Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पाइप र प्रणालीबिनै मेलम्चीको पानीको प्रचार

सहयोगीबाट सहयोगीबाट
फाल्गुन २८, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चैत दोस्रो सातादेखि मेलम्चीको पानी काठमाडौंका धारामा छाड्ने भन्दै हल्ला गरिए पनि यसको प्राविधिक पक्षलाई भने कमैले नजरअन्दाज गरेको देखिएको छ।

    कस्तो छ प्राविधिक अवस्था?

    चैत दोस्रो साताबाटै मेलम्चीको पानी छाडिने भने पनि वितरणका लागि आवश्यक संरचना भने तयार भइसकेको छैन। सुन्दरीजलमा आइपुगेको पानी वितरणका लागि आवश्यक पर्ने पाइपलाइन नै तयार अवस्थामा छैन। त्यस्तै पानी वितरणका लागि नभइ नहुने अत्याधुनिक कम्प्युटराइज प्रणाली सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा) सिस्टमको काम पनि सुरु हुन सकेको छैन।

    आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार पहिलो चरणका लागि कुल ११३२ किलोमिटर पाइपलाइनमा बिछ्याउनु पर्छ। करिब १५ किमि पाइपलाइन बिछ्याउने काम बाँकी नै छ।

    कुलेश्वर, ललितपुरका विभिन्न स्थान, सुन्धारालगायत क्षेत्रमा पाइप बिछ्याउने काम भइरहेको छ। पाइप बिछ्याएरमात्र हुँदैन। पानी अभावका कारण केहीबाहेक परीक्षण गर्न पनि सकिएको छैन।

    ‘६/७ वर्षदेखि पाइप बिछ्याएर पानी नै नभएकाले पुरेर राखेका छौं,’ पीआइडीका प्रमुख कमलराज श्रेष्ठले भने, ‘पाइपको अवस्था कस्तो छ भन्ने नै थाहा छैन। तेस्रो पक्षीय क्षति धेरै छ। पानी नहाल्दासम्म थाहा नै हुँदैन।’

    सडक बनाउँदा, पोलहरु सार्दा र अरु विभिन्न निजी कामहरु गर्दा पाइपमा क्षति पुगेको उनको भनाइ छ। गत वर्ष नै १५ करोड रुपैयाँ बराबरको क्षति भएको थियो। पुन: करिब ५ करोडको क्षति भएको विवरण आयोजनालाई प्राप्त भएको श्रेष्ठले बताए।

    कुल १ लाख १० हजार धारामध्ये ८० हजार जडान भएका छन्। १४ हजार धाराको मात्र परीक्षण गरिएको छ। टनेलबाट सिपेज भएर आएको पानीलाई व्यवस्थापन गरेर ती धाराहरु मर्मत गरिएको हो। ठुला ठुला पाइपका कारण ट्यांकरबाट पानी हालेर परीक्षण गर्न नसकिएको श्रेष्ठले बताए।

    अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले वितरण गरिरहेको पुरानै पाइलाइनबाट वितरण हुने र विस्तारै नयाँ परीक्षण गर्दै जाने र त्यसबाट वितरण गर्ने तयारीमा आयोजना छ।

    अहिले पुरानो पाइपलाइन व्यवस्थापन र समयमा मर्मत नगरिएका कारण करिब ३० देखि ४० प्रतिशतसम्म चुहावट छ। दैनिक राजधानी भित्रने १७ करोड लिटर पानी वितरण हुन्छ।

    यो पानी २ तलासम्म सिधै जान्छ। कुनै मेसिन नै नजोडी १५ मिटरसम्म उक्लन्छ। उक्त स्पिडमा आउने पानीले चुहावटका कारण सडकहरु ध्वस्त हुन सक्ने सडक विभागका अधिकारीहरुको शंका छ। उनीहरुले राणाकालीन पाइपबाट पानी वितरण गर्न नहुने सुझाएका छन्। त्यस्तै पानी वितरणका लागि स्काडाको काम नै सुरु भएको छैन।

