Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अब्बल बन्दै सामुदायिक विद्यालय

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
साउन १४, २०७४
- अर्थतन्त्र
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    दरिलो व्यवस्थापनका कारण काठमाडौं उपत्यकाका सार्वजनिक विद्यालय काँचुली फेर्दै छन्। गुणस्तरमा सुधारसँगै नमुना बन्दै छन्। प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र समुदायबीचको राम्रो अन्तरसम्बन्धका कारण सार्वजनिक विद्यालयहरूले केही वर्षयता व्यवस्थापन र गुणस्तर दुवैमा उल्लेख्य सुधार हासिल गर्दै आएका हुन्। जसको परिणाम अभिभावकमा सार्वजनिक विद्यालयप्रतिको सोच बदलिएको छ। आफ्ना छोराछोरी सार्वजनिक विद्यालयमा पढाउन उनीहरूबीच तँछाडमछाड चलेको छ।

    नेपालीसँगै अंग्रेजी माध्यम

    नेपालीसँगै अंग्रेजी माध्यमबाट पनि पठनपाठन, प्रारम्भिक बालकक्षादेख ३ कक्षासम्म ग्रेड टिचिङ र शनिबारबाहेक अन्य दिन बिदा नदिने स्कुल व्यवस्थापन समितिको नीतिका कारण राजधानीको त्रिपुरेश्वरस्थित विश्वनिकेतन स्कुल नमुना बनेको छ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा देशभरिका सामुदायिक विद्यालयतर्फबाटै ३.९ जिपिए ल्याएर यस स्कुलकी छात्रा रोजिना अधिकारी सर्वोत्कृष्ट भएकी छिन्।

    ६० जिल्लाका २ हजार ३ सय विद्यार्थी अध्ययनरत यस स्कुलमा यस वर्ष चाहेजति विद्यार्थीले नयाँ भर्ना पाउन सकेनन्। अत्यधिक चापका कारण भर्ना हुन आएजतिलाई भर्ना गर्न नसकेर फर्काउनुपरेको प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए।

    ‘यस वर्ष ३ सय नयाँ विद्यार्थी भर्ना भए। कक्षा ९ मा तीन सेक्सनबाट चार बनाएको छु,’ प्रधानाध्यापक कँडेलले सुनाए, ‘ठाउँ अभावका कारण यस वर्ष कक्षा ८ र ९ मा भर्ना हुन आएका सय विद्यार्थीलाई फर्काउनुको पीडा छुटै छ।’

    १० रोपनी जग्गामा फैलिएको यो स्कुलको तीनटा भवन छन्। भवन भुइँचालोले भत्किएपछि ४ वटा टहरामा कक्षा सञ्चालन गरिएको छ। यस्तो अवस्थामा पनि स्कुलले कायम गर्न सकेको शैक्षिक गुणस्तर अब्बल छ।

    २०५२ सालदेखि स्कुलमा कम्प्युटर विज्ञान विषय पनि पढाइ हुँदै आएको छ। साथै स्कुलले आइसिटी प्रयोगलाई जोड दिएका कारण पनि विद्यार्थी आकर्षण बढ्दै गएको छ।  अतिरिक्त क्रियाकलाप र सहकार्यकलाप पनि विद्यालयले जोड दिएको छ।

    तहगत रुपमा शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन गर्न पुरस्कार व्यवस्था र आर्थिक रुपमा कमजोर विद्यार्थीलाई प्रायोजक खोजी स्टेसनरी तथा पोसाकको व्यवस्था जस्ता राम्रा अभ्यासका कारण विश्वनिकेतन स्कुलमा विद्यार्थी आकर्षण र शैक्षिक गुणस्तर बढेको हो। ‘गणित, विज्ञान र अंग्रेजी जस्ता प्रमुख विषयलाई थप कक्षाको व्यवस्था गरिएको छ,’ प्रधानाध्यापक कँडेलले स्कुलको राम्रा अभ्यासबारे भने, ‘नियमति रुपमा अभिभावक भेटघाट, नजिता अनिवार्य रुपमा अभिभावकको हातमा दिने व्यवस्था र कमजोर विद्यार्थीका अभिभावकसँग विशेष भेटघाटले  सिकाइ उपलब्धि स्तरीय बनेको छ,’ उनले थपे, ‘विद्यार्थी केन्द्रित शिक्षण विधि, प्रयोगात्मक पक्षलाई जोड दिनु र अपेक्षित सिकाइ उपलब्धि भएनभएको लेखाजोखा गरिने परिपाटीकै कारण विश्वनिकेतन स्कुल अब्बल हुन सफल भएको छ।’

