Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

१९१७ को क्रान्तिले भ्लादिमिर लेनिनलाई धनी बनाएको थियो?

निकोले सेभचेन्को निकोले सेभचेन्को
असार २, २०७८
- इतिहास, यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    रुसी क्रान्ति, १९१७ का नेता भ्लादिमिर लेनिनको आफ्नो कमाई भन्दा बढी खर्च हुने गर्थ्यो। तर उनी एउटा सादगी जीवन पनि पालना गर्ने गर्थे। रुसी क्रान्तिभन्दा अघि उनलाई नयाँ राज्यको प्रमुख बनाइएको थियो, त्यतिबेला उनी आफ्नो आम्दानीका लागि ‘सानोतिनो’ नोकरी, प्रकाशन र आफ्नी आमासँग समेत निर्भर थिए। यद्यपि रुसी क्रान्तिपछि सबै परिवर्तन भयो।

    एक सादगी नेताको आरामदायी बसाई 

    रुसी क्रान्तिका तत्कालिन भावी नेता कहिल्यै पनि धनी थिएनन्। उनले आफूलाई देशकै राजनीतिक भर्‍याङको शिर्षस्थानमा पाउँदा समेत सादगी जीवन नै अपनाएका थिए।

    सन् १९१७ मा आफ्नी श्रीमती र बहिनीसँग मस्को पुग्दै गर्दा उनी रेड स्क्वायरको ठिक अगाडि रहेको प्रसिद्ध होटल, होटल नेसनलमा बसेका थिए। त्यस होटलमा समान्यतः उच्च श्रेणीका विदेशी पाहुनाहरू र राजनीतिज्ञहरूलाई सेवा दिने गरिन्थ्यो। तर सन् १९१७ को त्यो अशान्त समयमा यसको स्थिति सामान्य अवस्थाको भन्दा कम शानदार थियो।

    “गोलीका छर्राहरूले धेरै झ्यालका सिसाहरू फुटेका छन्।” पत्रकार एवं रुसी क्रान्तिका लेखक जोन रिडले होटल नेसनलको बारेमा व्याख्या गर्दै भनेका छन्।

    जे होस्, क्रेमलिन अपार्टमेन्ट तयार हुँदै गर्दा, त्यस अवधिभर लेनिन र उनका परिवारले बस्नका लागि उपयुक्त ठाउँ पाएका थिए। केही महिनापछि नवनिर्मित अपार्टमेन्टमा उनी आफ्नी श्रीमती र बहिनीसँग सरे।

    लेनिनको नयाँ अपार्टमेन्टमा उनका लागि पर्याप्त थियो। त्यहाँ बैठक र रिसिप्सन कोठाका साथै टेलिफोन अपरेटरद्वारा सञ्चालित एउटा स्वीचबोर्डपनि थियो। त्यस अपार्टमेन्टमा एकप्रकारको विलासी वाथरुम थियो, त्यसमा शौचालयसहित एउटा सावरको नली समेत थियो।

    सन् १९१८ मा लेनिन र उनका परिवारलाई प्रयोग गर्नका लागि त्यहाँ एउटा लिफ्ट पनि राखिएको थियो। उनी अपार्टमेन्टको तेस्रो तल्लामा बस्थे।

    राज्यबाट भुक्तानी

    नयाँ अपार्टमेन्ट निःसन्देह आरामदायी थियो। तर उनको बसाई रुसका पूर्व शासकहरूको जीवनशैली जस्तो भव्य भने थिएन। लेनिन बसेको अपार्टमेन्टको आन्तरिक सजावट त्यति भव्य थिएन र महङ्गा सामग्रीहरूको कमी थियो।

    एउटा किस्सा छ, एकपटक उनले आफ्नो टेबल मूनिको भूइँ ढाक्नका लागि आग्रह गरेका थिए, जसबाट उनका खुट्टाहरू न्याना राख्न सकुन्। जब एउटा भालुको छाला राख्नका लागि लेनिनको जानकारी बिना नै एउटा पूरानो कपडालाई त्यहाँबाट हटाइयो, लेनिन रिसाए र त्यो नयाँ प्रकारको सामग्री फिर्ता लगेर पुरानै राख्नका लागि आग्रह गरे।

    “हाम्रो जस्तो बर्बाद भइसकेको र अर्ध गरीब देशमा यो प्रकारको विलासी सुविधा अस्वीकार्य छ।” रुसी क्रान्तिका नेता लेनिनलाई उदृत गर्दै भनिएको छ।उनी एक सादगी नेता देखिनुका बावजुद राज्यको सम्पत्तिबाट भुक्तानी गरिएका विभिन्न सुविधा लिन भने हिच्किचाएनन्।

    रुसी क्रान्तिका ती नेताका लागि विदेशी चिकित्सा विशेषज्ञहरूको ध्यानको जरुरत थियो, जसको मूल्य राज्यको दशौँ हजार अमेरिकी डलर पर्न जान्थ्यो। साथै राज्यले लेनिनका दुई ठूला घरहरू– डाचाहरूलाई पनि प्रायोजन गरेको थियो।

    ती घरहरूको सुरक्षा तथा सञ्चार सेवा, मर्मत र फर्निसिङको सेवाको खर्चका लागि पर्याप्त लगानीको आवश्यकता थियो। लेनिनको मासिक तलब ५०० गोल्डेन रुबल्स् बाट यी सबै खर्च धान्न सकिँदैन थियो। यसकारण राज्यको बजेटबाट पैसा उपलब्ध गराइन्थ्यो।

    विलासी कारको ग्यारेज

    लेनिनका विशेष कमजोरीहरूमध्ये एउटा थियो– विलासी कारहरूको ग्यारेज, जसले राज्यबाट अत्याधिक खर्च गरिएको थियो।

    लेनिन कहिलेकाहीँ रिनल्ट ४० सी.भी., टुरक्याट मेरी १६५ एफ.एम लिमो र डिलौनी बेलभिल ४५ गाडीहरू चढ्ने गर्थे। रोल्स–रोयस सिल्भर घोस्ट मोडलमा आधारित विश्वको एकमात्र स्वचालित स्लेजको त कुरै नगरौँ।

    उनी आफैंलाई एक किसिमले लिप्त बनाउँदै यस प्रकारको आलिसान ग्यारेजको मर्मतका लागि आवश्यक पर्ने धनका बारेमा सचेत थिए। सन् १९२२ को मे महिनामा उनले एउटा पत्र लेख्दै कारको मर्मत खर्च धेरै महङ्गो भएको विषयमा सोधेका छन्।

    तर उनलाई यसरी जवाफ दिइएको थियो “ग्यारेजमा ६ वटा कार छन् र १२ जना मात्रै मानिसहरू छन्, तलब पूरानै छ, कारहरूको राम्रो ख्याल गरिएको छ, कार बिना कारण प्रयोग गरिएको छैन।”

    सन् १९२४ मा भ्लादिमिर लेनिनको मृत्यु भएपछि उनको शवलाई लेनिस्स्किी गोर्कीबाट रोल्स – रोयस सिल्भर घोस्ट स्लेजमा राखेर मस्को लगिएको थियो। मस्को नजिकै रहेको लेनिस्स्किी गोर्कीमा उनको सम्पत्ति थियो। पछि त्यस सम्पत्तिलाई लेनिनका भाई दिमिद्रीले आफ्नो विरासतमा लिए। जसलाई उनले सन् १९४९ सम्म आफ्नो साथमा राखे।

    रसिया वियोन्डबाट मेनुका बस्नेतको अनुवाद।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      निकोले सेभचेन्को

      निकोले सेभचेन्को

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.