Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना भाइरस उपचार: सबै सरकारी अस्पताल कोभिड उपचार केन्द्र बन्दा आइसोलेशन,आईसीयू र भेन्टिलेटरको सङ्ख्या कति छ त?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज २८, २०७७
- कोभिड–१९, यो हप्ता, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हाल देखिएका कोरोनाभाइरस सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका हुन थालेपछि सरकारले उपत्यकाका सबै सरकारी अस्पतालहरूलाई कोभिड-१९ अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    यो सँगै उपत्यकामा आइसोलेशन शय्याहरू, केही मात्रामा आईसीयू र भेन्टिलेटरको सुविधा थप हुने अधिकारीहरूको भनाइ छ।सरकारी अस्पतालहरूका साथै मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई कोभिड-१९ का लक्षणसहितका बिरामी उपचार गर्ने अस्पताल बनाइएको मन्त्रालयले जनाएको छ।

    उपत्यकामा सङ्क्रमण बढिरहेका बेला यो निर्णयले सङ्क्रमितको उपचारलाई केही सहज बनाउने मन्त्रालयका अधिकारीहरूको दाबी छ।जनस्वास्थ्यविद्हरूले चाहिँ शय्या थपिएर मात्र सङ्क्रमितले उपचार पाउँछन् भन्ने नभएको भन्दै आशंका व्यक्त गरेका छन्।उनीहरूका भनाइमा सघन उपचार सेवा प्रदान गर्न आवश्यक पर्ने दक्ष जनशक्तिको पनि अभाव रहेको छ। सरकारले त्यसतर्फ ध्यान दिएको छैन।

    अब कति पुग्यो अस्पताल र आइसोलेशनको सङ्ख्या?
    स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार उपत्यकाभित्र दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र (पीएचसी) सहित २१ वटा सरकारी अस्पतालहरू रहेका छन्।त्यसमध्ये आइतवारको निर्णयपछि पहिले उपत्यकाका ११ वटा सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइएको थियो।अब २१ वटै अस्पताल कोभिड अस्पतालमा रुपान्तरित हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले मङ्गलवार दिउँसो दिएको जानकारीअनुसार नयाँ निर्णयसँगै उपत्यकामा थप आइसोलशेन, आइसीयू र भेन्टिलेटरको व्यवस्था भएको छ।मङ्गलवार मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार उपत्यकाभित्र रहेका ट्रमा सेन्टर, मानसिक रोग अस्पताल र नरदेवी आयुर्वेदिक अस्पतालबाहेक सबै सरकारी अस्पतालले कोभिडको उपचारका लागि शय्याहरू छुट्याएका छन्।

    योसँगै हाल उपत्यकाभित्र सरकारी अस्पतालहरूमा कुल १,५०८ वटा आइसोलेशन शय्याहरू रहेका छन्।मन्त्रालयको विवरण अनुसार अब उपत्यकाका सरकारी अस्पतालहरूमा कोभिडका बिरामीका लागि उपलब्ध आईसीयूको सङ्ख्या २२५ वटा र भेन्टिलेटरको सङ्ख्या १२० वटा पुगेको छ।

    त्यसबाहेक भक्तपुरको खरिपाटीसस्थित आइसोलेशन केन्द्रमा चीनमा कोरोनाभाइरस फैलिएका बेला त्यहाँबाट नेपाली विद्यार्थी पर्काउँदा बनाइएको २०० शय्याको आइसोलेशन केन्द्र रहेको छ।मन्त्रालयले थप भेन्टिलेटर र आईसीयूको व्यवस्थापन स्वास्थ्य सेवा विभागले गर्ने जनाएको भए पनि विभागसँग हाल त्यस्ता उपकरणहरूको खासै मौज्दात नरहेको खबरहरू आएका छन्।

