Date
शुक्र, बैशाख २५, २०८३
Fri, May 8, 2026
Friday, May 8, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जसले आफ्नो पूरा जीवन क्वारेन्टिनमा बिताए

एन्ड्रेइ टापालागा एन्ड्रेइ टापालागा
असार १३, २०७८
- यो हप्ता, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मानव दुनियाँले देखेको जुनसुकै महामारीले मानिसलाई क्वारेन्टिन वा आइसोलेनमा बस्न बाध्य बनाएको छ। रोगको फैलावटलाई कम गर्न र भाइरसको खतराबाट आफूलाई सुरक्षित राख्नका लागि मानिसहरू क्वारेन्टिन बस्ने गर्छन्। कोभिड १९ का दौरान हामी सबैले यो प्रयोग कुनै न कुनै तरिकाले गर्‍यौँ। तर कल्पना गर्नुहोस् त, तपाईं कुनै त्यस्तो दुर्लभ कारणले पूरा जीवनभर क्यारेन्टिन बस्नुपर्ने छ र तपाईं त्यसबाट बाहिर निक्लिने बित्तिकै तपाईंको मृत्यु हुने निश्चित छ। सायदै तपाईं यो कुराको कल्पना पनि गर्न सक्नु हुन्न। तर एक अमेरिकी बालकले आफ्नो पूरै जीवन एउटा प्लास्टिकको थैलोभित्र बिताए।

    बबल ब्वाय
    एउटा दुर्लभ अवस्थाका कारण जीवनभरि प्लास्टिकको थैलोमा बस्न बाध्य बालक हुन्, डेभिड भिटर। उनलाई ‘बबल ब्वाय’ भनेर समेत चिनिन्थ्यो। उनी सिभर कम्बाइन्ड इम्युनोडेफिसिएन्सी(एससिआइडी) बाट ग्रसित थिए। यो एउटा यस्तो दुर्लभ अवस्था हो, यो अवस्थामा पुगेको मानिसमा प्रतिरक्षा प्रणाली हुँदैन।

    डेभिडको शरीरले साधारण फ्लुको पनि सामना गर्न सक्दैन थियो। त्यसकारण उनको शरीरमा सधैँ उच्च खतरा हुन्थ्यो। खासगरी किटाणु बोकेर उनको वरिपरि आउने मानिसहरूबाट उनलाई खतरा थियो। साधारण मानिसलाई भने प्रतिरक्षा प्रणालीका कारण त्यस्ता किटाणुहरूले कुनै असर गर्दैन।

    सन् १९७१ मा डेभिड जन्मिएसँगै उनमा एससिआइडी पत्ता लागेको थियो। जसका कारण चिकित्सकहरूले उनलाई कुनैपनि प्रकारका किटाणुबाट बच्न एउटा इन्क्युवेटरमा राखे। उनी हुर्किँदै गएपछि उनलाई एउटा प्लास्टिकको क्युवभित्र सारियो। त्यस क्युवमा रहेका केही पोर्टस्हरूबाट उनका आमाबुवा तथा परिवारका सदस्यहरू उनीसँग खेल्न, उनका कपडाहरू फेरिदिन र खुवाउन सक्थे।

    डेभिड हुर्कने क्रममा आमाबुवाले उनलाई आफ्नो अवस्थाको बारेमा बुझाउने प्रयास गरिरहन्थे। डेभिड धेरै समझ र साहसका साथ एक फरक परिवेशका बीच आफूलाई खुशी राख्न थाले। उनी घरभित्रका गतिविधिहरूमा भाग लिन्थे। उनी विभिन्न विदाका उत्सवहरूमा पनि सामेल हुन्थे र आफ्ना दाजुभाई तथा दिदीबहिनीहरूसँग खेल्ने पनि गर्थे। यसकारण उनको जीवन अझै सहज बन्दै गयो।

