Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जीवितै छ ‘कम्युन’

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
माघ २७, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नारायण ढुङ्गाना । महोत्तरीको बर्दिवासस्थित जनता माध्यमिक विद्यालय कक्षा ७ मा पढ्ने अल्का महतो विभिन्न जिल्लाबाट आएका व्यक्तिसँगै ‘आधारशिला’ परिवारमा बस्छन् । बर्दिवास नगरपालिका– ३ मा खानपानदेखि खर्च व्यवस्थापन र बसाइ सामूहिक निर्णयमा हुन्छ । फरक जातिका उनीहरु संयुक्त परिवार झैँ बसेका छन् । सर्लाहीबाट परिवारसहित आएका बिनुका कार्की पनि सामूहिक अभ्यासमा अभ्यास्त रहेका छन् । कक्षा ८ मा पढ्ने छिमेकी सोनिया कुशवाहलाई यहाँको वातावरणले छोएको छ । ‘आफ्नो घरमा एक्लोपन महसुस हुन्छ, यहाँ साथीभाइसँग भेटघाटदेखि हरेक क्रियाकलाप सामूहिक गर्न पाउँदा रमाइलो लाग्छ, धेरै समय यहीँ बिताउँछु’, कुशवाहले अनुभव सुनाए ।

    यहाँ हिमाल, पहाड र तराइका ब्राह्मण, क्षेत्री, मधेशी, थारु, तामाङ र महतोको सामूहिक बसोबास छ । समाजमा रहेको जातीय भेदभाव, आत्मकेन्द्रित चिन्तन र स्वार्थी राजनीतिका सामु यो एउटा नौलो उदाहरण हो । ‘सामूहिक अभ्यास र सबैमा समान’ अवधारणालाई व्यवहारमा प्रयोग गरेको आधारशिलामा १४ परिवारका ४५ जना छन् । खास अर्थमा भन्दा यो ‘कम्युन’ अभ्यास हो । निश्चित विचारसहित व्यक्तिवादबाट माथि उठ्दै समूहमा कार्य गरिन्छ भने त्यो कम्युनको सिद्धान्तमा पर्छ । उनीहरु यहाँ सामूहिकरुपमा बस्दै आएका छन् तर उठबस र बोलीमा त्यो खुशी झल्कँदैन, कताकता जीवन शैलीमा रित्तोपनाको आभास पाइन्छ ।

    कम्युनिज्म अर्थात् साम्यवादका अनुसार उत्पादनशील शक्ति विज्ञान तथा प्रविधिसँग जोडिनुर्छ र विचारधारा द्वन्द्वात्मक भौतिकवादसँग गाँसिनुपर्छ । आफ्ना लागि आफैँले निर्धारण गरेर लागू गर्ने प्रत्यक्ष सहभागितामूलक स्वामित्व अघि बढाउँदै समाजवादी चरणमा जाने आधारशिलाको मूल उद्देश्य हो । नागरिकसँग सञ्चारमा जोडिएर काम गर्न रेडियो, स्वास्थ्यसँग जोडिन अस्पताल, आर्थिक गतिविधिसँग जोडिन सहकारी र अध्ययन अनुसन्धानका लागि प्रतिष्ठान बनाइएको छ । परिवारको व्यवस्थापन र सञ्चालन गर्न जागिरेहरुले निश्चित प्रतिशत दिनुपर्छ । एक परिवारले न्यूनतम रु पाँच हजार दिनुपर्ने व्यवस्था गरिएको छ । खाद्यान्नका लागि तीन बिघा भाडाको जग्गामा सामूहिक खेती छ । खेतीबाहेक अन्य गतिविधि प्रभावकारी हुन नसकेको देखिन्छ ।

