Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कम्युनिष्टहरूले कमसेकम श्रीमतीलाई दासी र श्रीमान्‌लाई मालिक नठानुन्: स्वनाम साथी

सङ्गीत सङ्गीत
पुस ११, २०७७
- अन्तर्वार्ता, यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यही पुष १०, २०७७, शुक्रवार सादगी कम्युनिष्ट नेता स्वनाम साथीकाे न्यूमाेनियाका कारण निधन भयाे। कर्मले नै कम्युनिष्ट स्वनामले आम कम्युनिष्ट नेताहरूभन्दा विल्कुलै सरल जीवन जिए। उनी कम्युनिष्ट आन्दोलन भनेको सरकारप्राप्तिका लागि मात्र होइन साम्यवादी समाजका लागि अभ्यास हो भन्ने गर्थे। उनले आफ्नो जीवन यसरी नै अभ्यास गरे। उनले  व्यक्तिगत सम्पत्तिलाई त्याग गर्दै अति सामान्य जीवन रोजे साथै साम्यवादी समाजको आचरण अभ्यासका बारे बोले र अरुलाई सिकाउने प्रयत्न गरिरहे। उनी सबैका ‘साथी’ थिए। हरेक साथीसँग कमरेडी व्यवहार उनको परिचय थियो। उनीमा रहेको विज्ञान र मार्क्सवादी साहित्यले उनी निकट पुगेका हरकोहीलाई हरेक चीज र घटना तथा परिघटनाबारे विश्वस्त तुल्याउँथ्यो। उनी एक चिन्तक र बौद्धिक पनि थिए।

    केही समयअघि कोभिड- १९ बाट मुक्त भएका थिए। तर  स्वनाम  साथीसँग रहेका अन्य दीर्घरोगहरुका कारण उनको असामयिक निधन भएको छ। यसरी नेपाली कम्युनिष्ट आन्दोलनले एक सादगी र कम्युनिष्टका उदाहरणीय नेता तथा व्यक्तित्व गुमाएको छ। यो वास्तवमा नै अपुरणीय क्षति हो। यस दुखद क्षणमा नेपाल रिडर्स परिवार उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछ।

    घरमा श्रीमतीलाई दासीको जस्तो व्यवहार नगरिदिऊन्। श्रीमान्‌लाई मालिकको जस्तो व्यवहार नगरून्। श्रीमान्हरूले ‘ए बूढी चिया ले!’ को सट्टा ‘चिया खान मन लाग्या छ’ सम्म भनून्। श्रीमतीहरूले ‘चिया खाइबक्स्योस्’ सट्टा ‘चिया तयार छ’ भनून्। यो संवाद दुवैले दुवैसँग गर्न मिलोस्।

    अब उनी हाम्रा सम्झनामा रहेका छन् र उनका सोचहरु हाम्रा लागि मार्गदर्शन र उदाहरण हुनसक्छन्। यसकारण यस दुःखद क्षणमा उहाँको सम्मानार्थ उहाँ नेपालको कम्युनिष्ट आन्दोलन र साम्यवादी समाजलाई कसरी बुझ्नु हुन्थ्यो र अभ्यास गर्नु हुन्थ्यो, सो बारे प्नस्तुत गरेका छौं। यो प्रस्तुति संगीतश्राेताले २०६७ मा स्वनाम साथीसँग लिएकाे अन्तर्वार्ताको अंश भएको जानकारी दिन्छौ:

    O तपाईंको सपनाको साम्यवादी समाज साँच्चै कस्तो हुन्छ ?

