Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

रसिया–युक्रेन संकटबारे “असभ्य मान्छे” हरूका धारणा

‘अन्तर्राष्ट्रिय समुदाय’ शव्दावलीको धेरै नै दुरुपयोग भएको छ। मुख्यतः यो पुरानो साम्राज्यवादी शक्तिको संशोधित रूप हो। जब यो शब्दको प्रयोग गरिन्छ, यसमा नेपाल वा बार्बाडसजस्ता देशका सरकारलाई समावेश गरिँदैन। यसले धेरैजसो नाटो देशहरूसँगै सम्बन्ध राख्छ।

nepal_readers nepal_readers
चैत्र २, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ट्रिकन्टिनेन्टल (त्रिमहादेशीय) इन्स्टिच्युट फर सोसल रिसर्चका कार्यकारी निर्देशक हुन विजय प्रसाद। उनले एभो मोरेल्स् एमाको प्रस्तावनामा ‘दि डार्कर नेसन्स्ः अ बायग्राफी अफ दि सर्ट लिभ्ड् थर्ड वर्ल्ड (२००७),’ दि पुअरर नेसन्स्ः अ पोसिबल हिस्ट्री अफ दि ग्लोबल साउथ (२०१३)’ र ‘वासिंटन बुलेट्स (२०२१),’जस्ता पुस्तक लेखेका छन्। उनको नयाँ पुस्तक ‘दी विथड्रलः इराक, लिविया, अफगानिस्तान र फ्राजिलिटी अफ पावर (२०२२)’ नोम चोम्स्कीसँगको सहकार्यमा लेखिएको छ, जुन आउँदो अगस्टमा बजारमा आउनेछ।

    विजय प्रसाद ‘फ्रन्टलाइन’ ‘दि हिन्दु’, ‘अल्टरनेट’ र ‘बिरगन’जस्ता सञ्चारमाध्यममा नियमितजसो लेखहरू लेख्छन् भने ‘लेफ्ट वर्ड बुक’का प्रमुख सम्पादक समेत हुन्। यस्तै उनी ‘ग्लोबट्रोटर’ का प्रमुख संवाददाता हुन्, जसले उनका आलेखहरू एसिया टाइम्सलाई उपलब्ध गराउँछ। प्रस्तुत छ, रुस र युक्रेनबीच जारी युद्ध र पश्चिमाहरूको भूमिकाका विषयमा विजय प्रसादसँग एड्रिएल कासोन्टाले गरेको कुराकानीः

    रुससँग लडाइँ गर्नका लागि अफ्रिकाबाट युवाहरूलाई भर्ति गराउने युक्रेनको प्रयासलाई तपाईं कसरी लिनुहुन्छ? यो घोषणा सफल हुन्छ भन्ने कुरामा तपाईं कत्तिको विश्वास गर्नुहुन्छ? के हामीले नव–नाजीहरूसँग यी मानिसहरूले लडेको देख्नेछौँ?

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘विश्वका नागरिकहरूलाई’ युक्रेन आउन र लड्नका लागि आह्वान गरे। बेलायतका विदेश मन्त्री लिज ट्रसले पनि भने, ‘यदि मानिसहरू यस संघर्षलाई सहयोग गर्न चाहन्छन् भने त्यसका लागि म सहयोग गर्नेछु। यो सुनेर म चाहिँ अचम्ममा परेको छु। किनकि युरोपियनहरू युद्धका लागि सिरिया गएको र यीमध्ये कोही कट्टरपन्थी धार्मिक भएर या कोही चाहिँ भड्किएर स्वदेश फर्किएका ताजा अनुभवहरू हामीसँग छन्।

