Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मिडियाले चिनियाँ खोपलाई पाखा लगाउन चाहँदैछ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
मंसिर २२, २०७७
- कोभिड–१९, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सिजिटिएन। शुभ समाचार! कोभिड–१९ का परीक्षणका खोपहरू सुरक्षित र अन्तिम परीक्षणमा प्रभावकारी साबित भइरहेका छन्। फाइजर, मोर्डना, र आष्ट्रजेनेकाले तेस्रो चरणमा ९० देखि ९५% सम्मका प्रभावकारी असर दिएका छन्। चीनका ५ वटा परीक्षणका खोपहरूको हाल युनाइटेड अरब इमिरेट्स, ब्राजिल र पाकिस्तान लगायत देशहरूमा तेस्रो चरणका परीक्षणहरू भइरहेका छन्। परीक्षणको मध्य चरणका परिणामहरू सुरक्षित र प्रभावकारी भएका छन्, अन्वेषकहरूले अन्तिम प्रभावकारी असरको नतिजा चाँडै आउने अपेक्षा गरेका छन्। चीनको अनुसन्धान र प्रयास महत्वपूर्ण छ। तर चीनको भ्याक्सीनबारे मिडियाका केही रिपोर्टलाई ध्यान दिइयो भने त्यसमा दुई मुख्य आग्रह देखिन्छन्: चीन खोपको दौड जित्न गल्लीगल्ली भौतारिरहेको छ र चीनले उसका खोपहरूलाई मोलतोलको कार्डका रूपमा उपयोग गर्दैछ।

    नोभेम्बर २५ मा वाल स्ट्रीट जर्नलले हेडलाईनमा भनेको छ: “चिनीया औषधिनिर्माताहरु  कोभिड–१९ खोप निर्माणको दबाबको सामना गर्दैछन्। यथार्थमा चिनीया कम्पनीहरूले परीक्षणहरुको अन्तीम चरणको परिणामबारे सूचना जारी गरेका छैनन्  जवकि प्राप्त सूचनाअनुसार पश्चिमी औषधिनिर्माताहरूका परीक्षणमा रहेका ३ खोपहरु अत्यधिक असरयुक्त भएको भनिदैछ। पश्चिमी औषधि उत्पादकहरूका खोपहरु “अत्यधिक आशाजनक” परिणामहरू भएका भन्नु र “चिनियाँ कम्पनीहरूले तुच्छ कारणले परिणाम जारी गरेनन्” भन्नु जस्ता विरोधाभाष समाचार आउनुको कारण धेरै स्पष्ट छ।

    उक्त लेखमा चिनीयाहरुले नतिजा अझै सार्वजनिक नगर्नुका कारणहरू पनि औंल्याइएको छ, जसमा भनिएको छ: “चीन भित्र कोभिड १९ महिनौसम्म  नियन्त्रणमा रहेकाले चिनियाँ खोप विकासकर्ताहरूले क्लिनिकल परीक्षणको लागि विदेश जानुपरेको छ। पश्चिमी प्रतिद्वन्द्वीहरूले कोभिड १९ को कडा मार खेपिरहेका अमेरिका र बेलायतमा हजारौं स्वयंसेवक भर्ती गरेका भएपनि विदेशमा समेत क्लिनिकल परीक्षणहरू सञ्चालन गरिरहेका छन्। ती स्थानहरुमाबेइजिङ र पश्चिम बीच बढेको तनावका कारण चिनियाँ अन्वेषकहरूलाई पुग्न रोकिएको छ।”

    हेडलाइनले नै समाचारलाई भ्रामक तरिकामा बाध्न खोजेको छ। तर कुरा के हो भने चिनियाँ औषधि कम्पनीहरूले नतिजा पाउनासाथ सूचना जारी गर्नेछन्। हाल तिनीहरूले बाँकी प्रक्रियाको अनुसरण गर्दैछन्, र यसका लागि समय लाग्छ। चिनियाँ अन्वेषकहरूले सबै मानिसले इच्छा गर्ने जति सूचना र तथ्याङ्क चाहेका छन्। तर लेखमा सिनोभ्याकका प्रवक्ताको भनाइ उद्धृत गर्दै भनिएको छ: “सूचना जारी गर्ने समयरेखा … ‘वैज्ञानिक प्रक्रियामा निर्भर गर्दछ,’ न कि मानवको इच्छामा।”

