Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

केरला शास्त्र साहित्य परिषद केरला शास्त्र साहित्य परिषद
मंसिर ११, २०७७
- समाचार, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बर्खाको एक घमाइलो दिन कुरुले नगरपालिकाका मेयर दण्डपाणी विक्रम शाह खेततिर जाँदै थिए। बाटोमा उनले एउटा ढुङ्गो भेटे। ढुङ्गो घाम जस्तै धपक्क बलिरहेको थियो।

    “म सूर्य देवता हुँ” एउटा आकाशवाणी सुनियो। “बरदान माग।”

    दण्डपाणीका सन्तान थिएनन्, एउटी छोरी जन्मेकी थिई  तिनको न्वारान नहुँदै मृत्यु भएको थियो। त्यसपछि उनकी श्रीमतिको गर्भ बस्न सकेको थिएन।  “मलाई एउटा सन्तान चाहिन्छ” उनले भने। तुरुन्तै उनको पेट बढ्न थाल्यो।” म? म?”  दण्डपाणी अक्मक्किए। “मलाई सन्तान चाहिँदैन” उनले भने।

    “तिमीलाई चाँहिदैन ?” घामजस्तै बलिरहेको ढुङ्गोले सोध्यो।

    “होइन,  होइन ‍…  पुरुषको काम बच्चा जन्माउने होइन।”

    “के बच्चा जन्माउन विष्णु भगवानले मोहिनीको रुप धारण गरेको तिमीलाई थाह छैन? अब तिम्रो पालो।” सूर्य देवता हाँसे। यो समाचार एकैछिनमा भाइरल बन्यो।

    विस्तारै दण्डपाणीको पेट बढ्न थाल्यो। उनलाई चाडै थकाइ लाग्न थाल्यो। भोक पनि चाँडै लाग्न थाल्यो। बिहानै वान्ता पनि गर्नथाले। यी सबै कुराहरु उनकी श्रीमति पार्वतीले कसरी सहिन् होला उनले विचार गर्न थाले। छोरी जन्माउँदाको व्यथा लाग्दा उनकी श्रीमतिले निक्कै चिच्याएको कारण उनले अहिले बुझ्न थाले।

    पार्वती गर्भवति हुँदा गाग्रीमा पानी ओसार्थिन्, दाउरा बोक्थिन्, खाना पकाउथिन् र बच्चा जन्माउने दिनसम्म खेतको काममा सघाउँथिन्। तर दण्डपाणी सानातिना काम गर्दा नै थाक्छन्। उनलाई श्रीमतिले कपडा लगाइदिनसमेत सघाउनु पर्छ। अहिले उनलाई पार्वती गर्भवती हुँदा सहयोग नगरेकोमा निकै पछुतो लागेको छ।

    अब बच्चा जन्माउनेबेला उनलाई मर्छु जस्तो लाग्न थालेको छ। उनलाई सुर्ता लाग्न थाल्यो। उनले नगरसभा बोलाए। सो भेलामा उनलाई हेर्न भनेर पनि धेरै गाउँलेहरु आए। धेरै महिलाहरु पनि भेला भए। स्वास्थ्य कार्यकर्ता र अनमी दिदीहरु पनि आए। एकजना बुज्रुक उठेर भने “हाम्रो भेगमा धेरै महिलाहरु बच्चा जन्माउँदा मर्छन्।”

    “र, धेरै बच्चाहरु पनि मर्छन्” एक महिलाले तुरुन्तै थपिन्। “यत्रो दुख र पीडा सहेर पनि बच्चा गुमाउनु कति दुखलाग्दो हो” – मेयरले अर्थ्याए। सबै गाउँलेले एकै स्वरमा “हाम्रा मेयरलाई यस्तो हुनुहुन्न” भने।

    स्वास्थ्य कार्यकर्ताले भने “सबैभन्दा महत्वपूर्ण  कुरा गर्भवतीलाई प्रशस्त खाना र आरामको जरुरत पर्दछ।” तब दण्डपाणीले आदेश दिए “सबै गर्भवती महिलालाई केही न केही विशेष खाना खुवाउन सरकारले नभएपनि हामी आफैले भएपनि अण्डा दूध सागसव्जी उपलव्ध गराउनु पर्छ र तिज आउन लागेको छ भोकभोकै ब्रत बस्न दिनुहुँदैन। ब्रत नबसेपनि हुन्छ बसे नै पनि बच्चा दुई वर्ष नाघेपछि बसे हुन्छ।”

    अनमी दिदीले भनिन् “सबै गर्भवति महिलाले दुई पटक टिटानशको खोप लिनुपर्छ।” दण्डपाणी मेयर भएपनि सुई लगाउने कुरा सुन्नासाथ औधी डराए। तैपनि उनले भने “त्यसोभए नगरका को को गर्भवतीले टिटनेसको सुई लगाएका छैनन् त्यसको लगत बनाई  बाकीँ रहेका सबैलाई लगाउनु परो।”

    र, सोही भेलमा हरेक महिनाको एक दिन सबै गर्भवती महिलाहरु नगरपालिका भवनमा भेला हुने र नर्सबाट खोप लिन निर्णय पनि गरियो।

