Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कल्याणकारी राज्यको स्थापनार्थ मार्क्सको योगदान

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
पुस १३, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मार्क्सको क्रान्तिकारी राजनीतिको विरासत कठिनाइहरूले भरिएको कुरामा धेरै सहमत रहेको पाइन्छ।समाजमा एउटा सशक्त ‘सोसल इन्जिनियरिङ’ उनकै विचारबाट प्रेरित भएको मानिन्छ।साम्राज्यवाद, स्वतन्त्रता र सामूहिक हत्यासँग मार्क्सका सिद्धान्तहरू जोडिएपछि उनलाई एक विभाजनकारीका रूपमा हेर्न थालियो। तर मार्क्सको अर्को रूप पनि छ, त्यो हो उनी एक भावुक व्यक्ति पनि थिए।संसारको भलाइमा उनका विचारहरूको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ।

    १. बालबालिकालाई पढाउनुपर्छ
    केही मानिसहरूले यो कुरालाई एउटा भनाइका रूपमा मात्र लिन सक्छन्। तर सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र लेखिरहेका बेला मार्क्सले बालश्रमको चर्चा गरेका थिए।

    अन्तर्राष्ट्रिय श्रम संगठनको सन् २०१६ को तथ्याङ्क अनुसार अहिले पनि संसारमा १० मध्ये एक बच्चा बालश्रमिक छन्।धेरै बालबालिकाहरू कलकारखाना छाडेर विद्यालय जानुमा मार्क्सको ठूलो देन छ।

    ‘द ग्रेट इकोनोमिस्ट’ पुस्तककी लेखिका लिण्डा यू भन्छिन्, ‘सन् १८४८ मा जारी मार्क्सको घोषणापत्रमा बालबालिकालाई निजी विद्यालयमा निःशुल्क शिक्षा दिइनुपर्ने कुरा १० बुँदामध्ये एउटा थियो। कलकारखानामा हुने बालश्रममाथि रोक लगाउनुपर्ने कुराको पनि त्यसमा चर्चा गरिएको थियो।’

    २. आफ्नो जिन्दगीको मालिक आफैँ हुनुपर्छ
    के तपाईँ हप्ताको सात दिन काम गर्नुहुन्छ? कामका बेला खाजारखाना खाने समय लिनुहुन्छ?
    एउटा निश्चित उमेरपछि तपाईँ सेवा निवृत्त हुन र निवृत्तिभरण पाउन चाहनुहुन्छ?यदि तपाईँको जवाफ सकारात्मक छ भने तपाईँ मार्क्सलाई धन्यवाद दिन सक्नुहुन्छ।

    लण्डन स्कूल अफ इकोनोमिक्सका प्राध्यापक माइक साभेज भन्छन्, ‘पहिला पहिला लामो समयसम्म काम गर्न भनिन्थ्यो। तपाईँको समय तपाईँको हुँदैनथियो र तपाईँ आफ्नो जिन्दगीका लागि सोच्न पाउनु हुँदैनथियो।’

    पुँजीवादी समाजमा मान्छेलाई बाँच्नका निम्ति उनीहरूको श्रमलाई कसरी वाध्यता बनाइनेछ भन्नेबारे मार्क्सले लेखेका थिए।उनका अनुसार मानिसहरूलाई अधिकांश समय उनीहरूको परिश्रम अनुसारको पारिश्रमिक दिइने गरिएको थिएन र उनीहरूमाथि शोषण गरिएको थियो।

    मार्क्स चाहन्थे मान्छेको जिन्दगीमाथि उसकै अधिकार होओस्, मान्छेको जीवन अरू कुराभन्दा सर्वोपरी होओस्।उनी चाहन्थे मान्छेहरू स्वतन्त्र होऊन् र मान्छेभित्रको सिर्जनात्मक क्षमताको विकास होओस्।

    साभेज भन्छन्, ‘वास्तवमा मार्क्स भन्छन् हामीले हाम्रो जीवन यसरी जिउनुपर्छ कि जसको मूल्याङ्कन कामले नगरियोस्। एउटा यस्तो जीवन जसको मालिक हामी आफैँ होऊँ, जहाँ हामी आफैँले यो कुराको निर्धारण गर्न सकौँ कि हामी कसरी जिउन चाहन्छौँ। आजकाल यही सोचका साथ मानिसहरू जिउन चाहन्छन्।’

    ३. रूचि अनुसारको काम गर्न पाउनुपर्छ
    आफ्नो मनले भनेको काम गर्दा मान्छेलाई खुशी मिल्छ।तर आफूले चाहे बमोजिमको काम नहुँदा मान्छेले दत्तचित्त भएर गर्न सक्दैन र ऊ निराश हुन्छ।यी कुराहरू अरूले नभइ स्वयं मार्क्सले भनेका हुन्।

