Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

लाजमर्दो भयो, आत्मालोचना गर्दै अघि बढौं

लेखनाथ न्यौपाने लेखनाथ न्यौपाने
मंसिर ७, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पार्टी आफ्ना जिम्मेवारी, उद्देश्य र संस्कृतिहरूबाट च्युत भएपछि सोही विषयमा अन्र्तसंघर्ष र लडाईँ हुनेगर्छ। र, कम्युनिष्ट चरित्र, नैतिकता, मुल्य र मान्यताबाट क्रमिक रुपमा अहिले नेकपा च्युत हुँदैछ। नोकरशाही संयन्त्रमा यो बदलिँदैछ भन्ने अभिव्यक्ति हुन् पछिल्ला घट्नाक्रमहरू। सत्तामा हुँदा र नहुँदा जोकसैको अभिव्यक्ति, कार्यशैली र व्यवहारहरू फरक हनेगर्छ। सत्तामा हुनेले सत्ताको डण्डा प्रयोग गर्छ र तर्साउन खोज्छ। डण्डा लगाएर जोकोहीलाई नियन्त्रण गर्न खोज्छ। किनभने उसँग स्रोत र साधन हुन्छ। वैधानिक रूपमा शक्तिको प्रयोग गर्ने अधिकार उसँग हुन्छ। त्यसो हुँदा सत्ताले शक्ति दुरुपयोग गर्ने गरेको प्रष्टै देखिन्छ। सत्तामा नभएकाहरूको त्यति चुरीफुरी नभएता पनि उसले पनि शक्ति प्रयोगको अभ्यास गर्छ।

    नेकपाका नाममा हामीले प्राप्त गरेको जनमत ‘वामपन्थीहरू इमान्दार हुन्छन्’ भनेर प्राप्त जनमत हो। देशका दुई ठूला पार्टी मिलेपछि प्राप्त जनमत हो। त्यस्तै, कम्युनिष्ट पार्टीले अहिलेसम्म बहुमत पाएर एकल सरकार चलाउन पाएनन्। अब पाए भने सापेक्षित रूपमा सुविधा देलान् भन्ने आशा र विश्वास जनतालाई नेकपाले जनमत पाएको हो। त्यतिमात्र होइन, अरु पार्टीभन्दा कम्युनिष्टहरू इमान्दार हुन्छन् भनेर प्राप्त गरेको जनमत हो यो। तर त्यस रूपमा मुख्यतः प्रधानमन्त्री र मन्त्री हुने साथीहरूले समस्यालाई बुझ्न खोजेको जस्तो लाग्दैन। यत्रो जनमतलाई उल्टो अनादर पो गरिँदै छ।

    राजनीतिक स्थायित्वका निम्ति कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुमतको सरकार भनेर मत माग्ने तर पार्टीभित्र चाहिँ मत मिलाउन नसक्ने, पार्टीभित्र एकमत नहुने, पार्टीका बैठकहरू नै नहुने, बैठकभित्र छलफल नहुने, छलफलभित्र आलोचना नहुने, बैठकभित्र राम्रा कुराहरूलाई संस्थागत गर्न नसक्ने, आफ्ना नराम्रा कुराहरूको आलोचना सुन्न नसक्ने, शक्तिकेन्द्रहरूका ढोका चहार्ने र अरु पार्टीहरूसँग सहकार्य गर्न पाइला बढाउने! परम्परागत संसदीय व्यवस्थाको अभ्यासका क्रममा हामीले २०४८ र २०६२ का बीचमा जे ब्यहोर्यौं‍, त्यही विषयलाई फर्काउने र दोहोर्‍याउने चेतना हो अहिलेका गतिबिधीहरू।

    यसबाट निस्कने या समस्या समाधान गर्ने तरिका हो, केन्द्रीय कमिटीको बैठक बस्ने र हामीमा भएका समस्याका बारेमा छलफल गर्ने। त्यसमा आलोचना र आत्मालोचना दुबै हुन्छ। आत्मालोचना र आलोचनाका विषयलाई केन्द्रमा राखेर कमिटीहरूका बैठक बस्नुपर्‍यो। हामीले जनताका बीचमा जे प्रतिवद्धता जाहेर मत प्राप्त गरेका छौं, त्यो मतलाई कुनै पनि तरिकाले गलत प्रयोग र परिभाषित गर्ने काम गर्नु भएन। त्यति गर्ने हो भने नेकपा भित्रका समस्याहरू सापेक्षित रूपमा हल हुन्छ। र, हामीले त्यसबाट एउटा जग निर्माण गर्न सक्नेछौं भन्ने पनि लाग्छ।

    कम्युनिष्ट पार्टीमा कमिटी, सामूहिक निर्णय, सामुहिक छलफल र कमिटीको निर्णयलाई इमान्दारीपूर्वक सदस्यहरूले मान्ने र बोक्ने संस्कृति हो। त्यो संस्कृतिमा हामी प्रवेश गर्नै चाहेनौं। कम्युनिष्ट चरित्रहरूबाट च्युत हुने भनेको यही हो। हाम्रो विधान र ऐतिहासिक परम्पराका हिसाबले पनि दुईटा महाधिवेशनका बीचमा दुईवटा शक्तिसाली संरचना भनेको केन्द्रीय कमिटी नै हो। केन्द्रीय कमिटीबाटै हाम्रो कार्यविभाजन हुन्छ। चाहे त्यो अध्यक्ष बनाउने कुरो होस्, चाहे, अरु कार्यविभाजन हुन्।

