Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कृषिमा विज्ञान र प्रविधि: माटो नछुने किसान

धीर भण्डारी धीर भण्डारी
साउन ८, २०७५
- विचार, समाचार
A A
0
प्रविधिको कमाल, कपास फार्म जहाँ एक मिटरभन्दा बढी अग्लो बोट नै देखिँदैन

प्रविधिको कमाल, कपास फार्म जहाँ एक मिटरभन्दा बढी अग्लो बोट नै देखिँदैन

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    शीर्षक पढ्दा अलि अनौठो लाग्यो होला तपाईंलाई, माटो नछुने पनि किसान हुन्छ? यो त असम्भव । किनभने हामी नदेखेको र नभोगेको कुरा पत्याउँदैनौँ, कल्पना भनि दिन्छौँ । कुरा ठीकै पनि हो यथार्थमा परिणत भएर देख्न र भोग्न नपाएसम्म त त्यो कल्पना वा सपना नै हुन्छ । तर आज मानिसले कल्पनै गर्न नसकेका धेरै कुरा यथार्थ हुँदै गएका छन् । विज्ञान र प्रविधिको तीव्र विकास अनि आधुनिक व्यवस्थापन कलाका कारण असम्भवहरु सम्भव हुँदै छन् । कृषि क्षेत्र पनि यी सम्भावनाबाट अछुतो छैन ।

    प्रविधिको कमाल, कपास फार्म जहाँ एक मिटरभन्दा बढी अग्लो बोट नै देखिँदैन

    कृषि प्रविधि र यान्त्रीकरणले जमिनको उत्पादनशक्तिलाई ह्वात्तै बढाइदिएको छ एकातिर भने अर्कोतिर वर्षैभरि जुनसुकै ठाउँमा जुनसुकै बाली उत्पादन गर्नसक्ने सम्भावना देखिँदै छ । विज्ञान र प्रविधिको विकासले किसानको कार्यक्षमता, कार्यशैली र कृषि प्रणालीमा अकल्पनीय विकास भएको छ । माटो नछोइकनै र खेत नटेकीकनै खेती गर्न सकिने सम्भावना बढेको छ । माटै नछुने मानिस पनि कृषक बनेर जमिनबाट चाहेको कुरा उब्जाउन र आय आर्जन गर्न सक्ने भएका छन् । यान्त्रीकरण र प्रविधिको उच्चतम प्रयोग गसिकेका अमेरिका, युरोप, जापान जस्ता देशहरुमा मात्रै होइन हाम्रै छिमेकी देश चीनमा पनि लाखौँ किसानहरु छन् जो शायदै माटो छुन्छन् । प्रविधिको उच्चतम प्रयोग र व्यवस्थापन–कला सिकेर पेशाले किसानै भएर पनि अन्य व्यवसायसँग प्रतिस्पर्धी आम्दानी गरिहेका पाइन्छन् ।

    सन् २०१६ को जुलाई महिनामा चीनका अपेक्षाकृत कम विकसित र कृषिप्रधान मानिएका प्रान्तहरुको कृषि प्रविधि अवलोकन गर्ने र त्यहाँको प्रविधिबारे बुझ्ने अवसर जुरेको थियो यो पंक्तिकारसहितको चार जनाको नेपाली टोलीलाई । बेइजिङबाट रेल मार्फत् सिन्ज्याङ प्रान्तको राजधानी उरुम्ची जाँदा बाटाको दुवैतिर फराकिला फाँटहरुमा देखिने ठूला कृषि फार्महरु हेर्दा मलाई लागेको थियो– यति ठूला भूभागमा खेती गर्ने मजदुरहरु कसरी जुटाउँछन् होला चिनीयाँहरु? कसरी गर्छन् होला यत्ति बृहत् आकारका फार्महरुमा खोती? मानव बस्ती कम त्यसमा पनि आधुनिक जीवनको मोहमा शहर पस्नेहरुको संख्या ह्वात्तै बढेको चीनमा कसरी यत्रा ठूला फार्ममा काम गर्ने मानिस जुटाउन सकेका होलान् यिनीहरुले? एक दुई विगाहा जग्गा भएका हाम्रा किसानहरु खेती गर्ने मजदुर पाइएन भनेर जग्गा नै बाँझो छोड्न थालेको बेला यस्ता दृश्यले मेरो मथिङ्गलमा उथलपुथल मच्च्एिको थियो । उरुम्ची पुगेपछि सबै जिज्ञाशा मेटिने आशमा यात्राभर गम खाँदै समय बिताइरहेँ ।