    सन् १८४४ मा लेखेको आफ्नो पुस्तकमा मार्क्सले काममा पाइने सन्तुष्टिलाई मान्छेको भलाइसँग जोडेर हेरेका थिए। तत्कालीन समयमा यस्तो कुरा गर्ने उनी पहिलो व्यक्ति थिए।उनको तर्क थियो हामी आफ्नो अधिकांश समय काममा खर्चिन्छौँ। अतः यो आवश्यक छ कि आफ्नो कामबाट हामीलाई खुशी मिलोस्।

    ४. भेदभावको विरोध गर्नुपर्छ
    यदि समाजमा कोही खराब छ, यदि तपाईँलाई लागेको छ कि कसैप्रति अन्याय, भेदभाव वा गलत भइरहेको छ भने तपाईँ त्यसको विरोध गर्नुस्।तपाईँ संगठित भएर विरोध गर्नुस् र परिवर्तनका लागि संघर्ष गर्नुस्।

    संगठित विरोधका कारण कैयौँ देशको दिशा बदलिएको छ।विभिन्न प्रकारका भेदभावविरूद्ध कानून बनोस्।लण्डनमा हुने मार्क्सवादी कार्यक्रमका आयोजकमध्येका एक लुइस निल्सन भन्छन्, ‘समाजलाई बदल्न क्रान्ति आवश्यक हुन्छ। हामी समाजको राम्रोका लागि विरोध प्रदर्शन गर्छौँ। यसरी सर्वसाधारणले आठ घण्टा काम गर्ने अधिकार पाएका हुन्।’

    मार्क्सको व्याख्या एक दार्शनिकको रूपमा गरिन्छ। तर निल्सन यो कुरासँग असहमत छन्।उनी भन्छन्, ‘उनले जे लेखे र गरे त्यो एउटा दर्शन जस्तो लाग्छ। तर जब तपाईँ उनको जीवन र कामलाई नजिकबाट नियाल्नुहुन्छ तब तपाईँ महसुस गर्नुहुन्छ कि उनी एक अभियानकर्मी थिए। उनले अन्तर्राष्ट्रिय कामदार संघको स्थापना गरे। उनी गरीबहरूसँगै हड्तालमा सहभागी भए।’

    ‘महिलालाई मतदानको अधिकार कसरी प्राप्त भयोरु यो अधिकार संसद्का कारण नभइ महिलाहरू संगठित भएर विरोधमा उत्रिएकाले पाए। काम गर्नेहरूले साप्ताहिक बिदा कसरी पाएरु मजदुरहरू संगठित भएर हड्तालमा उत्रिएकाले पाए।’

    ५. सञ्चारमाध्यममाथि निगरानी राख्नुपर्छ
    सरकार र ठूला व्यापारिक घरानाले साठगाँठ गरे तपाईँलाई कस्तो लाग्ला?व्यापारिक प्रतिष्ठानले तपाईँका सबै जानकारी सरकारलाई उपलब्ध गराइदिए के तपाईँ आफूलाई सुरक्षित महसुस गर्नुहुन्छ?

    १९ औँ शताब्दीमै मार्क्सले यस्तो महसुस गरेका थिए। हुन त त्यो बेला सामाजिक सञ्जालहरू थिएनन्, तथापि मार्क्स पहिलो व्यक्ति थिए जसले त्यस्तो साठगाँठको व्याख्या गरे। ब्वेनस आइरिज विश्वविद्यालयका प्राध्यापक भालेरिया वेघ वाइस भन्छन्, ‘मार्क्सले त्यतिबेलै सरकार, ब्याङ्क, व्यापार र उपनिवेशीकरणका प्रमुख एजेन्टहरूबीचको साठगाँठबारे अध्ययन गरे।’

    उनी थप्छन्, ‘मार्क्सले सञ्चारमाध्यमको शक्ति बुझेका थिए। मानिसहरूको सोचाइ प्रभावित गर्नका लागि सञ्चारमाध्यम उपयुक्त माध्यम थिए। आजकल हामी झुटा समाचारका कुरा गर्छौँ। तर मार्क्सले उहिल्यै यस्तो कुरा बताइसकेका थिए।’ ‘मार्क्सले त्यतिबेला प्रकाशित हुने गरेका लेखहरूको अध्ययन गर्दथे। उनी यो निष्कर्षमा पुगेका थिए कि गरीबहरूले गर्ने अपराधलाई सञ्चारमाध्यमले ठूलो स्थान दिन्छन् जबकि नेताहरूले गर्ने अपराधको घटनालाई दबाउँछन्।’ बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.