    के युद्ध क्षेत्रभित्र अन्य कुनै पनि देशका नागरिकहरूलाई त्यति सहजै अनुमति दिनु राम्रो कुरा हो? कम्तिमा फ्रान्सेली सरकारले यसविरुद्ध बोलेको छ। क्रोएसियाबाट आएका २०० जना सहित अहिले युक्रेन आइरहेकाहरू खासमा नवनाजीहरू हुन्। उनीहरू नाजी नेतृत्वका विभिन्न बटालियनहरूमा संलग्न छन्। अल्जेरियादेखि सेनेगलसम्मका विभिन्न देशका युक्रेनियन राजदुतहरूले सामाजिक सञ्जालमार्फत गरीब देशका नागरिकहरूलाई युक्रेन आउन र युद्ध लड्नका लागि आह्वान गरिरहेका छन्। यो धेरै दुःखलाग्दो घटनाक्रम हो।

    मर्सनरी (भाडाका सिपाहीं ) हरूलाई भुक्तान दिने काम भइरहेको छ। लन्डन टाइम्स्मा प्रकाशित रिपोर्टका अनुसार पेशागत मर्सनरीहरूलाई युक्रेनमा गएर लड्नका लागि प्रतिदिन २ हजार डलरको प्रस्ताव गरिँदै आएको छ। तर यदि सेनेगलजस्ता देशका मानिसलाई यो भन्दा १० गुणा कम अर्थात् दिनको २०० डलर मात्रै भुक्तान गर्ने हो भने पनि यो रकम उनीहरूको औसत मासिक भुक्तान भन्दा बढी हुन्छ, जुन १६१ डलर छ। र, उनीहरू तत्कालै युद्ध लड्न तयार भएर युक्रेन आउन सक्छन्।

    सेनेगलका बेरोजगार मानिसहरूले यो प्रस्तावमा पैसा कमाउने र युरोप छिर्ने राम्रो अवसर देखेका हुन्छन्। यो घटनाक्रमले मानव तस्करको कथाका रूपमा संयुक्त राष्ट्र संघलाई झक्झकाउनुपर्छ। कम्तिमा सेनेगलको सरकारले युक्रेनियन राजदुतलाई बोलाएर त्यस्ता भर्तिको काम सेनेगलको कानुनअनुसार अवैधानिक भएको कुरामा सचेत गराउनसक्छ। युक्रेनभित्रैका नागरिकलाई लडाकु बनाइनु एउटा कुरा हो, तर युक्रेनमा लडाइँ गर्नका लागि गरीब देशहरूबाट मानिसहरूको भर्ति गर्नका लागि अन्तर्राष्ट्रिय विभाजन गर्नु अर्को कुरा हो। ख्याल राख्नुपर्ने कुरा यो छ कि विभिन्न देशले युद्धमा यसप्रकारको भर्ति, प्रयोग, वित्तीयपोषण र मर्सनरीहरूका लागि तालिमविरुद्ध राष्ट्रसंघ सम्मेलनमा प्रतिबद्धता व्यक्तसमेत गरेका छन्। ४६ वटा देशले यस सम्झौतालाई मान्यता दिएका छन्। र, यसमा सेनेगल र युक्रेन दुवै सहभागी छन्।

    हामी सबैले मिडियाका रिपोर्ट तथा लाइभ स्ट्रिमहरूमा युक्रेन–पोल्यान्डमा फसेका अल्पविकसित देशका विद्यार्थीहरूले असमान व्यवहारको सामना गर्नुपरेका कुरा सुनेका र देखेका छौं। यस्ता व्यवहारहरूको प्रमुख कारण के हुनसक्छ? भविश्यमा यो फेरि हुन सक्छ ?

    युद्धबाट भाग्न चाहने जुनसुकै नागरिक युद्ध शरणार्थी हुन्। उनीहरूलाई अन्तर्राष्ट्रिय कानुन अनुसार सुरक्षा दिनुपर्छ। यी विद्यार्थीहरू पनि युद्ध शरणार्थीहरू हुन्। पोल्यान्डले एशिया (अफगानिस्तान र सिरिया) बाट आएका शरणार्थीहरूलाई नश्लीय व्यवहार गरेको हामी सबैले देखेका छौँ। पहिले देखि पोल्याण्डका कायम रहेको नश्लीय नीति एसियन र अफ्रिकन विद्यार्थीको सन्दर्भमा अहिले किन खारेज गरे?

