Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

छुवाछुतको पुस्तान्तरण: मेरो परिवारको भोगाइ

मेरी श्रीमतीले जन्मिदै छुवाछुत भोगिन्। विवाहपछि उनीसँगै मैले यो विभेद भोगेँ। र, अहिले मेरा छोरीहरुले फेरि त्यस्तै भोग्दैछन्।

गणेश लम्साल गणेश लम्साल
भदौ ६, २०८०
- ब्लग, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बितेका २८ वर्षदेखि मैले र मेरो परिवारले कुनै न कुनै रुपमा जातीय विभेदको सामना गरिरहेको छ। माघ ०५२ मा मेलै र कमला लम्साल(विश्वकर्मा)ले प्रेम विवाह गर्‍यौं। यो विवाह गरेदेखि मेरो परिवार जातीय विभेदको शिकार भइरहेको छ।

    हाम्रो विवाह समाजमा कसैले स्वीकारेनन्। झापा धुलाबारीमा हामीलाई सामाजिक रुपमै वहिष्कार गरियो। सामाजका कथित माथिल्लो जात र त्यही जातका ‘जान्ने, सुन्ने’हरूले मेरो श्रीमतीलाई लुकाएर म विरुद्ध बेचबिखनको उजुरी दिए। यही उजुरीका कारण म एक महिनासम्म हिरासत बसें।

    प्रहरी अनुसन्धानबाट मैले प्रेम विवाह गरेको प्रमाणित भयो। तर, मलाई हिरासतबाट ‘बुझ्ने’ मानिससम्म भएन। म हिरासतबाट बाहिर आइसकेपछि गाउँलेहरूले मेरो मुखमा थुके। मलाई पढाउने र मैले विद्वान ठानेकै अग्रजहरुले पनि,‘नेपाल अझै अमेरिका भइसकेको छैन, नेपालमा अन्तरजातीय विवाह चल्दैन’ भने। कतिपयले मलाई पाँच वर्षसम्म गाउँको बाटो हिड्न नपाउनेगरी कागज गराउनुपर्छ भने।

    यो प्रताडना भोगिसकेपछि म र मेरी श्रीमतीका लागि समाजमा बस्ने ठाउँ भएन। मेरा आफन्त र समाजले मलाई घरमा राख्न अस्वीकार गरे। ससुरालीले पनि गाउँ समाजको डरले गर्दा हामी श्रीमान्, श्रीमतीलाई आफ्नो घरमा राख्न सकेनन्।

    त्यसपछि म श्रीमतीलाई लिएर विराटनगर आएँ। विराटनगरमा होटलमा काम गरें। होटलमा काम गर्दा पनि मलाई डर हुन्थ्यो, ‘अन्तरजातीय विवाह गरेको भनेर कतै जागिरबाट निकालिन्छु कि?’

    यही डर र त्रासका बीच ०५३ सालमा हाम्रो पहिलो सन्तान (छोरी) जन्मिइन्। सन्तानको न्वारनको विधिका लागि बाहुन बोलाउँदा बाहुन आएनन्। दलितसँग विवाह गरेको र दलितबाट जन्मेको बालकको न्वारन गर्दिनँ भनेर पन्छिए। त्यसपछि म आफैंले छोरीको हातमा धागो बाँधेर न्वारन भयो भनेर श्रीमतीलाई भनें।

    ०५६ मा हामीले अर्को सन्तान पायौं। यी दुवै सन्तानलाई मैले सामुदायीक स्कुलमा पढाएँ। हामी श्रीमानश्रीमतीले जातीय विभेद भोगेपनि छोरीहरुले यस्तो विभेद भोग्नु नपरोस् भनेर हामी सचेत थियौं।

    ३२ साउन ०५८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका तर्फबाट औपचारिक रुपमा जातीय विभेद, छुवाछुत अन्त्य भएको घोषणा गरे। तत्कालीन प्रधानमन्त्रीको यस्तो घोषणापछि मैले पत्र लेखेँ।

    ‘अन्तरजातिय विवाह गरेका कारण म र मेरो श्रीमती पीडित भएका छौं, हामी सामाजिक वहिष्करणमा परेका छौं, हामीलाई न्याय चाहियो,’ भनेर मैले देउवालाई पत्र लेखेको थिएँ।

    त्यसपछि देउवाका सचिवालयले धुलाबारी गाउँ विकास समितिलाई पत्र पठाएर मेरो समस्या समाधान गर्न भन्यो। त्यसछि गाउँमा सभा बस्यो। गाउँलेहरु जम्मा भए। उनीहरुले मलाई अंश दिने भने तर शर्तसहित । ‘तिमीले अंश पाउँछौ तर तिम्री श्रीमतीलाई हाम्रो घरभित्र भने ल्याउन पाईंदैन,’ उनीहरुले शर्त राखे।

    ‘श्रीमतीलाई घरमा पस्न दिन्नौ भने मलाई पनि तिमीहरुको घरभित्र पस्नु छैन,’ मैले भनें। त्यसपछि मैले अंशमा पाएको चार कट्टठा जमिन पनि मैले आजसम्म उपभोग गरेको छैन।

