Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोपर्निकस : सूर्यलाई धर्मग्रन्थको अँध्यारोबाट निकाल्ने खगोलशास्त्री

२४ मे १५४३ मा कोपर्निकस बिते तर चर्चकै जागिर खाएर ‘धर्मशास्त्र’को खण्डन गरेका ती सन्तको सिद्धान्त, बुझाइ तथा निचोडहरू विश्वभरका प्रयोगशालाहरूमा बाँचिरहेको छ।

nepal_readers nepal_readers
असार २३, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ब्ल्याक डेथ (बुबोनिक प्लेग) महामारीले युरोपको आधा जनसंख्यालाई नष्ट गर्यो। १४औं शताब्दीको यो दुखद अवधिपछि युरोपले अर्को तीन सय वर्षका लागि आफँैलाई पुनःनिर्माण गर्यो। ग्रीक र रोमन सभ्यताका ज्ञानहरू पुनः पत्ता लगाइए। कला र विज्ञानप्रति त्यहाँका जनतामा चासो बढ्यो र शिक्षित मानिसहरूले ‘मानिसको विचारको क्षमता असीमित छ र एउटै जीवनमा चाहेजति ज्ञान सङ्कलन गरेर सभ्यताको विकासमा ठूलो योगदान गर्न सकिन्छ’ भन्ने सिद्धान्तको प्रचारप्रसार गरे। तीन सय वर्षको यो सुनौलो अन्तराललाई पुनर्जागरण भनियो।

    पोल्याण्डका निकोलस कोपर्निकसलाई प्रायः पुनर्जागरणको मोडेल विद्वान÷वैज्ञानिकका रूपमा चिनिइन्छ। गणितज्ञ र खगोलशास्त्री कोपर्निकस चर्च कानूनका विद्वानसमेत थिए। उनी चिकित्सक, अनुवादक, चित्रकार, गभर्नर, कूटनीतिज्ञ र अर्थशास्त्री पनि थिए। उनीसँग कानूनमा डक्टरेट डिग्री थियो र उनी पोलिस, जर्मन, ल्याटिन, ग्रीक र इटालियन भाषाका विद्वान थिए। कोपर्निकस परिवारका चार दाजुभाइमध्ये कान्छो थिए। उनको जन्म फेब्रुअरी १९, १४७३ मा तामा व्यापारीको परिवारमा भएको थियो। उनका आमाबुबा दुवैको मृत्यु हुँदा उनी दश वर्षका मात्र थिए। त्यसपछि उनको थप पालनपोषण मावलीले गरेका थिए।

    निकोलस कोपर्निकस

    उनका मामा–माइजूले उनलाई क्राकाव विश्वविद्यालयमा अध्ययन गर्न पठाए। त्यहाँ उनले गणित, ग्रीक र इस्लामिक खगोलशास्त्रको अध्ययन गरे। त्यहाँबाट फर्किएपछि मामाले आफ्नो योग्य भतिजालाई थप अध्ययनका लागि इटाली पठाउने मन बनाए। त्यस समय यातायातका साधनहरू दुर्लभ थिए र दुई महिनाको पैदल यात्रापछि कोपर्निकस इटाली पुगे। इटलीमा उनले ६ वर्षसम्म युरोपका दुईवटा सबैभन्दा पुरानो र उत्कृष्ट विश्वविद्यालयहरू–बोलोना र पाडुआमा अध्ययन गरे। त्यहाँ उनले आफ्ना शिक्षकहरूले कक्षामा सिकाउने सबै कुराहरूमा निरन्तर प्रश्न सोध्न थाले। उनले ब्रह्माण्डको संरचनाको बारेमा एरिस्टोटल र टोलेमीका सिद्धान्तहरूमा पूर्ण रुपमा भिन्नताहरू फेला पारे।

    जब उनी १५०३ मा आफ्नो घर फर्कए, उनी जम्मा तीस बर्षका थिए। कोपर्निकसका काका पनि समाजमा राम्रो प्रभाव भएका व्यक्ति थिए र काकाको सिफारिसमा कोपर्निकसलेस्थानीय चर्चमा ‘क्यानन’को रूपमा जागिर पाए। उक्त पेशामा नक्सा बनाउनुका साथै कर उठाउने र चर्चका किताबहरू समेत हेर्नुपर्थ्यो। यो एक आरामदायी काम थियो।

    सन् १५१० मा उनका मामाको मृत्यु भयो। कोपर्निकसले अब आफ्नो छुट्टै घर बनाए र आफ्नो खगोलीय अध्ययनको लागि टावरसमेत बनाए। त्यतिबेलासम्म टेलिस्कोपको आविष्कार भएको थिएन। काठ र धातुको पाइपको सहायताले उनी नक्षत्रहरूको गतिको अध्ययन गर्थे। यसैक्रममा सन् १५१४ मा उनले एक वैज्ञानिक रिपोर्ट लेखे र आफ्ना साथीहरूलाई बाँढे। भौतिकशास्त्रको इतिहासमा उक्त प्रतिवेदनलाई अचेल ‘द लिटिल कमेन्ट्री’ भनेर चिनिन्छ। सो प्रतिवेदनमा कोपर्निकसले पहिलो पटक ‘धर्मशास्त्रमा लेखिएजस्तो पृथ्वीको वरिपरि सूर्य घुम्ने होइन, पृथ्वी सूर्यको वरिपरि घुम्छ’ भनी दाबी गरे। यो सिद्धान्तले एरिस्टोटल र टोलेमीका सिद्धान्तहरूको समस्याहरू हट्थ्यो। यो प्रारम्भिक काम थियो। यस क्षेत्रमा अर्को दुई दशक गहन अध्ययन भयो।

