Friday, May 20, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » १९१७ को क्रान्तिले भ्लादिमिर लेनिनलाई धनी बनाएको थियो?

१९१७ को क्रान्तिले भ्लादिमिर लेनिनलाई धनी बनाएको थियो?

निकोले सेभचेन्को by निकोले सेभचेन्को
June 16, 2021
- इतिहास, यो हप्ता
A A
1.2k
VIEWS
Share on FacebookShare on Twitter

रुसी क्रान्ति, १९१७ का नेता भ्लादिमिर लेनिनको आफ्नो कमाई भन्दा बढी खर्च हुने गर्थ्यो। तर उनी एउटा सादगी जीवन पनि पालना गर्ने गर्थे। रुसी क्रान्तिभन्दा अघि उनलाई नयाँ राज्यको प्रमुख बनाइएको थियो, त्यतिबेला उनी आफ्नो आम्दानीका लागि ‘सानोतिनो’ नोकरी, प्रकाशन र आफ्नी आमासँग समेत निर्भर थिए। यद्यपि रुसी क्रान्तिपछि सबै परिवर्तन भयो।

एक सादगी नेताको आरामदायी बसाई 

रुसी क्रान्तिका तत्कालिन भावी नेता कहिल्यै पनि धनी थिएनन्। उनले आफूलाई देशकै राजनीतिक भर्‍याङको शिर्षस्थानमा पाउँदा समेत सादगी जीवन नै अपनाएका थिए।

सन् १९१७ मा आफ्नी श्रीमती र बहिनीसँग मस्को पुग्दै गर्दा उनी रेड स्क्वायरको ठिक अगाडि रहेको प्रसिद्ध होटल, होटल नेसनलमा बसेका थिए। त्यस होटलमा समान्यतः उच्च श्रेणीका विदेशी पाहुनाहरू र राजनीतिज्ञहरूलाई सेवा दिने गरिन्थ्यो। तर सन् १९१७ को त्यो अशान्त समयमा यसको स्थिति सामान्य अवस्थाको भन्दा कम शानदार थियो।

“गोलीका छर्राहरूले धेरै झ्यालका सिसाहरू फुटेका छन्।” पत्रकार एवं रुसी क्रान्तिका लेखक जोन रिडले होटल नेसनलको बारेमा व्याख्या गर्दै भनेका छन्।

RelatedPosts

Auto Draft

जन असन्तुष्टिलाई सम्बोधन गर्ने शक्ति जन्मियो भने अर्को अर्परिवर्तन आउन सक्छ

May 17, 2022

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

May 12, 2022
श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

May 10, 2022

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

May 6, 2022

जे होस्, क्रेमलिन अपार्टमेन्ट तयार हुँदै गर्दा, त्यस अवधिभर लेनिन र उनका परिवारले बस्नका लागि उपयुक्त ठाउँ पाएका थिए। केही महिनापछि नवनिर्मित अपार्टमेन्टमा उनी आफ्नी श्रीमती र बहिनीसँग सरे।

लेनिनको नयाँ अपार्टमेन्टमा उनका लागि पर्याप्त थियो। त्यहाँ बैठक र रिसिप्सन कोठाका साथै टेलिफोन अपरेटरद्वारा सञ्चालित एउटा स्वीचबोर्डपनि थियो। त्यस अपार्टमेन्टमा एकप्रकारको विलासी वाथरुम थियो, त्यसमा शौचालयसहित एउटा सावरको नली समेत थियो।

सन् १९१८ मा लेनिन र उनका परिवारलाई प्रयोग गर्नका लागि त्यहाँ एउटा लिफ्ट पनि राखिएको थियो। उनी अपार्टमेन्टको तेस्रो तल्लामा बस्थे।

राज्यबाट भुक्तानी

नयाँ अपार्टमेन्ट निःसन्देह आरामदायी थियो। तर उनको बसाई रुसका पूर्व शासकहरूको जीवनशैली जस्तो भव्य भने थिएन। लेनिन बसेको अपार्टमेन्टको आन्तरिक सजावट त्यति भव्य थिएन र महङ्गा सामग्रीहरूको कमी थियो।