    युक्रेनी सीमा–देशहरूमा ‘पहिले युक्रेनी’ नीति सञ्चालनमा छ। यसले विश्वभरका सरकारहरूलाई ससंकित तुल्याएको छ। नाइजेरियादेखि दक्षिणी नाइजेरियासम्मका सरकारले यस नीतिप्रति आपत्ति जनाएका थिए। तर एसियन सरकारले भने जति प्रतिरोध गर्नुपर्थ्यो, उति गरेनन्।

    युद्ध सकिएपछि पनि युरोपियन देशहरूको यो रवैयालाई विश्वले बिर्सिन सक्दैन र बिर्सनुपनि हुँदैन। हामीले नश्लवादका विषयमा व्यापक बहस गर्न आवश्यक छ, विशेषगरी युद्धको सन्दर्भमा यो छलफल आवश्यक छ। के यिनीहरूलाई इराकी वा सिरियालीका बारेमा त्यति नै चिन्ता छ, जति युक्रेनीहरूको छ? निला आँखा र सेता कपाल भएकाहरूको यो व्यवहार धेरै नै दुःखलाग्दो छ। अहिलेसम्म शक्तिशाली राष्ट्रहरूबाट कुनै प्रतिक्रिया आएको छैन, राष्ट्र संघबाट पनि कुनै प्रतिक्रिया आएको मैले यो देखेको छैन।

    युक्रेनको अवस्थाका विषयमा पश्चिमी मिडिया कभरेजले युक्रेनको युद्धबाट भाग्नेहरू र मध्यपूर्व वा अफ्रिकाबाट भाग्नेहरूबीच विभेदयुक्त सामग्रीहरू प्रस्तुत गर्छ। सीबीएस न्युजका संवाददाता चार्ली डी अगाटा यसका उदाहरण हुन्। यसले कथित ‘शोषक’ पश्चिमाका बारेमा के भन्न खोजेको छ? के हामी पश्चिमलाई सिधा शब्दमा ‘नैतिक रूपमा असक्षम’ भन्न सक्छौँ?

    पश्चिमा देशहरूले आफैँमा एउटा ठूलो आत्मनिरिक्षण गर्न आवश्यक छ। उनीहरूका लागि उदारवाद सतही मात्रै हो अथवा सतही पनि छैन। डी अगाटाले त माफी मागे र उनलाई माफी दिइयो पनि। तर उनको कदमलाई भने बिर्सन सकिँदैन। उनी अहिले पनि आफ्नो काम जारी राखिरहेका छन्। म उनले काम नै छाड्नुपर्छ त भन्दिनँ। तर उनी अहिलेको युद्धसम्बन्धी समाचारहरू कसरी प्रस्तुत गर्ने भन्ने विषयका सर्वोत्कृष्ट निर्णायक भने होइनन् भन्ने कुरा उनी आफैँले पुष्टि गरे। बस्, यहाँ आत्मनिरिक्षण भइरहेको छैन। अमेरिकाका विभिन्न राज्यका सरकारहरूले ‘आलोचनात्मक नश्ल सिद्धान्त’ र जातीय शिक्षाको नाम लिँदै नश्लवाद र भेदभावकसम्बन्धी शिक्षालाई रोक्नका लागि राजनीतिक शक्तिको प्रयोग गरेका छन्।

