Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

कल्याणकारी राज्यको स्थापनार्थ मार्क्सको योगदान

by पत्रपत्रिकाबाट
December 29, 2019
- यो हप्ता, समाचार
कल्याणकारी राज्यको स्थापनार्थ मार्क्सको योगदान
Share on FacebookShare on TwitterEmail

मार्क्सको क्रान्तिकारी राजनीतिको विरासत कठिनाइहरूले भरिएको कुरामा धेरै सहमत रहेको पाइन्छ।समाजमा एउटा सशक्त ‘सोसल इन्जिनियरिङ’ उनकै विचारबाट प्रेरित भएको मानिन्छ।साम्राज्यवाद, स्वतन्त्रता र सामूहिक हत्यासँग मार्क्सका सिद्धान्तहरू जोडिएपछि उनलाई एक विभाजनकारीका रूपमा हेर्न थालियो। तर मार्क्सको अर्को रूप पनि छ, त्यो हो उनी एक भावुक व्यक्ति पनि थिए।संसारको भलाइमा उनका विचारहरूको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ।

१. बालबालिकालाई पढाउनुपर्छ
केही मानिसहरूले यो कुरालाई एउटा भनाइका रूपमा मात्र लिन सक्छन्। तर सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र लेखिरहेका बेला मार्क्सले बालश्रमको चर्चा गरेका थिए।

अन्तर्राष्ट्रिय श्रम संगठनको सन् २०१६ को तथ्याङ्क अनुसार अहिले पनि संसारमा १० मध्ये एक बच्चा बालश्रमिक छन्।धेरै बालबालिकाहरू कलकारखाना छाडेर विद्यालय जानुमा मार्क्सको ठूलो देन छ।

‘द ग्रेट इकोनोमिस्ट’ पुस्तककी लेखिका लिण्डा यू भन्छिन्, ‘सन् १८४८ मा जारी मार्क्सको घोषणापत्रमा बालबालिकालाई निजी विद्यालयमा निःशुल्क शिक्षा दिइनुपर्ने कुरा १० बुँदामध्ये एउटा थियो। कलकारखानामा हुने बालश्रममाथि रोक लगाउनुपर्ने कुराको पनि त्यसमा चर्चा गरिएको थियो।’

२. आफ्नो जिन्दगीको मालिक आफैँ हुनुपर्छ
के तपाईँ हप्ताको सात दिन काम गर्नुहुन्छ? कामका बेला खाजारखाना खाने समय लिनुहुन्छ?
एउटा निश्चित उमेरपछि तपाईँ सेवा निवृत्त हुन र निवृत्तिभरण पाउन चाहनुहुन्छ?यदि तपाईँको जवाफ सकारात्मक छ भने तपाईँ मार्क्सलाई धन्यवाद दिन सक्नुहुन्छ।

लण्डन स्कूल अफ इकोनोमिक्सका प्राध्यापक माइक साभेज भन्छन्, ‘पहिला पहिला लामो समयसम्म काम गर्न भनिन्थ्यो। तपाईँको समय तपाईँको हुँदैनथियो र तपाईँ आफ्नो जिन्दगीका लागि सोच्न पाउनु हुँदैनथियो।’

पुँजीवादी समाजमा मान्छेलाई बाँच्नका निम्ति उनीहरूको श्रमलाई कसरी वाध्यता बनाइनेछ भन्नेबारे मार्क्सले लेखेका थिए।उनका अनुसार मानिसहरूलाई अधिकांश समय उनीहरूको परिश्रम अनुसारको पारिश्रमिक दिइने गरिएको थिएन र उनीहरूमाथि शोषण गरिएको थियो।

मार्क्स चाहन्थे मान्छेको जिन्दगीमाथि उसकै अधिकार होओस्, मान्छेको जीवन अरू कुराभन्दा सर्वोपरी होओस्।उनी चाहन्थे मान्छेहरू स्वतन्त्र होऊन् र मान्छेभित्रको सिर्जनात्मक क्षमताको विकास होओस्।

साभेज भन्छन्, ‘वास्तवमा मार्क्स भन्छन् हामीले हाम्रो जीवन यसरी जिउनुपर्छ कि जसको मूल्याङ्कन कामले नगरियोस्। एउटा यस्तो जीवन जसको मालिक हामी आफैँ होऊँ, जहाँ हामी आफैँले यो कुराको निर्धारण गर्न सकौँ कि हामी कसरी जिउन चाहन्छौँ। आजकाल यही सोचका साथ मानिसहरू जिउन चाहन्छन्।’

३. रूचि अनुसारको काम गर्न पाउनुपर्छ
आफ्नो मनले भनेको काम गर्दा मान्छेलाई खुशी मिल्छ।तर आफूले चाहे बमोजिमको काम नहुँदा मान्छेले दत्तचित्त भएर गर्न सक्दैन र ऊ निराश हुन्छ।यी कुराहरू अरूले नभइ स्वयं मार्क्सले भनेका हुन्।

