Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अनुदानको मल प्लाइउड फ्याक्ट्री र रक्सी कारखानालाई

बाबुराम ढकाल बाबुराम ढकाल
कार्तिक २८, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    केही महिनादेखि मलको हाहाकारका जसरी समाचारहरु आइरहेका छन्, त्यसलाई हेर्ने हो भने यस वर्ष धान उत्पादन उल्लेख्यरुपमा घट्नु पर्ने हो । तर, उल्टो यस वर्ष विगतको तुलनामा उल्लेख्यरुपमा धान उत्पादन बढिरहेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तरगतको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका प्रमुख भानु पोख्रेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष कम्तिमा १५ प्रतिशत धान उत्पादन बढ्ने देखिएको छ । उहांका अनुसार गत वर्ष करिब ५४ लाख मे.टन धान उत्पादन भएकोमा यस वर्ष करिब ६० लाख मे.टन धान उत्पादन हुने देखिएको छ ।

    कृषि मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण रेग्मी भरखर धान काट्न शुरु गरिएकोले कति धान उत्पादन हुन्छ भनेर यकिन रुपमा अहिले नै भन्न नसकिए पनि धान उत्पादन बढ्ने देखिएको छ । ‘२ नं प्रदेशमा रोग र किराको अलिकति प्रकोप देखियो । त्यसले गर्दा अलिकति समस्या भयो । अन्यथा यस वर्ष धान उत्पादन राम्रो हुंदैछ’ रेग्मीको भनाइ छ । प्रदेश १ को कृषि मन्त्रालयमा कार्यरत् धान विज्ञ डा. राजेन्द्र उप्रेती धान रोप्ने बेलादेखि पछिसम्म पनि लगातार पानी परिरहेकोले यस वर्ष धान उत्पादन राम्रो भएको बताउंछन् । ‘यस वर्ष शुरु देखि नै लगभग एकै नासले पानी परिरह्यो । त्यसले गर्दा सिंचाई प्रयाप्त हुन सक्यो । धान लगाउने बेलामा मल नपाए पनि पछिबाट किसानहरुले मल व्यवस्थापन गरे, त्यसले गर्दा उत्पादन बढ्यो’ उप्रेतीको भनाइ छ । उप्रेतीका अनुसार प्रदेश १ मा गत वर्ष २ लाख २४ हजार मे.टन धान उत्पादन भएकोमा यस वर्ष २ लाख ४३ हजार मे.टन उत्पादन हुने अनुमान गरिएको छ ।

    रसायनिक मल नपाएर हाहाकार मच्चिएकोले धान उत्पादनमा प्रतिकूल असर पर्ने कुरा निकै जोडतोडले उठिरहेको बेला आएको पछिल्लो तथ्याङक भने निकै सकारात्मक तर मलको हाहाकारलाई ‘काउण्टर’ दिने खालको छ । यदि सांच्चै रसायनिक मलकै कारण धान उत्पादनमा प्रतिकूल असर पर्ने भए यो वर्ष सबैभन्दा कम धान उत्पादन हुनु पर्ने थियो । तर, परिणाम ठीक उल्टो देखियो । मल हाहाकारकै बीचमा धान उत्पादन बढ्नुले कतै मलको समस्या वास्तविकता भन्दा बढी देखाइएको त होइन ? अथवा मलको हाहाकार यथार्थभन्दा बढी नियोजित त होइन ? प्रश्न उठ्नु स्वभाविक हो ।

    युरिया मलः किसानको खेतमा होइन, प्लाइउड कारखाना र रक्सी कारखानालाई
    धेरैलाई अचम्म लाग्न सक्छ, युरिया मल किसानले उत्पादन बढाउन मात्र प्रयो गर्दैनन्, प्लाइउड फ्याक्ट्रीहरु, घरेलु रक्सी उत्पादकहरु, रंग कारखाना र निर्माण सामाग्रि सम्वन्धि उद्योगहरुले पनि प्रयोग गर्छन् । यस मध्ये सबैभन्दा बढी प्लाइउड फ्याक्ट्रीहरुले गर्छन् ।