    विश्वनिकेतनमा कार्यरत २१ शिक्षकले छोराछोरीलाई यहीं पढाएका छन्। आआफ्ना नानी आफैंले अध्यापन गराउने स्कुलमा पढाउँदा शिक्षक पनि बढी जिम्मेवारी हुने प्रधानाध्यापक कँडेलको अनुभव छ। उनले पनि आफ्ना दुई छोराछोरीलाई यही स्कुलमा प्लस टु पढाएको बताए।

    स्मार्ट कक्षाले आकर्षण

    त्यस्तै बाफलमा रहेको ज्ञानोदय माध्यामिक विद्याललय पनि सरकारी हो। यहाँको पढाइ निजी विद्यालयको भन्दा राम्रो छ। जसले गर्दा वर्षेनि यस स्कुलमा विद्यार्थी भर्ना गर्न अभिभावक तँछाडमछाड गर्छन्। पछिलो समय ज्ञानोदय स्कुलले स्मार्ट कक्षा सञ्चालन गर्न थालेपछि विद्यार्थीको आकर्षण थप बढ्दै गएको छ।

    नागरिककर्मी स्कुल पुग्दा कक्षा ९ का प्राविधिक धारका विद्यार्थी स्मार्ट बोर्डमा निकै रोमाञ्चक बन्दै पाठमा केन्द्रित बनेको पाइयो। ‘किताबबाट कक्षामा सरहरूले बुझाउँदा निकै समस्या पर्थ्यो,’ कक्षा ९ का इन्जिनियरिङतर्फका एक छात्रले नागरिकसँग भने, ‘अहिले स्मार्ट बोर्डमा नेटबाटै भिजुयल देखेरै अध्ययन गर्दा विषयबारे प्रष्ट हुन्छ।’ विज्ञानको ‘प्रेसर’ बारे स्मार्ट बोर्डमा अध्ययन गरिरहेका ती छात्रले थपे, ‘चाहेका विषयवस्तु स्मार्टबोर्डको मद्दतले अनलाइन खोजेर पढ्ने बानीसमेत हामीमा बस्दै गएको छ।’

    विद्यार्थी चापका कारण यस स्कुलमा भर्ना गर्न त्यति सजिलो छैन। नानीहरूलाई सरकारी स्तरबाटै प्रारम्भिक बालकक्षामा मन्टेश्वरी प्रणालीबाट पठनपाठन गराउने यो पहिलो स्कुल हो। प्रधानाध्यापक नातिकाजी  महर्जनले स्कुलमा सिकाइ उपलब्धि राम्रो गर्न कक्षा १–३ सम्म  ग्रेड टिचिङको व्यवस्था गरेकै कारण शैक्षिक स्तरमा वृद्धि हुँदै गएको दाबी गरे।

    स्कुलमा उदार कक्षाउन्नति प्रणाली लागू भएदेखि विद्यार्थीमा पढ्ने र शिक्षकमा बुझाएर पढाउने परिपाटी विकास भएको महर्जनले बताए। यो वर्ष भर्नाको समयमा धेरै विद्यार्थी फर्काउनुपर्दा निकै दुःख लागेको उनले सुनाए।

    ५० वर्षको इतिहास बोकेको यो स्कुलमा हाल प्रारम्भिक बालकक्षादेखि १२ सम्म २ हजार २३ विद्यार्थी अध्ययनरत छन्। यस वर्ष कक्षा १–९ सम्म भर्ना हुन आएका मध्ये साढे २ सय विद्यार्थीलाई ठाउँ नभएर फर्काउनु परेकोमा दुःख उनलाई अझै छ। ‘विद्यार्थी धेरै भएर पढाउने ठाउँ नभएकाले भर्ना नलिई फिर्ता पठायौं,’ महर्जनले भने, ‘भर्नाको समयमा  दबाब आउन थालेपछि मोबाइल बन्द गरेर बस्नुपर्छ।’ टाढाका विद्यार्थीका लागि बासको समेत व्यवस्था भएको यो स्कुलमा निजी स्कुलबाटै बढी विद्यार्थी आउने गरेका छन्।