    उरुम्ची रेल स्टेशन पुग्दा आयोजक समूहका एक जना युवा गाडी लिएर हामीलाई कुरिरहेका थिए । करिब एक घण्टाको सडक यात्रापछि हामी पुग्यौँ माओको परिकल्पना नगरी सेहजी, जहाँ अर्धसैनिक जवानहरुले त्यहाँको कृषिको उत्पादन प्रणालीलाई परिवर्तन गर्ने र व्यवस्थित शहरीकरण गर्ने काम सम्पन्न गरेका थिए करिब ५० वर्षअघि ।

    सिन्ज्याङको आधुनिकीकरण र विकासका लागि बनाइएको विज्ञान तथा प्रविधि पार्क त्यही शहरमा थियो जहाँ मरुभूमि गुल्जार गर्ने प्रविधिका विभिन्न प्रयोग गरिन्छ । पानीको थोपा प्रत्येक धानका गाँजमा पुर्याएर धान बाली लगाउनु, मकैबारीका हरेक लाइनमा तपतप थोपा खसालेर सयौँ हेक्टरमा फैलिएको मकैबाली लहलह बनाउनु, शहरका हरेक कुनामा शहरी नहरप्रणाली विकास गरेर होटल र घरहरुबाट निस्कने पानीको उच्चतम उपयोग गरेर पार्क र सडक किनारालाई हरियालीयुक्त बनाउनु आदि प्रयोग हेरेपछि लाग्यो विकासका लागि चाहिने त सोच र योजना पो रहेछ साधन र श्रोतभन्दा ।

    आजभन्दा करिब ५० वर्षअघि भोकमरि, अभाव र गरिवीको कहालिलाग्दो अवस्था भोगिरहेका अनि विभिन्न अल्पसंख्यक र पिछडिएका जातिहरुको बसोबास रहेको त्यो सानो शहर अहिले सिन्ज्याङको नमूना र सुन्दर शहर बनेको रहेछ । प्रतिव्यक्ति वार्षिक आम्दानी १० हजार डलरभन्दा माथि रहेछ । मुख्य पेशा कृषि नै भए पनि अन्य व्यवसायको भन्दा उच्चस्तरको आयआर्जन गर्दारहेछन् किसानहरु । हेर्दा सुख्खा मरुभूमिजस्तो उजाड भूभागमा कसरी सम्भव भयो यति ठूलो परिवर्तन रु मेरो प्रश्न थियो आयोजक समूहका यन्जिनियर मिस्टर झाङ लीलाई ।

    ‘सिन्ज्याङको कृषि, कृषि प्रविधि अनि कृषि प्रणाली र कृषक सबै हामीले सोच्नै नसकिने आधुनिक अवस्थामा छन् अहिले । यो सब त्यसैको परिणाम हो ।’ उनले सहज उत्तर दिएका थिए ।

    करिब ६०० हेक्टरमा फैलिएको अंगुर फार्म अवलोकन गर्दै

    कसरी भयो कृषिको यति व्यापक आधुनिकीकरण?

    सिन्ज्याङ प्रान्त चीनको मात्र होइन विश्वकै ठूला प्रशासनिक इकाइमध्येमा पर्दछ । करिब १० लाख वर्ग किलोमिटर क्षेत्रमा फैलिएको त्यो प्रान्तमा जनसंख्या भने करिब २ करोड ५० लाख रहेको छ । प्रशस्त जमिन भएकाले खेती गरिने जमिन प्रशस्त छ । फार्महरु निकै ठूलाठूला छन् । खेती गर्न चाहनेहरुलाई प्रस्तावअनुसार सरकारले नै जमिन उपलब्ध गराउने भएकाले खेतीगर्ने विदेशी र स्वदेशी कम्पनीहरु पनि सिन्ज्याङमा निकै रहेछन् । अमेरिकी, जापानी, रसियाली, कजाक धेरैथरी व्यावसायिक कम्पनीहरु सिन्ज्याङमा अहिले फलपूल र तरकारी खेती गरिरहेका छन् । खासगरी फलफूल (तरबुजा, खरबुजा, अंगुर, स्याउ, चेप्टो आरु, नासपाती आदि), टमाटर अनि मकै खेतीमा प्रसिद्ध छ सिन्ज्याङ ।

