Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

राउटे युवतीमाथिको दुर्व्यवहार: चलन ठूलो कि व्यक्तिको जीवन?

किशोर बिष्ट किशोर बिष्ट
जेष्ठ २७, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आजका दिनमा पनि नेपाली समाजमा महिलाविरुद्ध हुने यौनजन्य दुर्व्यवहारमा कमी आएको छैन। यस युगमा पनि फरक लिङ्ग भएकै कारण महिलाले पुरुष जातिका हेपाइ र हिंसात्मक कृयाकलापको शिकार बन्नुपरेको छ। त्यस्ता घटनाहरूले बारम्बार सभ्य र सचेत भनिने मानव समाजलाई जिस्क्याइरहेको छ।

    कहिले आफन्तबाट त कहिले अपरिचितहरूबाटै हिंसामा पर्ने गरेका छन् जुनसुकै उमेर समूहका महिला, किशोरी र बालबालिका। पछिल्लो पटक पश्चिम नेपालका बनजंगलहरूमा घुमेर जीवन बिताउने अल्पशंख्यक राउटे समुदायका दुई युवती, सम्झना राउटे र गाजलु राउटेमाथि भएको यौन दुर्व्यवहारको घट्ना सार्वजनिक भएपछि त्यस घट्नाले ल्याउन सक्ने सम्भावित दुस्परिणामहरूबारे अनेक आशंकाहरू व्यक्त भएका छन्।

    लोपोन्मुख समुदायकी युवतीहरूलाई तिनको अशिक्षा र गरिबीको फाईदा उठाउँदै कथित सभ्य समाजका युवकहरूले उनीहरूमाथि गरेको हर्कत दुखद छ, अक्षम्य छ। केही अपवादका घटनाबाहेक विश्वमा प्रायः विपन्न, अशिक्षित, अल्पशंख्यक वर्ग र समाजका महिलाहरू नै यौनजन्य हिंसामा पर्ने गर्छन्। राज्य, प्रशासन तथा विभिन्न रास्ट्रिय तथा अन्र्तर्राष्ट्रिय संस्थाहरूले निरन्तर प्रयास गर्दा पनि यस्ता घटनाहरू घटिरहनुले समाजमाथि चुनौति खडा गरेको छ।

    को हुन् राउटे?

    राउटे समुदाय अत्यन्त थोरै संख्यामा रहेको लोपोन्मुख जाति हो। आम नेपाली समाजभन्दा परै रहेर जीवन यापन गर्न रूचाउने समुदाय हो राउटे। २०६८ सालको जनगणना अनुसार यो समुदायको जनसङ्ख्या ६५० को हाराहारिमा थियो। सरकारले यस समुदायलाई घुमन्ते जीवन छाडेर स्थायी वसोवासको आग्रह गरेपनि राउटेहरूले त्यस प्रस्तावलाई अहिलेसम्म पनि रूचाएका छैनन्। अहिले तिनको संख्या घटेको छ। सोही कारण करिव १५० जना राउटेहरू अहिले पनि पश्चिम नेपालको बनजंगलमा घुमन्ते जीवन बिताइरहेका छन्।

    राउटे जातिको आफ्नै मौलिक संस्कृति, भेषभुसा, चालचलन र भाषा छ। राउटेहरू बाहिरी समाजसँग त्यति घुलमिल नहुने भएकै कारण उनिहरूका बारेमा अझै पनि कतिपय तथ्यहरू बाहिर आउन सकेका छैनन्। आफ्नै मौलिक र मौखिक कानूनमा चल्ने यो समुदायको प्रमुखलाई मुखिया भनिन्छ। मुखियाले त्यस समुदायका सबै सदस्यहरूको पिरमर्का बुझेर काम गर्ने दावि गरिएपनि त्यस समुदायका मुखिया अन्ततः एकल र निरङ्कुश शासक नै हुन्।

    अशिक्षा, रुढीवाद र अन्धविश्वासले जकडिएको यो समाजसँग पछिल्लो समय बाहिरी समाजको सम्पर्क बढेको छ। जसका कारण यिनीहरू ठूलो संक्रमणबाट गुज्रिरहेका छन्। बिरामी पर्दा परम्परागत झाँक्री र बुटीमै निर्भर रहने गरेका कारण पनि यिनीहरूको जनशंख्या व्यापक रूपमा घटेको हो। काठका सामग्री बनाएर बाहिरी समुदायमा बेचेर वा सामानसँग अन्न साटेर जीवन निर्वाह गर्दै आएका यिनीहरूलाई सरकारले अहिलेसम्म जिविकोपार्जनका लागि काठ चिर्न अनुमति दिएको पाईन्छ्। बाँदर मारेर खाने गरेका उनीहरूलाई सरकारले लोपोन्मुख समुदायका नाममा भत्तासमेत दिने गरेको छ।