    राष्ट्रिय सहकारी वैंकका संचालक तथा जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष धुव्र यादवको भनाईलाई मान्ने हो भने त नेपालमा खपत हुने कूल युरिया मल मध्ये करिब २५ प्रतिशत प्लाइउड फ्याक्ट्रीले मात्र खपत गर्छन् । ‘यसमा गज्जबको खेल हुंदो रहेछ, तल तल बस्ने हामीहरुले त थाहै नपाउने, माथि माथीबाटै सबै हिसाब किताव मिलाइने, सहकारी संस्थाकै नाममा बील काट्ने, कारोबार गर्ने र माथिबाटै हिसाब मिलाउने कामसमेत हुंदोरहेछ । हाम्रो नाममा (अर्थात् सहकारीको नाममा) आएको मल माथिबाटै हिसाब किताब गरेर खरिद विक्री हुंदा पनि हामीले थाहा पाउंदा रहेनछौं’ यादवले भने ।

    आफूहरु स्वंयले प्लाइउड फ्याक्ट्रिको भ्रमण गर्दासमेत प्रत्यक्षरुपमा युरिया प्रयोग गरेको देखेको बताउंदै यदावले जनतापाटीसंग भने–यसमा निकै ठूलो खेल छ । मलका विचौलिया र सरकारको उच्च पदस्थ अधिकारीहरुले मिलेमतोमा डाइरेक्ट कारोबार गर्ने हुनाले तलकालाई त केही थाहै हुंदैन ।

    ‘किसानले सहजरुपमा किन्न नपाएपछि भारतबाट एक, दुई किलो मल ल्याउंदा प्रहरी प्रशासनले चोर डांकालाई जस्तो व्यवहार गर्छन्, तर विचौलियाहरुले किसानले अनुदानको मल विचबाटै प्लाइउड फ्याक्ट्रिलाई बेचिदिंदा रोक्ने कोही छैन’ यादवको भनाइ छ । यादवका अनुसार किसानले अनुदानमा पाउनु पर्ने युरिया खपत गर्नेहरुमा साना प्लाइउड फ्याक्ट्रिभन्दा पनि ठूला प्लाउड उद्योगहरु धेरै छन् ।

    नेपालमा करिब ७० वटा प्लाइउड फ्याक्ट्रीहरु छन् । ती मध्ये ८,१० वटा ठूला खालका प्लाइउड फ्याक्ट्री छन् भने अरु साना तथा मझौला खालका छन् । प्लाइउड फ्याक्ट्रीहरुले केमिकल र नाइट्रोजन मिसाएर प्लाइउड टांस्ने काममा युरिया मलको प्रयोग गर्छन् । त्यसको लागि उनीहरुले संभव भएसम्म सहकारी संस्थाहरुले सरकारबाट पाउने अनुदानको मल खरिद गर्ने र नसकेमा भारत वा चीनबाट युरिया ल्याउने गर्छन् । जानकारहरुका अनुसार ८ वाई ४ साइजको प्लाइउडको १५ हजार पिस बनाउन ६ क्विण्टल जति युरिया मल प्रयोग गरिन्छ । ‘पहिले त अलि सजिलो थियो, अहिले चांही नेपाली बजारबाट युरिया किन्न पनि निकै चुनौतिपूर्ण र झन्झटिलो भएको छ’ नवलपरासीको रामग्राम नजिकै रहेको एभरग्रिन व्याम्बोका संचालक डम्बरदेव अर्याल भन्छन् ।

    नेपाल प्लाइउड एशोसियसनका महासचिव होम प्रसाद घिमिरे प्लाइउड फ्याक्ट्रीहरुले पहिले पहिले नेपालमै खरिद गरेर युरिया मलको प्रयोग गर्ने गरे पनि अहिले भने त्यस्तो अवस्था नरहेको दावि गर्छन् । ‘नेपालमा युरिया खरिद गर्न सहज छैन, त्यसैले धेरै उद्योगहरुले अचेल भारतबाटै रेक्जिन ल्याउंछन्’ घिमिरेको भनाइ छ । उनका अनुसार पूर्वतिरका उद्योगहरुको तुलनामा नेपालको पश्चिम क्षेत्रका प्लाइउड उद्योगहरुले युरिया प्रयोग गर्ने प्रचलन थियो, त्यो पनि अहिले निकै कम भएको छ ।
    एशोसियसनका अध्यक्ष प्रदिप चौधरीको भनाई पनि महासचिव घिमिरेको जस्तै छ । ‘पहिले पहिले त युरिया प्रयोग हुन्थ्यो । अहिले खासै हुंदैन । धेरै उद्योगहरुले आफूलाई चाहिने समान भारत र चीनबाट ल्याउंछन्’ चौधरीले भने ।