    -मार्क्सले समाजवादी व्यवस्थाका बारेमा भन्नुभएको सबैभन्दा मुख्य कुरा हो– योग्यताअनुसार काम गर्ने, आवश्यकताअनुसार पाउने । सम्पूर्ण मानव जातिलाई त्यस्तो सुविधा पुर्‍याउन के–के चाहिन्छ त ? यस विषयमा त्यही वेला धेरै सोच–विचार गरिएको देखिन्न। एंगेल्सले पछिका मान्छेले आफ्नोबारेमा आफैँ सोच्छन्, अहिले नै टाउको दुखाउने हैन भनिदिनुभयो। त्यस विषयमा धेरै चर्चा भएन। तर, विगत डेढ सय वर्षयता संसारमा कम्युनिज्मको ठूलो तुफान उठ्यो र त्यसबारेमा पनि बहुतै धेरै चर्चा भयो। सोच्नैपर्ने अवस्था पनि आयो। यान्त्रिक स्वचालनको कुरा पनि उठ्यो।
    साम्यवादी समाजमा सिंगो उत्पादन, सिंगो विनिमय मान्छेले गर्नु पर्दैन। तपाईं काममा जान बाध्य हुनुहुन्न, काममा जाँदा तपाईं फूलमालासहित उत्सवमा झैँ जानुहुन्छ। तपाईंलाई लाग्ला– किन त्यस्तो हुन्छ? किनभने त्यतिवेला तपाईंले गर्ने सारा काम मेसिनले गरिरहेको हुन्छ, स्वचालित रूपमा। त्यसलाई अवलोकन र निरीक्षण गर्न मात्रै तपाईं त्यहाँ जानुहुन्छ। तर, त्यही काम गर्न पनि तपाईं आफँले चाहेको समयमा जान पाउनुहुन्न। बरु तपाईंले पालो पर्खनुपर्छ, थुप्रै समय लाग्छ र तपाईं विशेष उत्वस मनाउँदै जानुहुन्छ। तपाईंलाई त्यहाँ खान–लाउनको कुनै समस्या हुँदैन। तपाईंलाई निजी सम्पत्ति राख्न कुनै जरुरी पनि हुँदैन। अब सोच्नुस् त– निजी सम्पत्ति राख्नुपर्ने कुनै खाँचो नै हुँदैन भने तपाईं निजी सम्पत्ति किन राख्नुहुन्छ?

    दुई लाख रुपैयाँ बुझाएर ‘मैले सर्वहाराकरण गरेँ, लौ म कम्युनिस्ट भएँ, म त्यागी, बलिदानी हुँ’ भनेर विज्ञापन गर्न थालियो।

    Oसाम्यवादअघि नै कम्युनिस्टहरूले निजी सम्पत्ति त्याग्ने चलन पनि छ नि?

    -संसारमा दुइटा प्रयोग गरिएको छ। एक, कम्युनिस्ट जीवनशैली अवलम्बनका लागि नेपालमै पनि निजी सम्पत्ति त्याग्ने अभ्यास गरियो। नेपालमा सुरुवात गर्नेमा एकजना म पनि पर्छु। सम्पत्ति छोडेर कम्युनिस्ट भइन्छ भन्ने परम्परा सुरुवात गरियो  तर, यसमा कस्तो पनि देखियो भने दुई लाख रुपैयाँ बुझाएर ‘मैले सर्वहाराकरण गरेँ, लौ म कम्युनिस्ट भएँ, म त्यागी, बलिदानी हुँ’ भनेर विज्ञापन गर्न थालियो। तर, सम्पत्ति नराख्नुको अर्थ निजी सम्पत्तिको चिन्तनबाट हट्ने भनेको हो। तेरो र मेरोको भावनाबाट मुक्त हुने भनेको हो। कम्युनिस्ट समाजमा निजी सम्पत्ति राख्न जरुरत नै छैन, सबै आवश्यकता पूर्ति हुन्छ भन्ने सन्देश दिने भनेको हो।

    Oकसरी पूर्ति हुन्छ त सबैको सबै आवश्यकता?