    १५३२ सम्म कोपर्निकसले आफ्नो सिद्धान्तलाई पाण्डुलिपिको रूप दिए। उनले जानाजानी यसको प्रकाशनमा ढिलाइ गरे किनभने उनले आशा गरेका थिए कि समय लम्बिदै जाँदा उनले केही थप सामग्रीहरू जम्मा गर्न सक्षम हुनेछन्। यसबाहेक आफूले नयाँ वैज्ञानिक तथ्य बाहिर ल्याउँदा पादरीहरूले भगवानको नाममा ठूलो बबण्डर मच्चाउलान् भन्ने डर पनि थियो। केही वर्षपछि जर्मनीका एक प्रसिद्ध गणितज्ञ जर्ज रेटिकस उनीसँग काम गर्न पोल्याण्ड आए। जर्ज रेटिकसले उनको सहमतिमा परिमार्जित पाण्डुलिपिलाई न्युरेम्बर्गमा लगे। त्यहाँ योहान पेट्रीयस नामक मुद्रकले यस पाण्डुलिपीलाई ‘अन द रेभुलेसन अफ हेबन्ली स्फीयर्स’ नामक क्रान्तिकारी पुस्तकको आकार दिँदा कोपर्निकस अठ्सठ्ठी वर्षका थिए।

    पुस्तकको सुरुमा कोपर्निकसले ब्रह्माण्डको आकारबारे एउटा रेखाचित्रमार्फत बताए। यसमा सूर्यलाई केन्द्रमा राखेर परिक्रमारत सबै ग्रहहरूलाई यसको वरिपरि देखाइएको थियो। जटिल गणनापछि उनले ती प्रत्येक ग्रहले सूर्यको एक पटक परिक्रमा गर्न कति समय लगाउँछन् भनेर समेत पत्ता लगाए। आजको उन्नत खगोल विज्ञान र प्रविधिको सहायताले ग्रहहरूले सूर्यलाई परिक्रमा गर्न लाग्ने समय जति निक्लिएको छ, कोपर्निकसको गणना पनि आश्चर्यजनक रूपमा यिनै गणनाको धेरै नजिक छ।

    पुस्तक प्रकाशित भएर आइसकेको थिएन। र, उतिखेर लामो समयदेखि बिरामी परेका कोपर्निकस कोमा अवस्थामा थिए। भनिन्छ कि जब किताबको पहिलो प्रतिलिपि उनलाई दिइयो, बेहोसजस्तै अवस्थामा रहेका उनी उठेर बसेका थिए र लामो समयसम्म किताबलाई आँखा चिम्लिएर समातेका थिए। त्यसको केही दिनपछि उनको मृत्यु भयो। दुःखको कुरा, आफ्नो महान् क्रान्तिकारी सिर्जनाले ‘पुजारी र धर्मगुरुहरूले बनाएको संसार’लाई कसरी अस्तव्यवस्त बनायो भनेर हेर्न कोपर्निकसले पाएनन्।

    त्यस समयमा कोपर्निकसको पुस्तक छापिएर बजारमा आएपछि धर्मका व्यापारीहरूलाई हावाकावा खेलाएको थियो। त्यसपछि चर्चको आधिकारिक बयान आयो। त्यसमा कोपर्निकसको पुस्तकलाई ‘झूटो र पवित्र धर्मशास्त्रको विरोधी’ भनेर वर्णन गरियो। त्यसको करिब ६० वर्षपछि इटालीका ब्रुनोलाई ‘कोपर्निकसको सिद्धान्त’ प्रचारप्रसार गरेको कारण देखाउँदै जिउँदै जलाउने सजाय सुनाइयो। सोही ‘अपराध’का लागि ग्यालिलियोलाई जिउँदै जलाइएको त थिएन, तर ग्यालिलियोको सम्पूर्ण जीवन अपमानै अपमानले भरिएको थियो।

    आज मानिसले मंगल ग्रहमा घर बनाउने कल्पना गर्दैगर्दा हामीले कोपर्निकसलाई सम्झनुपर्छ। पूरै खगोल विज्ञानको अध्ययनमा ती सन्तले ४०–५० वर्षको साधना गरेका थिए। र, कोपर्निकसको जीवनले देखाउँछ, सोध र सत्यको खोजी कहिल्यै असफल हुँदैन र सत्यको ज्योतिले शताब्दीयौंसम्म मानिसको बाटोमा ज्ञानको प्रकाश दिइरहन्छ। २४ मे १५४३ मा कोपर्निकस बिते तर चर्चकै जागिर खाएर ‘धर्मशास्त्र’को खण्डन गरेका ती सन्तको सिद्धान्त, बुझाइ तथा निचोडहरू विश्वभरका प्रयोगशालाहरूमा बाँचिरहेको छ।

    मिडियाभिजिलका लागि अशोक पाण्डेले लेखेको लेख नेपाल रिडर्सका लागि महेश पाण्डेयले अनुवाद गरेका हुन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.