एउटा किस्सा छ, एकपटक उनले आफ्नो टेबल मूनिको भूइँ ढाक्नका लागि आग्रह गरेका थिए, जसबाट उनका खुट्टाहरू न्याना राख्न सकुन्। जब एउटा भालुको छाला राख्नका लागि लेनिनको जानकारी बिना नै एउटा पूरानो कपडालाई त्यहाँबाट हटाइयो, लेनिन रिसाए र त्यो नयाँ प्रकारको सामग्री फिर्ता लगेर पुरानै राख्नका लागि आग्रह गरे।

“हाम्रो जस्तो बर्बाद भइसकेको र अर्ध गरीब देशमा यो प्रकारको विलासी सुविधा अस्वीकार्य छ।” रुसी क्रान्तिका नेता लेनिनलाई उदृत गर्दै भनिएको छ।उनी एक सादगी नेता देखिनुका बावजुद राज्यको सम्पत्तिबाट भुक्तानी गरिएका विभिन्न सुविधा लिन भने हिच्किचाएनन्।

रुसी क्रान्तिका ती नेताका लागि विदेशी चिकित्सा विशेषज्ञहरूको ध्यानको जरुरत थियो, जसको मूल्य राज्यको दशौँ हजार अमेरिकी डलर पर्न जान्थ्यो। साथै राज्यले लेनिनका दुई ठूला घरहरू– डाचाहरूलाई पनि प्रायोजन गरेको थियो।

ती घरहरूको सुरक्षा तथा सञ्चार सेवा, मर्मत र फर्निसिङको सेवाको खर्चका लागि पर्याप्त लगानीको आवश्यकता थियो। लेनिनको मासिक तलब ५०० गोल्डेन रुबल्स् बाट यी सबै खर्च धान्न सकिँदैन थियो। यसकारण राज्यको बजेटबाट पैसा उपलब्ध गराइन्थ्यो।

विलासी कारको ग्यारेज

लेनिनका विशेष कमजोरीहरूमध्ये एउटा थियो– विलासी कारहरूको ग्यारेज, जसले राज्यबाट अत्याधिक खर्च गरिएको थियो।

लेनिन कहिलेकाहीँ रिनल्ट ४० सी.भी., टुरक्याट मेरी १६५ एफ.एम लिमो र डिलौनी बेलभिल ४५ गाडीहरू चढ्ने गर्थे। रोल्स–रोयस सिल्भर घोस्ट मोडलमा आधारित विश्वको एकमात्र स्वचालित स्लेजको त कुरै नगरौँ।

उनी आफैंलाई एक किसिमले लिप्त बनाउँदै यस प्रकारको आलिसान ग्यारेजको मर्मतका लागि आवश्यक पर्ने धनका बारेमा सचेत थिए। सन् १९२२ को मे महिनामा उनले एउटा पत्र लेख्दै कारको मर्मत खर्च धेरै महङ्गो भएको विषयमा सोधेका छन्।

तर उनलाई यसरी जवाफ दिइएको थियो “ग्यारेजमा ६ वटा कार छन् र १२ जना मात्रै मानिसहरू छन्, तलब पूरानै छ, कारहरूको राम्रो ख्याल गरिएको छ, कार बिना कारण प्रयोग गरिएको छैन।”

सन् १९२४ मा भ्लादिमिर लेनिनको मृत्यु भएपछि उनको शवलाई लेनिस्स्किी गोर्कीबाट रोल्स – रोयस सिल्भर घोस्ट स्लेजमा राखेर मस्को लगिएको थियो। मस्को नजिकै रहेको लेनिस्स्किी गोर्कीमा उनको सम्पत्ति थियो। पछि त्यस सम्पत्तिलाई लेनिनका भाई दिमिद्रीले आफ्नो विरासतमा लिए। जसलाई उनले सन् १९४९ सम्म आफ्नो साथमा राखे।