    बेलायत र फ्रान्सले आफ्नो साम्राज्यवादी इतिहासका सम्बन्धमा सामान्य आत्मनिरिक्षणसमेत गर्दैनन्। दुवै देश आफूले इतिहासमा गरेको अपराधको नकार्छन् र यी देशमा नश्लवादविरुद्धको आन्दोलनले दिएका शक्तिशाली नैतिक तर्कहरूलाई पनि यिनीहरू स्वीकार गर्न तयार छैनन्। कुलिनहरूको नैतिक असक्षमता यसमा प्रष्ट छ। तर पश्चिमा देशहरूमा यस्ता विषयमा ठूला आन्दोलनहरू हुने गरेका छन् र तिनले यस्ता मुद्धाहरूलाई एजेण्डामा राख्ने कोशिस गरिरहेका छन्।

    अमेरिका र उसका सहयोगीहरूले मध्यपूर्व वा अफ्रिकामा आक्रमण गरेका थिए। युक्रेनमा रुसी सैन्य अभियान जारी रहेकै बेला अमेरिका समर्थित साउदी अरबले यमनमा बम प्रहार गर्‍यो। यस्तै अमेरिका/अफ्रिकम (अमेरिकाको अफ्रिका कमाण्ड)ले पछिल्लो महिना सोमालियामा बम प्रहार गर्‍यो। यसको मतलव युरोपियनहरूको जीवन र उनीहरूको भोगाइ अरुको भन्दा महत्वपूर्ण हो? के हामी सबै एक होइनौँ?

    यहाँ मानवताकै विषयमा समेत अन्तर्राष्ट्रिय–विभाजन छ। एउटा मुख्य रसायनिक निगम– अमेरिकन साइनामिडका एक प्रतिनिधिका शब्दहरू पढेपछि मैले यस अवधारणामा सोच्न थालेको हुँ। भारतको भोपालमा युनियन कार्बाइड विस्फोटनका कारण हजारौँ मानिसको मृत्यु भएको थियो। यस घटनापछि युनियन कार्बाइडका लागि भारतमा काम गर्ने अमेरिकन साइनामिडका मेडिकल डाइरेक्टर माइकल उटित्जिआनले भनेका थिए, ‘आरोपित स्थानीय व्यवस्थापकले ‘मानव जीवनको महत्वसम्बन्धी उत्तर अमेरिकी दर्शन’ लाई मान्दैनथे।’ ती सेता नागरिकले भनेको कुरालाई यसरी पनि बुझ्दा हुन्छ, ‘उनीहरूले हाम्रो दर्शनलाई मान्दैनथे भने तिनको जीवनको के अर्थ?’ अर्को शब्दमा भन्नुपर्दा उनीहरू विश्वका केही भागका मानिसहरू बाचुन् वा मरुन् भन्ने विषयमा वास्ता गर्दैनन्।

    उनीहरूले वास्ता गर्दैनन् भन्नुको अर्थ हो, विश्वका अन्य भेगका मान्छेहरूलाई श्रमको ज्यालावापत सेतालाई जत्ति नै पैसा भुक्तान गर्न आवश्यक छैन। त्यसो हुँदा उही स्तरको व्यवहार नगर्दा पनि हुन्छ। मजदुरीलाई दबाउँदा पनि हुन्छ। र, तपाईं तिनको सुरक्षा स्ट्याण्डर्डलाई कम गर्न सक्नुहुन्छ। तिनीहरूमाथि बमबारी पनि गर्न सक्नुहुन्छ। एउटा यमनी नागरिक मर्दा उनीहरूलाई सामान्य लाग्छ, तर यदि एउटा युरोपियन मर्छ भने त्यो उनीहरूका लागि धेरै भयानक लाग्छ। यो नै मानवताको अन्तर्राष्ट्रिय विभाजन हो। यो नैतिक रूपमा घृणित छ। साथै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन पनि हो।

