Thursday, June 8, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » के अमेरिका हार्ने युक्रेन लडाइँबाट भाग्दै छ?

के अमेरिका हार्ने युक्रेन लडाइँबाट भाग्दै छ?

पत्रपत्रिकाबाट by पत्रपत्रिकाबाट
April 18, 2023
in यो हप्ता, समाचार
A A
1.1k
VIEWS
Share on FacebookShare on Twitter

गत साता इन्टरनेटमा झन्डै एक सय वटा गोप्य अमेरिकी दस्तावेज चुहियो । अमेरिकी सरकारले ती दस्तावेजहरू नक्कली नभई आधिकारिक दस्तावेज नै भएको स्वीकार्‍यो । दस्तावेज चुहेको विषयमा न्यायिक अनुसन्धान अघि बढाउने वाशिङ्टनले जनाएको छ । (चुहावटको लागि दोष ठहर गर्दै ज्याक टेसेरा नामका २१ वर्षका नेसनल गार्डस्म्यानलाई गत शुक्रबार पक्राउ गरिसकेको छ ।) निःसन्देह हल्लाका यन्त्रहरू यतिबेला जोडतोडका साथ काम गरिरहेका छन् ।

गोप्य सरकारी दस्तावेजको चुहावट यति मात्र थियो वा धेरै स्रोतबाट धेरैतिर यस्ता दस्तावेज चुहेका छन्? दस्तावेज चुहावट अमेरिकाको फोहोरी राष्ट्रिय गुप्तचर निकायको मौजाभित्र मात्र सीमित हो वा गुप्तचर निकाय आफैँले पनि तल–माथि गरेका छन् ? ‘द वासिङ्टन पोस्ट’ ले जनाएअनुसार राष्ट्रिय जाँचबुझ कार्यालय ‘सरकारको सबभन्दा गोप्य गुप्तचर निकाय हो’ भन्ने कुरा पूर्ण सत्य होइन । अमेरिकाको रक्षा मन्त्रालयले के अब आफ्ना साझेदार देशहरूलाई संवेदनशील सूचना सञ्चार गर्न कडाइ गर्ला?

केही मानिसहरू सूचनाको चुहावटले फेरि एक पटक अमेरिकी गुप्तचर निकायको भद्रगोल अवस्था सतहमा ल्याएको बताउँदै छन् । अफगानिस्तानबाट अमेरिकाको लज्जास्पद फिर्ताले पनि यो वास्तविकतालाई प्रस्ट पारिसकेको थियो । अरू केही मानिसले दस्तावेज चुहावटबाट अमेरिकाले कसरी आफ्नै साझेदार मित्र देशको समेत गुप्तचरी गर्छ भन्ने कुराको खुलासा भएको बताए । सन् २०१३ मा इडवार्ड स्नोडेनले गरेको सूचना चुहावटयता हामीले अमेरिकाले आफ्नै मित्र भनिएका देशमाथि समेत गुप्तचरी गर्ने गरेको थाहा पाइसकेका थियौँ । यस पटक भने दक्षिण कोरिया, इजरायल त्यस्तो गुप्तचरीको शिकार बनेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्की अमेरिकाको यस्तो गुप्तचरीको शिकार हुनुमा कुनै आश्चर्य छैन । त्यही भएर ‘अमेरिकाको शत्रु हुनु खतराको कुरा हो, तर उसको मित्र हुनु अझ खतरनाक छ’ भनिएको हुनुपर्छ।

गोप्य दस्तावेज चुहावटको सबभन्दा ध्यान दिनुपर्ने कुरा प्रमुख पश्चिमा सञ्चारमाध्यमले यो घटनालाई निकै महत्व दिएर चर्चा गरिरहेका छन्। मुख्यतः युक्रेन सङ्कटमा केन्द्रित दस्तावेजसमेत खुलासा भएकोले पनि उनीहरूले यसलाई महत्व दिएका हुन्। निकै प्रचारबाजी गरिएको युक्रेनको ‘वसन्त हमला’ (स्प्रिङ अफेन्सिभ) को पूर्वसन्ध्यामा दस्तावेज चुहावटको घटना भएको छ । यसले निःसन्देह प्रत्यक्ष वा परोक्षरूपमा वासिङ्टनको ‘गुप्तचरविरुद्ध गुप्तचर’ को गलत सूचनाको खेल उछालिनेछ।

