Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Thursday, May 28, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पूँजीवादी नेतृत्व र ‘अरुको शहीद’

आरके मैनाली आरके मैनाली
मंसिर ३, २०७७
- यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालको उत्पादन स्वरुपमा सामन्तवादी ढाँचाको एकछत्र शासनलाई खत्तम पार्दै क्रमिक रूपमा विकास हुँदै पूँजीवादी–उत्पादन पद्धतिको बीजारोपण भएको हो। सन् १८१६ मा बृटिस साम्राज्यसँग नेपालले सुगौली सन्धि गर्न बाध्य भएपछि नेपाली राजकाजमा क्रमशः विदेशी स्वार्थको बोलवाला हुन थाल्यो। राणाहरूको उदयपछि नेपाल पूर्ण रूपमा अर्ध–औपनिवेशिक स्थितिमा पुग्यो। यही अर्धऔपनिवेशिक कालमा पूँजीवादी चिन्तनको लहर देखा पर्न थाल्यो।

    वि.सं. १९९४ तिरको ‘नेपाल कम्पनी कानून’ले आर्थिक रूपमा सामन्तवादी उत्पादन प्रक्रियाको एकाधिपत्यलाई चुनौती दिँदै पूँजीवादी उत्पादन ढाँचाको शुरूवात गर्न पुग्यो। यता, राजनैतिक रूपमा दलगत राजनीतिको श्रीगणेश गर्दै संसदीय प्रजातन्त्र र वैधानिक राजतन्त्रको चिन्तन लिएर प्रजा परिषद् र त्यसपछि विभिन्न राजनीतिक पार्टीहरूको जन्म हुन पुग्यो। यी सबै घटनाहरूले नेपालमा सामन्तवादी अस्विकृति र पूँजीवादी व्यवस्थाको आकर्षणलाई पुष्टी गर्छन्।

    समाज विकाशक्रम यसरी नै अगाडि बढिरहेकै बेला पूँजीले आकार लिएर उद्योग–प्रतिष्ठानको स्तरमा पुगेपछि नेपाली इतिहासमा पहिलोपल्ट एक नयाँ वर्गको पनि उदय भयो। त्यो वर्ग हो र्सवहारा। सर्वहारा वर्गको राजनैतिक चिन्तक पार्टी–कम्युनिष्ट पार्टी–को गठन पनि वि.सं. २००६ मा भयो। यसरी हाम्रो समाज सामन्त र किसानको मात्र उपस्थितिबाट पूँजीपति र मजदूरवर्ग समेतको उपस्थितिलाई लिएर हिँड्न सक्ने भयो।

    यहाँ विवेचनाको सवाल छ–पूँजीपतिवर्ग, यसको वर्गीयकरण र राजनीति। यही पूँजीवादी चिन्तनलाई लिएर देशमा देशमा प्रजातन्त्र स्थापना गर्ने नारामा विभिन्न घटकहरू मिलेर नेपाली कांग्रेसको जन्म भयो। त्यसै बेलासम्ममा विश्व पैमानामा पूँजीवादी साम्राज्यवादको उदय र विकास भइसकेको हुनाले यूरोपेली पूँजीवादी विकाशको युग समाप्त भइसकेको थियो। राष्ट्रीय पुँजीवाद साम्राज्यवादको स्तरमा पुगेपछि सामन्तवादलाई हुत्याएर पुँजीवाद स्वतन्त्र रूपमा हुर्कन नसक्नेगरी अपाङ्ग भइसकेको थियो। त्यसैले त्यस बेलाको पुँजीवाद सामन्तवादलाई विस्थापित गरेर होइन, उसको सहयोगी बनेर, उसको पक्षधर बनेर राजनीतिक र आर्थिक रूपमा देशभित्र पन्पन्न चाहन्थ्यो भने देशबाहिर पनि (सामन्तवाद पनि) राष्ट्रिय पूँजीको रक्षार्थ विदेशी पूँजी र शक्तिसँग संघर्ष गरेर होइन, देशमा पराई–हितको सुरक्षा गर्ने इरादा लिएर, उसको सेवा गरेर, चाकडी गरेर, आफू उसको बजार भएर बाँच्न रूचाउँथ्यो। यो त्यस अवस्थाको स्थिति हो, जो आज पनि छ। यसको कुनै नयाँ विकल्प छ भने त्यो हो नयाँ पूँजीवादी क्रान्ति। पुरानो क्रान्तिको युग बितिरहेको हुनाले त्यसकै पछि लाग्ने चिन्तनहरू हाम्रो देशमा पनि राष्ट्रिय बन्न सकेनन्, सामन्तवाद विरोधी बन्न सकेनन, साम्राज्यवाद विरोधी पनि बन्न सकेनन्।