    जातीय विभेदविरुद्ध म आफैं पनि सक्रिय रुपमा लागिरहेकै छु। अन्तरजातीय विवाह गरेका कारण मैले खपेको जस्तै विभेद अरुले पनि भोगेका होलान् भन्ने लागेर मैले एउटा किताब लेखें। ०६० मा मैले अन्तरजातीय विवाह गरेका करिब ५० दम्पतीको कथा समेटेर ‘समाजले नबुझेको विवाह’ भनेर किताब प्रकाशन गरेँ।

    अन्तरजातीय विवाह गरेका व्यक्तिहरुले भोगिरहेको सामाजिक वहिष्कारका विरुद्ध संघर्ष गर्न भनेर फूलबारी नेपाल नामको संस्था पनि बनाएँ। यो संस्था मार्फत् मैले अन्तरजातीय विवाहका कारण भइरहेका विभेदका सयौं घटनाको जानकारी हुलाक मार्फत् चिठी पठाएर गराएँ। तर, गृह मन्त्रालयले सुनुवाइ नै गरेन।

    मैले गरिरहेको जातीय विभेद विरुद्धको संघर्ष र मेरो परिवारले भोगेको जातीय विभेदको कहरलाई पत्रकार भरत भट्टराई र अरुण बरालले सार्वजनिक गरे। त्यसपछि ०५८ देखि म आफैं पनि पत्रकारितामा सक्रिय भएँ। पत्रकारिताले नै समाज परिवर्तन हुन्छ। यस्ता सामाजिक विभेदहरु विरुद्ध पत्रकारिता मार्फत् नै लड्न सकिन्छ भन्ने विश्वासले म पत्रकारितामा लागेँ।

    यही विश्वासका कारण मेले मेरा दुवै छोरीहरुलाई पनि पत्रकारिता पढाएँ। कान्छी छोरी त अहिले पनि पत्रकारितामा सक्रिय छ। म आफैं पनि ०५८ देखि पत्रकारितामा सक्रिय छु। अहिलेसम्म म साइकलका पाइडल घुमाएरै पत्रकारिता गरिरहेको छु।

    मेरा सासु ससुराहरुलाई मेरो परिवार र समाज सम्धी- सम्धिनी मान्न तयार छैन। मेरो परिवारमा हुने कुनै पनि धार्मिक र पवित्र कर्ममा मलाई बोलाउँदैनन्। कतिसम्म भने मेरी आमाको मृत्यु हुँदा पनि मलाई कुनै पनि कर्ममा सामेल हुन दिइएन। म व्यक्तिगत रुपमा यस्ता धार्मिक कर्मकाण्डमा विश्वास गर्दिनँ। तर, समाजले भने यस्तै कर्मकाण्डका आधारमा मान्छेको जात, वर्ग, छुत, अछुत निर्धारण गर्दोरहेछ।

    मेरो परिवार र कुलका मान्छेहरुले आजसम्म पनि मेरा छोरीलाई आफ्नो परिवार भनेर स्वीकारेका छैनन्। मैले मेरो परिवार, समाजलाई हरसंभव सम्झाउने प्रयास गरेँ। जातीय विभेद, छुवाछुत गलत हो भनेर मैले लाखौं पटक सम्झाउने प्रयास गरेँ तर कोही बुझ्न तयार भएनन्। मैले रोएर, कराएर, खुट्टा ढोगेर अनेक प्रयत्न गरेर सम्झाउने प्रयास गरेँ। तर, मेरो केही जोर चलेन।

    सरकारले आर्थिक वर्ष ०६६/०६७ मा अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ दिने योजना ल्यायो। जातीय विभेद र छुवाछुतबारे समाजको मानसिकता, चेतना परिवर्तन नगरिकनै यसरी पैसा बाँडेर समस्या समाधान हुँदैन भनेर मैले विरोध गरे। यसरी एक लाख रुपैयाँको दाइजो दिनुको सट्टा रोजगारी देऊ, शिक्षा देऊ, उनीहरुले जातीय विभेद विरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्छ भनेँ।

    विवाह गर्दा मेरो श्रीमतीले जम्मा तीन कक्षा पढेकी थिइन्। अनेक हण्डर, ठक्कर सहँदै मैले श्रीमतीलाई ८ कक्षासम्म पढाउन सकेँ। उनी अहिले नेपाल आयल निगममा कार्यालय- सहयोगीको काम गर्छिन्। छोरीहरुसँगै स्कुल पढेकी उनी अब एसईई पढ्ने तयारीमा छिन् ।

    श्रीमती र मैले कमाएको थोरबहुत पैसा अनि गत वर्ष पत्रकारिता पुरस्कारमा पाएको रकम जोडेर हामीले मोरङको बुढीगंगा गाउँपालिका – १ करैयामा थोरै जग्गा किनेर घर बनायौं। २७ वर्षभन्दा लामो डेरा बासपछि तीन महिना पहिले मात्र हामी हामीले नै बनाएको घरमा बस्न आयौं।

