Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Wednesday, October 29, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सीपीसीको २० औँ महाधिवेशनः भ्रम छर्दैछन् पश्चिमा मिडिया, अघि बढ्दैछ चीन

nepal_readers nepal_readers
कार्तिक ३, २०७९
- विचार, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यही १६ अक्टोबरदेखि सुरु भएको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशनले अहिले विश्वको ध्यान खिचेको छ। अघिल्लो महाधिवेशनले तय गरेका उद्देश्यहरूको प्रगति र आगामी लक्ष्यको विचार विमर्श गर्नका लागि सीपीसी २,२०० भन्दा बढी प्रतिनिधीहरू सहभागी भएका छन्। महाविधेशन सुरु भएसँगै पश्चिमा मिडियाहरूले विभिन्न अफवाहहरू फैलाउँदै चीनलाई निच देखाउने कोशिस गरे।

    यस्ता आधारहिन अफवाहहरूले चीनलाई बदनाम गर्ने केही निश्चित देशहरू, खासगरी अमेरिका र यसका युरोपियन समर्थकहरूका हर्कतलाई उजागर गर्छ। यद्यपि अहिलेसम्म कुनैपनि चीन विरोधी गतिविधिले यो महधिवेशनको महत्वलाई धुमिल पार्न सकेको छैन। पश्चिमा मिडियाहरूले गर्ने प्रचार विपरित सीपीसीले विश्वमा दुर्लभ हुँदै गएको एउटा उच्च तहको स्थायीत्वको उदाहरण प्रस्तुत गरिसकेको छ।

    शान्तिको नीति
    सीपीसीले आफ्नो ठोस कदमको माध्यमबाट जनतामाथि आफ्नो वैधतालाई प्रमाणित गरेको छ। सीपीसी आफ्नो पहिलो शताब्दी लक्ष्य (सन् २०२१ सम्म चीनलाई औसत रुपले समृद्ध बनाउने) प्राप्तिसहित यस २० औँ महाधिवेशनसम्म आइपुगेको हो। सीपीसीले समय भन्दा अगाडि नै चीनमा अत्याधिक गरीबी उन्मूलन गर्न मार्ग प्रशस्त गरेको छ भने हालको चुनौती जस्तैः कोभिड- १९ र अमेरिकी हस्तक्षेपलाई पूरै शक्तिका साथ सामना गरेको छ। यो पार्टीले चिनियाँ जनताको हितलाई राष्ट्रिय विकासमा संरक्षित गरेको छ। साथै चीनको विदेश नीतिको सबै पक्षमा शान्तिको नीतिलाई प्राथमिकता दिइएको छ।

    यो २० औँ महाधिवेशनले दोस्रो शताब्दी लक्ष्य (सन् २०४९ सम्म चीनलाई आधुनिक समाजवादी बनाउने) का लागि अगाडिको बाटो तय गर्छ। यस लक्ष्य प्राप्तिका लागि सन् २०३५ सम्ममा समाजवादी आधुनिकीकरणलाई आधारभूत रुपले सम्पन्न गर्नु सबैभन्दा महत्वपूर्ण कदम हुनेछ। सीपीसीको समाजवादी अधुनिकीकरणको लक्ष्य केवल विकासका लागि विकास होइन, बरु आन्तरिक रुपमै जनताको हितसँग जोडिनु हो।

    महाविधेशनमा प्रस्तुत प्रतिवेदनमा सीपीसीका महासविच सी जिनपिङले सबैका लागि साझा समृद्धिका साथै भौतिक, राजनीतिक, सांस्कृतिक, नैतिक र पर्यावरणीय क्षेत्रमा चीनलाई नयाँ उचाइँमा पुर्‍याउनु समाजवादी आधुनिकिकरणको प्रमुख पाटो भएको पुष्टि गरे। चीनले आर्थिक समृद्धिलाई मात्रै प्राथमिकता दिँदैन, उसले असमानता हटाउने, भ्रष्टाचारसँग लड्ने, सामूहिक समृद्धिलाई बढाउने र प्राकृतिक विश्वको पर्यावरणीय अखण्डतालाई पुनर्स्थापना गर्ने कुरामा पनि जोड दिन्छ।