    नेपाली कांग्रेसको पूँजीवादी राजनीतिको उत्थान र विकासलाई यही पृष्ठभूमिमा हेर्नुपर्छ। राणाहरू सामन्तवादका प्रतिनिधि थिए। यसको विरुद्ध संघर्ष गर्नु न्यायसंगत र जनपक्षीय कुरो थियो। यस्ता संघर्षका लागि विदेशी सहयोग लिनु स्वयंमा कुनै गल्ती पनि होइन। तर त्यस विदेशी शक्तिको सहयोगको उद्देश्य  राष्ट्रिय स्वार्थविपरित हुनजान्छ भने त्यो सहयोग राष्ट्रघाती हुन्छ। सामन्तवादको विरुद्धमा नारा दिएर नेपाली आस्था बटुलेको नेपाली कांग्रेस भारतेली प्रभावमा बेरिएर दिल्ली–सम्झौता गर्न पुग्छ र सामन्तवादसँगै सम्झौता गरेर, सामन्तवादसँगै मिलेर बस्ने पूँजीवाद, जो विदेशीहरूको सेवामा पनि त्यत्तिकै समर्पित हुन्छ–को रूपमा आफूलाई उभ्याउँछ। उ आफ्नै घोषणाविपरित विदेशी इशारामा नाच्न पुग्छ र देशका देशभक्त र अन्य प्रगतिशील शक्तिविरुद्ध अरिङ्गाल खनिएझैं जाइलाग्छ। उसले यो देशमा सामन्तवादी शक्तिसँगको साँठगाँठको निम्ति र विदेशमा साम्राज्यवादी पूँजी र शक्तिको चाकरीको निम्ति काम गरिरहेको हुन्छ।

     वि.सं. २००७ साल र त्यसयताको नेपाली राजनीतिमा सामन्तवादी चिन्तन, पूँजीवादी विचार र दलाल–चरित्र बोकेको चिन्तन एवं भारतेली प्रभुत्ववादी बीचका एकता र अनेकताले भरिएका घटनाहरू नै प्रमुख बनेका छन्। २०१७ सालको ‘कालो काण्ड’ र त्यसपछिका दुई पटकका नेपाली कांग्रेसका ‘हतियारबन्द संघर्ष’ पनि यिनै धारणामा एकले अर्काको अस्तित्व मेटाउने रूपमा होइन, दुबै मेलमिलापका साथ सत्तामा रही विदेशी पुँजीको एकाधिकारको पैठारीलाई स्थायित्व दिँदै देशभित्र सामन्तवादी र दलाल नोकरशाही पूँजीवादी शोषण र राजलाई नष्ट गर्ने पूर्वतयारीको रूपमा काम गर्न सकेको छैन। सामन्तवादी आवरणभित्रै पूँजिवाद पस्नु ००७ सालकै बचेको प्रतिस्ठानलाई पनि गुमाउनु हुने भएकाले समाधान सजिलौ छैन र थिएन पनि।

    अर्कातिर सामन्तवादी राजनीति र अर्थनीतिको शासन र शोाषणबाट वाक्क भएर र अन्तर्राष्ट्रिय रूपमा पूँजीको प्रभाव वैज्ञानिक खोजबाट प्रभावित भएर साथै आफ्नै जीवन–आर्जन र प्रतिष्ठाकै सवाललाई लिएर पनि नेपाली समाजको एक हिस्सा दिनदिनै पूँजीवादी आकर्षण लिएर लम्किरहेछ। पूँजीवादी आकर्षणभन्दा सामन्तवादी विकर्षण नै यसको प्रवल पक्ष भए तापनि देशमा वैज्ञानिक समाजवादको विश्लेषण नहुनु, नेपाली क्रान्तिको सही दिशा व्यावहारिक रूपले निर्धारण हुन नसक्नु, यसका वाहक शक्तिमा अनेकता हुनु आदिले पनि यो पूँजीवादी चिन्तन–परम्परालाई फैलन मद्धत दिइरहेछ।

    त्यति मात्र होइन, देशको सानो उत्पादनको विकर्षण र समाजको पूँजीवादी, सामन्तवादी निजी उत्पादन –सम्बन्धको धरातल र त्यसको आधार पनि दिनदिनै पूँजीवादी मेसिन जन्माउने कारक तत्व बनेको छ। यो तत्वको राजनैतिक चिन्तन र छुट्टै अलग अस्तित्व छैन। त्यसैले यस पक्षले राजनैतिक रूपमा आफ्नै छुट्टै मंच तयार गर्न सकिरहेको छैन। यसको पूँजीवादी आकर्षण र मान्यतालाई, उसको सामन्तवादको विरोध गर्ने उद्देश्यलाई विदेशपरस्त पक्षले सहयोग गर्दै आएको छ। मीठो नाराभित्र यो निश्छल पक्ष भुलिएको छ।