युक्रेन सङ्कटलाई अझ कति लामो समय बोक्ने विषयमा अमेरिकी सत्तापक्षमा भएको मतभेदको कारण पनि दस्तावेज चुहावटको घटना भएको हुनसक्छ । यो घटना पश्चिमा मोर्चाभित्र र युक्रेन सत्तापक्षभित्रको मतभेदको खुलासाको परिणाम पनि हुन सक्छ । पश्चिमा र युक्रेनीहरूले जतिसुकै प्रचारबाजी गरे पनि युक्रेन द्वन्द्वमा आफूले जित्न नसकेपछि उनीहरूबिच मतभेद गहिरिएको हो । त्यसकारण, फेरि पनि यो लडाइँ जारी राख्नु मानिसको जीवन र धन सम्पत्ति खेर फाल्नु मात्र हुने कुरा अब सबैले स्वीकार्नुपर्छ।

यद्यपि, दस्तावेज चुहावट पछाडिको अर्को एउटा सम्भावना युक्रेन सङ्कटबाट वासिङ्टनको सकेसम्म चाँडै बाहिरिने योजना पनि हुनसक्छ । धेरै चाँडै यो कुराको पुस्टि हुनसक्छ । अहिले युक्रेन सङ्कटबाट अमेरिकाले पुच्छर लुकाउनुका धेरै कारण छन्। कुनै पनि स्रोत र तथ्याङ्कले यो सङ्कटमा अमेरिकाको जित्ने सम्भावना छैन । उसले युक्रेन र युक्रेनी लडाकुलाई प्रयोग गरेर रुसलाई कमजोर बनाउन गर्न सकिने सबै काम गरिसकेको छ । तर, ऊ आफ्नो योजनामा असफल भयो । अब अमेरिका यो झमेलाबाट भाग्ने समय आइसकेको छ । युक्रेनको जेलेन्स्की सरकारप्रति जो बाइडेन सरकारको असन्तोषका समाचार बाहिर आउनुका अरू कारण हुनसक्दैन । युक्रेन सरकार भ्रष्टाचारमा डुबेका समाचार पश्चिमा सञ्चारमाध्यमले व्यापक प्रचारमा ल्याइरहेका छन्।

तपाईंहरुलाई रुचि लाग्न सक्छ

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

May 29, 2023
मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

May 16, 2023
सीआइएका हर्कतहरूको खुलासा

सीआइएका हर्कतहरूको खुलासा

May 12, 2023
अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

April 24, 2023

अमेरिकाको पनि आफ्नै सीमा छ । लडाइँमा खर्च गर्न उसको पनि सीमितता छ । उसको क्षमता अपरिमित होइन । अमेरिकी अर्थतन्त्रमा बहुमत जनताको आम्दानीमा कुनै खास प्रगति भइरहेको सङ्केत नदेखिएको अवस्थामा जित्नै नसकिने लडाइँमा खर्च गरिरहनुभन्दा आफ्नै घर बनाउन लगानी गर्नु श्रेयस्कर हुने अमेरिकी नागरिकको धारणा बलियो बन्दै छ । यो मुद्दा सन् २०२४ को चुनावी अभियान सुरु हुनुअघि अझ चर्कोरूपमा उजागर हुनसक्छ । त्यो चुनावमा राष्ट्रपति बाइडेनले अन्ततः आफू मैदानमा होमिने निधो गर्नेछन्।

चीनका राष्ट्रपति सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँबिच भएको भेटघाटको चर्चा व्यापक छ । यो पृष्ठभूमिमा युक्रेन लडाइँको चर्को आर्थिक भार आफ्ना साझेदार देशहरूका काँधमा बिसाएर अमेरिका आफू त्यसबाट पन्छिन खोजेको सम्भावनालाई समेत नकार्न सकिन्न । राष्ट्रपति बाइडेन अब द्वन्द्व वा प्रतिस्पर्धा दुवै अवस्थामा चीनमाथि केन्द्रित हुन चाहेको पनि हुनसक्छ।

