Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

तिहार आफन्तमाझ रमाइलाे गर्दै दुःख भुलाउने समय, संस्कृति मानव जातिकै पूँजीः सत्यमोहन जोशी

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक ४, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    तिहारको रमझम भनेकै लोकगीतको रमझम पनि हो। शरद ऋतुको अंश बाँकी छँदै गर्दा तिहारको रमझम सुरु हुन्छ। पञ्चक लागेपछि काग, कुकुर, गाई, गोरु हुँदै दाजुभाइको पूजा गरिन्छ। नेवारहरुले म्हः पूजा भनेर आफ्नै शरीरको पूजा गर्छन्। यहीबेला नेपाल संवत् पनि मनाइन्छ।

    जातजातिअनुसार आआफ्नो लोकगीत हुन्छ। नेवारहरुले यतिबेला धनाश्री रागमा मिश्रित तिहारका गीतहरु गाउने चलन छ। त्यसलाई भट्यारी पनि भनिन्छ। यहीबेला समुदायले खासगरी ब्राह्मण क्षेत्रीले देउसी-भैलो गाउँछन्।

    लोकगीतकै आधारमा नेपाललाई ‘ल्यान्ड अफ फोक सङ्ग्स’ भनिएको हो। हरेक ऋतुअनुसारको लोक गीत गाउने यहाँको परम्परा छ। देउसी–भैलोमा स्वतन्त्र रुपले आफ्ना विचार पोख्न पाइन्छ, खासै रोकटोक हुँदैन। यो आध्यात्मिक, धार्मिक पृष्ठभूमिमा पनि चलिरहेकै छ। यसमा वैदिक संस्कृति र मिथ पनि मिसिएको छ।

    सामाजिक रीतितिथिका आधारमा यसरी पूजाआजा गर्ने, यसरी दियो बाल्ने, यसरी भैली वा देउसी खेल्नेहरुलाई अतिथि सत्कार गर्ने, देउसी–भैलो खेलेवापत उनीहरुलाई दान दक्षिणा र खानेकुरा दिने काम गरिन्छ। यसको रमाइलो पक्ष पनि यही हो। यो नेपालको मौलिक अभ्यास पनि हो। यसलाई म नेपाली लोकगीत र लोक संस्कृतिको विशेषता भन्छु।

    नेपालमा लोक गीत माया पिरती र प्रेमकै निम्ति मात्रै नभएर यसको ऋतु र रीतितिथिसँग पनि अभिन्न रुपमा जोडिएको छ। त्यसैले देउसी–भैलो जीवन पद्दति र लोक जीवनमा आधारित गीतहरु हुन्। देउसी वा भैलो एक्लै नभएर समूहमा मिलेर गाइनु पनि यसको खास विशेषता हो। यसले लोकको मर्म र अर्थलाई बोकेको छ।

    समयअनुसार, देउसी–भैलोको विषयवस्तु हेरफेर हुँदै आएको छ। राजनीतिक विषयले पनि यसमा महत्व पाउँदै आयो। पहिलाचाहिँ सामाजिक कुरा मात्रै बढी भट्याइन्थ्यो। पहिला रमाइलो गर्दै खेल्न आयौं भन्ने कुरा नै केन्द्रमा हुन्थ्यो। अचेल यो ठाउँमा जाने, यसरी भट्याउने भनेर बढी व्यवसायिक जस्तो बनेको स्थिति छ। स्वास्थ्य, शिक्षा वा अरु कुनै रचनात्मक कामका लागि अर्थ संकलन गरी चन्दा उठाउने माध्यम पनि बनाइएको छ। कतिले यसलाई विकृति, विसङ्गति पनि मान्छन्।

    तर वास्तवमा तिहार वा यस्ता चाडपर्व जीवनको आनन्द लुट्नकै लागि बनेका हुन्। नाचगान त्यसका अवयव हुन्। यस्ता सांस्कृतिक गतिविधिले खाने लाउने चपेटामा अल्झिनेबाहेक जीवनमा रमाइलो पनि गर्नुपर्छ है भन्ने सन्देश दिन्छन्।

    जीवनको मज्जा नै यही हो। यो भएन भने जीवन सुख्खा, शुष्क बन्छ। यो जीवन फेरि पाइने कुरा त होइन नि। जीवनमा खुसी र सुख हेर्न पनि एकछिन जीवनमा खुसीलाई चिहाउने र यसलाई देख्ने समय पनि चाहिन्छ। चाडपर्वले हामीलाई त्यही समय दिँदै आएको छ। तिहार पनि एउटा यस्तै समय हो, जहाँ विश्राम गरेर चिहाउँदा हामीले हाम्रा खुसी र उमङ भेट्छौँ। घरबारीसँगै हाम्रो शरीर र मन सफा गर्ने समय हो तिहार। नाच्दै गाउँदै दुःख भुलाउने समय हो तिहार।