    ‘यी धेरैजसो अग्ला भवन र सपिङ मलहरु किसानकै हुन् । यहाँका किसानहरु चीनकै धनी किसानमध्येमा पर्छन् ।’ इन्जिनियर मिस्टर झाङले मलाई बताएका थिए शहर घुम्दै गर्दा । उनले यसो भनेपछि मैले सोधेको थिएँ– ‘कसरी यति धेरै धनी भए यहाँका किसानहरु? यहाँ त खेतीका लागि न प्रसस्त पानी छ न उर्वर जमिन । सबैतिर त सुख्खा बलौटे जमिन मात्रै देख्छु, पानी पनि साह्रै सीमित मात्रामा छ, वर्षा पटक्कै हुँदो रैनछ ।’

    ‘तपाईले देखिरहेका यी धेरैजसो अग्ला भवन र सपिङ मलहरु किसानकै हुन् । यहाँका किसानहरु चीनकै धनी किसानमध्येमा पर्छन् ।’ इन्जिनियर मिस्टर झाङले मलाई बताएका थिए शहर घुम्दै गर्दा । उनले यसो भनेपछि मैले सोधेको थिएँ– ‘कसरी यति धेरै धनी भए यहाँका किसानहरु? यहाँ त खेतीका लागि न प्रसस्त पानी छ न उर्वर जमिन । सबैतिर त सुख्खा बलौटे जमिन मात्रै देख्छु, पानी पनि साह्रै सीमित मात्रामा छ, वर्षा पटक्कै हुँदो रैनछ ।’

    ‘यो सबै प्रविधिको देन हो । प्रविधिले धनी बनाएको ठाउँ हो यो । पानी त जमिन मुनि छँदैछ । कति गहिराइमा छ भन्ने मात्रै हो । पानी नभए त जमिन नै हुँदैन । हामीले पन्ध्र वर्षमा धेरै जमिनमा पानी पुर्याएका छौँ । मरुभूमिमा हरियाली बढाउने र खेतीयोग्य जमिनमा रुपान्तरण गर्ने कार्य तीब्र पारिएको छ । जमिनमुनि ३००–४०० मिटर गहिरो बोरिङ गरेर निकालिएको पानीबाट सिँचाइ गर्ने व्यवस्था गरिएको छ । अधिकांश पानी पाइप मार्फत् खेतमा पुर्याइन्छ । खेतीलाई सकेसम्म यान्त्रीकरण गरिएको छ । अधिकांश काम मेशीन र कम्प्युटरबाट हुन्छ । त्यसले कृषि मजदुरको समस्या ह्वात्तै घटाएको छ । हाम्रा किसानहरु माटो कमै छुन्छन्, मोवाइलबाटै खेती गर्छन् ।’ मुस्कुराउँदै उनले व्याख्या गरे ।

    मिस्टर झाङका कुरा हाम्रा लागि सपना थिए । तर उनीहरुका लागि त्यही यथार्थ बनिसकेको थियो । करिब १५ वर्षअघि सिन्ज्याङ सरकारले आधुनिक थोपा सिंचाइ प्रविधि सुरु गरेको रहेछ सिन्ज्याङमा । सिंचाइसँगै बिउ उत्पादन र प्रशोधन, प्रविधि सुधार, नीतिगत सुधार, सरकारी सेवामा सुधारका कामहरु सुरु गरिएका रहेछन् । कपास खेती, पशुपालनका लागि चाहिले अल्फाल्फा भन्ने पोषिलो घाँस खेती, पशु आहारका लागि ‘सिलेज कर्न’ खेती, विभिन्न प्रकारका तरबुजाहरु, अंगुर अनि स्याउ र आरु सिन्ज्याङको मुख्य उत्पादन बनाउन सरकारले आवश्यक सबै सुविधा जुटाइ दिएको रहेछ किसानलाई । नहरहरु पक्की बनाउने, ठूलाठूला बोरिङहरु गाडेर पाइप मार्फत् खेतहरुमा सिंचाइ पुर्याउने, कम्पुटराइज्ड र रिमोट कन्ट्रोल प्रविधिका माध्यमले सिँचाइलाई आधुनिकीकरण गर्ने काम सुरु भएका रहेछन् । हरियाली बढाउन, खेती गर्न सीमित पानीले धेरै प्रभावकारी सिंचाइ गर्न सकिने थोपा सिंचाइ प्रविधिको लागि अनुदान दिने सरकारी नीति रहेछ । यान्त्रीकरणका लागि सरकारी सेवा र प्रविधि केन्द्रहरुको विस्तार गरिएको रहेछ, जहाँबाट आवश्यक प्राविधिक परामर्श र मेशीन सरकारले उपलब्ध गराउँदो रहेछ ।