    यसरी हेर्दा नेपाली कांग्रेस एउटै चिन्तन र आदर्शमा वेष्टित एक ढिक्का संगठनको रूपमा देखिँदैन। कसैले सिङ्गो नेपाली कांग्रेसलाई नै एक ढिक्का संगठन ठानी पूर्ण रूपमा दलाल बुर्जुवा पार्टी ठान्दै नेतृत्वदेखि सामान्य कार्यकर्तासम्मलाई एउटै नजरले हेर्छन्। उसको आन्तरिक मनोदशालाई बुझ्दैनन् र गल्ती गर्न पुग्दछन्। त्यसैगरी, अर्को पक्ष नेतृत्वको विदेशपरस्तता र सामन्तवादी साँठगाँठलाई देख्दैनन्  र उसले बोेकेको पूँजीवादी आडम्बरलाई मात्र बुझेर पूरै पार्टीलाई नै राष्टिय पूँजीपतिवर्गको पार्टी ठान्न पुग्छन्। यी दुबै दृष्टिले उसभित्रको विभिन्नता, नेतृत्वको चरित्र र कार्यकर्ताहरूको आकांक्षालाई छुट्याउन सक्दैनन्। जसले गर्दा उसँगको आवश्यक एकता र आवश्यक विरोधलाई ज्यादै नजिक या ज्यादै टाढा ठान्दै सही दृष्टिविन्दू बनाउन सक्दैनन् र उसको प्रगतिशील पक्षसँगको विरोध र आफैंबीमा त्यसको तुलनात्मक नरमी पनलाई छुट्याउन सक्दैनन्। यसैले गर्दा यस संगठनका अत्यधिक सामान्य कार्यकर्ताहरूमा पनि नेतृत्वले कम्युनिष्टविरोधी हौवा खडा गर्न सकेको छ।

    नेपाली कांग्रेसका कार्यक्रम बोकेर या उसको नेतृत्वप्रति आस्था संग्रहित गरेर सत्ताको विरोधमा जति पनि योद्धाहरूले आफ्नो प्राण दान गरे, उनीहरूको आस्था र विश्वास सुन्दर थियो। उनीहरूको नेतृत्वप्रतिको आस्था भनेको नै प्रजातन्त्रप्रतिको विश्वास थियो। सामन्तवादको अन्त्य र  प्रजातन्त्रको स्थापना नै उनीहरूको आदर्श थियो। यस्तै आदर्शका अनुयायी कार्यकर्ता नेपाली कांग्रेसका विभिन्न तहहरूमा र उनीहरूलाई समर्थन गर्ने तहमा अहिले पनि प्रशस्त नै पाइन्छन्। उनीहरूले के कुरा बुझेका थिएनन् र छैनन् भने साम्राज्यवादको उदयले पुरानो पूँजीवादी क्रान्तिको स्वरूपलाई कसरी समाप्त गरिदिएको छ र सबै सामन्तवादी वा अर्धसामन्ति मुलुकहरूका बुर्जुवा पार्टीका अगुवाहरूलाई आफ्नो दलाल बनाउँदै सामन्तवादसँग मित्रता गाँसेको छ। यो वास्तविकता उनीहरूबाट लुकेको छ। अबको युगमा पूँजीवादी नेतृत्वबाट पूँजीवादी क्रान्ति हुन नसक्ने र पूँजीवादी क्रान्तिकै लागि पनि सर्वहारा राजनीति र नेतृत्व हुनुपर्ने अति अहम् सवालको महत्व उनीहरूबाट छिपेको छ। त्यसैले यो पक्ष सामन्तवादविरोधी हुँदाहुँदै पनि आफ्नो लक्षमा पुग्ने उचित बाटो पक्रन सकिरहेको छैन। उनीहरूको यो कमजोर पक्षलाई हामीले केलाउनुपर्छ र वास्तविकता वोध गराउन प्रयत्न गरिनुपर्छ। यसका लागि लामो धैर्य, विवादमा संयम, स्वस्थ आलोचना र तथ्यप्रधान छलफलहरू ज्यादै उपयोगी हुनसक्छन्।