    युट्युबरका निसानामा राउटे

    तर राउटेहरूलाई दिइएको उक्त भत्ताले उनीहरूको जीवन उकास्नुको साटो उनीहरूलाई रक्सीलगायत बाहिरीया जंक फुडको अम्मली बनाएको छ। पछिल्लो समयमा राउटे समुदाय ‘युट्युबर र अनलाइन मिडियावाला’हरूका निसानामा परेका छन्। युट्युब र फेसबुकमा छाएका उनीहरूका भिडियोहरूका कारण टिकटिकका पाश्र्व आवाजमा पनि उनीहरू चर्चित भएका छन्। उनिहरूका बारेमा कतिपय व्यक्ति र संस्थाले गम्भीर अध्ययनहरू पनि गरेका छन्। अडियो र भिडियो डकुमेन्ट्रिहरू बनेका छन्।

    यौन दुर्व्यवहारमा परेका राउटे युवतीहरू पछिल्लो समय मुलतः युट्युबर र टिकटकरको निसानामा पर्दै आएका थिए। युट्युबर र टिकटकेहरूले आफ्नो भ्युज बटुल्नकै लागि राउटे युवतीका भिडियोहरूको व्यापक सम्प्रेषण भएको थियो। सामाजिक सन्जालमा ‘राउटे सुन्दरी’का रूपमा चर्चामा आएको केही समय नबित्दै उनिहरू यौन दुर्व्यवहारमा परेका हुन्।

    दुर्व्यवहारको भिडियो र अनुसन्धान

    अशिक्षा, गरिबी र सोझोपनको फाईदा उठाउँदै, रक्सी खुवाएर दुई राउटे युवतीहरूलाई केही युवकहरूले गेस्टहाउससम्म पुर्याएको तथ्यहरू खुलेका छन्। सामाजिक सन्जालमार्फत युवकहरू स्वयंले बनाएको भिडियो बाहिरिएपछि दुव्र्यवहार भएको कुरा खुलेको हो। सोही भिडियोकै आधारमा प्रहरीले युवकहरूलाई पक्राउसमेत गरेको छ।

    तर अभियुक्तहरू प्रहरीको नियन्त्रणमा आए पनि यो घट्नालाई कसरी छानविन र अनुसन्धान गर्ने भन्नेबारे प्रहरी स्वयं अन्यौलमा छ। किनकि युवतीहरूमाझ प्रहरी प्रशासन पुग्दा, उनीहरूसँग सोधपुछ गर्दा युवती र सिंगै राउटे समुदायको मनोविज्ञान र प्रतिक्रिया कस्तो हुन्छ भन्ने कुराले घटनाबारे गम्भीर अनुसन्धान हुन पाएको छैन।

    -किशोर बिष्ट

    अर्कोतर्फ, राउटे समुदायको आफ्नै कानुन छ। समुदायभन्दा बाहिरका युवाहरूसँगको तिनको भेटगाट, मद्यपान र त्यसपछिको दुव्र्यवहारको विषयलाई राउटे समाजले कस्तो रूपमा लेला भन्ने विषयलाई बाहिरी समाजलाई सशंकित तुल्याएको छ। किनकि राउटे समुदायको चलनको विपरित ठहरिने काम गर्दा मान्छेको ज्यानै लिनेसम्मका दण्डसमेत दिइने गरेको कुरा राउटेको संस्कृतिका जानकारहरूले बताएका छन्।

    जानकारहरूका अनुसार अन्य समुदायको पुरुष नजिकै पर्दासमेत कैयौँ महिना राउटे महिलाहरूलाई नजरबन्दमा राखिने गरेको छ। आजका दिनमा यो घटनाका बारेमा त्यस समुदायका मुखियासम्म कुरा नपुगेको र थप खबरहरू नपुगुन् भनेर राउटेको समुदाय वरपर प्रहरी परिचालन गरिएको छ। कथम्कदाचित् उनिहरूप्रति गरिएको यौन दुर्व्यवहार त्यस समुदायले थाहा पाएको खण्डमा तिनीहरूमाथि घरेलु हातहतियार प्रयोग गरी हत्यासमेत गरिने कुराले मानव अधिकार र महिला अधिकारका पक्षधरहरूलाई गम्भीर बनाएको छ।

    नेपालभित्रै मृत्युदण्ड!

