Saturday, July 2, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » मथुरा प्रकरण : जसले बदल्यो बलात्कारसम्बन्धी भारतीय कानुन

मथुरा प्रकरण : जसले बदल्यो बलात्कारसम्बन्धी भारतीय कानुन

२६ मार्च १९७२ मा प्रहरीले मथुरा, अशोक र उनको परिवारलाई थानामा बोलायो। सबैसँग सोधपुछ गरेपछि प्रहरीले मथुरा बाहेक अन्यलाई घर पठाइदियो। मथुरालाई भने अझै केही सोधपुछ गर्न बाँकी रहेको भन्दै थानामै राखियो। रातको साढे १० बजे दुई प्रहरीले मथुरालाई एउटा बन्द कोठामा लगे, जहाँ एक प्रहरीले उनको बलात्कार गरे र अर्काले दुर्व्यवहार गरे।

nepal_readers by nepal_readers
May 23, 2022
- यो हप्ता, समाचार
A A
1.1k
VIEWS
Share on FacebookShare on Twitter

-ईशा-

दुई जनाबीचको यौन सम्बन्धका लािग सबैभन्दा महत्वपूर्ण आवश्यकता ‘कन्सेन्ट’ अर्थात् सहमतिको हुन्छ। तर यदि कसैले कसैलाई कुनै पनि तरिकाले यौन सम्बन्ध राख्नका लागि बाध्य बनाउँछ भने त्यसलाई बलात्कार भनिन्छ। कन्सेन्ट भन्ने कुरा ‘हुन्छ’ वा ‘हुन्न’मा मात्र सीमित हुँदैन। यसका धेरै आयामहरू हुन्छन्। यदि कसैले ‘हुन्छ’ वा ‘हुन्न’ भन्नुको सट्टा उ मौन छ भने के यस मौनतालाई सहमति मान्न सकिन्छ? यदि कुनै सुतिरहेको वा बेहोस व्यक्तिसँग यौन सम्पर्क हुन्छ भने त्यसलाई यौन सम्पर्क मात्रै मान्ने वा बलात्कार? यदि नशामा भएको वा मानसिक सन्तुलन ठीक नभएको व्यक्तिसँग शारिरीक सम्बन्ध हुन्छ भने त्यो बलात्कार हो वा मात्र यौन सम्पर्क?

सहमतिको विषय आम रूपमा हामीले सोचेजति सजिलो छैन। हामी बलात्कारीहरूलाई फाँसी वा कडा सजायको माग गरिरहेका हुन्छौँ, तर हामीमध्ये धेरैमा ‘कन्सेन्ट’ वा सहमतिको बुझाई साँघुरो हुनसक्छ। हामी अक्सर पीडित किशोरी÷युवती, महिलाहरूलाई नै दोष लगाउँदै बलात्कारीहरूलाई सहजै छुट दिइरहेका हुन्छौँ। ‘महिलाले सहमतिमै यौन सम्पर्क गरेर पछि बलात्कारको आरोप लगाइन्’ जस्ता आक्षेप पीडित महिलामाथि धेरैजसो लाग्ने गर्छ। यो गल्ति आम मानिसको सोचमा मात्रै सिमित छैन, भारतको एउटा न्यायलयले नै बलात्कारका लागि महिलालाई नै लान्छित गरेको थियो। जसको नतिजास्वरुप संविधानमा लेखिएको ‘बलात्कार र यौन हिंसा’को विरुद्धको कानुन नै परिवर्तन गर्नुपर्यो। यो घटना होः मथुरा बलात्कार प्रकरण।

प्रहरीबाट बलात्कार

सन् १९७० को दशकको कुरा हो। महाराष्ट्रको गढचिरौली क्षेत्रको देसाईगञ्ज जिल्लामा एक किशोरी आफ्नो दाइसँग बस्ने गर्थिन। उनका दुईजना दाइमध्ये एकजनासँग उनी बस्थिन्। उनको वास्तविक नाम अहिलेसम्म कसैलाई थाहा छैन। तर घटनापछि अखबारहरूले उनको नाम राखिदिए, ‘मथुरा’। घरखर्च चलाउनका ती किशोरी अन्य मानिसको घरमा काम गर्ने गर्थिन्। उनले काम गर्न जाने एक घरमा बस्ने नुशी नाम गरेकी एक महिला बस्ने गर्थिन्। उनका एक भतीज थिए, अशोक। उनी अक्सर मथुराले काम गर्ने घरमा जाने–आउने गर्थे।