    नीजी अस्पतालको व्यवस्था
    मन्त्रालयले मङ्गवार दिउँसो उपलब्ध गराएको विवरण अनुसार उपत्यकाभित्र हाल १६ वटा निजी अस्पतालहरूले कोभिड-१९ को उपचार गरिरहेका छन्।निजी अस्पतालहरूमा कोभिडको उपचारका लागि १,०६२ वटा आइसोलेशन शैय्या छुट्ट्याइएका छन्।त्यस्तै निजी अस्पतालहरूमा हाल कोभिड उपचारका लागि ७५ वटा आईसीयू शय्या र २९ वटा भेन्टिलेटर उपलब्ध छन्।

    मन्त्रालयका अनुसार सरकारी र निजी गरी हालसम्म उपत्यकाभित्र ३३ वटा अस्पताल र एउटा आइसोलेशन केन्द्रमा गरी कुल २,७७० वटा आइसोलेशन शय्याहरू सञ्चालनमा छन्।त्यस्तै उपत्यकाभित्र कुल ३०० वटा आईसीयू र १४९ वटा भेन्टिलेटरको सुविधा रहेको छ।

    सरकारले सङ्क्रमितको सङ्ख्या बढेसँगै कोभिडको उपचारका लागि शय्याको जोहो गर्न विभिन्न उपाय अपनाएको बताइरहेका बेला कतिपय विज्ञहरूले भने समय हुँदै सरकारले आवश्यक तयारी नगरेको आरोप लगाएका छन्।

    उनीहरूका अनुसार अहिले पनि सरकारले आवश्यक जनशक्ति व्यवस्थापनमा ध्यान दिएको छैन।उनीहरू भन्छन्- आईसीयू र भेन्टिलेटरमा काम गर्नसक्ने तालिमप्राप्त जनशक्तिको सङ्ख्या निकै न्यून छ।एकजना जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले भने, “हामीले पहिलेदेखि नै कोभिड र नन-कोभिड छुट्याउनु भनेर सुझाव दिएका थियौँ तर त्यसो गरिएन। अहिले त नन-कोभिड बिरामीहरूलाई पनि असर पर्ने देखियो।”

    “हामीले तयारीका लागि पर्याप्त समय पाउँदा पनि स्पष्ट रणनीतिका साथ तयारी गरिएन। त्यो अनुसार जनशक्तिलाई तालिम दिएर दक्ष पनि बनाइन। त्यसैले अब निकै अफ्ट्यारो अवस्था आइसक्यो।”उनी अहिले पनि सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि पर्याप्त काम नगरेको र आफूहरू कराउँदा कराउँदा थाकिसकेको बताउँछन्।

    सरकारी अधिकारीहरू चाहिँ नयाँ निर्णयले उपत्यकाभित्र धेरैभन्दा धेरै सङ्क्रमितले उपचार पाउने दाबी गर्छन्।

    सरकारी निर्णय
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित रूपमा गर्ने पत्रकार सम्मेलनमा सोमवार नयाँ निर्णयबारे जानकारी दिइएको थियो।उक्त पत्रकार सम्मेलमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, “उपत्यका भित्रका सबै किसिमका सरकारी अस्पतालहरूलाई कोभिड अस्पतालका रूपमा व्यवस्था गरी हाललाई स्वास्थ्य सेवा विभागसँग रहेका आईसीयू, भेन्टिलेटर, अक्सिजन आदि सघन उपचारका लागि आवश्यक सरसामग्रीहरू उपत्यकाका अस्पतालहरूमा केन्द्रित भएर व्यवस्थापन गर्ने।”

    उनका अनुसार उक्त निर्णय गत आइतवार बसेको मन्त्रालयस्तरीय इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएफ) को बैठकले गरेको हो।स्वास्थ्य सचिवको संयोजकत्वमा रहेको आईसीएफको आइतवारको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालसमेत सामेल भएको गौतमले जानकारी दिएका थिए।

    उनका अनुसार सरकारी अस्पतालहरूमा आकस्मिकबाहेकका अन्य शल्यक्रिया पनि नगर्ने निर्णय उक्त बैठकको छ।त्यस्तै बैठकले अस्पतालहरूले होटलसँग मिलेर आइसोलेशन केन्द्र सञ्चालन गर्न चाहेमा मापदण्ड पूरा गर्नेलाई अनुमति दिने निर्णय पनि गरेको गौतमले जानकारी दिएका थिए। – बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.