Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चिनिया मोडलको निर्यात

फ्रान्सिस फुकुयामा फ्रान्सिस फुकुयामा
साउन ६, २०७४
- आधारभूत संरचना, विचार
A A
0
(From L-R) Eric Domb, the founder of Pairi Daiza, Vice-Prime Minister and Foreign Minister Didier Reynders, Peng Liyuan, the wife of Chinese President Xi Jinping, Prime Minister Elio Di Rupo, Chinese President Xi Jinping, King Philippe of Belgium and Queen Mathilde of Belgium visit the Chinese pandas at the Pairi Daiza animal park, on March 30, 2014, in Brugelette. Chinese President Xi Jinping is visiting Belgium from March 30 to April 1. AFP PHOTO / BELGA / LAURIE DIEFFEMBACQ   ***BELGIUM OUT***

(From L-R) Eric Domb, the founder of Pairi Daiza, Vice-Prime Minister and Foreign Minister Didier Reynders, Peng Liyuan, the wife of Chinese President Xi Jinping, Prime Minister Elio Di Rupo, Chinese President Xi Jinping, King Philippe of Belgium and Queen Mathilde of Belgium visit the Chinese pandas at the Pairi Daiza animal park, on March 30, 2014, in Brugelette. Chinese President Xi Jinping is visiting Belgium from March 30 to April 1. AFP PHOTO / BELGA / LAURIE DIEFFEMBACQ ***BELGIUM OUT***

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सन् २०१६ को शुरुवातसँगै प्रतिष्पर्धी विकासको मोडलहरु (आर्थिक वृद्धिको प्रवर्धनका रणनीतिहरु) का बिचमा ऐतिहासिक प्रतिष्पर्धा शुरु भएको छ । यसमा एकातिर चीन छ अर्कोतिर संयुक्त राज्य अमेरिका तथा अन्य पश्चिमा मुलुकहरु छन् । यो प्रतिष्पर्धा आम जनसाधारणका नजरबाट ओझेलमा रहेको भए पनि यसका परिणामले आउने दशकहरुमा अधिकांश युरेसियाको भाग्य निर्धारण गर्नेछ।

    (From L-R) Eric Domb, the founder of Pairi Daiza, Vice-Prime Minister and Foreign Minister Didier Reynders, Peng Liyuan, the wife of Chinese President Xi Jinping, Prime Minister Elio Di Rupo, Chinese President Xi Jinping, King Philippe of Belgium and Queen Mathilde of Belgium visit the Chinese pandas at the Pairi Daiza animal park, on March 30, 2014, in Brugelette. Chinese President Xi Jinping is visiting Belgium from March 30 to April 1. AFP PHOTO / BELGA / LAURIE DIEFFEMBACQ ***BELGIUM OUT***

    अधिकांश पश्चिमाहरुलाई चीनको आर्थिक वृद्धिदरमा उल्लेखनीय कमी आएकोबारे जानकारी छ। हो पनि बिगतका केही दशकमा १०% भन्दा बढी भएको वृद्धिदर घटेर हाल ७% वा सम्भवतः त्यो भन्दाकम होला। तर, यो अवस्थालाई संबोधन गर्न त्यस देशका नेतृत्वकर्ताहरु हात बाधेर बसेका छैनन्, बरु उनीहरु निर्यातमुखी एवं अत्याधिक बस्तु उत्पादनमा आधारित पर्यावरणीय ध्वंश निम्त्याउने आर्थिक वृद्धिको मोडललाई आन्तरिक उपभोग तथा सेवा ब्यवसायतिर मोड्न प्रयत्नरत छन्।