मथुरा र अशोकको भेटघाट भइरहन्थ्यो र उनीहरू राम्रा साथी पनि थिए। विस्तारै–विस्तारै उनीहरूबीच प्रेम सम्बन्ध सुरु भयो। त्यसपछि उनीहरूबीच विवाहको कुरा चल्यो। नुशी पनि यो सम्बन्धमा सहमत थिइन्। विस्तारै उनीहरूको सम्बन्धले गाउँभरी चर्चा पाउन थाल्यो। यो कुरा मथुराका दाइहरूसम्म पुग्यो। तर, उनीहरूलाई भने यो सम्बन्ध मञ्जुर थिएन। मथुराका दाइहरूले अशोकविरुद्ध प्रहरीकोमा उजरी दिए। अशोकलाई मथुराको अपहरण गरेको र वेश्यावृत्ति गराएको आरोप लागेको थियो।

RelatedPosts

मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

June 30, 2022
Auto Draft

कम्युनिष्ट नेताहरूले कम्तिमा सरल जीवनशैली अपनाऔँ

June 28, 2022
प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

June 25, 2022
धार्मिक राष्ट्रवाद : श्रीलंका संकटको जरो

धार्मिक राष्ट्रवाद : श्रीलंका संकटको जरो

June 24, 2022

२६ मार्च १९७२ मा प्रहरीले मथुरा, अशोक र उनको परिवारलाई थानामा बोलायो। सबैसँग सोधपुछ गरेपछि प्रहरीले मथुरा बाहेक अन्यलाई घर पठाइदियो। मथुरालाई भने अझै केही सोधपुछ गर्न बाँकी रहेको भन्दै थानामै राखियो। रातको साढे १० बजे दुई प्रहरीले मथुरालाई एउटा बन्द कोठामा लगे, जहाँ एक प्रहरीले उनको बलात्कार गरे र अर्काले दुर्व्यवहार गरे।

अप्रत्यासित फैसला

बलात्कारीहरूले मथुरालाई धम्की दिँदै थानामा भएको घटना बाहिर नल्याउन भने। तर मथुरा सजिलै डराउनेवाला थिइनन्। उनले यस बारेमा आफ्ना दाईहरू र आफन्तहरूलाई बताउँदै अदालत जाने निर्णय गरिन्। स्थानीय सेसन्स अदालतमा यो केस १ जुन १९७४ सम्म चल्यो। अदालतले बलात्कारी निर्दोष रहेको फैसला गर्यो। मेडिकल जांच गर्दा उनी ‘भर्जिन’ नरहेको पुष्टि भएको भन्दै अदालतले बलात्कारीले सफाइ पाउनेगरी फैसला गर्यो। घटनाभन्दा पहिले पनि उनले पुरुषहरूसँग सम्बन्ध राखेको भन्दै उनलाई न्याय नदिने फैसलाको अर्थ हो, ‘उनमा यौन सम्बन्ध राख्ने आदत थियो र उनले प्रहरीसँग पनि आफ्नो इच्छाले नै यौन सम्पर्क गरेकी हुन्।’

न्यायधीशहरूको यस्तो लज्जास्पद र मुर्खतापूर्ण बयानले जो कोहीले पनि आफ्नो धैर्यता गुमाउन सक्छ। केसलाई फेरि सुनुवाईको माग गर्दै बम्बई हाइकोर्टमा अपिल गरियो। तर सेसन्स अदालतको फैसलालाई खारेज गर्दै हाइकोर्टले भन्यो, ‘यदि पीडित डर वा कुनै अरु कारणले बोल्न सकिरहेकी छैन भने त्यसलाई कन्सेन्ट (सहमति) मान्न सकिँदैन। यस्तोमा हामी यो भन्न सक्दैनौँ कि उनले आफ्नो इच्छाले नै यौन सम्पर्क गरेकी हुन्।’ आदलतले दुवै प्रहरीलाई १ र ५ वर्षको सजाय सुनायो।

यो फैसलापछिको घटनाक्रम अप्रत्याशित थियो। सन् १९७९ को सेप्टेम्बरमा सुप्रिम कोर्टले फेरि यो केस खोल्यो। सुप्रीम कोर्टका न्यायधीश सिंह, कैलाशम र कौशलले बम्बई हाइकोर्टको फैसला खारेज गर्दै भन्यो, ‘किशोरीको यौन सम्बन्ध राख्ने आदत थियो र त्यो समय दुबै प्रहरी नसामा थिए। किशोरीले मौकाको फाइदा उठाए र दुवै प्रहरीलाई सम्बन्धका लागि उक्साइन्। उनले आफ्नो प्रेमीका अघि निर्दोष बन्ने नाटक गर्नका लागि प्रहरीलाई बलात्कारको आरोप लगाइन्।’