    रिमोट कन्टोलबाट गरिने सिँचाइको भल्भ अवलोकन गर्दै सहभागीहरु

    ‘अहिले चीनका ठूला कृषि फार्महरुमध्ये धेरैजसो फार्म सिन्ज्याङमै छन् र ती सबै पूर्ण यान्त्रीकरण भइसकेका छन् । रेल र सुपर हाइवेले हरेक शहरलाई जोडिएको छ । तरकारी र फलफूल ढुवानी गर्ने खास किसिमका रेलका डब्बाहरुको व्यवस्था छ । हाम्रा किसानहरु माटो खनेर र खेतमा पसीना चुहाएर होइन मोवाइलका नम्बर दाबेर खेती गर्छन् अहिले ।’ इन्जिनियर झाङले सिन्ज्याङको कृषिको शब्दचित्र प्रस्तुत गरेका थिए हाम्रा सामु ।

    सिन्ज्याङ प्रान्तको कपास खेती विश्वकै उन्नत कपास खेती मानिँदो रहेछ । कपासको प्रति हेक्टर उत्पादकत्व अमेरिकामा भन्दा बढी रहेछ सिन्ज्याङमा । कपास खेती पूर्णतः यान्त्रीकरण भइसकेको छ । जोताइ, मलखाद, सिंचाइ, बाली कटान, प्रशोधन सबै मेशीनबाटै गरिन्छ । अब किसानले खेतमा जानु पर्ने र आफैँ काम गर्नुपर्ने अवस्था छैन ।

    ‘उनीहरु आफ्नो जमिनमा के खेती लाउने निर्णय गर्छन् अनि सम्बन्धित प्राइभेट वा सरकारी कम्पनीलाई जमिन तयारी र खेती लाउनका लागि फोन गर्छन् । जोत्नेले जोत्छ, बीउ कम्पनीले बीउ दिन्छ, छर्नेले छर्छ, औषधि उपचार गर्नेले सूचना पाएपछि आएर उपचार गरिदिन्छ, सिँचाइ कार्यालयले सिँचाइ गरिदिन्छ, बजारमा पुर्याएउने र बेच्ने काम व्यापारिक कम्पनीहरुले गर्छन् । यति भएपछि किन पसिना चुहाउनुपर्यो खेतीगर्ने किसानले । यहाँ किसानको काम निरीक्षण र निर्णय गर्ने मात्रै हो ।’ सिन्ज्याङ कृषि प्रविधि केन्द्रका निर्देशक हु जिया जुङ भन्छिन् ।

