Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अर्थमन्त्रालय प्रधानमन्त्रीले नै राख्ने – पौडेल, पाण्डे र पुनको दौड बेकार

नेपाल रिडर्स नेपाल रिडर्स
भदौ १९, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सत्तारुढ नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त एक पदमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेसँगै अब नयाँ अर्थमन्त्री को बन्ने भन्ने चर्चा सुरु भएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रिय सभामा मनोनयन गरी मन्त्रीको रुपमा पनि निरन्तरता दिन चाहेका थिए। तर पार्टी सचिवालयमा गौतमलाई सांसद बनाउने पक्षमा निर्णय भएपछि खतिवडा बाहिर पर्ने अवस्था बन्यो।

    खतिवडाको बाहिरिएसँगै नयाँ अर्थमन्त्रीका लागि भित्रि प्रतिस्पर्धा सुरु भइसकेको छ। अर्थमन्त्री खतिवडाको थपिएको ६ महिने कार्यकाल पनि शनिबार सकिँदै छ। संसद सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढि मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाअनुसार उनी सरकारबाट हट्ने भएका हुन्।

    प्रधानमन्त्री ओली अन्तिमसम्म पनि खतिवडाको निरन्तरता दिन सचिवालयका सदस्यहरुलाई अलमल्याउँदै गर्दा  उनले विकल्पको बारेमा धेरै बिचार गर्न नसकेको बालुवाटार स्रोतको दाबी छ।

    डा युवराज खतिवडा प्रधानमन्त्रिका आर्थिक सल्लाहकार र प्रदिप ज्ञवाली प्रधान मन्त्रि कार्यालयका मन्त्रि

    तथापी यसअघि अर्थमन्त्री बनिसकेका पार्टी महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र उर्जामन्त्री वर्षमान पुनहरु अर्थमन्त्री बन्न दौडमा देखिएका थिए। यसैबीच नेकपाका उपाध्यक्ष तथा चुनाव घोषणापत्र मस्यौदाकार वामदेव गौतम पार्टीका आर्थिक तथा अन्य योजनाका लागि उपयुक्त हुने भन्दै एक समूह लविइङ्ग गरिरहेकोछ।

    कोरोना महामारीका कारण अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको छ। यो कुन तहको संकटसम्म पुग्ने हो भन्ने अनुमानसम्म गर्न नसक्ने अवस्था भएको हुँदा अर्थ मन्त्रालयको जिम्मेवारी अनुभवी, विश्वासिलो र क्षमतावान नेतालाई दिइनु पर्ने आवाज पनि पार्टीका बौद्धिक व्यक्तिहरुको भनाइ छ। साथै अर्थ मन्त्रालयलाई नवउदारवादी मछुवारेहरुका हातमा पर्न नदिने हो भने राजनैतिक नेताहरुमध्ये कोही पनि अर्थ मन्त्रि बनाइनु पर्ने उनीहरुको थप भनाइ छ।

    एक मन्त्रीका अनुसार तत्काल प्रधानमन्त्रीले अर्थमन्त्रीको जिम्मेवारी कसैलाई पनि नदिएर केही समय आफै मातहत राख्ने संभावना पनि छ।

    एक सूत्रका अनुसार  भिम रावल र इश्वर पोखरेललाई रक्षा वा परराष्ट्रमन्त्रीमा व्यवस्थापन गर्नका लागि प्रदीप ज्ञावली प्रधानमन्त्री कार्यालयको मन्त्री बनाइनेछ । उनले प्रमको कार्य बोझ घटाउन प्नधानमन्त्रिलाई सहयोग गर्नेछन्। स्मरण रहोस्,  प्रधानमन्त्री कार्यालयको मन्त्रीको पद एक पटक घनश्याम भूसाल बनेका थिए भने जुन भारतमा प्रणव मूखर्जीलाई व्यवस्थापन गर्न राजीव गान्धीले पहिलो पटक अभ्यास गरेका थिए। यसैगरी डा. युवराज खतिवडाको व्यवस्थापन नहुँदासम्म खतिवडालाई आर्थिक सल्लाहकारका रुपमा राखी अर्थ मन्त्रालय  चलाउने ओलीले तयारी गरिरहेका छन्। मन्त्रिमण्डल पुनर्गठन गर्दा जिम्मेवारी हेरफेर गरेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रधानमन्त्रि कार्यालयका मन्त्रि बनाइने र अर्थमन्त्रालय आफैले राख्न चाहेका छन्।

    त्यसो त उपाध्यक्ष गौतमले पनि उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको नेतृत्व गर्ने संभावना रहेको स्थायी कमिटी सदस्य जनार्दन शर्माले केहि दिनअघि बताएका थिए।तर प्रधानमन्त्रीको सचिवालयमा रहेका नेताहरू भने त्यस्तो संभावना नरहेको बताउँछन्।