    तर, चीनका योजनाहरुको ठूलो बाह्य आयाम समेत छन्। सन् २०१३  मा राष्ट्रपति  सी जीन पिङले “एउटा पाटो, एउटा बाटो” (one belt, one road) नामक विशाल पहलको घोषणा गरेकाछन्, जसले युरेसियाको आर्थिक मेरुदण्डलाई बदल्ने क्षमता राख्दछ । एउटा पाटोको अन्तर्वस्तुमा चीनको पश्चिमी भागबाट मध्य एसिया हुँदै युरोप, मध्यपूर्व तथा, दक्षिण एसियासम्म नै रेलमार्गले जोड्ने परिकल्पना छ । अच्चमको नाम दिइएको “एउटै बाटो” का अन्तरवस्तुमा पूर्वी एसियाबाट सामुद्रिक आवतजावतमा वृद्धि गर्न बन्दरगाह तथा अन्य सुविधाहरुको विकास गर्नु र यी मुलुकहरुलाई एउटा पाटोसँग जोड्नु रहेको छ, जसले गर्दा ती मुलुकहरुलाई आफ्ना मालवस्तुहरु अहिलेको जस्तो दुई – दुईवटा महासागर पार गरेर ढुवानी गर्नुको साटो स्थल–मार्ग प्रयोग गर्न सकियोस् ।

    चीनले नेतृत्व गरेको एसियाली पूर्वाधार लगानी बैकंको उद्देश्य अंशत एउटा पाटो एउटा बाटोमा लगानी गर्नु रहेकोछ । तर यस प्रस्तावित नयाँ संस्थासंग भएका श्रोतहरुले सो परिकल्पना साकार पार्न आवश्यक लगानीको मात्रालाई एक छेउ पनि पुरा गर्न सक्दैन । यस बैंकमा सामेल हुन यसै बर्षको सुरुमा संयुक्त राज्य अमेरिकाले अस्विकार गरेको थियो ।
    चीनका योजनाहरुको ठूलो बाह्य आयाम समेत छन्। सन् २०१३ मा राष्ट्रपति सी जीन पिङले “एउटा पाटो, एउटा बाटो” (one belt, one road) नामक विशाल पहलको घोषणा गरेकाछन्, जसले युरेसियाको आर्थिक मेरुदण्डलाई बदल्ने क्षमता राख्दछ । एउटा पाटोको अन्तर्वस्तुमा चीनको पश्चिमी भागबाट मध्य एसिया हुँदै युरोप, मध्यपूर्व तथा, दक्षिण एसियासम्म नै रेलमार्गले जोड्ने परिकल्पना छ । अच्चमको नाम दिइएको “एउटै बाटो” का अन्तरवस्तुमा पूर्वी एसियाबाट सामुद्रिक आवतजावतमा वृद्धि गर्न बन्दरगाह तथा अन्य सुविधाहरुको विकास गर्नु र यी मुलुकहरुलाई एउटा पाटोसँग जोड्नु रहेको छ, जसले गर्दा ती मुलुकहरुलाई आफ्ना मालवस्तुहरु अहिलेको जस्तो दुई – दुईवटा महासागर पार गरेर ढुवानी गर्नुको साटो स्थल–मार्ग प्रयोग गर्न सकियोस्।

    वास्तवमा एउटा पाटो एउटा बाटोले चीनियाँ नीतिमा आएको ठूलो परिर्वतनलाई प्रतिनिधित्व गर्दछ । यस परिवर्तनमार्फत् पहिलो पटक चीन आफ्नो विकासको मोडल अन्य मुलुकहरुमा निर्यात गर्न प्रयत्न गरिरहेको छ । चीनियाँ कम्पनीहरु विगतका दशकहरुमा उत्पादनशील तथा खानीजन्य उद्योगहरुमा लगानी गर्दै र तिनलाई चीनसम्म पुर्याउने पूर्वाधार निर्माण गर्न समग्र दक्षिण अमेरिका एवं सव–सहारन अफ्रिकामा अत्यन्तै कृयाशील रहेको वास्तविकता हो । तर एउटा पाटो एउटै बाटो फरक छ । यसको उद्देश्य चीन भन्दा बाहिर औद्योगिक क्षमता तथा उपभोग्य वस्तुहरुको माग बढाउनु रहेको छ । कच्चा पदार्थको दोहन गर्नुको साटो, चीन आफ्ना ठुला उद्योगहरुलाई कम विकसित मुलुकहरुमा सार्न चाहन्छ, ता कि ती मुलुकहरु अझ सम्पन्न बनुन् र चीनिया उत्पादनहरुको मागमा प्रोत्साहन मिलोस् ।

