Friday, February 26, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

अमेरिकामा सामाजिक लोकतन्त्र कि लोकतान्त्रिक समाजवाद !

by पत्रपत्रिकाबाट
February 19, 2020
- यो हप्ता, समाचार
अमेरिकामा सामाजिक लोकतन्त्र कि लोकतान्त्रिक समाजवाद !
Share on FacebookShare on TwitterEmail

हाल जब यु एस सेनेटर बर्नी स्यान्डर्स डेमोक्र्याटिक पार्टीको राष्ट्रपतिय मनोनयनका प्रमुख दावेदार बनेका छन्, उनको ब्राण्डको प्रजातान्त्रिक समाजवादबारे गहिरो जाँचपड्ताल हुन आवश्यक बनेको छ। साधारण शब्दमा उनको ब्रान्ड “नर्डिक मोडल” सँग मिल्दो ब्रान्ड होइन न त अमेरिकी अर्थतन्त्रको रोगको कारक तत्वको निदान नै हो।

अमेरिकी राजनीतिमा कुनैपनि समाजवादी कहिल्यै उच्च राष्ट्रिय पदका लागि योग्य हुन सक्दैन भन्ने अलिखित नियम जस्तै थियो। तर अब एक स्वतन्त्र घोषित “प्रजातान्त्रिक समाजवादी” अमेरिकी सिनेटका बर्नी स्यान्डर्स डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदका लागि उम्मेद्वार हुन्। के अमेरिकाले यो परिवर्तनलाई अँगाल्ने छ?

डेमोक्र्याटहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा धेरै प्राइमरीहरू जितेका छन्। स्याण्डर्सले अमेरिकाको गम्भीर संरचनात्मक आर्थिक समस्याहरूको आमूल परिवर्तनको लागि आव्हान गरेका छन्। दोस्रो विश्वयुद्ध पछिका दशकहरूमा, अमेरिकी अर्थव्यवस्था एकनाशले बढ्यो, र सबै श्रमिकहरूको ज्याला – शिक्षा प्रतिवर्ष औसत २५ ले बढ्यो। तर आज त्यस्तो अवस्था छैन।

पछिल्ला चार दशकमा, उत्पादकत्व बृद्धि कमजोर छ, आर्थिक बृद्धि सुस्त भएको छ, र नाफाको बढ्दो हिस्सा सीमित पूँजी मालिकहरु र उच्च शिक्षितहरुलाई गएको छ। यसै बीच, मध्यम वर्गकाको वेतन स्थिर भएको छ, र माध्यामिक स्कूल वा सो भन्दा कम शिक्षा भएका कामदारहरूको वास्तविक (मुद्रास्फीति-समायोजित) ज्यालामा वास्तवमा गिरावट आएको छ। केवल केहि कम्पनीहरू (र उनीहरूका मालिकहरू) ले अर्थव्यवस्थालाई धेरै कव्जा गरेका छन्। उपल्लो ०.१% ले राष्ट्रिय आयको ११% भन्दा बढी लिन्छन् जुन सन् १९७० को दशकमा २.५% मात्र रहेको थियो।

तर के प्रजातान्त्रिक समाजवादले यी समस्याहरूको समाधान गर्दछ त? एक विचारधाराको रूपमा जसले बजार अर्थतन्त्रलाई जन्मजात अन्यायी, असमानता र सुधार गर्न नसकिने ठान्दछ रूपमा हेर्दछ र यसको समाधान भनेको प्रणालीको सबैभन्दा महत्त्वपूर्ण लाइफलाइन  – उत्पादनको साधनहरूको निजी स्वामित्व- काट्नु विच्छेद गर्नु हो। फर्महरू र तिनका सबै उपकरणहरू मुट्ठीभर मालिकहरूको हातमा रहेको प्रणालीको सट्टा, प्रजातान्त्रिक समाजवादीहरू ‘आर्थिक लोकतन्त्र’ लाई प्राथमिकता दिन्छन्, जसमा कम्पनीहरूले या त उनीहरूको मजदुर अथवा राज्यद्वारा सञ्चालित प्रशासनिक संरचनाले नियन्त्रण गर्नेछन्।

प्रजातान्त्रिक समाजवादीहरूले तिनीहरूको परिकल्पना गरिएको प्रणाली सोभियत शैलीको ब्रान्डसँग तुलना गर्छन्। उनीहरूको अनुसार, लोकतान्त्रिक माध्यमबाट उत्पादनको साधन पूर्ण रूपमा प्राप्त गर्न सकिन्छ। तर उत्पादनको सामाजिकीकरण गर्ने सबैभन्दा भर्खरका प्रयासहरू (ल्याटिन अमेरिकामा) गैरलोकतान्त्रिक तरिकामा भर परेका छन्। र त्यसले अमेरिकामा वर्तमान बहसको अर्को समस्या औंल्याउँछ – ‘प्रजातान्त्रिक समाजवाद’ ‘सामाजिक लोकतन्त्र’सँग मिल्दोजुल्दो छ। र, दुर्भाग्यवश, स्याण्डर्सले यो भ्रम निर्माणमा योगदान पुर्‍याएका छन्।