    अवलोकनमा जे देखियो

    करिब तीन हप्ताको सिन्ज्याङ बसाइमा त्यहाँको खेती प्रणाली अवलोकनका लागि हामीलाई विभिन्न कृषि फार्महरुको भ्रमण गराइयो । आँखाले देखेसम्म एकै आकार र उचाइका कपासका बोटहरु, समान उचाइका अंगुरका झाङहरु, समान उचाइका आरुका रुखहरु, खेतमा बग्रेल्ती छरिएका पाकेका तरबुजाका गल्लेँठाहरु हेर्दा लाग्थ्यो हामी कुनै स्वप्न नगरीमा छौँ अनि आधुनिक कृषिको अवलोकन सपनाको संसारमा रमेर गरिरहेका छौँ । तर त्यसो थिएन हामी अंगुर फार्ममा फलाइएका उत्कृष्ट जात र स्वादको अंगुरका झुप्पा हातमा लिएर विपनामै खाँदै थियौँ जुन अंगुर रोप्ने देखी काट्नेसम्मका सबै काम मेशीनले गथ्र्यो । आँखाले देखेसम्म टमाटरै टमाटरका सयौैँ हेक्टरमा फैलिएको कृषि फार्ममा टमाटर ‘हार्भेष्टर’ले बोटबाट पाकेका टमाटर टिप्तै टिपरमा हाल्दै गरेको दृश्य आफ्नै आँखाले देखिरहेका थियौँ । सिंचाइ कार्यालयको नियन्त्रण कक्षमा बसेर प्राविधिकहरु नहरको पानी खोल्ने र बन्द गर्ने स्वचालित सिंचाइ प्रणाली–नियन्त्रक कम्प्युटरमा औँला दौडाइरहेका देखिन्थे । कुन भागमा कति मल कुन पाइपबाट पठाउने भनेर योजना बनाउँदै गरेका प्राविधिकहरु देखिन्थे । त्यो सब हेर्दै गर्दा मेरो मन भने घरी एक बेरा युरिया मलका लागि खाजा–सामल कुम्लोमा बोकेर सदरमुकाम धाइरहेका सिन्धुपाल्चोकका फुर्बा शेर्पाको अनुहार आँखा अगाडि आउँथ्यो, घरी क’टो र कोदालो लिएर दिनभरि खन्दा पनि बारीको एक छेउ नसकिएर वाक्क मानेर टोपीले पसिना पुछ्दै डिलमा बसेको कृषि मजदुरको अनुहार सम्झन्थेँ त घरी तरकारी बालीमा ‘ढुसी लागेर सखाप भयो हजुर के दबाइ गर्ने’ भनेर कृषि कार्यालय धाउँदाधाउँदै बाली सखाप भइसक्ता पनि किसानको खेतमा जान आनाकानी गरिरहेका हाम्रा कृषिका हाकिम सा’बहरुको अनुहार र किसान मोहनलाल कोइरीको आँसु डब्डबाएका आँखा झलझली सम्झन्थेँ अनि राजनीतिक खिँचातानीमा ५० वर्षदेखि देशलाई बन्धक बनाइरहेका हाम्रा नेताका भाषणमा दिइने आश्वासनहरु सम्झन्थेँ । मनमनै लाग्थ्यो, कठै मेरो देश के मेरो देशका किसानले पनि मोवाइलको नम्बर दाबेर खेती गर्ने दिन देख्न पाउलान् रु मेरो मन अमिलो भएर आउँथ्यो, बोल्ने शब्दहरु गलामै अड्किन्थे, दुवै आँखाबाट पत्तै नपाई आँसुका डल्ला टप्प खसेर सिन्ज्याङको मरुभूमितिर बिलाउँथे । गाँठो परेझैँ हुन्थ्यो छातिमा । मनमनै देशका श्रोत र साधनको थुप्रोमा बसेर पनि गरिबीको दुर्दान्त पीडामा पिल्सिएका किसानका ती चाउरिएका अनुहारहरु नाचिरहन्थे आँखा अगाडि । अनि लाग्थ्यो, कठै मेरो देश! कहिले आउने होला हामीले यो सब भोग्ने र देख्ने दिन?

    धेरै समय बितिसक्यो सिन्ज्याङ घुमेर फर्किएको, करिबकरिब एक वर्ष हुनै लागेछ । अहिलेसम्म पनि मलाई ती किसान र फाँटहरुभन्दा पनि इन्जिनियर झाङका शब्दले खिज्याइरहेझैँ लाग्छ । उनका शब्द बारम्बार गुन्जिरहन्छन् मेरा कानमा अहिले पनि– हाम्रा किसानहरु माटो खनेर र खेतमा पसीना चुहाएर होइन मोवाइलका नम्बर दाबेर खेती चलाउँछन् ।’ के हाम्रा किसानले पनि त्यो दिन देख्न पाउलान्? म गम खान्छु, देशको शासन र नेताहरुका व्यवहार सम्झन्छु अनि भन्छु– एक दिन त क सो नआउला त्यो दिन! आशाको दियो बाल्छु भविष्यतिर आँखा लगाउँदै ।

    याे लेख हामीले धीर भण्डारी ब्लगबाट लिएका हाैं ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      धीर भण्डारी

      धीर भण्डारी

      Related Posts

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.