Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दु:खद् माघी पर्व सुखद् हुँदैछ

विकास गौतम विकास गौतम
माघ १, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालमा धेरै बर्ष अघिदेखि बसोबास गर्ने अन्य समुदायका अतिरिक्त थारु समुदायका अन्य चाँडका अतिरिक्त माघी पर्व प्रमुख हो। यो मौलिक सांस्कृतिक महान चाड पनि हो। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा थारु जातिको बसोबास उल्लेख्य छ। यस आलेखमा यी क्षेत्रहरुमा मनाइने माघीका बारे संक्षिप्त जानकारी दिन खोजिएकोछ।
    प्रत्येक बर्ष माघे सक्रान्तिको दुईदिन अघिबाट यसलाई मनाउन शुरु गरिन्छ र फागुण १ गते नुहाई धुवाई गरि त्यसबर्षको माघीलाई बिसर्जन गरिन्छ ।

    पौष मसान्तको अघिल्लो दिन घरका सदस्यहरु नजीकको खोला,सोता,पोखरीमा माछा,घोंघी मारी घरमा ल्याउँछन्। अर्को दिन अर्थात् पौष मसान्तका दिन दिउँसो आ-आफ्ना घरमा वा मिलेर सुँगुर, कुखुरा काट्ने, रोटीमा विशेष अनदी धानको ढिक्री, ठोकनी पकाउने, रक्सी,जाँड बनाउने गरिन्छ र साँझ खानपीन गरी मघौटा गीत गाई नाचगान सहित माघी पर्वको स्वागत गरिन्छ।

    त्यस्को अर्को दिन अर्थात् माघ १ गते बिहानै दाङको हकमा रिहार, बाह्रकुने दह, बबै नदी, राप्ती नदी, कटुवा खोला, हापुर खोला, ग्वा खोला लगायत नजीकका खोला, सोतामा नुहाउन जाने चलन छ। यसरी नुहाउने प्रचलनलाई माघ लहैना भनिन्छ। नुहाइधुवाइ सकेर घरमा फर्केपछि ढकियामा राखीछुट्ययाईएको चामल, दाल, नुन, रोटीहरुको भागलाई छुनुपर्ने हुन्छ। त्यसलाई निश्रउ भनिन्छ। त्यो काम सकेपछि गाउँका महतउँ, गुरुवा, जिम्दार, मान्यजन , ठूलाबडाका घरमा गई आशिर्वाद लिने गरिन्छ। यसलाई सेवालागी भनिन्छ। सो गरेमा रिस, राग, कलह, वैमनश्य हट्ने र आत्मियता बढ्ने बिश्वास गरिन्छ।

    ढकियामा राखी छुट्याईएको निश्रउमा कपडा, दाम राखेर घरका छोरी, दिदीबहिनी (विवाहित, अविवाहित दुबै) लाई भाग छुट्याउने गरिन्छ। त्यो उपहार माईत आएका चेली बेटीले आफ्ना घरमा जाँदा लैजानु पर्छ।

    माघीको अर्को पक्ष आर्थिक ब्यवस्थापन हो। पुस मसान्तमा साँझ उपयुक्त ठाँउमा जम्मा भई नाचगान गर्दै मघौटा गाईन्छ भने अर्को तर्फ आफ्ना लेनदेन,हरहिसाव गर्ने,दाजुभाई छुट्टिनु पर्ने भए कुरा टुङ्ग्याउने, घर बनाउने, बिहेवारिको योजना भए कुरा राख्ने, जग्गाधनी संगको हरहिसाब मिलाउने, जग्गा के कति जोत भोग गर्ने, कस्को जग्गा लगाउने, कस्को छोड्ने, कमैया, कमलरको काममा कुन जग्गाधनीकोमा कस्लाई लगाउने घर सल्लाह गरिन्छ। सो सल्लाहको आधारमा जग्गाधनीसंग पछि कुरा मिलाईन्छ। जग्गाधनीले जोतेको जमिन कुनै किसानलाई अब दिंदैन भन्दा कतिपय परिवारका किसानलाई गरिवीका कारणले समस्या पर्छ र जोत भोग नपाउँदा बसाइँ सर्न बाध्य हुनुपर्छ भने कतिले कृषि पेशा छोडेर दैनिक मजुरीमा अन्य पेशा अगाल्न बाध्य हुने अवस्था आउँछ।अत्यधिक शोषणको कारणले कैयौं गाउका थारु किसान अन्यत्र जिल्लामा रुँदै बसाई सरेका सैयौं उदाहरण दाङवासीले देखेका भोगेका छन्।

    माघिको अवसरमा सक्रान्तिको दोश्रो दिन अर्थात् माघ २ गते कतिले खिच्डी (मासको दाल र चामल मिलाई पकाउने गरिएको) खाने गरिन्छ। त्यसो त माघ महिनामा अन्य बाहुन, क्षेत्रीले पनि घिउसंग खिच्डी खाने गर्छन् नत्र अर्को जन्ममा झुसिल्किरो भईन्छ भन्ने अन्धबिश्वास अझै छ।

    २०५९ साल देखि सरकारले माघ १ गते सरकारी माघी बिदा दिने गरेको थियो तर केही वर्षयता संघ सरकारले बन्द गरेको छ। केही प्रदेश सरकारहरुले सरकारी बिदा दिएका छन्। यसपटक प्रदेश सरकारले एक दिन र प्रदेश ५ ले दुई दिन दिएका छन्। यसलाई समेत उपयोग गरि माघी महोत्सव, फूड फेस्टिवल, भेषभूसाको प्रदर्शनि, नाचगानका विविध कार्यक्रम हुने गरेका छन्। माघ महिनाभरि ठाउँ हेरी घरघरमा गई मघौटा गाउने नाच्ने र आर्थिक संकलन गरि पिक्निक आयोजना, कोष संचालन गर्ने गर्दछन्।

    माघ महिनाको मसान्तका दिन गाउँका सबै बुढापाका पुरुषहरु महतवाँ (गाउँको प्रमुख जिम्मेवारी पाएको ब्यक्ति) का घरमा जम्मा भई डुमरु नाच नाच्छन् र त्यो दिन रातभरि नाचगान गरिन्छ। अनि अर्को दिन फागुण १ गते बिहान खोलाबाट नुहाई धुवाई गरि फर्केपछि सबैलाई महतवाले चामलको सेतो टीका लगाई दिएर त्यसवर्षको माघी समापन भएको जानकारी सुनाउँछन्।

    माघी चाड मात्र नभई स्वजीन, परिवार र आफ्ना थारु समुदायको आर्थिक, सामाजिक र धार्मिक चलन, रीतिथितीसंग गाँसिएको छ। यो अब थारु विशेषको मात्र चाड नभई हामी सबै नेपालीको अपनत्व संग गाँसिएकोले यसलाई सबैले सम्मान गरौं।

    अन्तमा स्मरण गराउँ। माघी सुदुरपश्चिमका जनताहरुको चाड थियो र अझै पनि छ। तर यही माघी चाडमा नै कमैया, कमलरको वेचविखन हुन्थ्यो। कैयन परिवारका आमाबाबुहरु आफ्ना आँशु समेत झार्न नपाई छोराछोरीहरुलाई जमिन्दारकाँहा पठाउँदथे। २०५७ देखि यस प्रचलनलाई सरकारले रोक लगाएकाले कमैया र कमलर बसाल्ने चलन रोकिएकोछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      विकास गौतम

      विकास गौतम

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.