    दलित भनेरै बारम्बार अपमानित भएर डेरा सरिरहनुपर्ने कष्टबाट मुक्त भइयो भनेर हामी खुसी थियौं। तर, हाम्रो खुसी धेरै दिन टिकेन। हाम्रो यो खुशी त अस्थायी रहेछ। हाम्रै छिमेकमा रहेका कथित माथिल्लो जातका मानिसहरुले मंगलबार (५ भदौ ०८०) मा मेरी कान्छी छोरीलाई दलित ‘कामी’ भन्दै अपमानित गरे।

    छोरीलाई छिमेकीहरुले भनेछन्, ‘तिमीहरु त कामी रहेछौ। तिमीहरू हाम्रो घरभित्र नछिर्नू। हाम्रो घरभित्र छिर्‍यौ भने देउता रिसाउँछन्। हामी पनि तिमीहरूको घरभित्र आउँदैनौं।’

    कतिसम्म भने छिमेकीहरू एक आपसमा कुराकानी गर्दा पनि हामीलाई लक्षित गरेर ‘छिमेकी त कामी परेछ, बर्बाद भयो,’ भन्न थाले।

    छोरीले आफूमाथि भएको विभेद सुनाएपछि मलाई औडाह भयो। म रातभर निदाउन सकिनँ। हामी श्रीमानश्रीमतीले यतिका वर्ष विभेद सहेपनि छोरीहरुले यस्तो भोग्नु नपरोस् भन्ने हाम्रो चाहना थियो। आफ्नै घर बनाएर बस्दा पनि छिमेकीहरुले छोरीलाई गरेको विभेदले मलाई असह्य भयो।

    ५३ वर्षको मेरो यो उमेरसम्म मैले अनेक विभेद सहेको छु। सामाजिक रुपमा वहिष्कृत समेत भएको छु। तर, आफ्ना सन्तानले भने यस्तो नभोग्लान् भन्ने मेरो सोचाइ थियो।

    मलाई लाग्थ्यो, दलितको घरको वा हातको खाना खायो भने यो विभेद अन्त्य हुन्छ। कानून बन्यो भने यस्तो विभेद समाप्त हुन्छ। शहरका शिक्षित वर्गहरुमा यस्तो विभेद हुँदैन भन्ने मेरो बुझाइ थियो। तर, म गलत रहेछु। यो विभेदको जरा त मानिसको अवचेतनमा गढेर बसेको रहेछ। छुवाछुतको यो रोग त समाजको मनोविज्ञान रहेछ।

    मैले र मेरी श्रीमतीले जति भोगेपनि छोरीहरुले अहिलेसम्म यस्तो विभेद भोगेका थिएनन्। उनीहरूले पहिलोपटक यस्तो विभेदको सामना गरे। पहिलोपटक यस्तो विभेद सामना गर्दा उनीहरु स्तब्ध भए। उनीहरूले मलाई सोधे, ‘बाबा हामीलाई छिमेकीले किन यस्तो भने? हामी के हो ?’ छोरीका यी प्रश्नले म निरुत्तर भएँ। जात व्यवस्थाको ठीक होइन भनेर सारा जीवनको ऊर्जा खर्च गरेको बुबाका छोरीहरू नै जातीय विभेदको मारमा परे। उनीहरुको आत्मसम्मान धुलिसात भयो। र, म निरिह बनेँ।

    साह्रै उकुसमुकुस भएपछि मेले फेसबुकमा यसबारे लेखेँ। ‘डराएर बाँच्नु काँतर हुनु हो’ भन्ने लागेपछि मैले सामाजिक सञ्जालमा लेखे। यो विषय लिएर म कानूनी उपचारमा पनि जानसक्थे। तर, छुवाछुत दुई प्रकारको हुन्छ। प्रत्यक्ष छुवाछुतमा प्रहरीले अनुसन्धान गर्छ र प्रमाण जुटाउँछ। तर, यस्तो अप्रत्यक्ष प्रकृतिको छुवाछुतमा बयानका आधारमा प्रमाण जुटाउने प्रयास गरिन्छ। र, प्रमाण अभाव हुन्छ । त्यसमाथि न्यायाधीश पनि त कथित माथिल्लो जातकै हुन्छन्। उनीहरुले प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि प्रकारको छुवाछुतको भोगाइ, पीडा, बहिष्करण महसूस नै गर्न सक्दैनन्।

    मेरी श्रीमीतीले जन्मिदै छुवाछुत भोगिन्। विवाहपछि उनीसँगै मैले यो विभेद भोगेँ। र, अहिले मेरा छोरीहरुले फेरि त्यस्तै भोग्दैछन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      गणेश लम्साल

      गणेश लम्साल

      २०५८ देखि पत्रकारिता गरिरहेका लम्साल जातिय छुवाछुत विरुद्धको अभियानमा समेत सक्रिय छन् ।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.