Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘बा’ भनेर ढोग्ने अराजनीतिक युवाहरूले एकछिन हल्ला गरे: सुरेन्द्र पाण्डे

प्रकाश अजात प्रकाश अजात
मंसिर ६, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    शनिबार चितवनस्थित राप्ती नगरपालिकाको नेकपाको पार्टी नगर–कमिटीको बैठक सुरू हुँदै गर्दा त्यहाँका मेयर प्रभा बराल बैठकमा छिर्नुभयो । बैठक विरेन्द्रनगरमा हुँदैथियो । उहाँसँगै ८–१० जना केटाहरू पनि बैठकमा पसे । म ती सबैलाई चिन्दछु । ती हाम्रा भोट हाल्ने मान्छे हुन्। पार्टी कमिटीमा रहेका व्यक्ति भने होइनन् । पहिलाको चितवनको जिल्ला कमिटी अध्यक्ष जगन्नाथ थपलियाका छोरा पनि बैठकमा आएका थिए । जगन्नाथ अहिले वाग्मती प्रदेश प्रमुख डोरमणी पौडेलका मुख्य सल्लाहकार छन् । जगन्नाथका छोरा वाग्मती प्रदेशका कृषि मन्त्री दावाँ लामाको पिए र दावाँकै साख्खै छोरीज्वाइँ पनि हुन् । दावाँका अर्को पिए प्रकाश कालाखेती र दावाकै छोरा पनि बैठकमा आएका थिए । केदार आचार्यलगायत त्यहाँ आएका सबै गाउँका ठिटाहरू हुन् ।

    बैठकमा बोल्दै हाम्रो कार्यदलले कसरी सर्वसम्मत रूपमा रिपोर्ट पेस गर्‍यो । पार्टीभित्रको झगडाको आधार कसरी मदन भण्डारी, पुष्पलाल र अन्य नेताका नाममा खोलिएका फाउण्डेसन/प्रतिष्ठानहरू बने भन्नेबारे चर्चा गर्दै थिएँ । फाउण्डेसनहरूका नाममा तलका गतिविधीहरू नगरौं र माथिका कार्यक्रमहरू पनि स्थगित गरौं भनेर पार्टीमा हामीले सिफारिस गरेको र पार्टीले त्यस विषयलाई निर्णय गरिकन सर्कुलर पनि गरेको बताउँदै थिएँ । सोहीबीचमा कार्यक्रममा छिरेका तीनै एक दर्जन हाराहारीका युवाहरूले ‘मदन भण्डारी फाउण्डेसन जिन्दावाद, जबज जिन्दावाद, राजनेता केपी जिन्दावाद’ जस्ता नारा लगाउन थाले ।

    र, बैठकमा मैले पार्टी अध्यक्ष केपी ओली शर्माप्रति कुनै टिप्पणी गरेको पनि थिइनँ । म पार्टीको समस्याका कारणहरूबारे व्याख्या गर्दै मात्रै थिएँ । अन्य समस्याहरूबारे त बैठकमा उल्लेख गरेको पनि थिइनँ । उनीहरूले हल्ला गरेपछि म एकैछिन चुपो लाग्दै हाँसेर बसिरहेँ । एकैछिनमा बैठक सुचारु भयो । फेरि त्यहाँ सबै हाम्रा साथीभाइहरू नै थिए । कार्यक्रम भइरहेको ठाउँ मेरो गाउँ नै हो ।

    त्यो नियोजित रूपमा गरिएको कृत्य थियो । प्रभा बराल बैठकमा आसन ग्रहण गर्दा मात्रै होइन, उनले भाषण गरिरहँदा पनि बारम्बार ताली पिट्दै थिए यी ठिटाहरू । पहिलेदेखि नै अलि अस्वभाविक देखिएको थियो उनीहरूको त्यस्ताे गतिविधी । यिनीहरू सुनियोजित रूपमा कार्यक्रममा आएका हुन् कि भन्ने आशंका लागिरहेको थियो । यो अराजनीतिक घट्ना हो । अराजनीतिक संस्कारलाई मदन भण्डारीका नाममा अघि बढाएर मदन भण्डारीको इज्जतलाई लिलाम गर्ने काम हो यो ।

    मदन भण्डारी हाम्रा पार्टीका श्रद्धेय महासचिव हुनुहुन्थ्यो ।भण्डारी त पार्टीको साझा नेता हो नि ! पार्टीको कुनै एक व्यक्तिको नेता हो र ? जननेता भनेर हामी सबैले निर्णय गरेका हौं । उहाँ बित्दाखेरी पार्टीका यस खालका गुटहरू पनि थिएनन् । कसैले मदन भण्डारी मेरो नीजि पेवा हो भनेर हुन्छ र ? यो नित्तान्त गैरराजनीतिक प्रवृत्ति हो ।

    माक्सर्वाद र लेनिनवादका कुराहरूको रक्षा गर्ने विषय पो राजनीतिक विषय हो । पुष्पलाल, मदन भण्डारीलगायतका सबै नेताहरूको विचारको प्रचार गर्ने पाे हाे हामीले । गैरराजनीतिक तरिका अवलम्बन गर्ने त होइन नि । यो त पंचायतले सिर्जना गरेको अराजनीतिक संस्कृति जस्तै भयो ।

