Date
मङ्ल, फाल्गुन २६, २०८२
Tue, March 10, 2026
Tuesday, March 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आज अमेरिकामा निर्वाचन: यस्ता छन् ‘इलेक्सन डे’ देखि ‘इनागुरेसन डे’ सम्मका तथ्य

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक १८, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संसारकै शक्तिशाली राष्ट्र अमेरिकामा आज आगामी चार वर्षे कार्यकालका लागि राष्ट्रपतीय निर्वाचन हुँदैछ। हरेक चार वर्षमा नोभेम्बर महिनाको पहिलो मंगलबार हुने ‘इलेक्सन डे’ मा यसपटक परम्परावादी रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुभवी डेमोक्रे्याट नेता तथा पूर्व उपराष्ट्रपति जो बाइडनको सामना गर्दैछन् ।

    यो निर्वाचनमा निर्णायक मानिने ८ वटा राज्यमध्ये ६ वटा जो बाइडेन बलिया देखिएका छन् । यी राज्यमा अघिल्लो निर्वाचनमा ट्रम्पले जित हासिल गरेका थिए । फ्लोरिडा, पेन्सिलभानिया, मिशिगन, एरिजोना, नर्थ क्यारोलिना, इओवा, विस्कन्सिनजस्ता राज्यमा बाइडेन अघि देखिएका छन् भने ओहियोमा ट्रम्पको पकड कायमै देखिन्छ ।

    सन् २०१६ मा ट्रम्पले जितेका ‘ब्याटल ग्राउन्ड’ मानिने फ्लोरिडा, जर्जिया, इओवा, मिशिगन, नर्थ क्यारोलिना, पेन्सिलभानिया, विस्कन्सिनमा बाइडेन फराकिलो अन्तरले अघि देखिएका छन् । टेक्सास र एरिजोनामा ट्रम्पको पकड अझै कायम देखिएको छ । यद्यपि यी राज्यमा बाइडेनसँग कडा प्रतिस्पर्धा देखिएको छ । यसपटकका मत सर्वेक्षणमा बाइडेन ट्रम्पभन्दा करिब १० प्रतिशतले अगाडि देखिएका छन् ।

    विश्वकै शक्तिशाली देश भएका कारण अमेरिकाले लिने हरेक निर्णयले अमेरिका र अन्य देशमा समेत ठूलो असर पर्छ । त्यसैले संसारको लामो र झन्झटिलो अमेरिकी राष्ट्रपतिको निर्वाचनमा संसारभरको चासो देखिन्छ । अन्य राजनीतिक पार्टीहरु पनि अस्तित्वमा रहेपनि रिपब्लिकन र डेमोक्रेट पार्टीबीच नै मुख्य प्रतिस्पर्धा हुन्छ भने यी दुई पार्टीबाट नै राष्ट्रपति निर्वाचित हुन्छन् ।

    बाइडन एक अनुभवी राजनीतिज्ञ हुन् । उनी बाराक ओबामाको कार्यकालमा आठ वर्ष उपराष्ट्रपति भए । यसवर्ष राष्ट्रपति पदका उम्मेदवार ट्रम्प ७४ वर्ष र बाइडन ७८ वर्षका छन् ।

    यसरी छानिन्छ विजेता
    अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुवै उम्मेदवारले सबैभन्दा धेरै इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलको सबैभन्दा बढी मत ल्याउनका लागि प्रतिस्पर्धा गर्छन् । अमेरिकाको प्रत्येक राज्यमा इलेक्टोरल कलेज मत निर्धारण गरिएको छ । जम्मा ५३८ वटा इलेक्टोरल कलेज मत रहेको अमेरिकामा जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्न सक्छ त्यही उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुन्छ ।

    यसको अर्थ मतदाताले राज्यमा इलेक्टोरल कलेजका लागि मतदान गर्छन् । सोही कारण अमेरिकामा राष्टयसको अर्थ मतदाताले राज्यमा इलेक्टोरल कलेजका लागि मतदान गर्छन् । सोही कारण अमेरिकामा राष्ट्रव्यापी रुपमा बढी मत प्राप्त गरेपनि राष्ट्रपतिमा निर्वाचित हुन इलेक्टोरल कलेजमा नै जित हात पार्नुपर्छ ।

    सन् २०१६ मा हिलारी क्लिन्टनले ट्रम्पले भन्दा बढी मत ल्याएकी थिइन् । तर उनी राष्ट्रपति बन्न सकिनन् । अमेरिकाका ५० मध्ये ४८ राज्यमा जसले जित्यो त्यहाँको सबै इलेक्टोरल कलेज मत उसैको हुने प्रावधान छ ।

    त्यसैले अमेरिकामा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका पकड भएका निश्चित राज्यभन्दा दुवै पार्टीले जित हासिल गर्नसक्ने र मतदाताको मत परिवर्तन भइरहने राज्यमा चुनाव प्रचार केन्द्रीत हुन्छ । यस्ता राज्यहरूलाई ‘ब्याटल ग्राउन्ड स्टेट्स’ भनिन्छ

    राष्ट्रपतिको मात्रै निर्वाचन होइन
    राष्ट्रपतिको निर्वाचन भनिएपनि यसले एक जनालाई राष्ट्रपति मात्रै निर्वाचित नगरेर अमेरिकी संसदको सदस्य समेत निर्वाचित हुन्छन् । तल्लो सदन हाउस अफ रिप्रिजेटेन्टिभ्समा डेमोक्रे्याटहरूको बहुमत रहेको छ । त्यसैले तल्लो सदनको बहुमत कायमै राखेर माथिल्लो सदन ‘सिनेट’ मा पनि आफ्नो पकड बलियो बनाउने अभियानमा डेमोक्रयाटहरु छन् ।

    संसद्को दुवै सदनमा बहुमत भएमा डोनल्ड ट्रम्प पुनः निर्वाचित भएपनि उनका योजनामाथि नियन्त्रण कायम गर्न सक्छन् । यो वर्ष तल्लो सदनमा सबै ४३५ स्थानका लागि र सिनेटको ३३ स्थानका लागि पनि मतदान हुनेछ ।

    निर्वाचन परिणाम
    मतदानका बेला खसेको प्रत्येक मत गन्नका लागि केही दिन समय लागेपनि मतदान सकिएको रातिदेखि भोलिपल्ट बिहानसम्ममा को विजयी हुन्छ भन्ने स्पष्ट भइसक्छ । अघिल्लो निर्वाचनमा मतगणना छिटो भएपनि यस वर्ष हुलाकबाट मतदान गर्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएकाले अन्तिम मतपरिणाम आउन केही दिन ढिला हुनसक्छ । सन् २००० मा मतदान सकिएको १ महिनापछि सर्वोच्च अदालतको फैसलापछि मात्रै निर्वाचनको विजेता घोषणा भएको थियो।

    नयाँ राष्ट्रपति निर्वाचित हुनेले आगामी सन् २०२१ को २० जनवरीमा ‘इनागुरेशन डे’ का दिन राष्ट्रपतिको शपथ लिन्छन् । बाइडेन निर्वाचित भएका उनले आफ्नो सरकारका सदस्यहरू नियुक्त गर्न र योजनाहरू बनाउन यो संक्रमणकालीन समयलाई उपयोग गर्न पाउनेछन् । राजधानी वाशिङ्टन डीसीस्थित क्यापिटल भनिने संघीय संसद् भवनबाहिरको विशाल भर्‍याङका खुड्किलाहरूमा शपथ समारोह आयोजना गरिन्छ । लोक संवाद

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.