    यो स्कुलमा विद्यार्थीलाई सजाय होइन सल्लाह, सुझाव र हौसला दिएर सिकाइन्छ। मध्यम र कमजोर विद्यार्थीलाई उपचारात्मक कक्षाको व्यवस्था छ। अंग्रेजी माध्यमबाट पनि पढाइने यस स्कुलमा लामो बिदामा कोचिङ कक्षा सञ्चालन गरिन्छ।  प्लस टुमा विज्ञान र व्यवस्थापन पठनपाठन हुने यस विद्यालयले भौतिक पूर्वाधार विकासमा पनि जोड दिएको छ।

    समन्वयले समृद्धि

    कीर्तिपुरको पाँगास्थित जनसेवा माध्यामिक विद्यालयमा एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। सक्षम व्यवस्थापन समिति, समुदायको अटुट विश्वासका कारण यो स्कुल नमुना बन्न सफल छ।

    गत वर्ष शिक्षा मन्त्रालयले जनसेवा माविलाई नमुना घोषणा गरेको थियो। प्रधानाध्यापक नन्दकुमारी महर्जनले व्यवस्थापन समिति, प्रशासन, पूर्वविद्यार्थी, कर्मचारी र समुदायबीचको अन्तरसम्बन्ध बलियो बनाउन सकेकै कारण जनसेवा मावि देशकै नमुना बन्न सफल भएको बताइन्।

    सेवासुविधा सम्पन्न भौतिक पूर्वाधार, खेलमैदान, प्राविधिक शिक्षामा जोड अतिरिक्त क्रियाकलाप र विद्यार्थीप्रति जवाफदेही शिक्षक नै यस स्कुलको शैक्षिक सुधारका मुख्य कारण हुन्। ‘स्कुलमा हामीले विद्यार्थीलाई अन्य देशका विद्यार्थीसँग अनलाइन स्काइप माध्यमबाट श्रव्य–दृश्यमा आधारित शिक्षा उपलब्ध गराएका छौं,’ प्रधानाध्यापक महर्जनले नागरिकसँगको भेटमा भनिन्, ‘हाम्रा नानीहरू जापानका स्कुलका नानीहरूसँग स्काइपबाटै प्रत्यक्ष कुराकानी गरी शिक्षण सिकाइबारे अनुभव आदानप्रदान गर्छन्। यसले विद्यार्थीहरू सिर्जनात्मक बन्दै गएका छन्।’ ३६ वर्षदेखि शिक्षण पेसामा संलग्न उनको अनुभवमा पारदर्शिता कायम गर्न सके स्कुलप्रति समुदायको विश्वास जित्न सकिन्छ।

    विगतमा १० प्रतिशत मात्र स्थानीयको पहुँचमा रहेको यो स्कुलमा हाल ५० प्रतिशत विद्यार्थी स्थानीय समुदायकै छन्। जुन प्रधानाध्यापक महर्जनका लागि निकै गर्वको विषय  बनेको छ। कक्षा ३ देखि नै कम्प्युटर शिक्षाले विद्यार्थीलाई थप आकर्षण गरेको छ।

    १५ रोपनी जग्गामा आफ्नै भवन, बाटोको राम्रो व्यवस्था र सूचना तथा प्रविधिमा जोड दिएकै कारण अहिले यहाँ निजी विद्यालय छाडेर आउने विद्यार्थी धेरै छन्।

    ‘यस वर्ष विद्यार्थी भर्ना समयमा प्राविधिकतर्फ डेढ सय र कक्षा १–८ सम्मका सय विद्यार्थीलाई फर्काउनु पर्दा नमज्जा लाग्यो,’ उनले सुनाइन्, ‘हामीसँग विद्यार्थी राख्ने ठाउँ छैन। ५ सय थप भर्ना हुनका लागि विद्यार्थी दिनहुँ धाइरहेका छन्।’

    बिदामा पनि कक्षा

    मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयलाई न त कहिल्यै कुनै बन्द र हड्तालले असर गर्छ न त कुनै सार्वजनिक बिदाले। शनिबारको बिदाबाहेक अन्य सबै दिन पठनपाठन सञ्चालन गरेर यो स्कुलले आफ्नो छुटै शैक्षिक पहिचान बनाएको छ।

    एक दशकअघिसम्म यो स्कुलमा न उचित कक्षा कोठा थिए न भवन। खाजापछि पानी पिउन स्कुलबाहिर पाँच मिनेट हिँडेर ढुंगेधारा पुग्नुपर्थ्याे। छात्राका लागि छुट्टै चर्पी थिएन।