    चीनियाँ विकास मोडल पश्चिमा मुलुकहरुमा हाल चलनचल्तिमा रहेका भन्दा फरक छ । यो औद्योगिक विकासको मार्ग प्रशस्त गर्ने राज्यद्वारा नेतृत्व गरिरहेको पूर्वाधार (बाटो, बन्दरगाह, विद्युत, रेलमार्ग, विमानस्थल आदि) मा व्यापक लगानी गर्ने नीतिमा आधारित छ । अमेरिकी अर्थशास्त्रीहरु “निर्माण गर तिनीहरु आउँछन्” भन्ने नीतिप्रति असहमत छन, किनभने उनीहरु राज्यको यति ठूलो सहभागिताले भ्रष्टाचार एवं स्व–पोषण (self-dealing) को खतरा  देख्दछन् । तर विगतका केही वर्ष यता, यसको ठीक उल्टो हुने गरी, अमेरिकी एवं युरोपेली विकास रणनीति जनस्वास्थ्य, महिला सशक्तिकरण, विश्व नागरिक समाजको सहयोग तथा भ्रष्टाचार–न्यूनिकरणका उपायहरुमा ठूलो लगानी गर्न लागी परेका छन् ।

    पश्चिमाहरुका यी उद्दे्श्यहरु निसन्देह प्रशंशायोग्य छन् । तर यीनै विषयहरुमा मात्र लगानी गरेर आजसम्म कुनै देश धनी भएको एउटै उदाहरण पनि छैन । दिगो आर्थिक बृद्धिका निम्ति जनस्वास्थ्य एउटा महत्वपूर्ण आधारभूत अवस्था हो तर कुनै स्वास्थ्य केन्द्रमा भरपर्दो विद्युत एवं सफा पानी आपूर्ति हुदैन अथवा त्यहाँसम्म पुग्ने सहज बाटो हुँदैन भने, त्यसले इच्छित परिणाम दिन सक्तैन । चीनको पूर्वाधार–आधारित रणनीतिहरुले चीनलाई उल्लेखनीय उपलब्धि दिएकै हो, र यो रणनीति अन्य पूर्वी–एसियाली देशहरु (जापान, कोरिया, सिंगापूर समेत) ले अवलम्बन गरेका रणनीतिहरुको महत्वपूर्ण अंग रहेको छ । भविष्यको विश्व राजनीतिको अहम प्रश्न प्रष्ट छ – कस्को मोडलले जित्ने ? यदि एउटा पाटो, एउटै बाटोले चीनियाँ योजनाकर्ताहरुको अपेक्षा पूरा गर्‌यो भने इन्डोनेशिया देखि पोलेण्डसम्म संम्पूर्ण युरेसियासम्म नै आगामी पुस्तासम्म परिवर्तन हुनेछ । चीनियाँ मोडल चीन बाहिर जताततै फैलने छ, जसले ती मुलुकहरुको आय बढाइदिनेछ । र, यसरी विश्वका अन्य भागका वृद्धिरहित बजारहरुको विकल्पमा चीनियाँ उत्पादनको मागमा वृद्धि गर्नेछ । प्रदुषणकारी  उद्योगहरुको बोझ पनि विश्वका अन्य भागमा सारिने छन् । विश्व अर्थव्यवस्थाको किनारामा होइन बरु यसको केन्द्रमा मध्य एसिया रहनेछ । र चीनको तानाशाही सरकारको इज्जतमा ठूलो वृद्धि हुनेछ, जसले संसार भरिनै लोकतन्त्रमा ठूलो नकारात्मक प्रभाव पार्ने छ ।

    तर एउटा पाटो एउटै बाटो सफल हुन सक्ने या नसक्ने बारेमा प्रश्न उठाउन सकिने महत्वपूर्ण कारणहरु विद्यमान छन् । पूर्वाधारले डोर्‌याएको वृद्धिले अहिलेसम्म चीनमा राम्रो परिमाण दिएको छ किनभने चीनको सरकारसँग राजनीतिक वातावरणलाई नियन्त्रण गर्ने क्षमता थियो । अन्यत्र यस्तो हुने छैन, जहाँ अस्थिरता, द्वन्द्व र भष्टाचार चीनियाँ योजनाका वाधक बन्नेछन् ।