    -त्यसका लागि समाज पनि त्यहीअनुसारको सम्पत्तिवान् र समृद्ध हुनुपर्‍यो। जसले जे खोज्यो, त्यही उपलब्ध हुने गरी समाज धनी हुनुपर्‍यो। बिजुली बटन प्याट्ट पार्दासाथ तपाईंले खोजेको सबै चिजबिज हातमा हाजिर हुने गरी समाज समृद्ध हुनुपर्‍यो। जब तपाईंलाई चिजबिजको केही अभाव हुँदैन, सम्पूर्ण स्रोत–साधन वा चाहिएका सबै सुविधा तपाईंलाई उपलब्ध हुन्छ, आफ्ना लागि भनेर छुट्टै राख्न आवश्यक नै हुँदैन भने त्यही समाज साम्यवादी समाज हो। त्यहाँ वर्ग हुँदैन, राज्य हुँदैन, शोषण हुँदैन। अहिले तपाईं श्रम गर्न बाध्य हुनुहुन्छ। कि तपाईं अरू कसैलाई श्रम गराउनुपर्छ, कि आफैँ गर्न बाध्य हुनुहुन्छ। त्यस्तो भयो भने मात्रै यो समाज चल्नेवाला छ। तर, साम्यवादी समाजमा तपाईं श्रममै जानु पर्दैन भने त्यहाँ अहिलेको जस्तो शोषण हुने पनि कुरै भएन। त्यो खालको शोषण त्यतिवेला हुँदैन, जुन खालको शोषण यो वर्गीय दुनियाँमा भइरहेछ। त्यस्तो वेला तपाईं निजी सम्पत्ति राख्नु नपर्ने दुनियाँमा जानुहुन्छ। तपाईंलाई आवश्यकतै पर्दैन, राख्नुहुन्न। अहिलेकै अवस्थामा निजी सम्पत्ति राख्नुभएन भने तपाईं भोकभोकै मर्नुहुन्छ। बहादुरी त निजी सम्पत्ति नराख्नुमा छ। यो कुरा ठीक छ। तर, कसैले निजी सम्पत्तिको मोहबाट निस्केर सम्पत्ति पार्टीलाई बुझाएको हो कि अरू थप सम्पत्ति पाउनका लागि हो ? यो कुरा सबैभन्दा विचारणीय छ। अहिले माओवादीमा दुई/चार लाखको सम्पत्ति पार्टीलाई बुझाएर दुई करोड रुपैयाँ चलाएर बसेका छन्।
    हामीले बुझ्नुपर्ने कुरा के हो भने सम्पत्ति पार्टीलाई बुझाउने भनेको सम्पत्तिको मोहबाट निस्कने भनेको हो, सम्पत्ति छोड्ने भनेको पनि हैन। कम्युनिस्टले त सम्पत्ति धेरैभन्दा धेरै बनाउनुपर्छ भन्छन्। यति धेरै सम्पत्ति होस्, सम्पत्तिसम्बन्धी झगडै खलास!

    लुगा राम्रो लगायो भने आँखा तर्ने, दाँत ब्रस गर्यो‍ भने निधार खुम्चाउने, कोट लगायो भने नाक उचाल्ने! ‘तिमी पनि कम्युनिस्ट?’ भनेर शंका गर्ने। कम्युनिस्टले सधैँ फाटेको लुगा लगाएर हिँड्नुपर्ने! नयाँ लुगा पनि घोटेर फटालेर लगाउनुपर्ने! यस्तो दरिद्र चिन्तन कहाँबाट आयो कम्युनिस्टहरूमा?

    Oकम्युनिस्टहरू सधैँ गरिब र सधैँ सम्पत्तिविहीन हुनुपर्ने हो र?

