Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पूँजीवादले विश्वका सबैलाई सुखी बनाएको छैन

सम्भ्रान्तहरूमा सत्ताको केन्द्रमा पुग्ने झुकाव देखिएको छ, अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मामला नै यस्तो हो

वांग डान वांग डान
माघ २१, २०७७
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    स्वतन्त्र बजार र स्वतन्त्र विनिमय पूँजीवादका मूल तत्वहरू हुन्। पछिल्ला शताब्दीमा, स्वतन्त्र बजार प्रणाली नै गरीबी उन्मूलन र विकासको आधार हो भन्नेमा आम सहमति भइसकेको थियो। यद्यपि, सन् २००८ को वित्तीय संकटले विश्व अर्थतन्त्रलाई धक्का दियो र पहिलेको बुझाईमा पनि परिवर्तन आयो ।

    आर्थिक सुधार भएपनि त्यो असमान रूपमा भएको थियो र छ। संकटबाट धनीहरूले फाइदा उठाएजस्तो देखिन्थ्यो जबकि धेरैजसो गरीबहरूले संकटहरूमा झनै बढी मूल्य चुकाउनु पर्‍यो। दस बर्षपछि आय असमानतामा मात्र व्यापक बृद्धि भयो । र, अहिले मेसिनहरूले शारीरिक श्रमलाई प्रतिस्थापन गर्ने व्यापक प्रवृत्ति देखिएको छ। जसका कारण सीप कम भएका श्रमिकहरूको रोजगारी गुम्ने खतरा बढ्दो छ ।

    २०२१ मा संसार प्रवेश गरेसँगै, पूँजीवादबिरूद्ध पनि सर्वत्र आलोचना र टिप्पणी बढेको छ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सन् २०२१ को दावोस सम्मेलनमा भने ‘पूँजीवाद राम्रो मोडेल हुँदाहुँदै पनि यसले पछाडि परेकाहरूको समस्याको सम्वोधन गरिरहेको छैन।’ यस हप्ताको गेमस्टप सागाले ‘एन्टी वाल स्ट्रीट’ भावनाको विश्वव्यापी लहरलाई तरङ्गित गरेको छ ।

    महामारीले पुर्‍याएको क्षतिलाई पूर्ति गर्नपर्ने अवस्थामा र नेतृत्वदायी पश्चिमी देशहरूभित्रको विभाजित राजनीतिको पृष्ठभूमिमा, यो २०२१ सालमा, स्वतन्त्र बजारको अवधारणा अझै हाम्रा समस्याहरू समाधान गर्ने उपाय हो कि होइन भनेर हामीले ठहर गर्नुपर्ने हुनसक्छ ।

    पूँजीवाद स्वभावैले नै बढी कुशल छ। र, त्यसैले असमानताको लागि उच्च सहिष्णु छ। यस प्रणालीमा, जन्मले नै तीक्ष्ण वा उच्च सामाजिक स्तरबाट आएका व्यक्तिले अरूभन्दा धेरै बढी पैसा कमाउन सक्छ । पैसा र प्रविधिका साथै व्यवसायिक रूपमा सम्भ्रान्त वर्ग सत्ताको केन्द्रमा पुग्ने लहर पनि देखिएको छ । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको मामला यस्तै हो। ट्रम्पजस्ताले बनाएका नीतिहरूले अनिवार्य रूपमा धनी र गरीबप्रति अनुदारहरूलाई सघाउ पुर्‍याउनेछन्।

    पूँजीवादी समाजमा, पैसाले करीब करीब व्यक्तिको हैसियत मापन गर्छ। उच्च नाफा प्राप्त हुन्छ भनेर नै पूँजीवादको ‘स्व–इच्छा’ सुत्रलाई उचित मानिएको हो। यसलाई प्रविधिका दिग्गजहरू र शक्तिशाली वाल स्ट्रीट प्लेयरहरूको उदयले पछि पारेको छ। यिनीहरूले कानुनीरूपमा करहरूबाट जोगिन विदेशी निकायहरू स्थापना गर्छन् तर सर्वसाधारणसँग त्यस्तो विकल्प हुँदैन। यदि सरकारहरूले कर अवज्ञालाई बेवास्ता गर्दै पूँजीको स्वतन्त्र बहावलाई स्वीकार गरेको अवस्थामा आर्थिक निर्णयहरू गर्न स्व–इच्छालाई अनुमति दिइँदा सामाजिक लागत अत्यधिकरुपमा उच्च हुन्छ।

