Friday, April 16, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

पाइप र प्रणालीबिनै मेलम्चीको पानीको प्रचार

by सहयोगीबाट
March 12, 2021
- समाचार
Share on FacebookShare on TwitterEmail

चैत दोस्रो सातादेखि मेलम्चीको पानी काठमाडौंका धारामा छाड्ने भन्दै हल्ला गरिए पनि यसको प्राविधिक पक्षलाई भने कमैले नजरअन्दाज गरेको देखिएको छ।

कस्तो छ प्राविधिक अवस्था?

चैत दोस्रो साताबाटै मेलम्चीको पानी छाडिने भने पनि वितरणका लागि आवश्यक संरचना भने तयार भइसकेको छैन। सुन्दरीजलमा आइपुगेको पानी वितरणका लागि आवश्यक पर्ने पाइपलाइन नै तयार अवस्थामा छैन। त्यस्तै पानी वितरणका लागि नभइ नहुने अत्याधुनिक कम्प्युटराइज प्रणाली सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा) सिस्टमको काम पनि सुरु हुन सकेको छैन।

आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार पहिलो चरणका लागि कुल ११३२ किलोमिटर पाइपलाइनमा बिछ्याउनु पर्छ। करिब १५ किमि पाइपलाइन बिछ्याउने काम बाँकी नै छ।

कुलेश्वर, ललितपुरका विभिन्न स्थान, सुन्धारालगायत क्षेत्रमा पाइप बिछ्याउने काम भइरहेको छ। पाइप बिछ्याएरमात्र हुँदैन। पानी अभावका कारण केहीबाहेक परीक्षण गर्न पनि सकिएको छैन।

‘६/७ वर्षदेखि पाइप बिछ्याएर पानी नै नभएकाले पुरेर राखेका छौं,’ पीआइडीका प्रमुख कमलराज श्रेष्ठले भने, ‘पाइपको अवस्था कस्तो छ भन्ने नै थाहा छैन। तेस्रो पक्षीय क्षति धेरै छ। पानी नहाल्दासम्म थाहा नै हुँदैन।’

सडक बनाउँदा, पोलहरु सार्दा र अरु विभिन्न निजी कामहरु गर्दा पाइपमा क्षति पुगेको उनको भनाइ छ। गत वर्ष नै १५ करोड रुपैयाँ बराबरको क्षति भएको थियो। पुन: करिब ५ करोडको क्षति भएको विवरण आयोजनालाई प्राप्त भएको श्रेष्ठले बताए।

कुल १ लाख १० हजार धारामध्ये ८० हजार जडान भएका छन्। १४ हजार धाराको मात्र परीक्षण गरिएको छ। टनेलबाट सिपेज भएर आएको पानीलाई व्यवस्थापन गरेर ती धाराहरु मर्मत गरिएको हो। ठुला ठुला पाइपका कारण ट्यांकरबाट पानी हालेर परीक्षण गर्न नसकिएको श्रेष्ठले बताए।

अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले वितरण गरिरहेको पुरानै पाइलाइनबाट वितरण हुने र विस्तारै नयाँ परीक्षण गर्दै जाने र त्यसबाट वितरण गर्ने तयारीमा आयोजना छ।

अहिले पुरानो पाइपलाइन व्यवस्थापन र समयमा मर्मत नगरिएका कारण करिब ३० देखि ४० प्रतिशतसम्म चुहावट छ। दैनिक राजधानी भित्रने १७ करोड लिटर पानी वितरण हुन्छ।

यो पानी २ तलासम्म सिधै जान्छ। कुनै मेसिन नै नजोडी १५ मिटरसम्म उक्लन्छ। उक्त स्पिडमा आउने पानीले चुहावटका कारण सडकहरु ध्वस्त हुन सक्ने सडक विभागका अधिकारीहरुको शंका छ। उनीहरुले राणाकालीन पाइपबाट पानी वितरण गर्न नहुने सुझाएका छन्। त्यस्तै पानी वितरणका लागि स्काडाको काम नै सुरु भएको छैन।