    विद्यालयको नेतृत्व (प्रधानाध्यापक) जब गीता खरेल शिवाकोटीको हातमा आयो, स्कुलले काँचुली मात्र फेरेन, अब्बल बन्न पुग्यो। यस स्कुलका चारवटा नयाँ भवन, खेल मैदान, इसिए हल, छुट्टाछुट्टै पाँच–पाँचवटा सुविधायुक्त शौचालय छन्। तिनै भवनमा २ हजारभन्दा बढी विद्यार्थी अहिले खुसीसाथ अध्ययनरत छन्।

    प्रधानाध्यापक खरेलका अनुसार यस वर्ष नयाँ भर्ना भएका ५ सय ५७ विद्यार्थीमध्ये ३ सय ९ जना वरिपरिका निजी विद्यालयका छन्। ‘अन्य सरकारी विद्यालयमा विद्यार्थी नभएर समस्या छ, हाम्रोमा धेरै भएर कहाँ राखेर पढाउने भन्ने समस्या आउन थालेको छ’, उनले नागरिकसँग भनिन्, ‘प्रधानाध्यापक जागिरे मानसिकता त्यागेर घरपरिवारमा झैं जिम्मेवार भए स्कुल राम्रो बन्दोरहेछ। भर्ना हुन आएका ४ सयजति विद्यार्थीलाई पढाउने ठाउँ अभावमा भर्ना नलिई फर्काउनु पर्‍यो।’

    आफू प्रधानाध्यापक भएपछि पहिलो काम नै प्रारम्भिक बालविकासदेखि  कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको उनले सुनाइन्। यसले विद्यार्थी आकर्षण ह्वात्तै बढायो। यो स्कुलमा कक्षा १० सम्म अंग्रेजी माध्यमबाटै पठनपाठन हुन्छ।

    विद्यार्थीलाई ठाउँ अभावका कारण पुस्तकालय, ग्यारेज, भान्छाकोठा, हलमा समेत राखेर पढाउनुपर्ने बाध्यता रहेको उनले सुनाइन्।

    अभिभावकको मागअनुसार कम्प्युटर शिक्षा थपियो। उनले मागेरै ५० वटा कम्प्युटर जुटाइन्। २०७२ सालमा भूकम्पले पूर्ण क्षति भएको भवनका लागि मागेरै एक करोड संकलन गरिन् उनले। २०३८ सालमा प्रावि शिक्षकका रुपमा रत्नराज्य प्रवेश गरेदेखि नै आफूले यसलाई निजी स्कुलसरह बनाउने कल्पना गरेको सुनाइन्।

    ‘प्रत्येक विषयमा कम्तीमा एक महिनामा हामीले बैठक बसाएर विद्यार्थीको विषयगत शैक्षिक सुधारबारे छलफल गर्छौं,’ खरेलले भनिन्, ‘विभिन्न संघसंस्था र व्यक्तिलाई अनुरोध गरेर छात्रावृत्तिको व्यवस्था मिलाएका छौं। यसले जेहेन्दार विद्यार्थीलाई थप हौसला दिन्छ र विद्यार्थी अध्ययनशील हुँदारहेछन्।’

    प्रत्येक शैक्षिक सत्र सुरु हुनुअघि शैक्षिक योजना बनाउन अन्तर्क्रिया गर्ने र योजना अनुसार भए नभएको तीनतीन महिनामा समीक्षा गर्ने, नयाँ भर्ना लिँदा परीक्षा लिने  र सदन अनुसार अतिरिक्त क्रियाकलापको व्यवस्थाले नानीहरूको प्रतिभा पहिचान गरी सोहीअनुसार शैक्षिक सुधार र क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको खरेलले बताइन्। मोवाइललाई प्रविधिसँग जोडिएर शिक्षा उपलब्ध छ

    कालीमाटीस्थित नीलबाराही स्कुलमा गत वर्षदेखि रमाइलो वातावरण छ। विद्यार्थीहरू रमाएर स्कुलमा पठनपाठन गर्न आउँछन्। अभिभावकहरू पनि ढुक्कसाथ नानी स्कुल पठाइरहेका छन्। यो स्कुलले नानीहरूलाई गत वर्षदेखि मोबाइललाई शिक्षासँग जोडेको छ। विद्यार्थीहरू आफूलाई आवश्यक शैक्षिक सामग्री शिक्षकको सहयोगमा मोबाइलबाटै खोजेर अध्ययन गर्ने भएका छन्। त्यही भएर यस वर्ष विद्यार्थी भर्ना संख्या पनि ह्वात्तै बढ्यो। तर कक्षाकोठा अभावका कारण सबैलाई भर्ना लिन नसकिएको स्कुलकी प्रधानाध्यापक जानुका नेपालले बताइन्।