    नेपाली कांग्रेसद्वारा संचालित गतिविधिहरूमा सत्तापक्षका शिकार हुन पुगेका निरीह समर्थक या कार्यकर्ताहरू जो कोहीले पनि वर्तमान क्रान्तिको स्वरूपलाई चिन्न सकेनन्। यो ठूलै कमजोरी हो। कति मानिसहरू उहाँहरूको यो कमजोर पक्षलाई नै पूर्ण ठान्छन् र पूर्ण रूपबाट उहाँहरूको विरोध गर्ने कुरालाई सही ठान्न पुग्छन्। उहाँहरूको यो आदर्श र हाम्रोजस्ता देशका बुर्जुवा पार्टीहरूभित्रको विभिन्न आदर्शहरूलाई पर्गेल्न सक्दैनन्। यति मात्र होइन, वामपन्थी चिन्तनलाई प्रधान विरोधी निशाना बनाउने नेपाली कांग्रेसका नेतृत्व पक्षका विभिन्न रूपका गतिविधिहरू पनि यस्तो एक पक्षीय धारणा बनाउन सहायक छन्।

    वामपन्थी आन्दोलनभित्रै पनि संकीर्ण चिन्तनले प्रभाव जमाएकै छ। निम्न पूँजीवादी आधारबाट उठेका चिन्तनले कुनै पनि वस्तु वा घटना या व्यक्तिको सर्वाङ्गीण मूल्याङ्कन गर्न सक्दैन। यहाँसम्म कि शहीद मान्नेजस्तो अत्यन्त सम्वेदनशील र महत्वपूर्ण सवालमा समेत कन्ज्युस्याइँ गर्न पुग्छ र जनवादी क्रान्तिका मित्रहरूलाई उचित मुल्याङ्कन र सम्मान गर्न सक्दैन। कतिपय व्यक्ति र समुहहरू यतिसम्म गिर्न पुग्छन् कि वामपन्थी आन्दोलनभित्रै पनि आफूसँग सतप्रतिसत सहमत भएर ज्यान कुर्वानी गर्नेबाहेक अरुको कुर्वानीलाई सकार्दैनन्। यो ज्यादै घृणित सङ्किर्णताको नमुना हो। यस्तो चिन्तन ज्यादै हानिकारक छ र वामपन्थी आन्दोलानलाई दिशाभ्रम पार्दै  परिवारभित्र सीमित राख्ने पतित बाटोतिर लम्कन्छ। त्यसैले यस सङ्किर्णताबाट हामीले मुक्त हुनुपर्छ। सबै पक्ष र सबै घटनाहरूको सापेक्ष मुल्याङ्कन, उचित सम्मान र उचित विरोध गरिनुपर्छ।

     दुर्गानन्द झा, कामेश्वर, कुशेश्वरलगायत अरु धेरै योद्धाहरू वामपन्थी आन्दोलनबाहिरबाटै आफ्नो जीवन उत्सर्ग गर्न पुगे। त्यसैगरी भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापा नै यस पक्षबाट बलिदानी हुनुभएको छ। २००७ सालको आन्दोलन, २०१८ सालपछिको सुवर्णशम्सेरको नेतृत्वमा संचालित आन्दोलन र २०२७ सालपछि वी.पी.को नेतृत्वमा संचालित आन्दोलनमा अनेकौं योद्धाहरूले आफ्नो जीवन न्यौछावर गरेका छन्। हामीले यी सबैको दुई पक्षलाई केलाउनुपर्छ। कमजोर पक्षलाई प्रष्ट्याउँदै कुर्वानीलाई स्विकार्नुपर्छ। यी योद्धाहरूको इमान्दारी र प्रजातान्त्रिक आस्था नै सत्ताको कोपभाजनका कारण बन्यो। नेतृत्वको गलत रणनीति, उसको दोहोरो चरित्र पनि कम जवाफदेही छैन। तर पनि यी सब गल्ती कमजोरीहरूभन्दा महत्वपूर्ण विषय हो शहीदहरूको कुर्वानी। यी योद्धाहरूको आदर्श–जनवाद प्राप्तिको आदर्शलाई हृदयङ्गम गर्दै उहाँहरू सबैलाई सामन्तवाद विरोधी जनवादी शहीदको सम्मान गरिनुपर्छ र त्यसै रूपमा प्रचार प्रसार गर्नुपर्छ।

     ५, मंसिर, ०४१ भैरहवा जेल ।

    ‘लुटिएका दुई थुँगा फूल नामको राधाकृष्ण मैनालीको किताको ‘प्रजातान्त्रिक धारभित्रका विभिन्न रूप’ शीर्षकको लेख जस्ताको तस्तै । लेखको शीर्षक बदलिएको छ ।’

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      आरके मैनाली

      आरके मैनाली

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.