Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
Sunday, May 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

एनसेल कर प्रकरण: पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला

नेपाल रिडर्स नेपाल रिडर्स
भदौ १०, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले तिर्नुपर्ने भनी ठूला करदाता कार्यालयले यसअघि निर्धारण गरेको करलाई फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतले फैसला गरेको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले २०७३ साल वैशाखमा उक्त कार्यालयले गरेको कर निर्धारणलाई एनसेलले कर तिर्नुपर्ने भनी थाहा पाएको मितिबाट मात्र निर्धारण गर्न सोमवार आदेश दिएको हो।

    एनसेलमा रहेको शेअर विक्रीबापत उसले तिर्नुपर्ने पुँजीगत लाभकरबारे लामो समयदेखि विवादित विषयमा सोमवार सर्वोच्च अदालतले गरेको फैसलाले थप विवाद सिर्जना गर्न सक्ने कतिपय विज्ञहरूको धारणा रहेको छ। विसं २०७३ वैशाखमा ठूला करदाता कार्यालयले एनसेलले ६२ अर्ब ६३ करोड रुपैयाँ पुँजीगत लाभकर तिर्नुपर्ने निर्णय गरेको थियो। उक्त निर्णयले आफूमाथि अन्याय परेको भन्दै एनसेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो।

    फैसलामा के छ?

    उक्त मुद्दामा न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत् संयुक्त इजलासले एनसेलको कर निर्धारणमा आयकर ऐनको दफा १०१ आकर्षित नहुने फैसला गरेको हो।अदालतले गरेको फैसलाको पूर्णपाठ आइनसकेका कारण निर्णयको व्याख्या गर्न नसकिने सर्वोच्चका अधिकारीहरुको भनाइ छ। ठूला करदाता कार्यालयले गत एप्रिलमा एनसेलले तिर्नुपर्ने पुँजीगत लाभकरको हिसाब गरेर एनसेललाई सात दिनभित्र बक्यौता तिर्न आदेश दिएको थियो।

    उक्त कार्यालयले निकालेको हिसाबमा आयकर ऐनबमोजिम २५ प्रतिशतले हुन आउने ३५ अर्ब ९१ करोड रुपैयाँ तथा त्यसमा लागेका विलम्ब शुल्क र ब्याज गरी कुल ६२ अर्ब ६३ करोड रुपैयाँ तिर्नुपर्ने देखिएको थियो।सो परिमाणमा एनसेलले पहिले तिरेको कर रकम तथा विलम्ब शुल्क बराबरको २३ अर्ब ५७ करोड रुपैयाँ घटाउँदा हुन आउने ३९ अर्ब ६ करोड रुपैयाँ एक हप्ता भित्र दाखिला गर्न उक्त कार्यालयले जारी गरेको आदेशमा उल्लेख गरिएको थियो।

    टेलियासोनेराले एनसेलको आफ्नो स्वामित्वमा रहेको सेयर आजिएटालाई बेचेकाले हालसम्म सरकारी निकायहरूले टेलियासोनेराबाटै लाभकर असुलीको प्रयास गरेका थिए। तर दुवै विदेशी कम्पनीले एक अर्काले कर तिर्ने जिम्मेवारी भएको बताउँदा सरकारी अधिकारीहरू चाहिँ अन्यौल मै थिए। सर्वोच्च अदातलले बुधवार एनसेल र आजिएटाबाट नै ती रकम असुल्न आदेश दिएपछि स्थिति फरक भएको छ।

    एनसेलको सेयर बिक्री वापतको पुँजीगत लाभकर एनसेलबाटै असुल्ने बाटो खुलेको सरकारी अधिकारीहरूले बताएका छन्।पहिले झन्डै ६१ अर्ब रुपैयाँ निर्धारण गरिएको उक्त कर हाल जरिबाना सहित ७५ अर्ब भन्दा बढी पुगेको बताइएको छ। अर्थमन्त्री युवराज खतिवडाले अदालतको आदेशको स्वागत गर्दै अब लाभकरबारे हिसाब निकालिने बताएका थिए। ‘कर परिमाणको परीक्षण भइरहेको छ। ठ्याक्कै हिसाब निस्किसकेको छैन’, उनले भनेका थिए। कर कार्यालयले भने हिसाब भइरहेको विवरण दिएको छ।

    ७५ अर्ब बाँकी

    ६० अर्ब ७१ करोड रुपैयाँ निर्धारण गरिएको उक्त कर जरिबानासहित बिहीवारसम्ममा ७५ अर्ब ३८ करोड रुपैयाँ पुगेको ठूला करदाता कार्यालयले जनाएको छ। जुन रकम उक्त कम्पनीले तिर्ने दिनसम्मको जरिबाना जोडेर लिइने भएकाले तिर्ने दिनसम्म अझै बढ्ने छ। यसअघि टेलियासोनेराको भन्दै एनसेलले बुझाएको साढे २१ अर्ब रुपैयाँको बारेमा भने आदेशको पूर्णपाठमा भए अनुसार गरिने बताइएको छ।

    सर्वोच्च अदालतका अधिकारीहरूले बुधवार भएको उक्त आदेशको पूर्णपाठ प्राथामिकताका साथ तयार पार्ने काम भैरहेको भए पनि केही दिन लाग्ने जनाएका छन्। विगतमा सेयर बिक्रेता कम्पनी टेलियासोनेराबाटै असुल्ने भन्दै ताकेता गरिए पनि कर असुल हुन सकेको थिएन। आफ्नो स्वामित्वमा रहेको एनसेलको सेयर मलेसियाको आजिएटालाई बिक्री गरेवापतको पूँजीगत लाभकर टेलियासोनेराले सरकारलाई नबुझाइ देशबाट बाहिरिएको थियो।

    एनसेल र आजिएटाले उक्त पूँजीगत लाभकर तिर्ने दायित्व आफ्नो नभएर टेलियासोनेराकै भएको दाबी गर्दै आएका थिए भने टेलियासोनेराले आफूले तिर्नु नपर्ने दाबी गर्दै आएको थियो। सोही अनुसार ताकेता गरेको सरकारले कर उठाउन नसकेपछि विवाद अदालत पुगेको थियो। बीबीसी नेपाली सेवाकाे सहयाेगमा

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.