    एक दशकअघिसम्म छाप्रोमा सञ्चालित थियो यो स्कुल। कक्षा १–८ सम्म १ सय ३० विद्यार्थी थिए। पानी, चर्पी र भौतिक पूर्वाधार थिएन। शौच गर्न नजिकैको टंकेश्वरस्थित सार्वजनिक शौचालय पुग्नुपर्ने बाध्यता थियो।

    जब प्रधानाध्यापक भएर नेपालले नेतृत्व सम्हालिन्, स्कुलको पनि मुहार फेरियो। २०६२ सालमा प्रअ भएलगत्तै उनले स्कुल सञ्चालनमा आमूल परिवर्तन ल्याउन सुरु गरिन्। बिहान ६ बजेदेखि साँझ ७ बजेसम्मको मिहिनेतले एक दशकमा स्कुलले नयाँ रुप पाएको छ। स्कुलसँग अहिले तीनवटा सुविधासम्पन्न चारतले भवन छन्। प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म ९ सय १५ विद्यार्थी अध्ययनरत छन्।

    ०६३ सालमा पहिलो ब्याचले एसएलसीमा शतप्रतिशत नतिजा दियो। ‘यो परिणामले मलाई हौसला मिल्यो र मैले सबै शिक्षक र समुदायको सहयोगमा ०६८ सालमै कक्षा ११ र १२ सुरु गरे’, उनले नागरिकसँग भनिन्, ‘हाम्रो स्कुलमा कक्षा ७ सम्म अंग्रेजी माध्यमबाटै पढाइन्छ,  शिक्षक पनि ग्रेड टिचिङमै हुनुहुन्छ।’

    खानेपानी, छात्रा र छात्रका छुट्टाछुट्टै शौचालय, पुस्तकालय, व्यवस्थित विज्ञान ल्याब, कम्प्युटर ल्याब  र अतिरिक्त क्रियाकलापले स्थानीय विद्यार्थी र अभिभावकको चाहना नै नीलबाराही मावि बनेको उनले बताइन्। नेपालले विद्यार्थीलाई बेलाबेलामा शैक्षिक भ्रमण लग्ने र त्यसको प्रतिवेदन तयार पार्न लगाउँदा सिर्जनात्मक र नेतृत्व क्षमता विकास हुने अनुभनव उनको छ।

    ‘शिक्षकहरूले विद्यार्थीले ल्याएको मोबाइलमा आवश्यक शैक्षिक सामग्री डाउनलोड गर्न लागाउनु हुन्छ,’ उनले भनिन्, ‘विद्यार्थी गुगलमा गएर नेटसँग फेमिलियर भएर आवश्यक शैक्षिक सामग्रीहरू खोजेर आफै डाउनलोड गर्छन्।’ उनले थपिन् ‘अनि विद्यार्थी अध्ययन गर्छन्।’ यो स्कुलमा साना बच्चाका आमालाई भेला गराएर नानीहरूका कमीकमजोरीबारे छलफल गराई समाधानको उपाय खोज्ने व्यवस्था मिलाइएको छ। ‘हामीले वार्षिक शैक्षिक योजना तयार गरी विभिन्न विषयको शैक्षिक प्रदर्शनी आयोजना गर्छौं,’ उनले भनिन्, ‘यसले नानीहरूको नेतृत्व क्षमता विकासमा सहयोग पुर्‍याएको छ।

    विषय समितिले सहयोग

    डिल्ली बजारस्थित महिला मात्र पढ्ने पद्यमकन्या माध्यमिक विद्यालयमा शैक्षिक सुधारको नयाँ पाटो अपनाइएको छ। स्कुलले वरिपरिका निजी विद्यालयसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले विषयगत कक्षा सुधारमा विशेष ध्यान केन्द्रित गरेको प्रधानाध्यापक रीता तिवारीले जनाइन्।

    उनका अनुसार गत वर्षदेखि स्कुलमा अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक शिक्षा सुधार गर्न विषयगत समिति  गठन गरिएको छ। महिनाको एकपटक विषयगत शिक्षकले कमीकमजोरीबारे छलफल गरी सुधाका उपाय सुझाउँछन्।