आन्दोलन र परिवर्तन

सुप्रिम कोर्टको यो फैसलाले देशभर तहल्का मच्चियो। दिल्ली विश्वविद्यालयमा कानुनका प्रोफेसर उपेन्द्र बक्सी, रघुनाथ केलकर र लतिका सरकारले पुणेका वकील वसुधा धागमवारसँग मिलेर सुप्रिम कोर्टका न्यायधीशलाई खुल्ला पत्र लेखे। पत्रमा उनीहरूले यो फैसलाको कठोर निन्दा गर्दै यसलाई फिर्ता लिन आग्रह गरे। यसै दौरान फैसलाविरुद्ध देशभर कैयौँ महिला संगठनले आवाज उठाए, जसमध्ये एउटा थियो ‘फोरम अगेन्स्ट रेप’ जसको नाम पछि गएर ‘फोरम अगेन्स्ट अप्रेशन अफ उमन’ बन्न गयो।

दबावमा आएर सुप्रीम कोर्टले आफ्नो फैसलामा पुनर्विचार गर्न मञ्जुर भयो, तर न्यायधीशहरूका अनुसार मथुराको पक्षमा फैसला सुनाउनका लागि कुनै लोकस स्ट्यान्डाई(मापदण्ड) थिएन। अर्थात्, कानूनको नजरमा मथुरा पीडित थिइनन्, र उनलाई न्याय माग्ने कुनै अधिकार थिएन। त्यस समय भारतमा बलात्कारको कानुन त्यति बलियो थिएन र बलात्कारीलाई भन्दा पीडितको ‘चरित्र’बारे बढी सवाल उठाइन्थ्यो। यसकारण कानुनी रूपमा मथुरा पीडित थिइनन्, बरु दोषी ठहर्याउन सकिन्थ्यो।

तर भारतभरका महिलावादी, वकिल र कानुका अध्यापकहरूले मथुरासम्बन्धी अदालती फैसलाको विरोध प्रदर्शन गर्दैगरे। संगठन बनाइयो, आलोचना भयो। र, पहिलोपटक पूरै देश बलात्कार पीडितका पक्षमा उभियो। जसको नतिजास्वरूप इन्डियन पिनल कोड (दण्ड संहिता) को सेक्सन ३७५ मा चार नयाँ विभाग–ए, बी, सी र डी जोडियो। यस अन्तर्गत ‘यदि कुनै प्रहरी, सरकारी कर्मचारी वा महिला/बालसंस्था वा हस्पिटलका मालिक आफ्नो आफ्नो संरक्षणमा रहेका कुनै महिलालाई बलात्कार गर्छन् भने उसलाई १० वर्षको सजायँदेखि लिएर जन्मकैदसम्म हुन सक्छ।’

यससँगै दण्ड संहितामा अन्य परिवर्तनसमेत आयो। ‘एभिडेन्स एक्ट’ मा सेक्सन ११४ ए जोडियो, जसअन्तरगत ‘यदि पीडित मानसिक रुपले विचलित छ वा नशामा छ र यस्तो स्थितिमा उनलाई यौन सम्बन्ध बनाउनका लागि बाध्य गरियो भने यसलाई बलात्कार मानिन्छ।’ मथुरा बलात्कार केसले बलात्कारको परिभाषामाथि सिंगो भारतलाई सोच्नका लागि बाध्य बनायो। कन्सेन्ट (सहमति) को उल्लंघन कहिले र कसरी हुन्छ भन्ने आधारमा नयाँ कानुन बन्यो ताकि बलात्कारको पीडितलाई न्याय दिन सकियोस् र महिला सुरक्षित रहन सकुन्।