    -कम्युनिस्टहरू सम्पत्तिविहीन दरिद्र हुने भनेको होइन। नेपालमा कम्युनिस्ट हुनु भनेको दरिद्र हुनु हो भन्ने जस्तो बुझाइको पो विकास भइरहेको देख्छु म। लुगा राम्रो लगायो भने आँखा तर्ने, दाँत ब्रस गर्यो‍ भने निधार खुम्चाउने, कोट लगायो भने नाक उचाल्ने! ‘तिमी पनि कम्युनिस्ट?’ भनेर शंका गर्ने। कम्युनिस्टले सधैँ फाटेको लुगा लगाएर हिँड्नुपर्ने! नयाँ लुगा पनि घोटेर फटालेर लगाउनुपर्ने! यस्तो दरिद्र चिन्तन कहाँबाट आयो कम्युनिस्टहरूमा? कम्युनिस्टहरू त्यागी हुनुपर्छ भन्दै दरिद्र चिन्तन बोक्दै हिँड्ने? हामी भौतिकवादीहरू त भोगी मान्छे हौँ। एकबारको चोलामा सधैँभरि केको त्यागी? मलाई त मोहम्मद रफीको गीत प्रिय लाग्छ– ‘जिना यहाँ, मर्ना यहाँ, इसके सिवा जाना कहाँ?’
    हो, हामी त्यागी हौँ– सत्ताको, शोषणको, शासनको। तर, हामी प्रेमको त्यागी होइनौँ। तर, हाम्रै कम्युनिस्ट पार्टीमा प्रेम गर्नेलाई कारबाही हुन्छ, घृणा गर्नेलाई सम्मान गरिन्छ। मेरै साथीहरू लभ गरेकोमा कारबाहीमा परेका छन्। यो कस्तो चलन हो? मुक्तिका लागि हिँडेका हामी आफैँ बन्धनमा बस्नुपर्ने?

    O के अहिलेको समाजमा पनि साम्यवादको अभ्यास सम्भव छ ?
    – आजै र यहीँ पनि साम्यवादको अभ्यास गर्न सकिन्छ। यसको अर्थ एक दिनमा चौबीसै घन्टा साम्यवादको अभ्यास गर्न सकिन्छ भन्ने होइन। अहिले पनि एउटा मान्छे चार अवस्थामा साम्यवादको अनुभूति गर्न सक्छ। एक, शिशु अवस्थामा। त्यतिवेला न कुनै राज्य हुन्छ, न कुनै व्यवस्था, न त कुनै वर्ग। दुई, सम्भोगको अवस्थामा। सम्भोगको चरमोत्कर्षका वेला पनि राज्य, वर्ग, धर्म, शोषण केही पनि हुँदैन। आखिर साम्यवाद भनेको पनि त्यही हो। तेस्रो, ध्यान समाधिको अवस्थामा। र, चौथो, मार्क्सले भन्नुभएको सिंगो समाज नै उत्पादन इत्यादिमा अभिवृद्धि भएर समृद्ध भएको अवस्थामा। मैले देखेको साम्यवादको अनुभूति गर्न सकिने चार अवस्था यी हुन्। तर, अरू पनि अवस्था हुन सक्छन्। अहिले पनि तपाईं यी चार अवस्थामा साम्यवादको अनुभूति गर्न सक्नु हुन्छ। तपाईं शोषण, शासनबाट निस्कन सक्नुहुन्छ भने अहिले पनि तपाईं साम्यवादको भोग गर्न सक्नुहुन्छ। दस प्रतिशत मान्छे अहिले पनि साम्यवादको संघारतिर जाने स्थितिमा छन्।

    चार अवस्थामा साम्यवादको अनुभूति गर्न सक्छ। एक, शिशु अवस्थामा। त्यतिवेला न कुनै राज्य हुन्छ, न कुनै व्यवस्था, न त कुनै वर्ग। दुई, सम्भोगको अवस्थामा। सम्भोगको चरमोत्कर्षका वेला पनि राज्य, वर्ग, धर्म, शोषण केही पनि हुँदैन। आखिर साम्यवाद भनेको पनि त्यही हो। तेस्रो, ध्यान समाधिको अवस्थामा। र, चौथो, मार्क्सले भन्नुभएको सिंगो समाज नै उत्पादन इत्यादिमा अभिवृद्धि भएर समृद्ध भएको अवस्थामा।

    Oमार्क्सले कल्पना गरेजस्तो साम्यवादको अनुभूति अहिले नै कसरी गर्न सकिन्छ र ?