    ‘कोरोना संकटका कारण अर्थतन्त्र तहसनहस छ। यो समस्या अझै कुन हदसम्म पुग्ने हो अनुमानसम्म गर्नसक्ने स्थिति छैन,’ ओलीनिकट स्रोतले भन्यो, ‘यो चुनौतिपूर्ण अवस्थालाई समाना गर्ने, सुझबुझपूर्ण निर्णय लिने र कार्यान्वयन गर्न सक्ने नेता नै अर्थमन्त्री बन्नेछन्।’

    जानकारहरुका अनुसार अर्थमन्त्रीको दौडमा महासचिव पौडेल नै सबैभन्दा अगाडि छन्। तर,  तत्कालै सामाजिक सञ्जाल र समाचारमा ललिता निवास प्रकरणको घडेरीको कुरा उठने सम्भावना भएकाले प्रम उनलाई तत्कालै मन्त्रि बनाउने पक्षमा छैनन्। पार्टीभित्रका पछिल्ला घटनाक्रमबारे जानकार एक नेताले भने।

    त्यसो त प्रधानमन्त्री ओलीसँग निकट रहेका पौडेलको रुचि अर्थमन्त्रीमै छ। ओलीनिकट एक नेताका अनुसार केहि दिनयता उनले त्यसबारे आफ्नो रुचि व्यक्त गरिसकेका छन्।ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पौडेल नै अर्थमन्त्री थिए।

    पौडेलका विरुघ ओली क्याम्पमा उपाध्यक्ष गौतमलाई कुनै पनि योजनामा मनाउन सक्ने खुबी भएको र यस पटक खतिवडालाई राष्ट्रिय सभाको सदस्य बन्न रोकेको कुरा व्यापक छ। ओलीनिकट पौडेलले पछिल्लो समय अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि निकै गाढा सम्बन्ध बनाइसकेका छन्।

    एमालेको नवौं महाधिवेशनमा ओलीइतर समूहबाट महासचिवको उम्मेदवार बनेका पाण्डेको पछिल्लोसमय भने प्रधानमन्त्री ओलीसँग सम्बन्ध राम्रो बन्दै गएको छ। माधव नेपाल प्रधानमन्त्री रहेका बेला अर्थमन्त्री बनेका पाण्डेलाई नेकपाभित्र अर्थतन्त्र राम्रो बुझेका र काम गर्नसक्ने क्षमता भएका नेता मानिन्छ। नेपाल र अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग निकट रहेका पाण्डेको केहि वर्षयता प्रचण्डसँग पनि राम्रो सम्बन्ध रहेको छ। तर उनले शहरी विकास मन्त्रालयमा चित्त बुझाउनु पर्नेछ।

    मन्त्रिपरिषद पुनर्गठन गर्दा पूर्वमाओवादी र पूर्वएमालेबीच भागबण्डामा तालमेल मिलेमा उर्जामन्त्री वर्षमान पुन पनि अर्थमन्त्री बन्ने संभावना छ। उनी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अर्थमन्त्री थिए। र, १८ महिना अर्थमन्त्री रहँदा पुनको कार्यकाल सफल मानिएको थियो।

    अध्यक्ष प्रचण्ड निकट नेता पुनले उर्जामन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा प्रधानमन्त्री ओलीसँग पनि राम्रो सम्बन्ध बनाएको मानिन्छ।

    लामो समय नेपाल राष्ट्र बैंकको जागिरे रहेका खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, गभर्नर हुँदै टेक्नोक्रयाट अर्थमन्त्री बनेका थिए।एमालेका तत्कालीन महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले अर्थ मन्त्रालयको नेतृत्व गर्न चाहेका बेला ओलीले भने खतिवडालाई रोजेका थिए।

    विज्ञताका आधारमा अर्थमन्त्रालय पुगेका खतिवडाको कार्यसम्पादनको विपक्षीले मात्रै नभई सत्तारुढ दलकै नेताहरुले समेत आलोचना गर्ने गरेका थिए। उनका हरेक नीति अराजनीतिक भएका र नवउदारवादी भएकाले कृषि, शिक्षा तथा स्वास्थ्यका समाजवाद उन्मूखका हरेक नीतिहरुलाई नीति तथा कार्कायक्रम र बजेटमा राख्न नदिदाँ नेकपा सरकार बदनाम भइरहेको थियो तर प्रधानमन्त्री ओली भने खतिवडाको काम, उनले लागु गरेका नीति तथा कार्यक्रमबाट अझै पनि निकै प्रभावित छन्।

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.