Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बिजुलीको माग पोहरभन्दा कम, तर के कारण भइरहेछ लोडसेडिङ?

सहयोगीबाट सहयोगीबाट
पुस २८, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रधानमन्त्री केपी ओलीलाई ‘सूर्य’ चिह्न माया लागे पनि उनलाई उज्यालो मन पर्दैन भन्ने त उनले गरेको प्रतिनिधि सभा विघटनले नै देखायो । किनकि, यही व्यवस्थाका लागि हजारौं नेपाली शहीद भएका थिए । लाखौं जनता घाइते भएका थिए । सयौं नेपाली महिलाहरुको काख रित्तिएको थियो । नाबालकहरुलाई टुहुरा पारिएको थियो । यस्तो बलिदानीपूर्ण संघर्षले ल्याएको लोकतन्त्रलाई नै सिध्याउने गरी प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई अँध्यारोमा धकेल्ने काम गरेका छन् ।

    सिंगो संविधानवाद र संसदीय व्यवस्थालाई धावा बोल्ने ओलीले विद्युत् प्राधिकरणको विचरा कुलमान घिसिङलाई किन निरन्तरता दिइरहन्थे ? काम गरेर प्रमाणित गरिसकेका, जनताको मन मनमा बसिकेका र सिंगो राष्ट्रको इज्जत नै माथि उठाएका कुलमानलाई हटाएपछि मुलुक पुनः लोडसेडिङको अन्धकारमा जाकिने संकेत देखिएको छ । कुलमानलाई पुनःनियुक्ति नदिनुको कारण जलमाफियाहरुको हात छ । तर पनि सरकारका मन्त्रीहरु लाजै पचाएर ‘लोडसेडिङ’ कुलमानले होइन, ओलीले हटायो भन्दैछन् । यदि ओलीले लोडसेडिङ हटाएको हो भने अहिले बत्ती झ्याप्प झ्याप्प किन निभ्छ, त्यसको जवाफ पनि मन्त्रीहरुले दिए त जनताले चित्त बुझाउने थिए ।

    यतिखेर बिजुलीको माग वृद्धि भएर र आपूर्ति नभएर विद्युत् कटौती (जनताको बुझाइमा लोडसेडिङ) भएको होइन । व्यवस्थापन गर्न नसकेर हो । कोभिड १९ लाई बहाना देखाएर प्राधिकरणका कर्मचारीले अनुगमन गर्न छाडे । पहिलेको जस्तै गरी चुहावट बढ्न थालिसकेको छ । कुलमानले छाडेपछि १.६ प्रतिशतले विद्युत् चुहावट भइसकेको छ । यो भनेको तराईमा माग बढेको छ । त्यो माग होइन, चुहावट हो— प्राविधिक र गैरप्राविधिक ।

    अहिले अघोषित लोडसेडिङ हुनुमा प्रणाली सञ्चालन गर्न नजानेर हो । कुलमान जतिखेर पनि हातमा छडी लिएर बस्थे । कुनै ठाउँमा प्राविधिक गडबडीले लाइन अवरुद्ध हुन पुगेमा तत्काल ‘रेस्पोन्स टिम’ पुगिहाल्थ्यो । तर अहिले बत्ती गयो भनेर कसैले गुनासो गर्न खोजे भने प्राधिकरणका नो लाइटका फोन नै उठ्दैन ।

    उपत्यकामा पोहोरकोभन्दा बिजुलीको माग कम छ । किनभने कोभिड १९ ले गर्दा होटलहरु खुलेका छैनन् । यही वर्ष निजी क्षेत्रको ८६ मेगावाट पनि प्रणालीमा आइसकेको छ । तर तराईमा बिजुलीको माग अत्यधिक (१०० मेगावाट) बढेको छ । भारतबाट आयातीत बिजुली तराईमै खपत हुन्छ, काठमाडौं आउन सक्दैन । किनभने बीचमा सय मेगावाट पनि बोक्ने प्रसारण लाइन नै छैन ।

    अहिलेका हितेन्द्र देव शाक्यलाई ओलीले कायम मुकायम मात्र मुकरर गरेका छन् । अर्थात् शाक्यले पनि आफू पूर्णकालीन हुँ भन्ने अनुभूति गर्न पाएका छैनन् । कतिबेला कुन जलमाफियाको लगानीमा अर्कै कार्यकारी निर्देशक भर्ती हुने टुंगो छैन । किनभने ओली सरकारका मन्त्रीहरु सबै बिचौलियाबाट सञ्चालित, निर्देशित छन् भन्ने प्रमाण त यो सरकारले घटाएका काण्डहरुले देखाइहालेका छन् । ओम्नी, यति, ३३ किलो सुन आदि । त्यसकारण प्राधिकरणमा अस्थिरता व्यापक छ । त्यसमाथि ओलीले डेडिकेटेड र ट्रंक लाइनको १० अर्ब विद्युत महसुल नतिर्ने व्यापारीहरुको संरक्षण गरेका छन् ।

    प्रणालीलाई चुस्त राख्न मेहेनत गरिरहनु पर्ने हुन्छ । एकपटक मर्मत गर्दैमा ठीक हुँदैन । कुनै विद्युत्गृह वा प्रसारण लाइनमा फल्ट आउने बित्तिकै पूरै प्रणालीमा असर मात्र पर्ने होइन, सिष्टम नै ट्रिप (एकसाथ बत्ती झ्याप्प निभ्ने) हुन्छ । यो हुन नदिन प्रसारण लाइन, सवस्टेशन, कन्डक्टर, ट्रान्सफरमरहरु दुरुस्त राखिरहनुपर्ने हुन्छ । यसैका लागि लगाव भएको टीम चाहिन्छ । टीम मात्र भएर पुग्दैन, भावना पनि हुनुपर्छ । त्यसैका लागि नेतृत्व चाहिन्छ ।

    अहिलेका शाक्य आफ्नो विधामा अब्बल मानिन्छन् । तर उनलाई प्रणाली सञ्चालनको अनुभव छैन । किताबी ज्ञान हुनु र व्यावहारिक ज्ञान हुनुमा फरक हुन्छ । उनका कर्मचारीहरुले उनलाई सहयोग नगरिरहेको अहिलेको बेला बेला बत्ती गइरहने अवस्थाले उजागर गर्छ । शाक्यलाई पूर्णकालीन नबनाउँदाको परिणाम हो अहिले कर्मचारीहरुले उनलाई टेरेका छैनन् । अझ मध्य हिउँदयाम सुरु हुँदैछ । त्यतिबेला त जमेको बरफ पग्लदैन र खोलामा पानीको सतह स्वात्तै घट्छ । अनि उत्पादन एक तिहाईमा सीमित हुन्छ, तर माग भने बढ्दै जान्छ । तसर्थ तत्काल पूर्णकालीन कार्यकारी निर्देशकको बन्दोबस्ती भएमा मात्र यो समस्या समाधान हुने देखिन्छ । तर, ओल ीभने काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं उल्टो गतिमा देशलाई हाँक्दैछन् । –दृष्टिबाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.