Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नयाँ वर्षलाई म घृणा गर्छु – एन्टोनियो ग्राम्सी

एन्टोनियो ग्राम्सी एन्टोनियो ग्राम्सी
पुस १७, २०७७
- यो हप्ता, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रत्येक बिहान, म जब फेरि उही घुरमैलो आकाशमुन्तिर बिउँझन्छु, मलाई त्यही क्षण नै नयाँ वर्षझैं लाग्छ।

    त्यसकारण म यी नयाँ सालहरुलाई घृणा गर्छु किनकि नयाँ सालहरु बजेटजस्तो बनेर आउँछन्, जसले जीवन र मानव मनोभावहरूलाई आर्थिक नाफाघाटामा तौलन्छ, बदल्छ। बजेटहरूमा तिर्न बाँकी पैसाको कुरा हुन्छ, नयाँ व्यवस्थापनका लागि भनेर निश्चित रकम छुट्याइएको हुन्छ।

    नयाँ सालको तथाकथित मितिले जीवनका निरन्तरता र मनोभावहरूलाई हटाउँछ। हामी ठान्नपुग्छौं कि गत वर्ष र नव वर्षका बीचमा विश्राम छ। र, नयाँ इतिहास सुरू हुँदैछ भन्ने ठान्छौं हामी। त्यसैले, हामी नयाँ प्रतिज्ञाहरू गर्छौं। पूरा गर्न नसकेका प्रतिज्ञाहरूप्रति पश्चाताप गर्छौं। यस्तै, यस्तै…। खासमा मितिहरूको समस्या नै यही हो।

    कालक्रम इतिहासको मेरूदण्ड हो भन्छन् मान्छेहरू। ठीकै छ, तर प्रत्येक असल मान्छेका दिमागमा कमसेकम चारपाँचवटा मितिहरू गढेर बसेका हुन्छन् र ती मितिहरू इतिहासका खराब सन्दर्भका हुन्छन्। र, खासमा ती मितिहरू पनि नयाँ वर्ष नै थिए। रोमन इतिहासको नयाँ वर्ष, मध्ययुगको नयाँ वर्ष अथवा आधुनिक युगको नयाँ वर्ष।

    र, यी नयाँ साल र मितिहरू हाम्रा दिमागमा यति गढेर बसेका छन् कि, यति आक्रामक छन् कि हामी कहिलेकाहीँ यस्तो ठान्ने अवस्थामा पुग्छौं–७५२ मा इटलीमा बल्ल जीवनकोे अध्याय शुरू भयो। १४९० र १४९२ को मितिचाहिँ हिमालहरूजस्तै लाग्छ हामीलाई। हामी ठान्छौं–मानव सभ्यतामा त्यतिखेर ठूलो तख्तापलट भयो, मानव सभ्यताले बिल्कुलै नयाँ जीवनमा आफूलाई पायो। यसकारण अवरोधक बन्न पुग्छन् मितिहरू। त्यस्तो पर्खाल बन्न जान्छन् मिति, जसले हामीलाई ‘बिना कुनै अवरोध त्यो आधारभूत र अपरिवर्तनीय रेखाबाटै इतिहास अघि बढ्छ’जस्तो लाग्छ, जसरी फिल्मका बीचमा आँखै तिर्मिराउने गरी मध्यान्तर हुन्छ।

    त्यसकारण म नयाँ सालहरू मन पराउन्नँ। मेरा लागि प्रत्येक बिहान नै मेरो नयाँ साल बनुन् जस्तो लाग्छ। विश्रामका लागि कुनै दिन खाली समय नराखीकन प्रत्येक दिन म आफूलाई समीक्षा गर्न रूचाउँछु, नविकरण गर्न रूचाउँछु। जब म जीवनका तिव्रताहरूमा डुब्छु/मातिन्छु र पशुतुल्य भई त्यसबाट नयाँ जोश निकाल्न खोज्छु, त्यतिखेर म आफ्नो लागि छोटाछोटा फुर्सद र आराम आफैं तय गर्छु।

    अध्यात्मिक सेवामा हाजिर हुन्न म। बितेका समयहरूमा जोडिएरै पनि म मेरो जीवनका प्रत्येक घण्टालाई नयाँ हुन् भन्ने ठान्दछु।

    मलाई त्यस्तो कुनै उत्सव मनाउनु छैन, जसमा अनिवार्य र सामूहिक लय होस्। र, ती चासै नभएका मान्छेहरूबीच मलाई त्यो तथाकथित उत्सव मनाउन मन छैन। हजुरबाउका पनि हजुरबाउ र एवम् रीतले मनाइयो नयाँ साल भन्दैमा त्यो मनाइनु आवश्यक छैन। दिक्क लाग्छ मलाई यस्ता कुरा।

    म यसका लागि पनि समाजवाद पर्खिरहेछु। किनकि समाजवादले हाम्रा मनोभावहरूमा कुनै झंकार नभएका मितिहरूका ती सबै फोहरहरूलाई धुलिसात् पार्नेछ। र, हाम्रा पुर्खाहरूबाट अनिवार्य स्विकार्नै पर्ने झंकार होइन कि, यदि झंकारहरू बन्ने नै छन् भने पनि तिनीहरू हाम्रो आफ्नै हुनेछन्।

    (जनवरी १, १९१६ मा आभान्ती पत्रिकामा छापिएको ग्राम्सीको यो लेख लेफ्टभोइसडटओआरजीबाट अनुवाद गरिएको हो।)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      एन्टोनियो ग्राम्सी

      एन्टोनियो ग्राम्सी

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.