    तीन वर्षयता उनले प्रअको जिम्मेवारी सम्हालेपछि स्कुलमा  विद्यार्थी केन्द्रित पठनपाठन सुरु गरिएको छ। जसले शैक्षिक उपलब्धिमा सघाउ पुगेको उनको दाबी छ।

    छोरीहरू प्रायः स्कुल भोकभोकै आउने थाहा पाएपछि उनले एक गैरसरकारी संस्थासँग सहयोग मागेरै स्कुलमा खाजाको व्यवस्था गरिन्। ४२ वर्षीय  तिवारीको मुख्य लक्ष्य नै स्कुलमा भर्ना भएका छात्रालाई निरन्तर कक्षामा टिकाइराख्नु हो। जसका लागि स्कुलमै खाजाको व्यवस्था गरेको उनले बताइन्। कक्षा १२ सम्म  कुल ९ सय छात्रा अध्ययन गर्ने यो स्कुलमा प्रअ  तिवारीले प्राविधिक धारको शिक्षा लागू गरेपछि माथिल्लो कक्षामा विद्यार्थी आकर्षण बढेको छ।

    ‘स्कुललाई नमुना बनाउन एक सयजना अट्ने छात्रावास निर्माण गराइरहेकी छँु’, तिवारीले योजना सुनाइन्, ‘आगामी शैक्षिक सत्रमा देशभरिका सरकारी विद्यालयमा अध्ययन गर्ने छात्राबीच प्रतिस्पर्धा गराई बूढानीलकण्ठ स्कुल जस्तै कक्षा ४ देखि १२ सम्म निःशुल्क पढाउने योजना छ।’यो समाचार नागरिक दैनिकमा  रुवी रौनियारले लेख्नुभएकको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      जलविद्युतको आन्तरिक खपत र निर्यातको सवाल

      जलविद्युतको आन्तरिक खपत र निर्यातको सवाल

      रामराज रेग्मी
      फाल्गुन २६, २०८०

      नेपालको उत्तरमा बाह्रै महिना हिउँले ढाकिएका हिमशिखरहरू भएकाले तिनबाट अविरल रूपमा दक्षिणतर्फ बग्ने विशाल नदीहरू उत्पत्ति भएका छन्। ती नदीहरु...

      भारतले बिथोलेको नेपालको बिजुली सपना

      भारतले बिथोलेको नेपालको बिजुली सपना

      रोहेज खतिवडा
      पुस १८, २०८०

      ७५ वर्ष अघिको कुरा हो, जतिबेला भारत भर्खरै ब्रिटिस राजबाट मुक्त भएर प्रजातान्त्रिक शासन व्यवस्था अंगालेको थियो, नेपालमा अन्तिम राणा...

      भूमिसुधारको बहस: कति सान्दर्भिक छ भूमिसुधार?

      भूमिसुधारको बहस: कति सान्दर्भिक छ भूमिसुधार?

      झलक सुवेदी
      कार्तिक १३, २०८०

      “नेपालमा भू–स्वामित्वको अवस्थाले अझै पनि परिवार र व्यक्तिको आर्थिक सम्पन्नता, सामाजिक हैसियत र राजनीतिक शक्तिलाई निर्धारण गर्छ। इतिहासको लामो कालखण्डदेखि...

      दुई सयभन्दा धेरै प्रसिद्ध अर्थशास्त्रीको पत्रः विश्वमा असाधारण आर्थिक असमानता छ

      दुई सयभन्दा धेरै प्रसिद्ध अर्थशास्त्रीको पत्रः विश्वमा असाधारण आर्थिक असमानता छ

      नेपाल रिडर्स
      साउन ५, २०८०

      विश्व प्रसिद्ध २ सयभन्दा धेरै अर्थशास्त्रीहरूले संयुक्त राष्ट्र संघ र विश्व बैंकलाई पत्र लेख्दै बढ्दो असमानता कम गर्न तत्काल प्रभावकारी...

      चीनको आर्थिक कायापलट कसरी भयो?

      चीनको आर्थिक कायापलट कसरी भयो?

      नेपाल रिडर्स
      बैशाख २१, २०८०

      विश्व बैंकका अनुसार सन् १९९० मा भारत र चीनको जीडीपी झण्डै उस्तै थियो। तर आज चीनको जीडीपी बढेर १८ ट्रिलियन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.