तर विडम्बना, कानुन जति नै परिवर्तन गरिएपनि समाज भने उति बदलिएको छैन। आज पनि कति मथुराहरू छन्, जो कुनै बलवान पुरुषको हातबाट दैनिक उत्पीडित हुन्छन्। जसलाई आफ्नो शोषणका लागि आफैँलाई दोषी ठहर्याइन्छ। र, कतिले दुनियाँलाई आफूमा भएको घटना बताउनै नपाई अकालमा ज्यान गुमाएका छन्। हामी संविधान त बदल्छौँ, तर यसको फाइदा तबसम्म पीडितले पाउँदैनन्, जबसम्म समाजबाट महिलाद्वेसी रोगी मानसिकतालाई जरैदेखि उखेलेर फालिँदैन। जबसम्म महिलालाई भोग्ने वस्तुकाभन्दा बढी बुझिँदैन।

फेमिनिजम इन इन्डियाबाट अनुवाद गरिएको।

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Related Posts

मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

by पत्रपत्रिकाबाट
June 30, 2022

पुँजीवाद, र त्यसबाटै विस्तारित साम्राज्यवाद, वर्गीय शोषण र उत्पीडनको सबैभन्दा उन्नत र विकसित स्वरूप हो । श्रमिकलाई श्रमको प्रतिफलबाट विमुख...

Auto Draft

कम्युनिष्ट नेताहरूले कम्तिमा सरल जीवनशैली अपनाऔँ

by nepal_readers
June 28, 2022

स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले जित्नकै लागि मात्र जस्तोसुकै कदम पनि चालेको देखियो। दलहरू नैतिकता, मूल्य र जनतालाई दिने सेवाको...

प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

by पूजा राठी
June 25, 2022

कल्पना गर्नुहोस् त, यदि तपाईँले कुनै पार्कमा एउटी युवती निस्फक्री र निर्धक्क सुतिरेहेको देख्नुभयो भने तपाईँको मनमा कस्तो विचार आउला?...

धार्मिक राष्ट्रवाद : श्रीलंका संकटको जरो

धार्मिक राष्ट्रवाद : श्रीलंका संकटको जरो

by प्रशान्त ‘पुष्प’ रिजाल
June 24, 2022

सन् १९४८ मा बेलायती उपनिवेशबाट मुक्त भएपश्चात् श्रीलङ्का राष्ट्र बन्ने प्रक्रियामा बिधिवत रूपमा प्रवेश गर्यो। तत्कालिन श्रीलङ्कामा तीनवटा राज्यहरू थिए।...

पढ्ने विज्ञान, पुज्ने ‘उडुवा घोडा’

पढ्ने विज्ञान, पुज्ने ‘उडुवा घोडा’

by संजय श्रमण
June 23, 2022

अघिल्लो सालको कुरा हो, कक्षा १२ मा टप गरेका मेरा मित्रको छोरासँग मेरो कुराकानी भइरहेको थियो। उ आफ्नो कुकुरलाई लिएर...

फेरि पनि ओलीजी र प्रचण्डजीहरूकै नेतृत्वमा एकता हुन्छ भन्ने लाग्दैन

फेरि पनि ओलीजी र प्रचण्डजीहरूकै नेतृत्वमा एकता हुन्छ भन्ने लाग्दैन

by हेमराज भण्डारी
June 22, 2022

गठबन्धनको अपेक्षाअनुसारको निर्वाचन परिणाम आएन। गठबन्धन गरिएका ठाउँमा क्रस चुनाव चिन्हका कारणले धेरै भोट बदर पनि भए। धेरै मात्रामा भोट...

Leave Comment

Recommended

‘बाइक एम्बुलेन्स’ चलाएर ४ हजारलाई बचाउने चिया मजदुर

‘बाइक एम्बुलेन्स’ चलाएर ४ हजारलाई बचाउने चिया मजदुर

4 years ago

नेपाली युवालाई प्राविधिक तालिम दिन विश्व बैंकको ६ अर्ब ऋण

5 years ago

Connect with us

Popular Post

  • मदन भण्डारीको त्यो व्याख्यालाई पनि यिनीहरूले फालिदिए

    मदन भण्डारीको त्यो व्याख्यालाई पनि यिनीहरूले फालिदिए

    0 shares
    Share 0 Tweet 0
  • मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

    0 shares
    Share 0 Tweet 0
  • पढ्ने विज्ञान, पुज्ने ‘उडुवा घोडा’

    0 shares
    Share 0 Tweet 0
  • ‘तन्नेरी शरीरमा गाँसिएका बुढा टाउकोहरू’ले यो आन्दोलनलाई लैजान सक्दैनन्

    0 shares
    Share 0 Tweet 0
  • नेपालका वामपन्थीहरू एकताबद्ध हुनुपर्छ, यो राष्ट्रिय आवश्यकता हो

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In