सम्भावना अनेक भए पनि दस्तावेज चुहावटको एउटा प्रमुख पक्ष भनेको अमेरिका युक्रेन सङ्कटबाट भाग्न खोजिरहेको भने पक्का हो । पश्चिमा सञ्चारमाध्यम विशेषतः अङ्ग्रेज– अमेरिकी सत्तापक्षका मुखपत्रहरूले यो सूचना चुहावटलाई निकै महत्वका साथ चर्चा गरिरहेका छन् । उनीहरूले युक्रेनको लागि अमेरिकाले अहिलेसम्म चालेका कदमलाई व्यापक प्रचार गर्न चाहेका छन् । ‘द वासिङ्टन पोस्ट’ का अनुसार ती दस्तावेजले ‘अमेरिकाले द्वन्द्वरत राज्यलाई कसरी हेरिरहेको छ र यो कतातिर अघि बढिरहेको छ’ भन्ने कुरा खुलाएका छन् । ‘फाइनान्सिएल टाइम्स’ले यो घटनालाई स्नोडेनको सूचना चुहावट काण्डयताकै सबभन्दा महत्वपूर्ण चुहावट बताएको छ । बीबीसीले यो दस्तावेज चुहावटको ‘बृहत्’ प्रभाव रहने बताएको छ।

सारमा, युक्रेनको लागि अमेरिकाले अहिलेसम्म गरेको पहलको चर्चा सार्वजनिकरूपमा व्यापक भइसकेको छ । यस्ता ‘असहज’ दस्तावेज चुहावटले यो व्यापकतालाई अझ विस्तार गरेको छ । दस्तावेज चुहावटको खास मनसाय छोटोमा यही हो । यदि अमेरिकाले यही बेलामा युक्रेन छोडे उसमाथि युक्रेन लडाइँ जित्न पुग्दो मिहिनेत नगरेको दोष लाग्नेछैन र युक्रेन लडाइँमा असफलताको दोषको भारी बोक्नु पर्नेछैन ।

(लेखक राधिका देसाई क्यानाडाको मनिटोबा विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक हुन् ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः नीरज/अनलाइन मजदुर

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Related Posts

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

by nepal_readers
May 29, 2023

मे, २०२० मा एक अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोएडलाई श्वेत प्रहरीले यातनापूर्वक हत्या गरे। प्रहरीले आफ्नो घुँडाले थिचेर फ्लोएडको हत्या...

मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

by उमा सी
May 16, 2023

जनसङ्ख्याका हिसाबले हेर्दा महिलाको सङ्ख्या आधा रहेको छ। एकातिर धरतीको आधा जनसङ्ख्या उत्पीडित तथा शोषित रहेको छ भने अर्कोतिर हरेक...

सीआइएका हर्कतहरूको खुलासा

सीआइएका हर्कतहरूको खुलासा

by याङ नान
May 12, 2023

१७ अप्रिल, १९६१ को सबेरै  १४०० भन्दा बढी सशस्त्र समूह (क्युवाबाट निर्वासितहरूको समूह) क्युवाको दक्षिणी क्षेत्रमा पर्ने बे अफ पिगको...

अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

by रुकिया अन्वर
April 24, 2023

संयुक्त राज्य अमेरिकाको जासुसी संयन्त्रले लामो समयदेखि संयुक्त राष्ट्र संघ (यूएन) भित्रका हरेक गतिविधिलाई सुन्न लोभी र दुष्ट अक्टोपस जस्तै...

दुई विश्व अर्थतन्त्र चीन र भारतबीच नेपालको विकास रणनीति

दुई विश्व अर्थतन्त्र चीन र भारतबीच नेपालको विकास रणनीति

by डा. प्रकाशचन्द्र लोहनी
April 6, 2023

हाम्रो विकासको महत्वपूर्ण विन्दू नै नेपालमा स्थायित्व र लगानीमैत्री वातावरण सिर्जना गर्नु हो। हाम्रा पुर्खाले विशेषतः राणाकालीन सामन्ती व्यवस्थामा त्यसबेलाका...

समाजवादमा मजदुरका मुद्दा

समाजवादमा मजदुरका मुद्दा

by nepal_readers
April 2, 2023

अहिलेको पूँजीवाद मार्क्सको जमानाको जस्तो छैन तर उनको दुरसोच अनुसार पूँजीवाद सामुहिक उत्पादन प्रणालीमा सामुहिक प्रयत्न तर वितरण प्रणालीमा छैन।...

Leave Comment
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist