Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

धार्मिक राष्ट्रवाद : श्रीलंका संकटको जरो

कुनै बेला भारतीय ब्यापारी रतन टाटाका बा नवल टाटाले सरदार भाइ पटेललाई भारत विभाजन भएर पाकिस्तान मुस्लिम राष्ट्रका रूपमा उदाएपश्चात् ‘भारतलाई किन हिन्दुराष्ट्र नबनाउने?’ भन्दै प्रश्न गरेका थिए। त्यसको उत्तरमा पटेलले भनेका थिए, ‘यदि भारतलाई हिन्दुराष्ट्र नै बनाउने भए म किन जेल जानु पर्थ्यो र?’

प्रशान्त ‘पुष्प’ रिजाल प्रशान्त ‘पुष्प’ रिजाल
असार १०, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सन् १९४८ मा बेलायती उपनिवेशबाट मुक्त भएपश्चात् श्रीलङ्का राष्ट्र बन्ने प्रक्रियामा बिधिवत रूपमा प्रवेश गर्यो। तत्कालिन श्रीलङ्कामा तीनवटा राज्यहरू थिए। तीमध्ये दुई राज्यमा सिङ्लिज् बौद्धमार्गीहरूको वाहुल्यता थियो। बाँकी एउटा राज्यमा तमिलहरूको। अन्यत्रजस्तै श्रीलंकामा पनि बेलायती शासन हमेसा ‘फुटाउ र राज गर’ र नीतिमा निर्भर थियो। जाँदाजादै बेलायतले सो नीति श्रीलङ्कामा लागु गरर््यो। श्रीलङ्कास्थित तत्कालिन ब्रिटिस अधिकारी ह्युज क्लेघम्ले सन् १७९९ मा एउटा ‘दुई भिन्न मुलुक’को अवधारणाको विकास गरे।

    उनले वालाए नदि र चिलोउ नदीसम्मको पश्चिमी र दक्षिण भुभागलाई ‘सिङ्गलिज बाहुल्य राज्य’ तथा मालाबार क्षेत्रको उत्तरी र पुर्वीय क्षेत्रलाई ‘तमिल बहुल राज्य’का रूंपमा श्रीलङ्कालाई सांस्कृतिक रूपमा विभाजन गरिदिए। श्रीलङ्का स्वतन्त्र भएपछि राष्ट्र बन्ने प्रकृयामा गइरहँदा दुबै जातीय समुहले सोही डक्ट्रीन (अवधारण) लाई मान्न थाले। अन्तत : ७० प्रतिसत सिङ्लिज बौद्व क्षेत्र भएको श्रीलङकाले जर्बजस्ती राष्ट्रभाषाको रूपमा सिङलिजलाई अपनायो। श्रीलङ्केली समाजको पहिलो फुट त्यहीँबाट प्रारम्भ भयो।

    सुरुवाती बर्षहरूमा श्रीलङ्काको अर्थतन्त्र राम्रै चलिरहेको थियो। आर्थिक उदारीकरणका कारण आइएमएफ, डब्लुडीबीको फन्ड श्रीलङ्काले राम्रै पाइरहेको थियो। सन् १९५० को दशकको अन्त्यतिर अचानक श्रीलङकाको प्राइमरी प्रडक्सन (मूख्य उत्पादन) मा भारी गिरावट आउन थाल्यो। उदारिकरणप्रति आम जनताको असन्तुष्टी बढ्न थाल्यो। यसैबीच सन् १९६० मा श्रीमाओ बन्दरानाइकेले सत्ता सम्हालिन्। उनी बामपन्थप्रति झुकाव भएकी नेता थिइन्। सत्तामा आउनासाथ उनले उदारिकरणलाई नियन्त्रण गरिन् र देशमा समाजवादी नीति प्रयोग गर्न थालिन्।

    जिडिपीको २० प्रतिसत आम्दानी उनले लोक कल्याणकारी कार्यक्रमका लागि खर्च गराउन थालिन्। शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा अनुदान दिलाउन थालिन्। तुलनात्मक रूपमा श्रीलङकामा तमिलहरू गरीब थिए। तसर्थ, कल्याणकारी कार्यक्रममको बढी फाइदा उनीहरूलाई नै हुने भयो। यसरी करीब एक दशकजति श्रीलङ्काले समाजवादी अर्थनीति लागु गर्यो। यही बेला श्रीलङ्काले मानव विकास सुचकांकहरूमा उत्साहजनक प्रगति गर्र्यो। यसैबीच सन् १९७६ मा भएको तेल संकटले श्रीमाओको समाजवादी कार्यक्रमलाई नराम्रोसँग धक्का लाग्यो र उनको सत्ता ढल्यो।

    सन् १९७६ को चुनाबपश्चात श्रीलंकामा जे आर जयबर्दना सत्तामा आए। उनले समाजवादी कार्यक्रमहरूलाई बन्द गरे र पुनः देशलाई उदारबादको बाटोमा ल्याए। पुनः आइएमएफ र डब्लु डीबिबाट ऋण लिन थाले। श्रीमाओले सुरूगरेको अनुदान र राहत कार्यक्रमहरूलाई बन्द गरिदिए। र, यस्तो उदारिकरणबाट सबैभन्दा धेरै मुठ्ठीभर सिङलिज पँुजीपतिहरू खुसी थिए। सरकारी अनुदानमा कटौती भएकाले अधिकांश बिपन्न तमिलहरूमा असन्तुष्टी थियो। उनीहरूले त्यस नीतिको बिरोध गर्न थाले। फलस्वरुपः जयबर्दनाले बिरोधबाट जनमत अन्यत्र मोड्नका लागि तथा सत्ता स्थायित्वका लागि उग्रराष्ट्रबादको बाटो अपनाए र सिङ्लिज–बौद्व–रास्ट्रबादलाई प्रोत्साहन गर्न थाले। श्रीलंकाली समाज अब पूर्ण रूपमा साम्प्रदायिक बन्दैगयो।

    फलस्वरुप, सन् १९७७ मा सर्वप्रथम अपरा जिल्लामा सिङलिजहरूले तमिलहरूमाथि आक्रमण गरी सैयौँ निर्दोष–सर्वसाधारण तमिलहरूको हत्या गरे। जसको प्रतिकृयास्वरूप तमिल बिद्रोहि समुह (लिट्टे, प्रभावकरण) ले एम्बुसमा पारेर तीन हजार श्रीलङक्न सेनाको हत्या गरिदिए। त्यसपछी सन् १९८३ मा सिङलिज बहुल क्षेत्रमा सत्ताले तामिलहरूमाथि दमन सुरु गर्यो। त्यस क्रममा हजारौँ तमिलहरू मारिए र करिब दुई लाख तमिलहरू सिङ्लिज क्षेत्रबाट भागी जाफ्ना क्षेत्रमा बस्न थाले। राजनीतिक लाभका लागि जातीय र साम्प्रदायिक मुद्धा उठाएकै कारण श्रीलङ्का अन्ततःः एक भयानक र रक्तपातपूर्ण गृहयुद्वमा फस्यो।

    यता, लिट्टे (लिबरेसन टाइगर्स अफ तमिल इलम) र त्यसका नेता प्रभाकरण पूर्ण रूपमा भारतद्वारा संरक्षित थिए। पश्चिमा राष्ट्रहरूले पनि लिट्टेलाई राम्रै फन्डिङ गरिरहेका थिए। फलस्वरूप सिङ्लिज समाजमा युरोपियन र भारतप्रति रोस प्रकट हुँदैथियो। यसैबीच, भेलुपिल्लाइ प्रभाकरण नेतृत्वको लिट्टेले भारतीय प्रधानमन्त्री राजिब गान्धीको हत्या गरिदियो। तत्पश्चात् क्रमशः युरोपियन समाजले समेत लिट्टेप्रति हेर्ने नजर परिवर्तन गर्न थाल्यो। भारतको तामिलनाडु राज्य सरकार र भारत सरकारले पनि उसको समर्थन गर्न छोड्यो।

    र, अन्ततः सन् २००९ मा महिन्दा राजापाक्षे सत्ताले स्टिङ अपरेसनमार्फत लिट्टे नेता प्रभाकरणको हत्या मात्रै गराएन, लिट्टेकै अस्तित्व खत्तम गरिदिए। गृहयुद्धको अवधिमा श्रीलङ्काको अर्थतन्त्र पूर्ण रूपमा मिलिटरीमै खर्च हुने गरेको थियो। र, आइएमएमफलगायत युरोपियन युनियनले लगातार श्रीलंकालाई लगातार ऋण प्रदान गरिरह्यो। तर विदेशी ऋण कुनै पनि उत्पादनको क्षेत्रमा खर्च भएन।
    लिट्टेको सफायापश्चात तत्कालिन् प्रधानमन्त्री महिन्दा राजापाक्षे राष्ट्रिय नायकका रूपमा चिनिए।