    -मार्क्सले भनेको अवस्था आउनै बाँकी छ। तर, तपाईं–हामी अहिले नै पनि व्यक्तिगत रूपमा, सामूहिक रूपमा साम्यवादी अभ्यास गर्न सक्छौँ। प्रयास गर्ने कि नगर्ने र कति समय वा कुन स्तरमा भन्ने कुरा मात्रै फरक हो। साम्यवादी समाजमा त हामी स्वतः साम्यवादी हुन्छौँ। विश्व व्यवस्था नै साम्यवादी भएका बेला हामी साम्यवादी भइरहनै पर्दैन। अहिले साम्यवाद हुनै नसक्ने अवस्थामा नै हामी साम्यवादी हुनुपर्छ। यस्तो अवस्थामा साम्यवादी नभए कहिले हुने? अहिले हामी माथि उल्लेख गरिएका चार काम गरेर साम्यवादको अनुभूति लिन सक्छौँ ।

    अरूलाई उत्पीडन नगर, अरूलाई शोषण नगर, अरूलाई शासन नगर। तिमी मलाई काम लगाउन चाहन्छौँ भने मलाई सोध– स्वनाम, तिमीबाट मलाई यो कामको खाँचो छ! कसैले मलाई ‘यो काम गर्’ भन्यो भनेचाहिँ म चारपटक सोच्छु।

    साम्यवादी समाजमा त हामी स्वतः साम्यवादी हुन्छौँ। विश्व व्यवस्था नै साम्यवादी भएका बेला हामी साम्यवादी भइरहनै पर्दैन। अहिले साम्यवाद हुनै नसक्ने अवस्थामा नै हामी साम्यवादी हुनुपर्छ। यस्तो अवस्थामा साम्यवादी नभए कहिले हुने?

    Oअहिले नै कम्युनिस्ट हुन के हुनुपर्छ त ?

    -कम्युनिज्मबारेमा न्यूनतम सूचना थाहा हुनुपर्छ। यसका न्यूनतम मान्यता जानेको हुनुपर्छ। वर्गविहीन, राज्यविहीन, शोषण–उत्पीडनविहीन समाज नै साम्यवादी समाज हो। अहिलेका कम्युनिस्टहरू त्यही समाजको सिम्बोल, प्रतीक वा नमुना हुन्। उनीहरूले कम्युनिज्मको सक्दो अभ्यास गर्नुपर्छ। कम्तीमा पनि उनीहरूले घरमा श्रीमतीलाई दासीको जस्तो व्यवहार नगरिदिऊन्। श्रीमान्‌लाई मालिकको जस्तो व्यवहार नगरून्। श्रीमान्हरूले ‘ए बूढी चिया ले!’ को सट्टा ‘चिया खान मन लाग्या छ’ सम्म भनून्। श्रीमतीहरूले ‘चिया खाइबक्स्योस्’ सट्टा ‘चिया तयार छ’ भनून्। यो संवाद दुवैले दुवैसँग गर्न मिलोस्। आदेश, अनुरोध, निर्देशनको सट्टा सूचना लेनदेन मात्रै होओस्। यस्तै सानातिना अभ्यासले हामीलाई साम्यवादतिर लैजान्छ।

    प्रस्तुति : सङ्गीत
    (२०६७ चैत २ गते ‘नयाँ पत्रिका’ दैनिकको मध्यपृष्ठमा ‘त्यागी होइन, भोगी हुन्छन् कम्युनिस्टहरू’ शीर्षकमा प्रकाशित)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सङ्गीत

      सङ्गीत

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.