    आफूलाई ‘युरिया मलको अन्तराष्ट्रिय खेलाडी’ भन्न रुचाउने मलखाद व्यवसायी संघका अध्यक्ष ईश्वर डल्लाकोटीका अनुसार युरिया मल प्लाइउड फ्याक्ट्रिले मात्र होइन, टवाईलेट र वाथरुम सफा गर्न प्रयोग हुने हरपिक बनाउने उद्योगहरुले समेत राम्रैसंग प्रयोग गर्छन् । त्यस्तै ठूला ठूला निर्माण सामाग्रि उद्योगहरुले पनि युरिया मल प्रयोग गर्छन् । ‘तर, यो कुनै समाचार होइन । मलको हाहाकार भएको छ । यो चांही समाचार हो । लेख्ने भए यहीकुरा लेख्नुस्, नभए प्लाइउड फ्याक्ट्रि, हरपिक उद्योगहरुले अति थोरै युरिया प्रयोग गर्छन्, यस्ता स–साना समाचार किन लेख्नु ? नलेख्नुस्’ उनले भने । डल्लाकोटीका अनुसार लक डाउनका कारण गाउं फर्किएर खेती गर्ने क्रम बढ्नु र भारतीय सीमाबाट मल आयात रोकिएकोले मलको हाहाकार भएको हो ।

    घरेलु रक्सी बनाउन युरिया मलको प्रयोग
    घरेलु रक्सी बनाउन विभिन्न अन्नहरुको प्रयोग गरिन्छ । ती अन्नहरुलाई छिटो कुहाउन युरिया मलको प्रयोग गरिने जानकारहरु बताउंछन् । ‘घरेलु रक्सी उत्पादकहरुले पनि केही मात्रामा अनुदानको युरिया मलको प्रयोग गरिरहेका छन् भन्ने जानकारी हामीलाई छ । तर पनि केही गर्न सकिरहेका छैनौं’ कृषि मन्त्रालयका एक अधिकारीले भने । उनकाअनुसार घरेलु रक्सी सेवनबाट मानिसहरुको मृत्यु हुनु पछाडिको एउटा कारण युरिया मल नै हो । छिटो रक्सी बनाउनको लागि युरिया मलको अलि बढी प्रयोग हुंदा त्यो विसाक्त हुने भएकोले त्यसबाट मानिसको मृत्यु हुने गरेको उनको भनाई छ । ‘यसै पनि युरिया मल खाने कुरा होइन, विभिन्न केमिकलहरु प्रयोग हुने भएकोले त्यो विसाक्त हुन्छ । त्यसमाथि अलि बढी प्रयोग भएपछि त मानिसको शरिरले धान्न सक्ने कुरै हुंदैन, अनि मृत्यु हुन पुग्छ’ उनी भन्छन् ।

    रंग उद्योगहरु र हरपिक कारखानाहरुले समेत युरिया मल प्रयोग गर्ने गरेको पाइए पनि त्यसबारेमा विस्तृतरुपमा अध्ययन गरि त्यसलाई नियन्त्रण गर्ने तर्फ अहिलेसम्म कतैबाट पनि पहल हुन सकेको छैन ।

    एउटा वहसः युरियाको आवश्यकता कति ?
    युरिया मलले धान लगायतका बली उत्पादनमा सघाउ पुग्छ भन्नेमा शंका छैन । तर, युरियाको नाममा नेपालमा हरेक वर्ष जति ‘खेल खेलिन्छ’ , के त्यो आवश्यक छ ? यसपाली युरिया मलको खरिदमा भएको ढिलासुस्ती र त्यसका वावजूद धान उत्पादनमा भएको उल्लेख्य वृद्धिले यो प्रश्न जर्वजस्तरुपमा उठाइदिएको छ । यसै पनि नेपालको पहाडी क्षेत्रमा रसायनिक मलको प्रयोग निकै कम हुन्छ र पनि त्यो क्षेत्रमा त्यहांको भौगोलिक अवस्था अनुसार धान उत्पादन राम्रै हुने गरेको छ ।