    नोभेम्बर १७ को न्यु योर्क टाइम्सको “अप्रमाणीत भ्याक्सिन? चीनका लागि समस्या होइन, जहाँ जनताहरु खोपका लागि तडपिरहेका छन्” भन्ने आशयको लेखले भन्छ कि चीनले “अप्रमाणित परीक्षणका भ्याक्सिनलाई व्यापक रूपमा उपलब्ध गराएको छ।” यसको तर्क छ “ती प्रयोगकर्ताहरूले ठूलो जोखिम लिइरहेका हुन सक्दछन्। प्रभावहीन खोप लिने मानिसहरूले आफू सुरक्षित रहेको विश्वास गरेर जोखिमपूर्ण व्यवहारमा संलग्न हुन्छन् … विगतमा केही अवस्थाहरूमा, अप्रमाणित खोपहरूले स्वास्थ्य जोखिम निम्त्याएको थियो।” यद्यपि यो तर्कमा कुनै वैज्ञानिक आधार छैन। यस लेखले “विगतका केही केसहरू” भएका कुरा ल्याएको छ तर त्यसले कुनै तथ्याङ्क वा विश्वासनीय स्रोतहरूको उल्लेख गरेर सुरक्षा सरोकारहरू प्रमाणित गरेको छैन।

    अर्को व्यापक प्रचारित कथन यो छ कि चीनले यसको खोपलाई आफ्नो पक्षमा मत बनाउन र अन्य देशहरूसँगको खोप सम्झौतामा कटौती गर्न प्रयोग गर्दैछ । उदाहरणको लागि, गार्डियनले नोभेम्बर २९ को शीर्षकमा “चीनले ‘खोप डिप्लोमेसी’ बाट आफ्नो छवि पुनर्स्थापित गर्ने आशा राखेको छ र यसको प्रभाव क्षेत्रलाई बढावा दिनेछ: ब्राजिल जस्ता व्यापारिक सहकारीहरुले बेइजिङ्‍को विशाल औषधि वितरण कार्यक्रमलाई अघि बढाउन प्रमुख भूमिका खेल्नेछन्।”

    उक्त लेखमा भनिएको छ, चीनले ब्राजिललाई जनवरीमा सिनोभ्याकको खोपको ६० लाख डोज दिने प्रतिज्ञा गरेको छ र “कोभिड–१९ को कारण अन्तर्राष्ट्रिय रूपमा चीनप्रतिको  अविश्वास बढेको छ, र चीनको बृद्धिका लागि सहयोग पुर्‍याइरहेको निर्यातमा रुकावट आएको छ। त्यसैले  ब्राजिलमा पठाइने यतिमात्राको खोप विश्वमा साख बढाउने चिनीया खोप कूटनीति अभियानको एक हिस्सा हो।”

    यस कुरालाई उचित ठहर्‍याउन प्रयोग गरिएको तर्क सही छैन। उक्त लेखले दावी गरेको छ कि चीनको निर्यातमा विश्वव्यापी गडबडी आएको छ, तर चिनियाँ निर्यात वास्तवमा १९ महिनायता अक्टोबरमा सबभन्दा द्रुत गतिमा बढेको छ, जुन ११.४ प्रतिशतले वृद्धि भएको छ।  हाल सामान बेच्ने क्रममा चीनले विशेषगरी अरु देशलाई खोपको लोभ देखाइरहनु पर्ने आवश्यकता छैन।

    बेइजिङ्गको “खोप कूटनीति” अभियान विश्वभरि प्रभाव बढाउने भन्ने धारणा नै विवादमा परेको छ। हो, चीनले देशहरूसँग खोप विकास गर्न काम गरिरहेको छ जसले जीवन बचाउन सक्छ। र हो, चीनसँग अन्य देशहरूलाई आवश्यक केवल व्यापार गरिने एउटा माल (खोप) छ। तर चीनले आफैंका लागि सबै खोपहरु राख्यो भने उसले के व्यापार गर्ला? अव छापामा आएका छ्यासछ्यास्ति समाचारबारे सोच्नुहोस् त!

    मानिसहरूलाई नयाँ खोपहरूकाबारे प्रश्नहरू हुनु स्वाभाविक हो। तर चीनलाई हेरेर ती प्रश्नहरूलाई  बेग्लै किसिमले उठाउन सकिदैन। यदि यो भाइरसले संसारलाई केहि बुझाएको छ भने, यो दुनिया वास्तवमा कसरी जोडिएको छ भनेर राम्ररी बुझाएको छ। यसको अर्थ संत्रास होइन – सहकार्य हो, यो अग्रगमन मार्ग हो।

    स्रोतः ५ दिसम्वर २०२०मा प्रसारित सिजिटिएनको हेडलाइनरबाट सारसंक्षेप।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.