    ठिक छ, यो एउटा उल्लघंन हो। तर यस्ता उल्लंघनहरु नियमित रुपमा भएका छ। सन् २००९ मा हाइटीको सरकारले न्यूनतम ज्याला बढाउने कोशिश गर्‍यो, तर अमेरिकी सरकारले यसमा हस्तक्षेप गर्‍यो। उनीहरू ज्याला प्रतिदिन १.७५ डलर सम्म पुर्‍याउन चाहन्थे। त्यसैले यो मानवताको अन्तर्राष्ट्रिय विभाजन हो। यहाँ केही मानिसहरू ‘उप–मानव’ को जीवन बाँच्न बाध्य छन्। हामी यसबाट दुःखी हुनैपर्छ। तर यस प्रणालीलाई परिवर्तन गर्नका लागि तागत पनि बनाउन आवश्यक छ।

    यस कुराले मलाई ‘अन्तर्राष्ट्रिय समुदाय’को अवधारणाका बारेमै प्रश्न गर्न उत्प्रेरित गर्‍यो। तथाकथित ‘अन्तर्राष्ट्रिय समुदाय’ आज के हो? र, यो १९ औँ शताब्दी यता यो अवधारणा परिवर्तन भएको छ?

    यो  ‘अन्तर्राष्ट्रिय समुदाय’ शब्दावलीको धेरै नै दुरुपयोग भएको छ। मुख्यतः यो पुरानो साम्राज्यवादी शक्तिको संशोधित रूप हो। जब यो शब्दको प्रयोग गरिन्छ, यसमा नेपाल वा बार्बाडसजस्ता देशका सरकारलाई समावेश गरिँदैन। यसले धेरैजसो नाटो देशहरूसँगै सम्बन्ध राख्छ। राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्य नरहेका तर नाटोका सदस्य राष्ट्र छन् भनेपनि यसले चासो राखेको हुन्छ। हामीलाई एउटा लोकतान्त्रिक विश्व व्यवस्थाको खाँचो छ, जो दुनियाँका सबै मानिसको आशा र सपनामा आधारित छ। यो सपना सबै राष्ट्रसंघको साधारण सभा सदस्यका सरकारहरूद्वारा नै ल्याइएको हो।

    राष्ट्रसंघमा भारतले युक्रेन–रुस युद्धका सम्बन्धमा भोट हाल्न पछि हटेपछि अमेरिका भारतलाई प्रतिबन्ध गर्ने विषयमा विचार गरिरहेको छ। उसले चीन, पाकिस्तान, इन्डोनेसिया, ब्राजिल जस्ता देशहरूप्रति आक्रोश पोखिरहेको छ, यी देशलाई उसले ‘अन्तराष्ट्रिय आवारा’ जस्तो व्यवहार गरिरहेको छ। के हामी तर्क दिन सक्छौँ कि युक्रेनको घटनाक्रमले ग्लोवल नर्थ र ग्लोवल साउथ बीचमा स्पष्ट सीमारेखा खिचेको छ? र, यदि त्यसो हो भने यसका सम्भावित परिणामहरू के हुनसक्छन्?

    अमेरिकाले आफ्नो डलर, वाल स्ट्रिट, युएस ट्रेजरी र आइएफएम कम्प्लेक्स्‌को माध्यमबाट विश्वकै आर्थिक गतिविधिको ठूलो सम्झौतालाई आकार दिन सक्छ। विश्वका अधिकांश व्यापारमा डलरको वर्चश्व छ र अधिकांश वित्तीय गतिविधिहरू युएस ट्रेजरी, इन्फोर्स्ड वालस्ट्रिट बैंकिङ सिस्टम र आइएफएमबाट सञ्चालित छन्। त्यसकारण विश्वका अरु देशलाई प्रतिबन्ध लगाउनका लागि अमेरिकालाई धेरै सजिलो छ।