    त्यसपछि स्वास्थ्य कार्यकर्ताले थपे “एउटा कुरा बिर्सिएछ, त्यो के भने सबैभन्दा बढी जोखिम बच्चा जन्माउने वेथा लागेपछि हुनसक्छ। तर तालिमप्राप्त धाइ वा स्वास्थ्यकार्यकर्ताको सहयोग लिएमा साधारणतया खतरा टर्न सक्छ।”

    तर त्यस पालिकामा सुत्केरी गराउने तालिम ककसले र कतिले लिएका छन्, त्यसबारे मेयरलाई थाहा थिएन। सोधखोज गर्दा जम्मा दुईजनाले तालिम लिएको पत्तो लाग्यो। अरु दुईजनालाई तुरुन्तै तालिम पठाउने निर्णय पनि त्यसैबेला गरियो।

    “अब उप्रान्त कुरुलेमा बच्चा जन्माउँदा तालिमप्राप्त धाइ वा स्वास्थ्य कार्यकर्ताको सहयोग लिनैपर्छ” उनले घोषणा गरे।

    त्यस वर्ष कुरुलेमा जन्मेका सबै बच्चा जिउँदै र स्वस्थ जन्मिए। अलिकति जटिल आउने सम्भावना भएकालाई धरानको घोपा अस्पतालमा पठाइयो। सबै श्रीमानहरुले धेरैजसो समयमा आफ्ना गर्भवती श्रीमतिको स्वास्थ्यलाई ध्यान दिइरहे र आवश्यक परेका बेला स्वास्थ्य कार्यकर्ताको सेवा मागे। कुरुले नगरका मेयरका यस्तो अभियान सुनेर जिल्लाका अरु नगरपालिकाका जनताहरुले अर्को पटक दण्डपाणी जस्तै मेयर वा मेयर छान्ने भनेर चर्चा गर्न थाले।

    अन्तमा दण्डपाणीको गर्भ ९ महिनाको भयो र बेथा लाग्यो।” च्याहाँ, च्याहाँ” नवजात शिशु रुयो।” मेरो छोरा!  म तिम्रो आमा! …  हैन हैन म बुबा हुँ” दण्डपाणीले भने।

    “आहा छोरी पो जन्मिन्छन्” धाइ दिदीले भनिन्। दण्डपाणी खिस्रिक्कै परे। भगवानले उनलाई धोखा दिए। तर नगरपालिका सदस्यहरु भेला भई दण्डपाणीलाई भने “धन्दा नमान्नुस्!  हामी सुर्य देवतालाई समाउँछौं र अर्को पटक छोरै हुनुपर्नेमा कबूल गराउँछौ।”

    फेरि गर्भवती हुनुपर्ने सोचेर दण्डपाणी चिन्तित भए। उनलाई पुरुष भएर पनि गर्भवती हुनुमा पीर थिएन। तर फेरि उही दुख र सास्ती उनका लागि अति नै हुन्थ्यो। “छोरा या छोरी यसले के फरक पार्छ र?” दण्डपाणीले भने। “यदि भगवानले अर्को दिएपनि कसलाई पो चाहिएको छ र? छोराले गर्नसक्ने छोरीले चै नसक्ने त्यस्तो कै नै पो छ र? म मेरो छोरीलाई धेरै पढाउने छु र छोरी कमजोर भन्ने आखिर हाम्रो सोचाइ गलत न हो।”

    यस्तो कुरा सुनेर पार्वती साँच्चै खुशी भइन्। तर उनका नातेदार र बुज्रुकहरुले अझै छोरा पाउन जोड दिन्छन् कि भन्ने डर थियो। उनीहरुले कुनबेला विचार फेर्ने हुन् कसैलाई थाहा थिएन।

    त्यसकारण दण्डपाणीले नगरपालिकाको बैठक बोलाएर घोषणा गरे, अब उनले सबैकुरा बुझिसकेका थिए। “सबैले ध्यान दिएर सुन्नुहोस्! कुनै पनि आमाले दुईभन्दा बढी बच्चा जन्माउँदा उनको स्वास्थ्य खतरामा पर्नसक्छ। हामी निर्वाचित सदस्यहरुले पनि यो कुरा बुझौं, हाम्रो थप जिम्मेवारी भनेको महिलाका दुई सन्तान जीवित र स्वस्थ हुर्काउन सहयोगी वातावरण मिलाउनु पनि हो। यदि सन्तान जीवित र स्वस्थ भए उनले दुईभन्दा बढी सन्तान जन्माउने छैनन्।”

    केरला सास्त्र साहित्य परिषदद्वारा वितरित एक पुस्तिकाबाट,अनुवाद: दामोदर उपाध्याय।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      केरला शास्त्र साहित्य परिषद

      केरला शास्त्र साहित्य परिषद

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      नेपाल रिडर्स
      फाल्गुन २५, २०८०

      वीर अस्पताल नेपालको सबैभन्दा पुरानो ऐतिहासिक अस्पताल हो। यो अस्पताल वि.सं. १९४७ साउन १२ गते वीर शम्शेरको पहलमा स्थापित भएको...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      कोमल भट्टराई
      माघ ३, २०८०

      कथाराम्भ केही दशकअघि त्यहाँ हजुरआमा थिए, आमा–काकी–फुपू थिए, दिदिबहिनी–दाइभाइ थिए। सिकर्मी र डकर्मीका सिप भएका तामाङ् थिए। गडीको डाँडामुनि दाहाल...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.