    कार्ल मार्क्स र एङ्गेल्सको कम्युन अवधारणा शुरुमा सन् १८७१ मा पेरिसमा लागू भएको मानिन्छ । त्यसपछि सोभियत सङ्घ र चीनमा पनि प्रयोग भयो । तत्कालीन नेकपा ९माओवादी०ले रोल्पामा जनकम्युन चलाएको थियो । अन्यत्र अस्तित्व गुम्दै गए पनि १७ वर्षअघि शुरु भएको उक्त अभ्यास बर्दिवासमा जीवित छ । उनीहरुको एउटै भान्छा छ । हरेक क्रियाकलाप सामूहिक निर्णयमा हुन्छ । आधारशिला परिवारका सदस्य शिव फुयाँल भन्छन्, ‘वर्तमान समयमा कामविशेषले विभिन्न स्थानमा बस्न सकिन्छ तर हाम्रो मूल घर भनेको यही हो, सामूहिक अभ्यासबाट हाम्र गतिविधि सञ्चालन हुन्छ ।’

    विसं २०५१ मा नेकपा(एकता केन्द्र) फुटेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा नेकपा (माओवादी) बन्यो । मोहनविक्रम सिंह नेतृत्वको केन्द्रले विसं २०५४ मा महाधिवेशनस्तरको राष्ट्रिय सम्मेलनमार्फत ‘ग्रामीण वर्ग सङ्घर्ष’मा जुट्ने निर्णयसहितको राजनीतिक कार्यदिशा पारित गर्‍यो । पूर्णकालीन राजनीतिक आन्दोलनमा लागेका नेता कार्यकर्ताका छोराछोरीको पालनपोषण र रेखदेखमा समस्या आएपछि उनीहरुलाई संरक्षण दिने उद्देश्यले ‘सामूहिक अभ्यास’को अवधारणा ल्याइएको हो ।

    विसं २०५९ माघ २५ गते नेकपा (एकता केन्द्र मसाल)ले ‘समाज रुपान्तरणका लागि सामूहिक अभ्यास’को निर्णयसहित सिरहाको तत्कालीन असनपुर गाविस– ३ गोलबजारमा विश्वनाथ शाहका घरबाट विसं २०६० मा होस्टेलका रुपमा कम्युन अवधारणा व्यवहारमा लागू गर्‍यो । राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकार विघटन गरी शासन सत्ता हातमा लिएको छ दिनपछि अवलम्बन गर्न खोजिएकोे अवधारणा अगाडि बढाउन अर्को चुनौती बन्यो ।

    पहिलो संविधानसभाका बेला एकता केन्द्र मसाल र नेकपा (माओवादी) बीच एकीकरणपछि समग्र जीवन सामूहिकतामा जानुपर्छ भन्ने निष्कर्षसहित २०६७ सालदेखि बर्दिवासमा १४ कट्ठा जमीन किनेर ‘आधारशिला’लाई व्यवस्थित गरिएको संस्थापक एवं हालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल बताउँछन् । तत्कालीन समयमा नेतृत्व गर्ने उनी अहिले पनि आधारशिलाका सक्रिय सदस्य रहेका छन् । उनले आठ कट्ठा जमीन बेचेर आधारशिलामा राखेका छन् ।

    ‘आधारशिला कम्युन’मा खोटाङ ओखलढुङ्गा, सिरहा, महोत्तरी, काठमाडौँ र मोरङबाट छ परिवारका १८ बालबालिका सहभागी थिए । हाल १४ परिवारका ४५ जना सामूहिक अभ्यासमा छन् । मन्त्री पोखरेलसहित शाह, दीपबहादुर योञ्जन,, विदुर कार्की, हरिनारायण चौधरी र माधवप्रसाद कोइराला कम्युनका संस्थापक रहेका छन् । कार्की र शाह कारणवश छुटिएका छन् । कोइरालाले आफ्नो जग्गा बेचेर रु ४७ लाख दिए । अन्यको पनि गच्छेअनुसारको योगदान छ । पहिले भौतिक योगदान रहे पनि कम्युनका संरक्षकहरुबाट कम्युनप्रतिको चिन्ता र चासो कम देखिन्छ ।