    विश्वका लागि लाभ
    सीपीसीले पूरै संसारकै भविस्यका लागि अविश्वसनीय तवरले महत्वपूर्ण  बाटो तय गरिरहेको छ। वास्तवमा चीनको विकास वैश्विक आर्थतन्त्रसँग गहिरोसँग जोडिएको छ। १.४ अर्ब जनसंख्या रहेको यो देशमा विश्वको सबैभन्दा ठूलो निर्माण क्षेत्र छ भने यसले वैश्विक जीडीपीको १८.५ प्रतिशत हिस्सा ओगटेको छ। सीपीसीले अंगालेको समाजवादी आधुनिकीकरणले स्वायत्तता, स्थायीत्व र शान्तिसहितको विकास चाहने देशहरूसँगको सहकार्यका लागि समेत वैकल्पिक नमुना प्रस्तुत गरेको छ।

    सीले आर्थिक रुपमा अघि बढ्ने उद्देश्यले मानवीयताका लागि चीनले एउटा ‘एउटा नयाँ रोजाइ’ अघि सारेको दावी गरेका छन्, उनका अनुसार यो एकध्रुवीय, औपनिवेशको पश्चिमी रुपरेखा, वर्चश्व र असमानता भन्दा निकै टाढा छ। उनले चीन अन्य देशको स्वायत्ततामाथिको हस्तक्षेप र आक्रमणविरुद्ध शसक्त भएर उभिने प्रतिबद्धता समेत जाहेर गरे।

    यो पनि पढ्नुहोस् –
    चीनको सत्तारूढ पार्टीको आन्तरिक चुनावी प्रक्रिया 

    यसको मलतव चीनको अहिलेको कदमको लाभ सबैलाई प्राप्त हुन्छ। अभूतपूर्व वैश्विक चुनौतीको यो युगमा उदाउँदै गरेको चीनमा सीपीसीको नेतृत्वको स्थायीत्वले मानवीयताका लागि धेरै ठूलो आशा जगाएको छ। उता युक्रेनमा अमेरिकी नेतृत्वको गतिविधिले विश्वलाई वैश्विक द्वन्द्वको नजिक पुर्‍यायो  भने रुसमाथिको प्रतिबन्धका कारण भोकमरी, गरिबी र मुद्रास्फिति जस्ता समस्या निम्तियो।

    यस पूरै संघर्षका दौरान सीपीसीले कुनैपनि प्रकारको प्रतिबन्धहरूको विरोध गर्ने आफ्नो पूरानौ नीतिलाई अवलम्बन गरिरह्यो। साथै यसले शान्तिको वातावरणका लागि कुटनीतिक तथा आर्थिक च्यानललाई कायम राखिरह्यो।

    बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) जस्ता ‘विन-विन’ अवसरहरूबाट ग्लोवल साउथका गरीब राष्ट्रहरू लाभान्वित हुन सक्छन्। विश्व बैंकको प्रक्षेपण अनुसार यसको यातायात परियोजनाबाट मात्रै विश्वभरका ४ करोड मानिस गरिबीबाट मुक्त हुनेछन्।

    एकध्रवीय व्यवस्था भर्सेज वैश्विक सहकार्य
    विश्व परिवर्तित छ, जसको प्रतिछायाँ सीपीसीको यस महाधिवेशनमाथि विश्वको बढ्दो चासोमा देखिन्छ। दोस्रो विश्वयुद्धपछिका दशकहरूमा ‘बहुदलीय प्रजातन्त्र’ लाई नै सुशासनको मानक मानिएको थियो। खासगरी अमेरिकी बर्चश्वको वैश्विक व्यवस्थामा यो मान्यताले स्थान पायो। अब यो मान्यता छैन। अमेरिका र युरोपीयन युनियनका लागि आर्थिक संकट र सैन्यवादका तुफानी आपत आइरहेको छ। जसले अमेरिकाको एकध्रुवीय व्यवस्था र चीनको वैश्विक सहकार्यको नमुनाबीचको भिन्नतालाई अझै छर्लङ्ग पार्दैछ।

    गरिबीको वास्तविक सामूहिक समाधानका लागि मानव समुदायले अपिल गरिरहेको छ। जलवाायु परिवर्तन, युद्ध र कोभिड-१९ जस्ता जनस्वास्थ्य संकटका मुद्दाले विश्वलाई पिरोलिरहेको छ। मानवसहित सबै जीव र समग्र पर्यावरण यस्ता संकटबाट मुक्ति चाहन्छ। यसका लागि सीपीसीले एउटा यस्तो मार्ग तयार पारिरहेको छ, जुन विश्वका लागि प्रेरणादायी बन्न सक्छ।

    (नेपाल रिडर्सका लागि सीजीटीएनबाट भावानुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.