    सर्वसम्मत निर्णय नहुने अवस्थामा मत विभाजनबाट निर्णय गर्ने कुरो पनि केन्द्रीय कमिटीबाहेक अन्यत्र छैन। त्यसो हुँदा, हामीले साँच्चै पार्टी चलाउन खोजेको हो, जनताको सेवा गर्न खोजेको हो र हामीले यसलाई श्रमिक, मजदुर र आम जनताको रूपमा पार्टीलाई स्थापित गर्न खोजेको हो भने कमिटीका बैठक र सामुहिक छलफलबाट निस्केका निष्कर्सलाई आत्मसाथ गर्ने र कार्यान्वयन गर्नुको विकल्प छैन। यदि यो कुरा मान्न हामी तयार छैनौं भने हामी कम्युनिष्ट चरित्र छाडेर बुर्जुवा चरित्रमा बदलिएका छौं, स्खलित भयौं भन्ने बुझिन्छ।

    र, अरुलाई आलोचना गर्नुपूर्व हरेकले आत्मालोचना गर्ने हो भने समस्या समाधानतर्फ त्यो नै महत्वपूर्ण पाइला हुन्छ। तर अहिले पार्टीमा आत्मालोचना कसैले नगर्ने तर आलोचना मात्रै गर्ने हुँदा त्यो अप्रिय दिशातर्फ गइरहेको छ । बैठक छल्ने र संसद बिघटनको घुर्की लगाउनेजस्ता विषयहरू निश्चय नै अप्रिय हुन्। तर हिजो म राज्यसत्ताको प्रथम व्यक्ति हुँदा मैले कसरी काम गरें भनेर सम्बन्धित व्यक्तिहरूले आफ्नो पनि गम्भीर मूल्यांकन गर्नुपर्छ। त्यसैले अब नकारात्मक विषयलाई शिक्षाका रूपमा ग्रहण गर्ने र नदोहोर्‍याउने प्रतिवद्धता गर्नु आवश्यक छ। अरुलाई कमजोर बनाएर, खुइल्याएर र आलोचनाका निम्ती आलोचना गरेर मात्र त समस्या समाधान हुँदैन। त्यसो हुँदाखेरि आत्मालोचनाको प्रक्रियाबाट समस्या समाधानतिर लाग्नुपर्छ।

    हुन त अहिले कम्युनिष्टको नाम र नेतृत्वमा जुन सरकार बनेको छ, त्यसको रूप, रंग र ढंग कम्युनिष्टको जस्तो छैन। कम्युनिष्ट पार्टी पनि यस्तो पनि हुन्छ र ? यत्रो लोकप्रिय मत पाएको कम्युनिष्ट सरकारले गर्ने काम पनि यस्तो हुन्छ र भन्दै मान्छेहरू हाँसेका छन्, ठट्टा गरेका छन्  हाँसीमजाक गरेका छन्। त्यो टुलुटुलु हेरेर बस्न बाध्य छन् तमाम कार्यकर्ताहरू छन्। यो बिडम्बना हो।

    कमिटी र सत्ता अलग हो। आलोचना गर्दा कमिटीको हैसियतमा आत्मालोचना गर्नुपर्छ। जस्तो कार्यविभाजनमा एउटा अध्यक्ष प्रधानमन्त्री छन्। उनले सरकारमा गएर गरेका कामहरूमा पनि टन्नै कमजोरी भएका छन्। सार्वजनिक टिप्पणी भइका छन्। सुशासन र पारदर्सिताका बारे प्रश्न उठेका छन् भने त्यसबारे आत्मालोचना गर्नुपर्छ प्रधानमन्त्रीले। त्यसपछि पार्टीका हामी सबै नेताकार्यकर्ता भएकाले हाम्रा पनि केहि न केही सीमा र समस्याहरु छन्। त्यस बारेमा हामीले पनि आफ्ना कमिटीसमक्ष आत्मालोचना गर्नुपर्छ। पहिले गल्ती गरें, अब म पुराना संस्कृति दोहोर्या‍उन्न भन्ने संस्कृति नै आत्मालोचनाको संस्कृति हो। तर कसैलाई देखाउन र तत्काल समस्याहरूबाट भाग्नका लागि गरेर मात्र आत्मालोचना गरेर पनि हुँदैन। सच्चिन र रुपान्तरणका लागि आत्मालोचना अत्यावश्यक छ।

    व्यक्तिका आफ्ना स्वभाव हुन्छन्। आलोचना सहनै नसक्ने, जसले आफ्नोबारे मिठो गीत गाइदियो, त्यसलाई नियुक्ति दिने कुरा गैरकम्युनिष्ट संस्कृति हो। ओलीमा जर्वजस्त गैरकम्युनिष्ट चरित्र देखियो। अरुभित्र पनि देखिन बाँकी छ। विस्तारै त्यो चरित्र संगठीत हुँदैछ, त्यसलाई पनि बिर्सन हुँदैन। सत्तामा हुँदाखेरि व्यक्तिको वास्तविक चरित्र अल्लि बढी देखिन्छन्। तर ओली र प्रचण्डमा उति धेरैथोरै फरक छैन। ठूल्दाई र माइला दाइ होलान्, हुनलाई दुबै दाइ नै हुन्।
    (नेपाल रिडर्सले न्यौपानेसँग गरेको कुराकानीमा आधारित)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      लेखनाथ न्यौपाने

      लेखनाथ न्यौपाने

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.