रसिया वियोन्डबाट मेनुका बस्नेतको अनुवाद।

 

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
निकोले सेभचेन्को

निकोले सेभचेन्को

Related Posts

Auto Draft

जन असन्तुष्टिलाई सम्बोधन गर्ने शक्ति जन्मियो भने अर्को अर्परिवर्तन आउन सक्छ

by nepal_readers
May 17, 2022

-चन्द्रप्रकाश बानियाँ- स्थानीय तहको निर्वाचनको प्रारम्भिक मत परिणामले अहिले नै खासै केही संकेत गर्दैन। अहिलेसम्म देखिएको यो नतिजा परम्परागत ढाँचामै...

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

by सरिता तिवारी
May 12, 2022

हाम्रो राजनीतिमा एउटा वामपन्थ, अर्को दक्षिणपन्थ पक्ष तथा वाम र दक्षिणपन्थीबीचको अर्को पक्ष छ। समाजलाई प्रगतिशील बनाउनका लागि फरक शक्तिहरूबीच...

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

by nepal_readers
May 10, 2022

-कैटलिन हेकनहठ- वातावरणमा निरन्तरको औपनिवेशीकरण र र्हासले सबैभन्दा बढी सिमान्तकृत, गरीब र मजदुर वर्गका समुदायलाई असर पुर्याएको छ। तर, यही...

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

by nepal_readers
May 6, 2022

पछिल्ला दुई दसकमा प्रकाशित विभिन्न कृतिहरूले कार्ल मार्क्सका कृतिमा रहेका पर्यावरणसम्बन्धी कुरालाई सतहमा ल्याएका छन् । मार्क्सले पर्यावरणको प्रश्नलाई कुनै...

पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

by मेनुका बस्नेत
May 3, 2022

सन् १९९० मा न्युयोर्कमा आयोजित एउटा पार्टी सकिएपछि हलिउडका चर्चित निर्माता हार्वे विन्स्टनले अभिनेत्री एनाबेला सिओरालाई उनको घरसम्म ड्रप गरिदिए...

पाँच प्रतिसतभन्दा कमले हतियारको बलमा चलाइरहेको शासन कतिन्जेल टिक्ला र?

पाँच प्रतिसतभन्दा कमले हतियारको बलमा चलाइरहेको शासन कतिन्जेल टिक्ला र?

by nepal_readers
May 1, 2022

-जीवन शर्मा- तपाईँ किसान र मजदुरका गीत गाउँनुहुन्छ। पहिले भन्दा अहिले मजदुरहरूको अवस्था फेरिएको छ त? पहिलेभन्दा अहिले मजदुरको अवस्था...

Leave Comment

Recommended

सम्पूर्ण स्रोतसाधन प्रयाेग गरेर बाह्रबिसे बाढी पिडितहरु लाई व्यवस्थापन गरिरहेका छाै – उपमेयर पाख्रिन

सम्पूर्ण स्रोतसाधन प्रयाेग गरेर बाह्रबिसे बाढी पिडितहरु लाई व्यवस्थापन गरिरहेका छाै – उपमेयर पाख्रिन

2 years ago
कोरोना संक्रमणका कारण पहिलो व्यक्ति भेन्टिलेटरमा

कोरोना संक्रमणका कारण पहिलो व्यक्ति भेन्टिलेटरमा

2 years ago

Connect with us

Popular Post

  • बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    0 shares
    Share 0 Tweet 0
  • पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

    0 shares
    Share 0 Tweet 0
  • भुत्ता कम्युनिष्ट, विज्ञान र भौतिकवाद

    0 shares
    Share 0 Tweet 0
  • अघिल्लो पटक जहाँ महिलाहरूले नेतृत्व गरे, त्यहाँ भ्रष्टाचार र बेरुजु कम भयो

    0 shares
    Share 0 Tweet 0
  • चिन्तनका हिसाबले मार्क्सवाद धेरै अगाडि छ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In