स्काडाबिना पानी वितरण गर्नै सकिँदैन?
मेलम्चीको पानी स्काडाबिना वितरण गर्नु चुनौतीपूर्ण छ। स्काडा खानेपानी वितरणका लागि विश्वका विभिन्न मुलुकमा अपनाइएको पछिल्लो र अत्याधुनिक कम्प्युटराइज स्वचालित प्रणाली हो।

यसमा एउटा कोठामै बसेर कम्प्युटरमार्फत पानीका स्रोत (रिजर्भ ट्यांकी) हरुका साथै पानीको मात्रा तथा सम्पूर्ण वितरण प्रणालीको अवस्था हेर्न र नियन्त्रण पनि गर्न सकिन्छ। यसरी कम्प्युटरबाटै पूरै वितरण प्रणाली नियन्त्रणका लागि स्काडाअन्तर्गत सेन्सर पनि जडान गरिएको हुन्छ।

यी विशेषता र सुविधाका कारण स्काडा जडान गरेपछि पानी वितरण प्रणालीमा हुने ठूलो परिमाणको चुहावट नियन्त्रण हुनेछ। विद्यमान प्रणालीबाट वितरित दैनिक १२ करोड लिटर पानीमध्ये करिब ३० देखि ४० प्रतिशतसम्म चुहावट रहेको वितरणको जिम्मा लिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आफैंले बताउँदै आएको छ।

अहिले राजधानीमा पानी वितरणका लागि प्रयोग हुँदै आएको यही परम्परागत प्रणाली हटाएर अत्याधुनिक क्लोज सिस्टममा आधारित स्काडा प्रणाली स्थापना गर्न लागिएको हो। यो प्रणालीबिना मेलम्ची खानेपानी आयोजनाअन्तर्गत ल्याउन लागिएको पानी वितरण असम्भव जस्तै रहेको आयोजनाका अधिकारीहरुको भनाइ छ।

स्काडाले मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा कति पानी आयो, उपत्यका रहेका रिजर्भ पोखरीहरुमा कति पानी छ, कुन पाइपलाइनबाट कति वितरण भइरहेको छ, कुन क्षेत्रमा पानी वितरण भएको छैन, कहाँ कहाँ लिकेज छ लगायतका सम्पूर्ण विवरण हेर्न तथा नियन्त्रण गर्न सकिन्छ।

यसबाट कतै समस्या आए तत्कालै हेर्न सकिने हुँदा मर्मत गर्न टोली त्यतातिर पठाउन सकिन्छ, जसले लिकेज नियन्त्रणमा सहयोग गर्नेछ।

स्काडा नराखी मेलम्चीको पानी वितरण गरिने हो भने पानी लिकेजका कारण काठमाडौं अस्तव्यस्त हुन्छ, सडकहरु ध्वस्त हुन्छन् भने पानी वितरण समेत समान बनाउन सकिँदैन। अहिले मान्छे फिल्डसम्मै पुगेर गर्दै आएका धेरै काम कम्प्युटरबाटै गर्न सकिने यो प्रणाली जडान गरेपछि अहिलेजस्तो पानी वितरणका लागि ११-१२ सय कर्मचारी पनि चाहिँदैन।

आयोजनाका अनुसार बल्ल स्काडाका लागि सर्भेको काम सुरु गरिएको छ। जसको जिम्मा भीसीजीपी डब्लुएमआई-कालिका जेभीले पाएको छ। यसमध्ये भीसीजीपी डब्लुएमआई (वाटर म्यानेजमेन्ट इन्टरनेशनल) खानेपानी वितरण तथा नेटवर्क व्यवस्थापन लगायतमा अत्याधुनिक प्रणाली निर्माणका लागि कहलिएको फ्रेन्च कम्पनी हो।

कालिका ‘क’ वर्गको नेपाली कम्पनी हो। भर्खरै ठेक्का लागेर सर्भेको थालिएको हो। निर्माण सक्न ३३ महिना लाग्ने छ। चारपटकसम्म ठेक्का निकाल्दा पनि कसैले आवेदन नदिएपछि ढिला भएको आयोजनाले जनाएको छ।‍-पहिलोपोस्ट

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
सहयोगीबाट

सहयोगीबाट

Discussion about this post

Connect with us

Recommended

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

1 year ago
प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.