    स्वतन्त्र बजार अर्थतन्त्र र उदार लोकतन्त्रको दुर्भाग्यपूर्ण परिणाम भनेको सहमति गर्ने थोरै सम्भावना हुनु हो । गरीबी घटाउने वा आयको खाडल पुर्ने नीतिबारे स्वतन्त्र बजारले कहिल्यै पनि बहस चलाउँदैन । यद्यपि, चीनले गरिबीबिरूद्धको विश्वव्यापी लडाईंमा सबैभन्दा महत्वपूर्ण प्रगति गरिसकेको छ।

    पूर्वाधारमा भारी लगानी र प्रत्यक्ष नगद स्थानान्तरणजस्ता उपायहरू अपनाई चीनले गरीबी निवारणको लक्ष्य हासिल गरिसकेको छ। चीनको गरीबी उन्मूलन कार्यक्रम सामाजिक स्थायित्वसम्बन्धी सरोकारहरूलाई सम्बोधन गर्न मात्र लागु गरिएको थिएन, यो त चिनियाँ समाजमा गरीबलाई सहयोग हुनुपर्ने परम्पराको कारणले भएको हो।

    हामीहरू के सम्भावना देख्छौं भने पश्चिमी सरकारहरूले ठूला निगमहरूको शक्तिलाई नियन्त्रण गर्ने आफ्ना प्रयासहरू अघि बढाउँछन्। नियामकहरूले ठूला नीजी कम्पनीका कोषहरू र अन्य प्रमुख वित्तीय प्लेयरहरूलाई नियन्त्रण गर्न समेत कडाइ गर्नेछन्। केही हदसम्म, हामीले चीन र पश्चिमका आर्थिक नीतिहरूमा एकरुपता आएको देख्नेछौं। अमेरिका र युरोपले कम आय भएका मजदुरहरूको सुरक्षा गर्ने औद्योगिक नीतिहरू अपनाउनेबारे खुलेर छलफल गरिसकेका छन्।

    जो बाइडेनको अमेरिकी सरकारले दीर्घकालीन रुपमा देशको आर्थिक सुधारको केन्द्रमा जलवायू परिवर्तन नीतिहरूलाई राखेको छ। यदि सरकार नै संलग्न हुने भने रोजगारीलाई जोखिममा नपारीकन कार्वन उत्सर्जन घटाउने र औद्योगिक संक्रमणको लक्ष्य हासिल गर्न सकिन्छ। हामीले बुझ्नुपर्दछ कि पूँजीवादले बजार असफलता निम्त्याउन सक्छ र नकारात्मक असरहरूलाई कम गराउन सरकारको हस्तक्षेप आवश्यक छ, वा झन् वाञ्छनीय पनि छ।

    पुँजीवादले समृद्धि ल्याउन सक्छ, तर यसले विश्वलाई नै सुख ल्याउने प्रतिज्ञा गर्दैन। इमान्दारीता, सामाजिक उत्तरदायित्व र सबैका लागि निश्पक्ष व्यवहारजस्ता सामाजिक मूल्यहरू अझै पनि अँगाल्न आवश्यक छ। राजनीतिक र सामाजिक शक्तिहरूबाट सुधारहरू नभएमा, पूँजीवाद एक्लै भने नपत्याउने गरी मृत्युको खाडलमा पर्नेछ ।

    (यसका लेखक वांग डान चीनको ह्याङ्ग सेन्ग बैंकका प्रमुख अर्थशास्त्री हुन्।)

    कार्टुन स्रोतः केगल कार्टुनडटकम

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      वांग डान

      वांग डान

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.