Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के अमेरिका हार्ने युक्रेन लडाइँबाट भाग्दै छ?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख ५, २०८०
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गत साता इन्टरनेटमा झन्डै एक सय वटा गोप्य अमेरिकी दस्तावेज चुहियो । अमेरिकी सरकारले ती दस्तावेजहरू नक्कली नभई आधिकारिक दस्तावेज नै भएको स्वीकार्‍यो । दस्तावेज चुहेको विषयमा न्यायिक अनुसन्धान अघि बढाउने वाशिङ्टनले जनाएको छ । (चुहावटको लागि दोष ठहर गर्दै ज्याक टेसेरा नामका २१ वर्षका नेसनल गार्डस्म्यानलाई गत शुक्रबार पक्राउ गरिसकेको छ ।) निःसन्देह हल्लाका यन्त्रहरू यतिबेला जोडतोडका साथ काम गरिरहेका छन् ।

    गोप्य सरकारी दस्तावेजको चुहावट यति मात्र थियो वा धेरै स्रोतबाट धेरैतिर यस्ता दस्तावेज चुहेका छन्? दस्तावेज चुहावट अमेरिकाको फोहोरी राष्ट्रिय गुप्तचर निकायको मौजाभित्र मात्र सीमित हो वा गुप्तचर निकाय आफैँले पनि तल–माथि गरेका छन् ? ‘द वासिङ्टन पोस्ट’ ले जनाएअनुसार राष्ट्रिय जाँचबुझ कार्यालय ‘सरकारको सबभन्दा गोप्य गुप्तचर निकाय हो’ भन्ने कुरा पूर्ण सत्य होइन । अमेरिकाको रक्षा मन्त्रालयले के अब आफ्ना साझेदार देशहरूलाई संवेदनशील सूचना सञ्चार गर्न कडाइ गर्ला?

    केही मानिसहरू सूचनाको चुहावटले फेरि एक पटक अमेरिकी गुप्तचर निकायको भद्रगोल अवस्था सतहमा ल्याएको बताउँदै छन् । अफगानिस्तानबाट अमेरिकाको लज्जास्पद फिर्ताले पनि यो वास्तविकतालाई प्रस्ट पारिसकेको थियो । अरू केही मानिसले दस्तावेज चुहावटबाट अमेरिकाले कसरी आफ्नै साझेदार मित्र देशको समेत गुप्तचरी गर्छ भन्ने कुराको खुलासा भएको बताए । सन् २०१३ मा इडवार्ड स्नोडेनले गरेको सूचना चुहावटयता हामीले अमेरिकाले आफ्नै मित्र भनिएका देशमाथि समेत गुप्तचरी गर्ने गरेको थाहा पाइसकेका थियौँ । यस पटक भने दक्षिण कोरिया, इजरायल त्यस्तो गुप्तचरीको शिकार बनेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्की अमेरिकाको यस्तो गुप्तचरीको शिकार हुनुमा कुनै आश्चर्य छैन । त्यही भएर ‘अमेरिकाको शत्रु हुनु खतराको कुरा हो, तर उसको मित्र हुनु अझ खतरनाक छ’ भनिएको हुनुपर्छ।

    गोप्य दस्तावेज चुहावटको सबभन्दा ध्यान दिनुपर्ने कुरा प्रमुख पश्चिमा सञ्चारमाध्यमले यो घटनालाई निकै महत्व दिएर चर्चा गरिरहेका छन्। मुख्यतः युक्रेन सङ्कटमा केन्द्रित दस्तावेजसमेत खुलासा भएकोले पनि उनीहरूले यसलाई महत्व दिएका हुन्। निकै प्रचारबाजी गरिएको युक्रेनको ‘वसन्त हमला’ (स्प्रिङ अफेन्सिभ) को पूर्वसन्ध्यामा दस्तावेज चुहावटको घटना भएको छ । यसले निःसन्देह प्रत्यक्ष वा परोक्षरूपमा वासिङ्टनको ‘गुप्तचरविरुद्ध गुप्तचर’ को गलत सूचनाको खेल उछालिनेछ।

    युक्रेन सङ्कटलाई अझ कति लामो समय बोक्ने विषयमा अमेरिकी सत्तापक्षमा भएको मतभेदको कारण पनि दस्तावेज चुहावटको घटना भएको हुनसक्छ । यो घटना पश्चिमा मोर्चाभित्र र युक्रेन सत्तापक्षभित्रको मतभेदको खुलासाको परिणाम पनि हुन सक्छ । पश्चिमा र युक्रेनीहरूले जतिसुकै प्रचारबाजी गरे पनि युक्रेन द्वन्द्वमा आफूले जित्न नसकेपछि उनीहरूबिच मतभेद गहिरिएको हो । त्यसकारण, फेरि पनि यो लडाइँ जारी राख्नु मानिसको जीवन र धन सम्पत्ति खेर फाल्नु मात्र हुने कुरा अब सबैले स्वीकार्नुपर्छ।