    केपी ओलीलाई नेता मान्नेहरूमा उहाँलाई ‘बा’ भनेर ढोग्ने एउटा चलन विकसित छ । नेतालाई बा, आमा, काका र मामा भन्ने व्यक्तिहरू राजनीतिक संस्कृति भएका व्यक्ति होइनन् । राजनीतिक नेतालाई त नेताका रूपमा सम्मान गर्ने पो हो । तर कुनै अवसरमा ओलीलाई भेटे भने ‘बा’ भनेर हातमा ढोगिदिन्छन् यी केटाहरूले । अाज बैठकमा हल्ला गर्नेहरू त्यस्ता खालका युवाहरू हुन् ।

    व्यक्तिगत रूपमा कसैलाई बा-आमा भन्न पनि नपाइने होइन । तर पार्टीका हिसाबमा त कोही पनि बा र हजुरबा हुन्नन् । पार्टीका त आफ्ना माैलिक संस्कृति हुन्छन् । समाजमा हामी कसैलाई भेट्दा नमस्कार भन्छौं । समाजमा अनेक आदरार्थी शब्दहरू छन् । कोही जय नेपाल भन्छन् । कोही अभिवादन भन्छन् । कोही लाल सलाम भन्छन् । आफ्ना–आफ्ना पार्टीमा सम्मान र अभिननन्द गर्ने जनाउने शब्दहरू छन् । प्रहरीमा जय नेपाल भन्छन् । आर्मीमा ‘सलाम साप्’ भन्छन् । सम्मानका सबैका आफ्ना विधी छन् । सलाम् साप् भन्ने ठाउँमा बा भनेर कमाण्डर इन चिफको हात ढोग्न थालियो भने सैनिकको इज्जत र संचालनको अवस्था के होला ?

    पाँच जना एकातिर र ओली एकातिर हुँदा अहिले केपी शर्मा ओली अल्पमतमै देखिनु भएको छ । यसको व्याख्या गर्नै पर्दैन । स्थायी रूपमा अल्पमत या बहुमत के हो, म जान्दिनँ । त्यो पार्टीभित्रको स्थायी कुरो पनि होइन । पार्टीका इस्युहरूमा भएका बिमतीहरू सहमतीमा रूपान्तरण हुँदै पनि जान्छन् । त्यस क्रममा कोही यता उभिन्छन्, कोही उता उभिन्छन् । त्यसो हुनाले बहुमत भएकाहरूले पनि ‘अब हाम्रो बहुमत भयो, अब ठटाउँछु’ भनेका छैनन् । अल्पमतमा हुनुपर्नेले पनि आत्तिनुपर्ने कुरा छैन । पार्टीको बैठकमा जाने, निर्णय गर्ने र पार्टीको बैठकले गरेका निर्णयअनुसार काम गर्ने हाे । यत्ति त हो नि पार्टीभित्रका अाजका समस्या । त्यो मान्नेवित्तिकै पार्टीमा के समस्या छ र ? नीति र विचारको बारेमा कहिँ बहस छ र अहिले ?

    समाजवाद उन्मुख जनताको जनवाद भन्या छ । कसैले त्यसमा नाइँनास्ती गरेको छैन । वैचारिक कुनै कुरा छ भने महाधिवेशनमा छलफल गर्ने भनेर भनेकै छौं । अहिले पार्टी चल्नुपर्ने त पार्टीको विधिअनुसार होइन र ? विधी, पद्धती, संगठननिर्माणका सिद्धान्त पनि पार्टीकै विचारको अंग हो । त्यो राजनीतिक र वैचारिक कुरा पनि हो । जस्तो कि राजावादीहरू राजा नै सर्वेसर्वा हो भन्छन् र त्यही कुरो नै उनीहरूको विचार हो । राजतन्त्र या राजा भनेको एउटा संगठन पनि हो नि । त्यसको नेतृत्वकर्ता राजा हुन्छ । त्यो एउटा संगठन पनि हो र विचारको पक्ष पनि हो ।
    कम्युनिष्ट पार्टी र अन्य पूँजीपति पार्टीहरूले पनि व्यक्तिलाई विचारको केन्द्रविन्दु मान्दैनन् । र, कमिटी निर्माण गर्दछन् । र, कमिटी निर्माणको आधारमा नेतृत्व बनाउँदै र फेर्दै जान्छन् । संसारभरीको चलन हेर्दा पनि संगठन बनाउने कुरो पनि एउटा स्विकृत सिद्धान्तकै आधारमा हुन्छ । कतिपय मान्छेहरू त्यसलाई नबुझेर संगठन निर्माणको कुरा केबल प्राविधीक कुरो हो भन्ठान्छन् । त्यस्तो होइन ।

    आज देखिएको प्रवृत्ति अराजनीतिक हो । यसले न पार्टी बनाउन मद्धत गर्छ, न पार्टी संस्कार नै विकास हुन्छ । यस्ता गतिविधिहरू निन्दनीय छन्।

    (नेकपा स्थायी कमिटी सदस्य पाण्डेसँग शनिवार साँझ गरिएको टेलिफोन कुराकानीमा आधारित)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.