    स्काडाबिना पानी वितरण गर्नै सकिँदैन?
    मेलम्चीको पानी स्काडाबिना वितरण गर्नु चुनौतीपूर्ण छ। स्काडा खानेपानी वितरणका लागि विश्वका विभिन्न मुलुकमा अपनाइएको पछिल्लो र अत्याधुनिक कम्प्युटराइज स्वचालित प्रणाली हो।

    यसमा एउटा कोठामै बसेर कम्प्युटरमार्फत पानीका स्रोत (रिजर्भ ट्यांकी) हरुका साथै पानीको मात्रा तथा सम्पूर्ण वितरण प्रणालीको अवस्था हेर्न र नियन्त्रण पनि गर्न सकिन्छ। यसरी कम्प्युटरबाटै पूरै वितरण प्रणाली नियन्त्रणका लागि स्काडाअन्तर्गत सेन्सर पनि जडान गरिएको हुन्छ।

    यी विशेषता र सुविधाका कारण स्काडा जडान गरेपछि पानी वितरण प्रणालीमा हुने ठूलो परिमाणको चुहावट नियन्त्रण हुनेछ। विद्यमान प्रणालीबाट वितरित दैनिक १२ करोड लिटर पानीमध्ये करिब ३० देखि ४० प्रतिशतसम्म चुहावट रहेको वितरणको जिम्मा लिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आफैंले बताउँदै आएको छ।

    अहिले राजधानीमा पानी वितरणका लागि प्रयोग हुँदै आएको यही परम्परागत प्रणाली हटाएर अत्याधुनिक क्लोज सिस्टममा आधारित स्काडा प्रणाली स्थापना गर्न लागिएको हो। यो प्रणालीबिना मेलम्ची खानेपानी आयोजनाअन्तर्गत ल्याउन लागिएको पानी वितरण असम्भव जस्तै रहेको आयोजनाका अधिकारीहरुको भनाइ छ।

    स्काडाले मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा कति पानी आयो, उपत्यका रहेका रिजर्भ पोखरीहरुमा कति पानी छ, कुन पाइपलाइनबाट कति वितरण भइरहेको छ, कुन क्षेत्रमा पानी वितरण भएको छैन, कहाँ कहाँ लिकेज छ लगायतका सम्पूर्ण विवरण हेर्न तथा नियन्त्रण गर्न सकिन्छ।

    यसबाट कतै समस्या आए तत्कालै हेर्न सकिने हुँदा मर्मत गर्न टोली त्यतातिर पठाउन सकिन्छ, जसले लिकेज नियन्त्रणमा सहयोग गर्नेछ।

    स्काडा नराखी मेलम्चीको पानी वितरण गरिने हो भने पानी लिकेजका कारण काठमाडौं अस्तव्यस्त हुन्छ, सडकहरु ध्वस्त हुन्छन् भने पानी वितरण समेत समान बनाउन सकिँदैन। अहिले मान्छे फिल्डसम्मै पुगेर गर्दै आएका धेरै काम कम्प्युटरबाटै गर्न सकिने यो प्रणाली जडान गरेपछि अहिलेजस्तो पानी वितरणका लागि ११-१२ सय कर्मचारी पनि चाहिँदैन।

    आयोजनाका अनुसार बल्ल स्काडाका लागि सर्भेको काम सुरु गरिएको छ। जसको जिम्मा भीसीजीपी डब्लुएमआई-कालिका जेभीले पाएको छ। यसमध्ये भीसीजीपी डब्लुएमआई (वाटर म्यानेजमेन्ट इन्टरनेशनल) खानेपानी वितरण तथा नेटवर्क व्यवस्थापन लगायतमा अत्याधुनिक प्रणाली निर्माणका लागि कहलिएको फ्रेन्च कम्पनी हो।

    कालिका ‘क’ वर्गको नेपाली कम्पनी हो। भर्खरै ठेक्का लागेर सर्भेको थालिएको हो। निर्माण सक्न ३३ महिना लाग्ने छ। चारपटकसम्म ठेक्का निकाल्दा पनि कसैले आवेदन नदिएपछि ढिला भएको आयोजनाले जनाएको छ।‍-पहिलोपोस्ट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.