    डेभिडका अभिभावक उनका लागि कुनै पनि प्रकारको उपचारको खोजीमा सक्रिय रुपले लागेका थिए। कम्तिमा उनले तत्कालको भन्दा सामान्य जीवन ज्युँन सकुन वा उनले कम्तिमा एउटा राम्रो बालापनको महशुस गर्न सकुन् भन्ने उनका अभिभावकको चाहना थियो। अर्को शब्दमा भन्नुपर्दा उनका अभिभावक त्यस्तो आविश्कारको खोजीमा थिए, जसले उनलाई घरबाहिर जान पनि सहज होस्।

    त्यसैबीचमा नासाले डेभिडलाई एउटा सहयोग गर्‍यो। तपाईंले देख्नुभएको होला, अन्तरिक्षयात्रीहरू एउटा विशेष प्रकारको सुट लगाउँछन्, जसले उनीहरूलाई अन्तरिक्षमा सुक्ष्म उल्कापिण्ड जस्ता खतराहरू र अक्सिजनको कमीबाट बचाउने गर्छ। नासाले डेभिडका लागि पनि एक प्रकारको एस्ट्रोनट्स् सुट बनायो। यो सुट लगाएर डेभिड मुख्य जोखिम बिना नै घरबाट बाहिर जान सक्थे। यसरी एस्ट्रोनट्स् सुट लगाएर डेभिड घर बाहिर निस्किएपछि सञ्चारमाध्यममार्फत उनी विश्वभर चर्चित बन्न पुगे।

    सम्भावित उपचार
    दुई वर्षपछि, डेभिडले नासाबाट एउटा विशेष प्रकारको ‘बबल’ प्राप्त गरे जसबाट उनी कुनैपनि प्रकारको खतराबाट अलग्गै रहनुका साथै उनलाई चलायमान हुनका लागि सहज हुन थाल्यो। सोही समय उच्च चर्चाका कारण विश्वका कतिपय चिकित्सकहरूले उनको अवस्थाका बारेमा जानकारी लिने रुची राखे।

    बोन म्यारोको प्रत्यारोपणले उनको अवस्थालाई ठिक बनाउन सक्ने कुराको निर्धारण गर्न विश्व स्वास्थ्य संगठनका चिकित्सकहरूको एउटा ठूलो समूहको भेला भयो। बोन म्यारोको प्रत्यारोपणबाट डेभिडको शरीरमा एन्टीबडी निर्माण हुने र त्यसले उनमा प्रतिरक्षा प्रणाली दिन सक्ने चिकित्सकहरूको ठहर थियो।

    डेभिडले सन् १९८४ मा बोन म्यारो प्राप्त गरे। यद्धपि यो प्रक्रियाको चार महिनापछि उनको लिम्फोमाका कारण निधन भयो। लिम्फोमा एक प्रकारको क्यान्सर हो, जसलाई सहायक बोन म्यारो दिइनु अघि नै एपस्टीन बार नामक भाइरसद्वारा डेभिडको शरीरमा राखिएको थियो।

    डेभिड आफ्नो जीवन भरी नै क्वारेन्टिनमा बसे। उनी घरभित्र मात्रै होइन, आफ्नो १३ वर्षे जीवनको अवधिभर एउटा प्लास्टिकको थैलाभित्र बसे। मलाई लाग्छ, यो कथाले तपाईंमा अहिलेको समयको अप्ठ्यारो परिस्थितिहरूलाई हेर्ने दृष्टिकोण बदल्न सक्छ। र, विश्व स्वास्थ्य संगठन र आफ्ना देशका सरकारले सुरक्षित रहनका लागि गरेका निषेधहरूको सम्मान गर्न पनि यो कथाबाट हामी प्रेरित हुन सक्छौँ।

    –हिस्ट्री अफ यस्टर्डडेबाट मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      एन्ड्रेइ टापालागा

      एन्ड्रेइ टापालागा

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.