Friday, April 16, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home स्वास्थ्य /शिक्षा कोभिड–१९

मिडियाले चिनियाँ खोपलाई पाखा लगाउन चाहँदैछ

by पत्रपत्रिकाबाट
December 7, 2020
- कोभिड–१९, समाचार, सामयिक
मिडियाले चिनियाँ खोपलाई पाखा लगाउन चाहँदैछ
Share on FacebookShare on TwitterEmail

सिजिटिएन। शुभ समाचार! कोभिड–१९ का परीक्षणका खोपहरू सुरक्षित र अन्तिम परीक्षणमा प्रभावकारी साबित भइरहेका छन्। फाइजर, मोर्डना, र आष्ट्रजेनेकाले तेस्रो चरणमा ९० देखि ९५% सम्मका प्रभावकारी असर दिएका छन्। चीनका ५ वटा परीक्षणका खोपहरूको हाल युनाइटेड अरब इमिरेट्स, ब्राजिल र पाकिस्तान लगायत देशहरूमा तेस्रो चरणका परीक्षणहरू भइरहेका छन्। परीक्षणको मध्य चरणका परिणामहरू सुरक्षित र प्रभावकारी भएका छन्, अन्वेषकहरूले अन्तिम प्रभावकारी असरको नतिजा चाँडै आउने अपेक्षा गरेका छन्। चीनको अनुसन्धान र प्रयास महत्वपूर्ण छ। तर चीनको भ्याक्सीनबारे मिडियाका केही रिपोर्टलाई ध्यान दिइयो भने त्यसमा दुई मुख्य आग्रह देखिन्छन्: चीन खोपको दौड जित्न गल्लीगल्ली भौतारिरहेको छ र चीनले उसका खोपहरूलाई मोलतोलको कार्डका रूपमा उपयोग गर्दैछ।

नोभेम्बर २५ मा वाल स्ट्रीट जर्नलले हेडलाईनमा भनेको छ: “चिनीया औषधिनिर्माताहरु  कोभिड–१९ खोप निर्माणको दबाबको सामना गर्दैछन्। यथार्थमा चिनीया कम्पनीहरूले परीक्षणहरुको अन्तीम चरणको परिणामबारे सूचना जारी गरेका छैनन्  जवकि प्राप्त सूचनाअनुसार पश्चिमी औषधिनिर्माताहरूका परीक्षणमा रहेका ३ खोपहरु अत्यधिक असरयुक्त भएको भनिदैछ। पश्चिमी औषधि उत्पादकहरूका खोपहरु “अत्यधिक आशाजनक” परिणामहरू भएका भन्नु र “चिनियाँ कम्पनीहरूले तुच्छ कारणले परिणाम जारी गरेनन्” भन्नु जस्ता विरोधाभाष समाचार आउनुको कारण धेरै स्पष्ट छ।

उक्त लेखमा चिनीयाहरुले नतिजा अझै सार्वजनिक नगर्नुका कारणहरू पनि औंल्याइएको छ, जसमा भनिएको छ: “चीन भित्र कोभिड १९ महिनौसम्म  नियन्त्रणमा रहेकाले चिनियाँ खोप विकासकर्ताहरूले क्लिनिकल परीक्षणको लागि विदेश जानुपरेको छ। पश्चिमी प्रतिद्वन्द्वीहरूले कोभिड १९ को कडा मार खेपिरहेका अमेरिका र बेलायतमा हजारौं स्वयंसेवक भर्ती गरेका भएपनि विदेशमा समेत क्लिनिकल परीक्षणहरू सञ्चालन गरिरहेका छन्। ती स्थानहरुमाबेइजिङ र पश्चिम बीच बढेको तनावका कारण चिनियाँ अन्वेषकहरूलाई पुग्न रोकिएको छ।”

हेडलाइनले नै समाचारलाई भ्रामक तरिकामा बाध्न खोजेको छ। तर कुरा के हो भने चिनियाँ औषधि कम्पनीहरूले नतिजा पाउनासाथ सूचना जारी गर्नेछन्। हाल तिनीहरूले बाँकी प्रक्रियाको अनुसरण गर्दैछन्, र यसका लागि समय लाग्छ। चिनियाँ अन्वेषकहरूले सबै मानिसले इच्छा गर्ने जति सूचना र तथ्याङ्क चाहेका छन्। तर लेखमा सिनोभ्याकका प्रवक्ताको भनाइ उद्धृत गर्दै भनिएको छ: “सूचना जारी गर्ने समयरेखा … ‘वैज्ञानिक प्रक्रियामा निर्भर गर्दछ,’ न कि मानवको इच्छामा।”