सन् १८४४ मा लेखेको आफ्नो पुस्तकमा मार्क्सले काममा पाइने सन्तुष्टिलाई मान्छेको भलाइसँग जोडेर हेरेका थिए। तत्कालीन समयमा यस्तो कुरा गर्ने उनी पहिलो व्यक्ति थिए।उनको तर्क थियो हामी आफ्नो अधिकांश समय काममा खर्चिन्छौँ। अतः यो आवश्यक छ कि आफ्नो कामबाट हामीलाई खुशी मिलोस्।

४. भेदभावको विरोध गर्नुपर्छ
यदि समाजमा कोही खराब छ, यदि तपाईँलाई लागेको छ कि कसैप्रति अन्याय, भेदभाव वा गलत भइरहेको छ भने तपाईँ त्यसको विरोध गर्नुस्।तपाईँ संगठित भएर विरोध गर्नुस् र परिवर्तनका लागि संघर्ष गर्नुस्।

संगठित विरोधका कारण कैयौँ देशको दिशा बदलिएको छ।विभिन्न प्रकारका भेदभावविरूद्ध कानून बनोस्।लण्डनमा हुने मार्क्सवादी कार्यक्रमका आयोजकमध्येका एक लुइस निल्सन भन्छन्, ‘समाजलाई बदल्न क्रान्ति आवश्यक हुन्छ। हामी समाजको राम्रोका लागि विरोध प्रदर्शन गर्छौँ। यसरी सर्वसाधारणले आठ घण्टा काम गर्ने अधिकार पाएका हुन्।’

मार्क्सको व्याख्या एक दार्शनिकको रूपमा गरिन्छ। तर निल्सन यो कुरासँग असहमत छन्।उनी भन्छन्, ‘उनले जे लेखे र गरे त्यो एउटा दर्शन जस्तो लाग्छ। तर जब तपाईँ उनको जीवन र कामलाई नजिकबाट नियाल्नुहुन्छ तब तपाईँ महसुस गर्नुहुन्छ कि उनी एक अभियानकर्मी थिए। उनले अन्तर्राष्ट्रिय कामदार संघको स्थापना गरे। उनी गरीबहरूसँगै हड्तालमा सहभागी भए।’

‘महिलालाई मतदानको अधिकार कसरी प्राप्त भयोरु यो अधिकार संसद्का कारण नभइ महिलाहरू संगठित भएर विरोधमा उत्रिएकाले पाए। काम गर्नेहरूले साप्ताहिक बिदा कसरी पाएरु मजदुरहरू संगठित भएर हड्तालमा उत्रिएकाले पाए।’

५. सञ्चारमाध्यममाथि निगरानी राख्नुपर्छ
सरकार र ठूला व्यापारिक घरानाले साठगाँठ गरे तपाईँलाई कस्तो लाग्ला?व्यापारिक प्रतिष्ठानले तपाईँका सबै जानकारी सरकारलाई उपलब्ध गराइदिए के तपाईँ आफूलाई सुरक्षित महसुस गर्नुहुन्छ?

१९ औँ शताब्दीमै मार्क्सले यस्तो महसुस गरेका थिए। हुन त त्यो बेला सामाजिक सञ्जालहरू थिएनन्, तथापि मार्क्स पहिलो व्यक्ति थिए जसले त्यस्तो साठगाँठको व्याख्या गरे। ब्वेनस आइरिज विश्वविद्यालयका प्राध्यापक भालेरिया वेघ वाइस भन्छन्, ‘मार्क्सले त्यतिबेलै सरकार, ब्याङ्क, व्यापार र उपनिवेशीकरणका प्रमुख एजेन्टहरूबीचको साठगाँठबारे अध्ययन गरे।’

उनी थप्छन्, ‘मार्क्सले सञ्चारमाध्यमको शक्ति बुझेका थिए। मानिसहरूको सोचाइ प्रभावित गर्नका लागि सञ्चारमाध्यम उपयुक्त माध्यम थिए। आजकल हामी झुटा समाचारका कुरा गर्छौँ। तर मार्क्सले उहिल्यै यस्तो कुरा बताइसकेका थिए।’ ‘मार्क्सले त्यतिबेला प्रकाशित हुने गरेका लेखहरूको अध्ययन गर्दथे। उनी यो निष्कर्षमा पुगेका थिए कि गरीबहरूले गर्ने अपराधलाई सञ्चारमाध्यमले ठूलो स्थान दिन्छन् जबकि नेताहरूले गर्ने अपराधको घटनालाई दबाउँछन्।’ बीबीसी

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

3 years ago
कसरी भयो चीन-ब्रिटेनबीच अफिम युद्ध?

कसरी भयो चीन-ब्रिटेनबीच अफिम युद्ध?

3 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.