Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कुरीकुरी रामबहादुर थापा ! -सुदन किराँती

सुदन किराँती सुदन किराँती
माघ २५, २०७७
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    रामबहादुर थापा बादललाई चिन्न मलाई २५ वर्ष लागेछ । जनयुद्धमा भयंकर रूपमा एउटा मिथक बनाएर हामीले उनलाई नेतृत्वमा स्थापित ग-यौँ । एउटा मगर समुदायमा जन्मेको ‘भयंकर नेता’ ठान्थ्यौं हामी पहिले । तर अहिले उनलाई सम्झँदा र उनको कृत्य देख्दा मलाई आत्मग्लानी र पश्चाताप महशुस भएको छ ।

    वादल दार्शनिक रूपले घोर दक्षिणपन्थी विर्सजनवाद, राजनीतिक रूपले घोर अवसरवाद र वैचारिक रूपले गद्धार लिम्पियाओवादमा पतन भएका छन् । आदर्श क्रान्तिकारीका रूपमा ठानिएको व्यक्तिको यो स्तरको विसर्जनले सा-है नमजा लाग्दोरहेछ । अहिले पनि कतै आफूले ठानेका आदर्शहरू भोलि त्यसैगरि पतन हुने त होइनन् भनेर त्रास जाग्दोरहेछ ।

    दार्शनिक रुपमा उनी कसरी विसर्जनवादी भए भने वादल प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनको घोर मतियार बने। वादल आज उनी प्रतिगमनको प्रतिरक्षामा धेरै खरानी घसेर जानीनजानी लागिरहेका छन्। उनले अग्रगमन र क्रान्तिकारिताको बाटो नभएर विसर्जनको बाटो अख्तियार गरेका छन् ।

    यी तिनै रङफेरुवा वादल हुन् जसले चुनवाङ बैठकमा ‘म लिम्पियाओवादी नै हुँ त ?’ भनेर रुँदै कार्यकर्तामाझ प्रशिक्षण गरेका थिए। रोएर संवेदना जित्न खोजेका थिए। आफू लिम्पियाओवादी होइन भनेर उनले उतिखेर दाबी गरेका थिए । तर इतिहासले आज उनलाई गद्धार र लिम्पियाओवादी नै भएको पुष्टि ग-यो । यी तिनै वादल हुन् जो संविधानसभाको दोस्रो निर्वाचन गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा निर्वाचन गराउने महान अभियानका क्रममा संविधान सभाको चुनावलाई बहिस्कार गर्दै उल्टो बम पड्काउनतिर लागे।

    नमुना मतपेटिका फुटाएर चुनाव बहिस्कार गर्न आग्रह गर्दै त्यसको प्रतिकात्मक विरोध गरे । तर संविधान जारी भएलगत्तै लाजै नमानी यतातिर आएर उनले बहिस्कार गरेको संविधानसभाले बनाएकै संविधानको धारामा टेकेर उनी गृहमन्त्री बने। इतिहासमाथिको कति भद्धा मजाक हो यो! र, अहिले आएर यिनी संविधानमाथि भएको ‘कू’ को पक्षमा निर्लज्ज लागेका छन्।

    खड्गप्रसाद ओलीले प्रतिनिधि सभा विघटन गरेपछि केही दिन अलमल गरेका बादलका लागि अघिल्लो दिनसम्म ओली कदम प्रतिगतमन थियो। भोलिपल्ट जब ओलीले उनलाई स्थायी रूपमा गृहमन्त्रीको जागिर तोकिदिएपछि वा लालपुर्जा दिइएपछि उनका लागि यो कदम अग्रगामी भयो। गजब छ बा!

    अझ हुँदाहुँदा त अग्रगामीहरुलाई चिडियाखानामा लगेर थुन्छौँ भन्ने अभिव्यक्ति दिँदैछन् यी धुर्त मनुवा! त्यसकारण, अब वादल चरम अवसरवाद र लिम्पियाओवादीमा विसर्जन भएको इतिहासले पुष्टी गरेको छ । रामबहादुर थापाका लागि क्रान्तिले स्थापित गरेको ‘बादल’ नाम पनि अब त अशोभनीय लाग्छ । यसर्थ, मिस्टर रामबहादुर दोस्रो संविधान सभा निर्वाचन अगाडि मोहन वैद्य किरणसँग गएर मिलेका थिए । किरणसँग बस्न अनुकूल नदेखेपछि फेरि मूल माओवादीमै आएर नेता बने र अहिले प्रतिगमनको सती गए ।

    अहिले आएर उनले नेकपाको मूल नेतृत्वलाई धोका दिएका छन्। संविधानलाई धोका दिएका छन्। उनी कतिसम्म लाचार र विवश देखिन्छन् कि महेश बस्नेतजस्ता अराजनीतिक व्यक्तिहरूले ‘माओवादीहरू जंगली हुन्’ भन्दा पनि सहजै सहन र सुन्न सक्छन् । हिजोको आन्दोलनको निन्दा सजिलै पचाउन सक्छन् । खड्ग ओलीले पनि ‘जनयुद्ध कुहिएको फर्सी हो’ भन्दा विरोध नगरीकन कालो चस्माभित्र आँखा लुकाउन सक्छन् । कस्तो दिन देख्नुप-यो! हिजोका जनयुद्धका ठूला सिपाही बादल आज आफ्नै इतिहासप्रति कुनै गर्व नभएको लाचार र गद्धार पात्रका रूपमा स्थापित भएका छन् ।

    यस्तो देख्दा हामी त लाजले पानी पानी हुन्छौं तर अवसरवादले यस्ता कुरा कसरी पचाउँछ कुन्नि !

    (किरातीँ नेकपाका केन्द्रीय सदस्य हुन् ।)

    रामबहादुर थापाको तस्वीर स्रोतः अनलाइनखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सुदन किराँती

      सुदन किराँती

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.