    कति काम मात्रै गर्ने, दुःख र मिहिनेत मात्रै गर्ने, जिन्दगीमा रमझम पनि त चाहियो। वर्षमा एकदिन नयाँ लाउने, मीठो खाने अभ्यास वास्तवमा खुसी हुने बहाना हो। त्यसैले यसलाई बिलकुल विकृति र विसङ्गति भन्न मिल्दैन। चाँडपर्वले सबै जातजाति, भाषाभाषी र सबै वर्गकालाई मुस्कुराउने अवसर र बहाना पनि त दिन्छ। तिहारमा महिलाका लागि भैलो र पुरुषका लागि देउसी लैङ्गिक सन्तुलनको दृष्टान्त पनि हो।

    तिहारमा प्रयोग हुने बत्ती, फूल सबै विम्ब हुन्। नेवार समुदायमा कटुस नभइ हुँदैन। यो भनेको कटुसजस्तै जीवनमा सुख र ऐश्वर्य पनि धेरै फलोस् भन्ने हो। अरु फूलजस्तो मखमली फूल सितिमिति ओइलाउँदैन। हेरौं हेरौं, छोऊ छोऊ लाग्ने फूलहरु। ओखरजस्तो कडा शरीर बनोस् भन्ने कामना गरिन्छ। तिहारमा गाईको मात्रै नभएर गोरुको पनि पूजा गरिने कारण गोरु नभई त खेतीपाती चल्दैन। यसरी तिहार ऋतुदेखि आस्थासम्म जोडिएको पर्व बनेको छ।

    यी सबै इन्टान्जिबल कल्चर (अस्पृश्य संस्कृति) भित्र पर्छन्। ऋुतु आएसँगै मान्छेले स्वस्फूर्त गाउन थाल्छन्। यो इन्टान्जिबल कल्चर (अस्पृश्य संस्कृति) सिर्जनशीलतासँग जोडिएको छ। युनेस्कोको परिभाषाअनुसार यसलाई ‘जिनियस अफ ह्युमानिटी’ भनिन्छ। यस्तो सिर्जनशीलता नेपाली वा हिन्दुहरुको मात्रै नभई सम्पूर्ण मानव जातिकै पूँजी हो।

    यस्तो सिर्जनशीलता हरेक देशभित्रका समुदायमा हुन्छ। आदिवासी हुन् वा अन्य समुदाय, पढेका हुन् वा अनपढ सबैमा हुन्छ। ‘फोक कल्चर’ कहिलेदेखि कसले सुरु गर्यो थाहा नभए पनि मान्छेको सिर्जनशील प्रतिभा विश्वव्यापी गुण हो। सांस्कृतिक सम्पदाको रुपमा यसको संरक्षण गरिनुपर्छ। यसलाई हामीले आफ्ना सन्ततिहरुमा हस्तान्तरण गर्न सक्नु पर्छ। यसो गर्न नसकिए विश्व मानव सभ्यतालाई नै घाटा लाग्छ। यसको अभावमा पुराना कुरा सबै हराएर जान्छ।

    तिहारका गीतहरु पनि नेपाली समाजको यही सिर्जनशील प्रतिभाको उपज हो। देउसी–भैलो कसले पहिला गायो त्यसको अत्तोपत्तो छैन। तर यो आफैं उब्जेको त होइन नि। हाम्रा पूर्खाले तयार पारेको न हो। एउटै व्यक्ति र एउटा खास समयमा बनेको भने होइन। त्यसैले परम्पराका रुपमा यसले निरन्तरता पाइरहेको छ। केही परिमार्जनसहित भए पनि नयाँ नयाँ पुस्तामा हस्तान्तरण भइरहेको छ।

    देउसी–भैलोको सूत्रलाई जुनसुकै विषयमा ढाल्न सकिन्छ। लोकलय उही हो, शब्द जे हाले पनि भयो। देउसी रे वा भैलिनी भन्दै यसलाई जति तन्काउन पनि सकिन्छ। यसमा ईश्वरदेखि लोकमानसम्मलाई अटाउन सकिन्छ। नेपालखबर डटकमबाट साभार ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.