    वास्तवमा, चीनले क्रुद्ध सरोकारवालाहरु, राष्ट्रवादी झुकावका विद्यायकहरु तथा इक्वेडर, भेनेजुएला जस्ता देशहरुका पिपलपाते मित्रहरुसँग आफु झमेलामा परेको पाइसकेको छ, जहाँ उसको प्रशस्त लगानी भइसकेको छ । चीनले आफ्नै सिनजियाङ् प्रान्तमा असन्तुष्ट मुसलमानहरुलाई खासगरी निषेध र दमनको माध्यमबाट तह लगाइरहेको छ तर यस्तै कार्यनीति पाकिस्तान अथवा कजाखस्थानमा काम लाग्ने छैन।

    यति भन्दाभन्दै पनि यसको अर्थ, अमेरिका एवं पश्चिमी सरकारहरुले आत्मरतिमा रमाई रहनु र चीनको असफलतालाई पर्खेर बस्नु हुदैन । वृहत पूर्वाधार विकासको रणनीति चीन भित्र यसको उपादेयताको सीमासम्म आइपुगेको हुन सक्छ र यो रणनीति अन्य मुलुकहरुमा त्यहि किसिमले उपयोगी नहुन सक्ला, तर विश्वको आर्थिक वृद्धिका लागि यो अझै अत्यन्त महत्वपूर्ण छ ।

    सन् १९५० र १९६० का दशकमा अमेरिकाले पनि ठूला ठूला बाँध र राजमार्गका संजालको निर्माण गर्ने गर्दथ्यो, तर त्यस्ता आयोजनाहरु हाल प्रचलनमा छैनन् । अव आएर यस्ता मामलामा अमेरिकाले विकासशील मुलुकहरुलाई कमै प्रस्ताव गर्ला । राष्ट्रपति ओवामाको उर्जा सम्पन्न अफ्रिका (Power Africa) सम्बन्धी पहल राम्रो छ तर यो यति सुस्त छ कि यो अहिलेसम्म वामे सर्न पनि सकेको छैन । हाइटीमा निर्माण गर्ने भनिएको फोर्ट लिवर्टे बन्दरगाह पनि कुरैमा सीमित रह्यो ।

    अमेरिका एशियाली पूर्वाधार लगानी बैंकको संस्थापक सदस्य बन्नु पर्दथ्यो । यद्यपी अझै पनि सहभागी हुनसक्छ । यसको सहभागिताले चीनलाई वातावरणीय, सुरक्षा तथा श्रमसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई अनुसरण गर्न थप दवाव दिन सक्छ । यसै सन्दर्भमा अमेरिका र पश्चिमा आफैलाई सोध्नु जरुरी छ त्यो के भने पूर्वाधारको निर्माण गर्न किन यति कठिन भयो ? त्यो पनि विकाशशील देशहरुमा मात्र होइन, आफ्ना देशहरुमा समेत । हामीले यसो गरेनौ भने, चीन र यसको विकासको मोडलका सामू हामीले युरेशीया र संसारका अरु महत्वपूर्ण भागहरुलाई सुपर्दगी गनुपर्ने खतरामा पर्नेछौं ।

    जनवरी १२, २०१६

    @projectsyndicate

    अनुवाद : यमनाथ बराल

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: चीनरेशम मार्गवान बेल्ट वान राेडसिल्क राेड
      फ्रान्सिस फुकुयामा

      फ्रान्सिस फुकुयामा

      स्टानफोर्ड विश्वविद्यालयका वरिष्ठ फेलो तथा सेन्टर अन डेमोक्रेसी डेभलपमेन्ट एण्ड रुल अफ ल का निर्देशक हुन् । उनको सबैभन्दा पछिल्लो पुस्तक “पोलिटिकल अर्डर एण्ड पोलिटिकल डिके” हो ।

      Related Posts

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.