नोभेम्बर १७ को न्यु योर्क टाइम्सको “अप्रमाणीत भ्याक्सिन? चीनका लागि समस्या होइन, जहाँ जनताहरु खोपका लागि तडपिरहेका छन्” भन्ने आशयको लेखले भन्छ कि चीनले “अप्रमाणित परीक्षणका भ्याक्सिनलाई व्यापक रूपमा उपलब्ध गराएको छ।” यसको तर्क छ “ती प्रयोगकर्ताहरूले ठूलो जोखिम लिइरहेका हुन सक्दछन्। प्रभावहीन खोप लिने मानिसहरूले आफू सुरक्षित रहेको विश्वास गरेर जोखिमपूर्ण व्यवहारमा संलग्न हुन्छन् … विगतमा केही अवस्थाहरूमा, अप्रमाणित खोपहरूले स्वास्थ्य जोखिम निम्त्याएको थियो।” यद्यपि यो तर्कमा कुनै वैज्ञानिक आधार छैन। यस लेखले “विगतका केही केसहरू” भएका कुरा ल्याएको छ तर त्यसले कुनै तथ्याङ्क वा विश्वासनीय स्रोतहरूको उल्लेख गरेर सुरक्षा सरोकारहरू प्रमाणित गरेको छैन।

अर्को व्यापक प्रचारित कथन यो छ कि चीनले यसको खोपलाई आफ्नो पक्षमा मत बनाउन र अन्य देशहरूसँगको खोप सम्झौतामा कटौती गर्न प्रयोग गर्दैछ । उदाहरणको लागि, गार्डियनले नोभेम्बर २९ को शीर्षकमा “चीनले ‘खोप डिप्लोमेसी’ बाट आफ्नो छवि पुनर्स्थापित गर्ने आशा राखेको छ र यसको प्रभाव क्षेत्रलाई बढावा दिनेछ: ब्राजिल जस्ता व्यापारिक सहकारीहरुले बेइजिङ्‍को विशाल औषधि वितरण कार्यक्रमलाई अघि बढाउन प्रमुख भूमिका खेल्नेछन्।”

उक्त लेखमा भनिएको छ, चीनले ब्राजिललाई जनवरीमा सिनोभ्याकको खोपको ६० लाख डोज दिने प्रतिज्ञा गरेको छ र “कोभिड–१९ को कारण अन्तर्राष्ट्रिय रूपमा चीनप्रतिको  अविश्वास बढेको छ, र चीनको बृद्धिका लागि सहयोग पुर्‍याइरहेको निर्यातमा रुकावट आएको छ। त्यसैले  ब्राजिलमा पठाइने यतिमात्राको खोप विश्वमा साख बढाउने चिनीया खोप कूटनीति अभियानको एक हिस्सा हो।”

यस कुरालाई उचित ठहर्‍याउन प्रयोग गरिएको तर्क सही छैन। उक्त लेखले दावी गरेको छ कि चीनको निर्यातमा विश्वव्यापी गडबडी आएको छ, तर चिनियाँ निर्यात वास्तवमा १९ महिनायता अक्टोबरमा सबभन्दा द्रुत गतिमा बढेको छ, जुन ११.४ प्रतिशतले वृद्धि भएको छ।  हाल सामान बेच्ने क्रममा चीनले विशेषगरी अरु देशलाई खोपको लोभ देखाइरहनु पर्ने आवश्यकता छैन।

बेइजिङ्गको “खोप कूटनीति” अभियान विश्वभरि प्रभाव बढाउने भन्ने धारणा नै विवादमा परेको छ। हो, चीनले देशहरूसँग खोप विकास गर्न काम गरिरहेको छ जसले जीवन बचाउन सक्छ। र हो, चीनसँग अन्य देशहरूलाई आवश्यक केवल व्यापार गरिने एउटा माल (खोप) छ। तर चीनले आफैंका लागि सबै खोपहरु राख्यो भने उसले के व्यापार गर्ला? अव छापामा आएका छ्यासछ्यास्ति समाचारबारे सोच्नुहोस् त!

मानिसहरूलाई नयाँ खोपहरूकाबारे प्रश्नहरू हुनु स्वाभाविक हो। तर चीनलाई हेरेर ती प्रश्नहरूलाई  बेग्लै किसिमले उठाउन सकिदैन। यदि यो भाइरसले संसारलाई केहि बुझाएको छ भने, यो दुनिया वास्तवमा कसरी जोडिएको छ भनेर राम्ररी बुझाएको छ। यसको अर्थ संत्रास होइन – सहकार्य हो, यो अग्रगमन मार्ग हो।

स्रोतः ५ दिसम्वर २०२०मा प्रसारित सिजिटिएनको हेडलाइनरबाट सारसंक्षेप।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

१५० रुपैयाँमा मन्त्रिपरिषदको निर्णय किन्थ्यो भारतीय दूतावास

4 years ago
संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.