    सदस्य फुयाँलले आधारशिलामार्फत व्यक्ति केही होइन, समाज मूल कुरा हो भन्ने सन्देशसहित आधारशिलामार्फत कम्युनिष्ट विचारको प्रयोग गर्न खोजिएको बताए । मार्क्सवादका ठूला उद्धरण वा महान् वाणी राख्ने मात्र नभई त्यसलाई जीवन व्यवहारमा लागू गर्नुपर्नेमा उक्त परिवारको जोड छ । समाजवादलाई आधार बनाएर समाजलाई अघि बढाउने कुरामा पार्टी र नेताको ध्यान नपुगेको उनीहरुको तर्क छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ क्रान्तिकारी आन्दोलनलाई प्रारम्भमै समाजवादी सांस्कृतिक आन्दोलनसँग जोड्दा मात्रै समाजवादी आन्दोलन अगाडि बढ्ने तत्कालीन अवस्थाको निष्कर्षको परिणाम आधारशिला भएको बताए । ‘आधारशिला व्यक्तिगत सम्पत्ति सामूहिकीकरण गर्न, जीवनलाई सामूहिक अभ्यासमा लैजान, वर्ग सङ्र्घषमा लाग्न, उत्पादनको काममा जोडिन र आफ्नो जीवनमा प्रगतिशील जीवनमूल्य अभ्यास गर्न स्थापना भएको हो, कसैलाई देखाउन र आडम्बर प्रदर्शन गर्न होइन’, श्रेष्ठले थपे । कम्युनिष्ट पार्टी, पार्टीभित्रको पद र पार्टीमार्फत जननिर्वाचित संस्थालाई व्यक्तिगत स्वार्थका निम्ति प्रयोग गर्नेक्रम बढेकामा उनले चिन्ता प्रकट गरे ।

    कम्युनिष्ट मुलुक रुस विखण्डन भएपछि अन्तरराष्ट्रियरुपमा समाज कसरी बनाउने भन्नेमा बहस उठ्यो । नेपालमा पनि क्रान्तिको कार्यदिशा के हो, पार्टीको निर्माणको कुरा के हो, समाजवादी आन्दोलन किन असफल भयो, प्रतिक्रान्तिको शिक्षा के हो भन्ने विषय महत्वपूर्ण बनेपछि नयाँ कार्यदिशाका साथ कम्युन अभ्यास थालिएको मन्त्री पोखरेल बताउँछन् । उनका अनुसार अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनको पराजयले आत्मगत पक्षलाई ध्यान दिनुपर्छ भन्ने देखायो । धार्मिक क्षेत्रमा सामूहिक काम गरिरहेका संस्थाले पनि कुनै न कुनै रुपमा सामूहिक अभ्यास गरिरहेका थिए । भारतमा अङ्ग्रेजविरुद्धको आन्दोलनमा पनि एक खालको कम्युन देखिएको थियो । मार्क्सवाद दक्षिणबाट आयो तर त्यसमा पूर्वीय दर्शनका विषयलाई जोडेर सही ढङ्गले अगाडि बढेको देखिएन । पोखरेल भन्छन्, ‘बुद्धले शुरुदेखि नै आफूलाई सामूहिक अभ्यासमा अगाडि बढाउनुभएको थियो, अब पार्टी मात्रै बनाएर पुग्दैन, भिन्न ढङ्गबाट कमजोरी पत्ता लगाएर अगाडि बढ्नु आजको आवश्यकता हो ।’

    तत्कालीन रुसमा आधारभूतरुपमा गाँस, बास कपास, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी भए पनि श्रमिकलाई निर्णय प्रक्रियामा सामेल नगरिँदा कालान्तरमा समाजवादी रुस ढलेको पोखरेल बताउँछन् । ‘कम्युनिष्टले शासक होइन सेवकका रुपमा काम गर्नुपथ्र्यो, त्यो हुन सकेन । आलोचनालाई पक्रन नसक्नु अर्को समस्या हो । माथिल्लो तहका नेताले त्यस किसिमको काम गर्नुपर्छ’, पोखरेल भन्छन्, ‘सामूहिकता अनिवार्य पक्षसँग गाँसिनुपर्छ । उत्पादन, वितरण, विनियम, उपभोग र विसर्जनको सोचसहित लैजानु जरुरी छ । अहिले स्वरुपान्तरणको सवाल छ । विज्ञानको विकाससँगै सामूहिक ढङ्गले लैजानुपर्छ । व्यवस्थापकीयरुपमा प्रभावकारी गराउनुपर्छ । सामूहिकता र वैयक्तिक स्वतन्त्रतालाई सुनिश्चत गर्न सकियो भने ‘कम्युन’ अभ्यास अगाडि बढ्छ ।’ उनका अनुसार विगतमा एकपटक आएका फर्किए । रोल्पालगायत केही ठाउँमा चलेका विभिन्न अभ्यास हराए । आगामी वर्ष चैतमा हुने महाधिवेशन हुने समयसम्म नेकपाले केही विकल्प दिन्छ ।