    सरकारले हरेक वर्ष युरिया वा रसायनिक मल खरिद गर्न किसानलाई अर्बाैं रकम अनुदान दिने गरेको छ । र, भनिरहनु पर्ला त्यो रकमको ठूलो हिस्साले विचौलियाहरुकै पोल्टामा पर्छ, वास्तविक किसानले निकै कम मात्र पाउंछन् । त्यहीकारण रसायनिक मलको कुरा उठ्ने वित्तिकै मल माफिया, विचौलिया र उनीहरुकै आड भरोसामा चल्ने सरकारी अधिकारीहरु पनि हरेक वर्ष मलको हाहाकार सृजना गराउन उद्धत रहेका छन् । समयमै खरिद शुरु नगरि अन्तिम समयमा बल्ल खरिद प्रकृया शुरु गर्ने र ‘हतार भयो, समय छैन’ भन्ने वहाना बनाएर रसायनिक मल खरिदमै वार्षिक अर्बाैको घोटाला गरिदैं आएको कुरा कतैबाट लुकेको छैन । त्यहीकारण वर्षेनी ‘रसायनिक मलको चास्नी’ खेल्न पल्केका विचौलिया र सरकारी अधिकारीहरुको समुह न त नेपालमा रसायनिक मल कारखाना खोल्न दिन्छ न त रसायनिक मलको विकल्पमा प्रांगारिक मलको प्रयोगलाई बढाउन दिन्छ । उनीहरु केवल विदेशबाट रसायनिक मल खरिद गर्ने कुरामात्र जोड दिइरहन्छन् ।

    जब कुनै मन्त्री वा सरकारी अधिकारीले अर्गानिक मलको प्रयोग गर्ने वा विदेशबाट आयात गरिने रसायनिक मलको विकल्प खोज्ने बारेमा वहस शुरु गर्छ, तब उ माथि संगठित रुपमा आक्रमण शुरु गरिन्छ । मलमा दिइने अनुदानलाई व्यवस्थित गर्दै रसायनिक मल आयात होइन कि प्रांगारिक मलको उत्पादन बढाउनु पर्छ भनेर पैरवि गर्न थालेकै कारण पछिल्लो समय कृषि मन्त्री घनश्याम भुषाल विरुद्ध सृंंखलावद्धरुपमा प्रहार शुरु गरिएको स्वंय मल व्यवसायीहरु नै बताउंछन् । ‘रसायनिक मल आयात गर्दा हामीलाई भन्दा पनि बढी फाइदा, कृषि मन्त्रालयका अधिकारीहरुदेखि राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुलाई छ । त्यहीकारण उनीहरु मल उद्योग खोल्ने र प्रांगारिक मल खोल्ने कुरै गर्दैनन् । तर, वदनाम चांही हामीहरु हुनु परिरहेको छ । सरकार यदि सांच्चै नै कृषि उत्पादन बढाउन चाहान्छ, रसायनिक मलमा अर्बाै रकम अनुदान दिनुभन्दा प्रंगारिक मल उत्पादकहरुलाई २,४ करोड दिए भैहाल्छ नी । अर्वाैंको रसायनिक मल खरिदबाट हुने फाइदा भन्दा २,४ करोडको प्रांगारिक मलमा गरिने लगानीले उत्पादन धेरै बढाउंछ भन्ने सबैलाई थाहा छ । तर, कोही पनि त्यसको लागि तयार छैन । किन ? यही प्रश्नको जवाफ खोज्नुस् न सबैकुरा छर्लंग भैहाल्छ नी’ नाम उल्लेख गर्न नचाहाने एक मल व्यापारीले भने ।

    जनतापाटी, कार्तिक २६, २०७७ मा प्रकाशित

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      बाबुराम ढकाल

      बाबुराम ढकाल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.