प्रजातान्त्रिक लोकतन्त्रले बीसौं शताब्दीको दौरान यूरोप, विशेषगरी नर्डिक देशहरूमा अपनाइएको नीतिगत संरचनालाई जनाउँछ। यो पनि बजार अर्थतन्त्रको असिमिततामा लगाम लगाउने, असमानता घटाउने र कम्तिमा जीवनस्तर सुधार गर्ने कुरामा केन्द्रित छ। तर स्याण्डर्सजस्ता अमेरिकी प्रजातान्त्रिक समाजवादीहरूले नॉर्डिक सामाजिक लोकतन्त्रलाई प्रायजसो आफ्नो मोडेल भनेका छन्, यद्यपि वास्तवमा यी दुई प्रणालीहरू बीचमा गहिरा र परिणामगत भिन्नताहरू छन्। सरल शब्दमा भन्नुपर्दा युरोपेली सामाजिक लोकतन्त्र बजार अर्थतन्त्रलाई नियमन गर्नको लागि हो, यसलाई बढावा दिनको लागि होईन।

सामाजिक लोकतान्त्रिक राजनीति कसरी विकसित भएको छ भनेर बुझ्न स्वीडिश सोशल डेमोक्रयाटिक वर्कर्स पार्टी (एसएपी) लाई विचार गर्नुहोस्, जसले मार्क्सवादी विचारधारा र कम्युनिष्ट पार्टीबाट आफूलाई धेरै टाढा राख्यो। एसएपी को एक सँस्थापक नेता जाल्मर ब्रान्टिङ औद्योगिक श्रमिकलाइ मात्रै हैन मध्यम वर्गलाई समेत स्थान दिनुपर्ने अपील गर्दछन्।
सबैभन्दा महत्त्वपूर्ण कुरा, एसएपीले बहुमत स्वीडेनहरूको अवस्था सुधार गर्न प्रणाली भित्र काम गर्दै लोकतान्त्रिक माध्यमबाट सत्ताको लागि प्रतिस्पर्धा गर्‍यो। पहिलो निर्वाचन पछि, एसएपी नेता पेर अलविन ह्यान्सनले पार्टीलाई ‘मानिसहरुको घर’ को रुपमा प्रस्तुत गर्‍यो र समावेशी एजेन्डा प्रस्ताव गर्‍यो। त्यसपछि मतदाताहरूले एसएपीलाई उल्लेखनीय ४१.७% उच्च मतले पुरस्कृत गरे जसले कृषि पार्टीसँग गठबन्धन गठन गर्न सक्षम बनायो। अर्को ठूलो कुरा, चुनावको जीत पछि एसएपीले १९३८ मा व्यापारीहरु, ट्रेड युनियनहरु, किसानहरु र सरकारका प्रतिनिधिहरुको एक बैठक आयोजना गर्‍यो। साल्टजाबाडेनको रिसोर्ट शहरमा आयोजित त्यस भेलाले सहकारी श्रम सम्बन्धको युग सुरू गर्‍यो जसले स्वीडेनको अर्थतन्त्रलाई दशकौं सम्म परिभाषित गर्ने थियो।

स्वीडेनको सामाजिक लोकतान्त्रिक कम्प्याक्टको एक मुख्य स्तम्भ भनेको केन्द्रीकृत ज्याला सेटिंग थियो। रेहन – मेडनेर मोडेल (दुई समकालीन स्विडेनी अर्थशास्त्रीहरूको नाम) अन्तर्गत ट्रेड युनियन र व्यापारिक संघले वार्ता मार्फत ‌औद्योगिक कामदारहरुको तलबमान, राज्य व्यवस्थित श्रम बजार र सामाजिक कल्याणकारी नीतिहरू कायम गर्‍यो, जबकि श्रमिक तालिम र सार्वजनिक शिक्षामा पनि लगानी गर्‍यो। परिणाम स्वरुप, महत्वपूर्ण कुरा ज्याला सङ्कुचनको अन्त्य भयो – उनीहरूको कार्यदक्षताको अधारमा फर्मको नाफाको परवाह नगरी समान कामको समान ज्याला दिइयो।