    शनिबार बर्दिवासमा भएको आधारशिलाको १७ औँ वार्षिकोत्सवमा सहभागी नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नेपालको कम्युनिष्ट आन्दोलनमा आधारशिला नयाँ प्रयोग हो भन्छन् । विगतमा तत्कालीन नेकपा (एमाले)ले पनि कैयौँ अभ्यास गरेको स्मरण गर्दै खनालले भने, ‘पूर्वमाओवादीले पनि कम्युन बनाएका थिए, त्यस्ता अनुभवको समीक्षा गरी जनमोर्चाले प्राप्त गरेको अहिलेको जीवित अनुभवबाट प्रेरणा लिनुपर्छ ।’

    बर्दिवास नगरपालिकाका प्रमुख विदुर गिरी अहिलेको हाम्रो समाजमा बाबुछोरा पनि मिल्न नसक्ने अवस्था रहेको र निजत्व बढिरहेको बताउँछन् । ‘स्वार्थ र व्यक्तिवादी चिन्तन बढ्दो छ । सामूहिक अभ्यासमा पार्टीभित्रै अन्तरविरोध छ । विचार मिल्ने र व्यवहार मिल्ने बीचमा सामूहिक अभ्यास अहिले पनि जरुरी छ’, उनी बताउँछन् । उनका अनुसार बर्दिबास– ३ पहिलो पूर्ण साक्षर, पूर्ण खुला दिशामुक्त, पूर्ण भर्ना र सामाजिक चेतनास्तरमा पनि अन्यभन्दा अब्बल हुनाको एकमात्रै कारण ‘आधारशिला’ हो । चितवनको माडीस्थित दिवाकर बालग्रामले पनि केही अभ्यास गरिरहेको छ । नेकपाको अन्य क्षेत्रका कतिपय कम्युन अभ्यास हराइसके । गिरी भन्छन्, ‘असल अभ्यास हुँदाहुँदै संस्थाले जसरी उज्यालो दिनुपर्ने हो सकेन, विचार व्यवहार, सांस्कृतिक पक्षमा अझै ध्यान दिनुपर्छ ।’

    उक्त परिवारमा आर्थिक, उत्पादन, सहकारी र सामाजिक परिचालनका छुट्टछुट्टै विभाग छ । पार्टीको उच्च तहका व्यक्तिदेखि तल्लो तहका पनि कम्युनमा सहभागी छन् । वर्षमा दुईपटक परिषद् हुन्छ । त्यसले वार्षिक कार्ययोजना बनाउँछ । समस्या छलफलद्वारा हल गरिन्छ । अझै आत्मनिर्भर बन्न सकेको छैन । सहकारी चलाइएको छ, केही जग्गा भाडामा लिएर उत्पादन भइरहेको छ । बाहिर कमाउनेले परिवार सञ्चालनका लागि निश्चित प्रतिशत दिन्छन् । गाई फार्म, उद्योग र अस्पताल सञ्चालनको प्रयास सफल हुन नसक्दा विद्यमान प्रश्नले घच्घच्याएको देखिन्छ । आधारशिलाका अर्का संस्थापक माधवप्रसाद कोइराला भन्छन्, ‘समस्या छन् तर कम्युन अभ्यासमा बस्दा धेरै खुशी छु, एकल घरमा बस्दा जति समस्या यहाँ देखिएन, कतै बाहिर जाँदा घर रुँग्ने मान्छे पनि खोज्नुपथ्र्यो, ती विविध चिन्ताबाट मुक्त छु ।’ ‘समाजवादी बाटामा जानका लागि गति दिन नसकिएको वर्तमान अवस्थामा’ यहीँबाट समाजमा उज्यालो दिने प्रयास भएको बताउने कोइराला कुनै बेला सत्ता समाजवादी विरोधी देखिए पनि समाजवादका लागि यसले झिल्कोको काम गरेको जिकिर गर्छन् ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.