    यद्यपि, दस्तावेज चुहावट पछाडिको अर्को एउटा सम्भावना युक्रेन सङ्कटबाट वासिङ्टनको सकेसम्म चाँडै बाहिरिने योजना पनि हुनसक्छ । धेरै चाँडै यो कुराको पुस्टि हुनसक्छ । अहिले युक्रेन सङ्कटबाट अमेरिकाले पुच्छर लुकाउनुका धेरै कारण छन्। कुनै पनि स्रोत र तथ्याङ्कले यो सङ्कटमा अमेरिकाको जित्ने सम्भावना छैन । उसले युक्रेन र युक्रेनी लडाकुलाई प्रयोग गरेर रुसलाई कमजोर बनाउन गर्न सकिने सबै काम गरिसकेको छ । तर, ऊ आफ्नो योजनामा असफल भयो । अब अमेरिका यो झमेलाबाट भाग्ने समय आइसकेको छ । युक्रेनको जेलेन्स्की सरकारप्रति जो बाइडेन सरकारको असन्तोषका समाचार बाहिर आउनुका अरू कारण हुनसक्दैन । युक्रेन सरकार भ्रष्टाचारमा डुबेका समाचार पश्चिमा सञ्चारमाध्यमले व्यापक प्रचारमा ल्याइरहेका छन्।

    अमेरिकाको पनि आफ्नै सीमा छ । लडाइँमा खर्च गर्न उसको पनि सीमितता छ । उसको क्षमता अपरिमित होइन । अमेरिकी अर्थतन्त्रमा बहुमत जनताको आम्दानीमा कुनै खास प्रगति भइरहेको सङ्केत नदेखिएको अवस्थामा जित्नै नसकिने लडाइँमा खर्च गरिरहनुभन्दा आफ्नै घर बनाउन लगानी गर्नु श्रेयस्कर हुने अमेरिकी नागरिकको धारणा बलियो बन्दै छ । यो मुद्दा सन् २०२४ को चुनावी अभियान सुरु हुनुअघि अझ चर्कोरूपमा उजागर हुनसक्छ । त्यो चुनावमा राष्ट्रपति बाइडेनले अन्ततः आफू मैदानमा होमिने निधो गर्नेछन्।

    चीनका राष्ट्रपति सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँबिच भएको भेटघाटको चर्चा व्यापक छ । यो पृष्ठभूमिमा युक्रेन लडाइँको चर्को आर्थिक भार आफ्ना साझेदार देशहरूका काँधमा बिसाएर अमेरिका आफू त्यसबाट पन्छिन खोजेको सम्भावनालाई समेत नकार्न सकिन्न । राष्ट्रपति बाइडेन अब द्वन्द्व वा प्रतिस्पर्धा दुवै अवस्थामा चीनमाथि केन्द्रित हुन चाहेको पनि हुनसक्छ।

    सम्भावना अनेक भए पनि दस्तावेज चुहावटको एउटा प्रमुख पक्ष भनेको अमेरिका युक्रेन सङ्कटबाट भाग्न खोजिरहेको भने पक्का हो । पश्चिमा सञ्चारमाध्यम विशेषतः अङ्ग्रेज– अमेरिकी सत्तापक्षका मुखपत्रहरूले यो सूचना चुहावटलाई निकै महत्वका साथ चर्चा गरिरहेका छन् । उनीहरूले युक्रेनको लागि अमेरिकाले अहिलेसम्म चालेका कदमलाई व्यापक प्रचार गर्न चाहेका छन् । ‘द वासिङ्टन पोस्ट’ का अनुसार ती दस्तावेजले ‘अमेरिकाले द्वन्द्वरत राज्यलाई कसरी हेरिरहेको छ र यो कतातिर अघि बढिरहेको छ’ भन्ने कुरा खुलाएका छन् । ‘फाइनान्सिएल टाइम्स’ले यो घटनालाई स्नोडेनको सूचना चुहावट काण्डयताकै सबभन्दा महत्वपूर्ण चुहावट बताएको छ । बीबीसीले यो दस्तावेज चुहावटको ‘बृहत्’ प्रभाव रहने बताएको छ।

    सारमा, युक्रेनको लागि अमेरिकाले अहिलेसम्म गरेको पहलको चर्चा सार्वजनिकरूपमा व्यापक भइसकेको छ । यस्ता ‘असहज’ दस्तावेज चुहावटले यो व्यापकतालाई अझ विस्तार गरेको छ । दस्तावेज चुहावटको खास मनसाय छोटोमा यही हो । यदि अमेरिकाले यही बेलामा युक्रेन छोडे उसमाथि युक्रेन लडाइँ जित्न पुग्दो मिहिनेत नगरेको दोष लाग्नेछैन र युक्रेन लडाइँमा असफलताको दोषको भारी बोक्नु पर्नेछैन ।

    (लेखक राधिका देसाई क्यानाडाको मनिटोबा विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक हुन् ।)
    स्रोतः सीजीटीएन
    नेपाली अनुवादः नीरज/अनलाइन मजदुर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.