उत्पादनका साधनहरू सामाजिकीकरण गर्नु भन्दा यस प्रणालीले बजार अर्थतन्त्रलाई सहयोग पुर्‍यायो। किनभने यसले उत्पादक कम्पनीहरूलाई आफ्नो प्रतिस्पर्धीहरूसँग कम खर्चमा, लगानी गर्न र विस्तार गर्न अनुमति दियो। उद्योग स्तरमा पारिश्रमिक निर्धारणको साथ, फर्मले आफ्नो उत्पादकता बढाए अनुसार पुरस्कार (नाफा) राख्न सक्ने भयो। यस प्रणाली अन्तर्गत स्विडेनी उत्पादकत्व निरन्तर बृद्धि भयो, र स्विडेन फर्महरू निर्यात बजारमा अत्यधिक प्रतिस्पर्धी भए। यसैबीच, अन्य नर्डिक देशहरूमा पनि त्यस्तै संस्थाहरूको विकास भयो। केही घटनामा भने समाजवादी वा सामाजिक लोकतान्त्रिकद्वारा नभई दक्षिणपन्थी सरकारहरूले यस्तो उदाहरण पेश गरेका छन्।

सामाजिक लोकतन्त्र मोडेल मोटामोटी रूपमा, युद्धपछिको औद्योगिक संसारमा जताततै समृद्धिको आधार बन्न गयो। यसमा संयुक्त राज्य अमेरिका पनि सामेल छ, जहाँ “न्यू डिल” र त्यसपछिको सुधारहरूले सामूहिक सौदाबाजी, सामाजिक कल्याणकारी नीतिहरू र सार्वजनिक शिक्षालगायत सामाजिक लोकतान्त्रिक सम्झौताको महत्वपूर्ण अंशहरूलाई सुदृढ बनायो वा पेश गर्‍यो।

जब बजार नियन्त्रित सामाजिक लोकतन्त्रिक व्यवस्थाबाट बौद्धिक र राजनीतिक बहस विचलित हुन्छन्, तब चीजहरूमा सामान्यतया गडबड शुरु हुन्छ। १९६० को अन्ततिर स्वीडेन र डेनिस ट्रेड युनियनहरूले बढी वामपन्थी शक्तिहरूको प्रभावमा परेका लोकतान्त्रिक समाजवादलाई अँगाले र आर्थिक लोकतन्त्र र नाफाको प्रत्यक्ष नियन्त्रणको माग गर्न थाले। स्वीडेनमा यसले ब्यापारीहरूसँग गहन वार्ता गरेर “ज्याला निसृत कोषहरू” ल्याए जसअनुरूप कर्पोरेट नाफाको केही अंश (प्राय: नयाँ स्टक इश्युको रूपमा) कामदारहरूको लागि कम्पनी-स्तर कोषमा राखिने व्यवस्था गर्‍यो। यस परिवर्तनले व्यवसायी र युनियन बीचको सहकारिता सम्झौतालाई नष्ट गर्‍यो र प्रोत्साहनहरूलाई विकृत बनायो जुन पहिले लगानी र उत्पादकत्व वृद्धिको लागि व्यवस्था गरिएको थियो। १९९० को प्रारम्भमा यस प्रणालीका त्रुटिहरू प्रस्ट भइसकेको थियो र यसलाई विधिवत रुपमा त्याग गरिएको थियो।

जब स्वतन्त्र बजार बौद्धिक धारले सामाजिक लोकतान्त्रिक व्यवस्थाबाट दक्षिणपन्थी विचलनहरू निम्त्यायो तब खराब परिणामहरू निम्तियो। असमानता, उत्पादकत्वको तुलनामा फराकिलो भयो, जबकि सामाजिक सुरक्षाका विषयहरु छोडियो।

त्यसोभए के आवश्यक छ, बजारवाद वा लोकतान्त्रिक समाजवाद ? वा सामाजिक लोकतन्त्र। संकेन्द्रित बजार शक्तिमा लगाम लाउन अमेरिकालाई प्रभावकारी नियमनको आवश्यकता छ। श्रमिकहरूलाई ठूलो आवाज आवश्यक छ, र सार्वजनिक सेवाहरू र सामाजिक सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। सबैभन्दा मुख्य कुरा, अमेरिकालाई आर्थिक विकास सबैको हितमा गर्न नयाँ प्रविधि नीतिको आवश्यकता छ।

खास गरी यो कुरा भूमण्डलीकरण र प्रविधियुक्त कम्पनीहरू भएको युगमा फर्महरूको सामाजिकीकरण द्वारा प्राप्त गर्न सकिदैन। अवश्य बजार नियमन गरिएको हुनुपर्दछ, तर बजारलाई पाखा पारिनु हुन्न।

(DARON ACEMOGLU/ProjectSyndicate बाट, एमआईटीका अर्थशास्त्रका प्राध्यापक डारोन एसेमोग्लूद्वारा लिखित)

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

1 year ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ३ (बोलिभिया)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.