    यो घटनाले सचेत वर्गलाई सोच्न वाध्य बनाएको छ्। नेपालको सिमाभित्र बस्ने सबैले नेपालको मौजुदा संविधान र कानुन मान्नैपर्ने हुन्छ तर राउटे समुदायले आफ्नै कानूनको अभ्यास गर्दै आएको देखिन्छ। भोलिका दिनमा राउटेहरूले युवतीहरूको ज्यानमाथि तलमाथि गरे को जिम्मेवार भन्ने प्रश्न पनि सतहमा आएको छ। सँगै आएको छ अर्को प्रश्नःके राउटेहरूले नेपाल देशको सीमाभित्र मृत्युदण्डको अभ्यास गर्दै आएका छन्? गर्न पाउँछन्?

    उसो त शिक्षित भनिने समाजमा पनि महिलाहरूले सामान्य गल्ती गर्दासमेत अनेक अनुचित दण्ड भोग्ने गरेका छन्, चाहे त्यो धर्मका नाममा होस् या संस्कृतिका नाममा। स्वतन्त्र यौन व्यवहार गर्ने महिलाहरूलाई त प्रायः सबै धर्म र समाजले तथाकथित इज्जत, प्रतिष्ठा र नियमको कठोर साङ्लाले कसेको छ। गाउँ निकाला र कालोमोसो दल्नेसम्मका हर्कत हाम्रै सामु छन्। पुरुषले करणी गर्दासमेत महिलालाई नै दोसी करार गरिने चलन व्याप्त छ। यस युगको पिँधमा रहेको राउटे समुदायभित्र महिलाहरूप्रति कस्तो दृष्टिकोण छ होला, हामी अनुमान मात्रै गर्न सक्छौँ।

    तर अवसर पनि…

    यस घटनाले प्रशासन, न्यायकर्मी र समाजसामु ठूलो चुनौती त पैदा गरेकै छ, साथसाथै राउटे समुदायका पीडित युवतीहरूको नव व्यवस्थापनाका लागि अबसर पनि जुटेको छ। विश्वको प्रायः हरेक समाज पितृसत्तात्मक छ, राउटे समुदाय पनि पुरुष मुखियाकै एकल आदेशमा चल्ने समाज हो। अरु समाजका पुरुषहरूसँग आफ्ना स्त्रीजनलाई निकट समेत हुन नदिन मुखिया शासनमा महिलाहरूको कुन हदसम्म शोषण र अन्याय हुँदो हो? कल्पना मात्रै गर्न सकिन्छ।

    विश्वका अन्य मुलुकहरूमा पनि लोपोन्मुख तथा अल्पसंख्यक घुमन्ते आदिवासिहरूको बसोबास छ। ति सबैका आआफ्नै धर्मसंस्कृति, भेषभुसा र परम्परा छन्। विश्वको कुल जनसंख्याको ५% आदिवासिहरूले ओगटेका छन्। रोचक तथ्य के छ भने प्रायः आदिवासिहरू मुलधारको भनिने समाजभन्दा अलग्गै बस्न रुचाउँछन् र जङ्गललाई आफ्नो वासस्थानका रूपमा प्रयोग गर्छन्। भारत, चीन, रुस, अमेरिका, दक्षिण अमेरिका, न्युजिल्यान्ड, अस्ट्रेलियालगायका ९० भन्दा बढी देशमा घुमन्ते आदिवासि (नोम्याडिक एबोरिजिनल) हरूको वसोवास रहेको विभिन्न तथ्याङ्कहरूले देखाउँछ।