    गृहयुद्वको उत्तरार्धमा लिट्टेले तामिलहरूलाई समेत मार्न थालेकाले, श्रीलंकका तमिलहरूले अब राजापाक्षेलाई समेत समर्थन गर्न थाले। यता, राष्ट्रबादी उन्मादले राजापाक्षेले पुनः आइएमएमफ र पश्चिमा दाताहरूको ढोका बन्द गरिदिए र क्रमशः समाजवादी देश चीनतर्फ ढल्किन थाले। तर श्रीलंकासँग आइएमएमफको ऋण यथावत थियो। त्यसलाई कम गर्न उसले अन्य आर्थिक ऋणहरू लियो। यति भइसक्दा देशभित्रका तमाम ठूला प्रोजेक्टहरू चीनको नियन्त्रणमा थियो। र, यता राजापक्षेमा भने बौद्व–राष्ट्रबादको उन्माद जारी थियो। त्यसो हुँदा अर्थशास्त्रीहरूको सल्लाहभन्दा ज्यादा बौद्व धर्मगुरूहरुको सल्लाहमा उनले आर्थिक नीतिहरू अपनाउन थाले। अर्गानिक–फर्टीलाइजरसम्बन्धी नीति र ट्याक्समा कटौति त्यसैको उदारहण थियो।

    फलस्वरूप : श्रीलङकाको अर्थतन्त्र धरासायी बन्दै गयो। आइएमफ र पश्चिमा राष्ट्रको ऋणको ब्याजले सीमा नाघिरहेको थियो। यस्तोमा राजापाक्षे–सत्ता पुनः चीनतिर ऋण लिनेमै ढल्कियो। राजापाक्षेले जसोतसो अर्थतन्त्र बिस्फोट हुनबाट जोगाइरहेका थिए। तर युक्रेन–रूस संकटले त्यो बाँधलाई भत्काइदियो। र, करिब ४० बर्षसम्म धार्मिक राष्ट्रबादको आडमा चलेको अस्थिर अर्थनीति एकाएक छताछुल्ल भयो। अन्ततः श्रीलङ्का आर्थिक रूपमा टाट पल्टियो।

    श्रीलङ्का टाट पल्टिनु फगत एउटा अर्थतन्त्र फेल हुनुमात्र होइन। यो एक स्टेट–फेलियर(राज्य असफलता)को उदारहण पनि हो। राष्ट्र निर्माण हेतु डोमिनेन्स–पोलेसी (प्रभुत्ववादी नीति) कति घातक हुन्छ भन्ने एक उदारहण हो। नेपालको हकमा हिन्दू राष्ट्रको माग गर्नेहरूले श्रीलङ्काको नेसन–बिल्डिङ प्रसेसलाई गहिरो रूपमा अध्ययन गर्नु आवश्यक छ। साँस्कृतिक विविधता भएको मुलुकमा प्रभुत्ववादी नीतिमा राष्ट्रनिर्माण गर्न खोज्नु अन्ततः त्यो मुलुक ध्वस्त हुनेतर्फ जानु हो।

    कुनै बेला भारतीय ब्यापारी रतन टाटाका बा नवल टाटाले सरदार भाइ पटेललाई भारत विभाजन भएर पाकिस्तान मुस्लिम राष्ट्रका रूपमा उदाएपश्चात् ‘भारतलाई किन हिन्दुराष्ट्र नबनाउने?’ भन्दै प्रश्न गरेका थिए। त्यसको उत्तरमा पटेलले भनेका थिए, ‘यदि भारतलाई हिन्दुराष्ट्र नै बनाउने भए म किन जेल जानु पर्थ्यो र?’ भाजपा, तिनका हिन्दूवादी कार्यकताहरूले गान्धी, कङ्ग्रेस र नेहेरुलाई जति नै गाली गरेपनि भारतजस्तो अनेकौँ विविधता भएको देशलाई धार्मिक मुलुक घोषणा गरिएको भए, भारत निर्माणका लागि लागेका तत्कालिन नेताहरू मोहम्मद अलि जिन्नाकै बाटोमा गएको भए, भारत अहिलेसम्म राष्ट्रका रूपमा बाँचिरहेकै हुने थिएन।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रशान्त ‘पुष्प’ रिजाल

      प्रशान्त ‘पुष्प’ रिजाल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.