    यी प्रतिबन्धहरू सम्भव छन्। तर अन्तर्राष्ट्रिय सम्झौताका कारण भने त्यसो गर्न सम्भव छैन। किनकि राष्ट्रसंघले सुरक्षा परिषदको प्रस्तावपछिमात्रै यी प्रतिबन्धहरू गर्न सकिने उल्लेख गरेको छ। यसकारण यी प्रतिबन्धहरूलाई हामी अवैधानिक र एकतर्फी भनिरहेका छौँ। यी प्रतिबन्धहरू अमेरिकाको व्यापार, वित्तीय र विकासका प्रणालीहरूमाथिको अपार शक्तिका कारण मात्र सम्भव भएका हुन्।
    ‘डी डलराइज’ (विडलरीकरण) गर्न र वैकल्पिक वित्तीय प्रणालीको सिर्जना गर्ने कुरा व्यवहारमा उतार्न भन्दा कल्पना गर्न सजिलो छ। सबै देशहरूले यी वैकल्पिक प्रणालीहरूलाई आत्मसाथ गर्नुपर्छ। तर डलरको भिड वा यसको प्रयोगको बानीले व्यापार वा नयाँ वित्तीय प्रणालीको वैकल्पिक वर्चस्व निर्माण गर्ने प्रयासमा अवरोध गरिदिन्छ।

    यसका लागि अन्य देशहरूको एउटा ठूलो संख्याले वर्चस्वको नयाँ स्वरुपहरू प्रयोग गर्न सुरु गर्नुपर्थ्यो र विकल्पलाई जन्म दिनका लागि अमेरिकी प्रतिबन्धबाट डराउनुपर्दैन थियो। अमेरिकाको यो प्रवृत्तिलाई अलग–थलग गर्न र तिनलाई बिच्क्याउने पाटो एउटा भयो, तर विकल्पसहित आउनु अर्को र महत्वपूर्ण कुरा हो। चीन र रुससँग वैकल्पिक प्रणाली छ तर धेरै देश र वैंकहरूले त्यस्ता वैकल्पिक उपायलाई प्रयोग गर्दैनन्। ब्रिक्स् ब्लक (ब्राजिल, रुस, भारत र चीन) बाट भने यो विकल्प ल्याउन धेरै सजिलो हुन्छ। तर अहिलेसम्म यो उति सफल भएको छैन। अब डलर, वालस्ट्रिट, युएस ट्रेजरी र आइएमएफ प्रणालीबाट अलग्गै रहने विकल्पका बारेमा एउटा मजबुद बहसको आवश्यकता छ।

    अन्तर्राष्ट्रिय अपराध अदालत (आइसीसी)का अभियोजक करिम ए ए खानले युक्रेनमा सम्भावित युद्ध अपराधमाथि अनुसन्धान सुरु गरेका छन्। किनभने यिनीहरू रुसमाथि निगरानी र चासो राख्छन्। तर अफगानिस्तानमा गरिएको कथित अपराधका सम्बन्धमा अमेरिकी सेना र सिआइएविरुद्ध गम्भीर आरोपलाई भने पूर्ण रुपमा बेवास्ता गरियो। के हामी यसलाई ‘दोहोरो चरित्र’ भन्न सक्छौँ ? स्मरणीय छ, अफ्रिकन तानाशाहमाथि चाहिँ मुद्दा चलाइन्छ, तर त्यस्तै व्यक्तित्व बनाएका टोनी ब्लेयर र जर्ज डब्ल्यू बुसलाई भने ‘फ्रि पास’ दिइन्छ।

    अवश्य पनि यो दोहोरो चरित्र नै हो। अन्तर्राष्ट्रिय अपराध अदालत (आइसीसी) जस्ता संस्थाहरू मुख्य रूपमा पश्चिमी शक्तिप्रति नै समर्पित हुन्छन्। यो एउटा दयालाग्दो तथ्य हो। हेर्नुहोस् है, आइसीसीको स्थापना गर्ने रोम सन्धीलाई अमेरिकाले पुष्टि समेत गरेको छैन। तरपनि कुटनीतिक र वित्तीय शक्तिका कारण अमेरिकाले यसको नेतृत्व गरेको छ। अब आइसीसीले आफ्नै विश्वसनियताको विषयमा गम्भीर भएर सोच्न जरुरी छ।

    एसियाटाइम्स्‌बाट नेपाल रिडर्सका लागि मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.