    धेरै देशहरूमा सरकारी–गैरसरकारी संस्थाहरूको पहलकदमीमा उनीहरूको व्यवस्थापन भएको देखिन्छ्। मुलधारको समाजमा ल्याइ विभिन्न कार्यक्रममार्फत उनिहरूलाई रोजगारीको व्यवस्था गरिएका दृष्टान्तहरू पाउन सकिन्छ्। त्यसो हुँदाहुँदै पनि उनीहरू सहजै आफ्नो जीवनशैली परिमार्जित गर्न चाहँदैनन्। आफुले अभ्यास गर्दै आएका गतिविधिमै रमाउन चाहन्छन्। सोही कारण अझै पनि कैयौँ आदिवासीहरूले फिरन्ते जिबन बिताईरहेका छन्। पछिल्लो २० बर्षमा विभिन्न संघसंस्थाहरूले यस्ता फिरन्ते आदिवासीहरूको मुल सँस्कृतिमाथि अतिक्रमण नगरीकनै उनिहरूलाई मुलधारको समाजमा स्थापित गर्न पहल गरेका छन्। संस्कृति कायम गर्दै मुलधारमा ल्याउने कुरा आफैँमा अति नै चुनौतीपूर्ण छ।

    नेपालमा राउटेमात्रै होइन, अन्य थुप्रै सिमान्तकृत आदिवासी समुदायहरू पनि बसोबास गर्छन्। यद्धपि राउटे बाहेकका अन्य समुदायहरू बाहिरी समुदायसँग घुलमिल भएर बसेका छन्। तर राउटेहरूको आफ्नै राज्य र आन्तरिक जातीय कानून रहेका कारण तिनलाई मूलधारमा ल्याउने विषय चुनौतीपूर्ण छ।

    राज्यको दायित्व

    सम्झना राउटे र गाजलु राउटेको ज्यान बचाउनु पर्ने अहिलेको मुख्य चुनौति हो। यो घटनाले उनिहरूमाथि शारीरिक तथा मनोवैज्ञानिक असर त गरेकै छ, सँगै आफ्नै समुदायबाट उनीहरूको जीवन तलमाथि पर्न सक्ने चुनौती छ। देशको सीमाभित्र रहेका सबैलाई एउटै कानून लाग्ने भएकाले सम्झना र गाजलुको जीवनको सुरक्षा तत्कालको आवश्यकता हो। र, राउटे समुदायमा यदि नेपाली कानूनको उल्लंघन हुनेगरी कुनै काम भइरहेका छन् भने रोक्ने काम पनि यही राज्यको हो। जातीय चलन र व्यक्तिको जीवनको यो द्वन्द्वमा जीवनले नै प्राथमिकता पाउनुपर्छ। यो जमानामा पनि फलानो जातिको संस्कृति खतरामा पर्छ भन्ने नाममा कसैले मानव अधिकारबाट बंचित हुनु नपरोस्।

    लोकतन्त्रमा सबै समुदायका मौलिक धर्मसंस्कृतिको सम्मान, संरक्षण र अस्तित्व रक्षाको दायित्व राज्यकै हो तर कसैका धार्मिक या जातीय चलनका कारण मान्छेको ज्यानै जाने सम्भावना छ भने राज्यले त्यसमा राज्यले हस्तक्षेप गर्नुपर्छ। चलन, जात र धर्मका आधारमा कसैको मौलिक हक खोसिने अवस्था रहनुहुन्न। प्रायः मृत बनिसेको संस्कृत भाषाको संरक्षण र विकासका लागि राज्यले करोडौँ खर्च गर्ने गरेको राज्यले अब राउटेहरूको भाषालाई पनि लिपिवध्द गरी उनिहरूको समयोचित व्यवस्थापन गर्नुपर्छ। तिनको भावनालाई कदर गर्दै तिनलाई आफ्नै खुट्टामा उभिने अवस्थाको सिर्जना गर्नुपर्छ।

    राउटे समुदायका नाममा अनेकौँ संस्थाहरू खोलिएका छन् र तिनका नाममा अनुदानहरू पनि आएकै होलान्। त्यति हुँदाहुँदै पनि बाहिरीया मान्छेहरू भेट्नेबित्तिकै पैसा मागेर रक्सी खाने उनीहरूको आदत बनेको छ। जीवन आदर्शका दृष्टिमा जंगली जीवन प्रकृति नजिकैको जीवन हो। तर अन्तरिक्षमा समेत मानव बसाल्ने सपना बुनिरहेको मानव जातिका लागि मानव जीवन रक्षा र तिनको मर्यादा प्रमुख हो। राउटे समाजको उत्थान विस्तारै चल्ने प्रकृया हो तर तत्कालको आवश्यकता ती दुई युवतीको जीवन रक्षाको हो। मान्छेको जीवनभन्दा चलन ठूलो हुनसक्दैन। ती युवतीको ज्यान तलमाथि नहोस्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      किशोर बिष्ट

      किशोर बिष्ट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.