त वमोजिम आजको बहुध्रुवीय विश्व राजनैतिक रचनामा विदेश नीति पनि सोही बमोजिम हुनुपर्ने आजको माग र आवश्यकता दुवै हो। नेपालको भूराजनैतिक अवस्थाले गर्दा एकै नजरले विश्वलाई हेर्ने पराराष्ट्र नीति बनाउनु हुन्न। जमिन जोडिएको छिमेकी मित्र देश, दक्षिण एसियाका देश र बाँकी विश्वका देशहरुसग अलग किसिमको तीन चक्के विदेश नीति बनाउनु जरुरी छ।

    बाक्लो छलफल

    १७ वर्षपछि गत वर्षको हिउँदमा नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अमेरिकाका विदेश मन्त्री माइकल रिचर्ड पम्पेओबीच औपचारिक भेटघाट भएपछि यो रणनीतिको विवाद नेपालमा आएको हो  ज्ञवालीले त्यसबखत वासिङ्टनस्थित मिलेनियम च्यालेन्ज कर्पोरेसन (हिन्द प्रशान्त रणनीतिको एक विभाग) का चिफ अपरेटिङ अफिसर जोनाथन नाश, एसिया प्रशान्त मामिला सम्बन्धी रक्षामन्त्री र्‍याण्डल स्क्रिभरसँग भेटघाट र बैठक गरेपछि यो विषय झनै विवादित बन्यो ।

    सन् २०१८ २३ डिसेम्बरमा वासिङटनस्थित नेपाली राजदूतावासले प्रकाशित गरेको विज्ञप्तिअनुसार विश्लेषण गर्ने हो भने नेपाल यो रणनीतिमा डुविसकेको बुझिन्छ। जुन विज्ञप्तिको पेट बोलीमा यस्तो लेखिएको छ, ‘दुुई मुलुकबीच हस्ताक्षरित सम्झौता बमोजिमको पाँचसय मिलियन अमेरिकी डलरको सहायता रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट अन्तर्गतका परियोजनाहरुलाई शीघ्र कार्यान्वयनमा ल्याउन चाल्नु पर्ने कदमहरुको बारेमा छलफल भएको छ।’ यसरी नेपाललाई एकपछि अर्को शृङ्खला सरह यो रणनीतिमा घिसारेको देखिन्छ।

    छिमेकलाई प्राथमिकता

    विदेश मामिलामा छिमेकलाई प्राथमिकता दिनु आवश्यकता र वाध्यता दुवै हो। बहुध्रुवीय विश्व रणनैतिक रंगमञ्चको चेपुवामा परेर विदेश नीति निर्माण गर्नु असंलग्नको सिद्धान्तभित्र पर्दैन। नेपालको भूराजनैतिक सन्तुलनलाई कायम राख्न बीआरआईमा जानुको भन्दा अर्को विकल्प नेपाललाई छैन। बीआरआईलाई विस्थापित गरेर हिन्द प्रशान्त रणनीतिलाई स्थापित गर्ने विषय नेपालको हितमा छँदै छैन्। यो रणनीतिलाई राष्ट्रिय बहसमा ल्याउन जरुरी छ। यो संसद, सरकारको गणितले निर्णय गर्ने विषय हुँदै होइन। सार्वभौम जनमतले यसको छिनोफानो गर्नु पर्छ। स्रोत : समयबद्ध साप्ताहिक

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.