Friday, May 20, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » जसले आफ्नो पूरा जीवन क्वारेन्टिनमा बिताए

जसले आफ्नो पूरा जीवन क्वारेन्टिनमा बिताए

एन्ड्रेइ टापालागा by एन्ड्रेइ टापालागा
June 28, 2021
- यो हप्ता, स्वास्थ्य /शिक्षा
A A
1.4k
VIEWS
Share on FacebookShare on Twitter

मानव दुनियाँले देखेको जुनसुकै महामारीले मानिसलाई क्वारेन्टिन वा आइसोलेनमा बस्न बाध्य बनाएको छ। रोगको फैलावटलाई कम गर्न र भाइरसको खतराबाट आफूलाई सुरक्षित राख्नका लागि मानिसहरू क्वारेन्टिन बस्ने गर्छन्। कोभिड १९ का दौरान हामी सबैले यो प्रयोग कुनै न कुनै तरिकाले गर्‍यौँ। तर कल्पना गर्नुहोस् त, तपाईं कुनै त्यस्तो दुर्लभ कारणले पूरा जीवनभर क्यारेन्टिन बस्नुपर्ने छ र तपाईं त्यसबाट बाहिर निक्लिने बित्तिकै तपाईंको मृत्यु हुने निश्चित छ। सायदै तपाईं यो कुराको कल्पना पनि गर्न सक्नु हुन्न। तर एक अमेरिकी बालकले आफ्नो पूरै जीवन एउटा प्लास्टिकको थैलोभित्र बिताए।

बबल ब्वाय
एउटा दुर्लभ अवस्थाका कारण जीवनभरि प्लास्टिकको थैलोमा बस्न बाध्य बालक हुन्, डेभिड भिटर। उनलाई ‘बबल ब्वाय’ भनेर समेत चिनिन्थ्यो। उनी सिभर कम्बाइन्ड इम्युनोडेफिसिएन्सी(एससिआइडी) बाट ग्रसित थिए। यो एउटा यस्तो दुर्लभ अवस्था हो, यो अवस्थामा पुगेको मानिसमा प्रतिरक्षा प्रणाली हुँदैन।

डेभिडको शरीरले साधारण फ्लुको पनि सामना गर्न सक्दैन थियो। त्यसकारण उनको शरीरमा सधैँ उच्च खतरा हुन्थ्यो। खासगरी किटाणु बोकेर उनको वरिपरि आउने मानिसहरूबाट उनलाई खतरा थियो। साधारण मानिसलाई भने प्रतिरक्षा प्रणालीका कारण त्यस्ता किटाणुहरूले कुनै असर गर्दैन।

सन् १९७१ मा डेभिड जन्मिएसँगै उनमा एससिआइडी पत्ता लागेको थियो। जसका कारण चिकित्सकहरूले उनलाई कुनैपनि प्रकारका किटाणुबाट बच्न एउटा इन्क्युवेटरमा राखे। उनी हुर्किँदै गएपछि उनलाई एउटा प्लास्टिकको क्युवभित्र सारियो। त्यस क्युवमा रहेका केही पोर्टस्हरूबाट उनका आमाबुवा तथा परिवारका सदस्यहरू उनीसँग खेल्न, उनका कपडाहरू फेरिदिन र खुवाउन सक्थे।

डेभिड हुर्कने क्रममा आमाबुवाले उनलाई आफ्नो अवस्थाको बारेमा बुझाउने प्रयास गरिरहन्थे। डेभिड धेरै समझ र साहसका साथ एक फरक परिवेशका बीच आफूलाई खुशी राख्न थाले। उनी घरभित्रका गतिविधिहरूमा भाग लिन्थे। उनी विभिन्न विदाका उत्सवहरूमा पनि सामेल हुन्थे र आफ्ना दाजुभाई तथा दिदीबहिनीहरूसँग खेल्ने पनि गर्थे। यसकारण उनको जीवन अझै सहज बन्दै गयो।

RelatedPosts

Auto Draft

जन असन्तुष्टिलाई सम्बोधन गर्ने शक्ति जन्मियो भने अर्को अर्परिवर्तन आउन सक्छ

May 17, 2022

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

May 12, 2022
श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

May 10, 2022

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

May 6, 2022

डेभिडका अभिभावक उनका लागि कुनै पनि प्रकारको उपचारको खोजीमा सक्रिय रुपले लागेका थिए। कम्तिमा उनले तत्कालको भन्दा सामान्य जीवन ज्युँन सकुन वा उनले कम्तिमा एउटा राम्रो बालापनको महशुस गर्न सकुन् भन्ने उनका अभिभावकको चाहना थियो। अर्को शब्दमा भन्नुपर्दा उनका अभिभावक त्यस्तो आविश्कारको खोजीमा थिए, जसले उनलाई घरबाहिर जान पनि सहज होस्।

त्यसैबीचमा नासाले डेभिडलाई एउटा सहयोग गर्‍यो। तपाईंले देख्नुभएको होला, अन्तरिक्षयात्रीहरू एउटा विशेष प्रकारको सुट लगाउँछन्, जसले उनीहरूलाई अन्तरिक्षमा सुक्ष्म उल्कापिण्ड जस्ता खतराहरू र अक्सिजनको कमीबाट बचाउने गर्छ। नासाले डेभिडका लागि पनि एक प्रकारको एस्ट्रोनट्स् सुट बनायो। यो सुट लगाएर डेभिड मुख्य जोखिम बिना नै घरबाट बाहिर जान सक्थे। यसरी एस्ट्रोनट्स् सुट लगाएर डेभिड घर बाहिर निस्किएपछि सञ्चारमाध्यममार्फत उनी विश्वभर चर्चित बन्न पुगे।

सम्भावित उपचार
दुई वर्षपछि, डेभिडले नासाबाट एउटा विशेष प्रकारको ‘बबल’ प्राप्त गरे जसबाट उनी कुनैपनि प्रकारको खतराबाट अलग्गै रहनुका साथै उनलाई चलायमान हुनका लागि सहज हुन थाल्यो। सोही समय उच्च चर्चाका कारण विश्वका कतिपय चिकित्सकहरूले उनको अवस्थाका बारेमा जानकारी लिने रुची राखे।

बोन म्यारोको प्रत्यारोपणले उनको अवस्थालाई ठिक बनाउन सक्ने कुराको निर्धारण गर्न विश्व स्वास्थ्य संगठनका चिकित्सकहरूको एउटा ठूलो समूहको भेला भयो। बोन म्यारोको प्रत्यारोपणबाट डेभिडको शरीरमा एन्टीबडी निर्माण हुने र त्यसले उनमा प्रतिरक्षा प्रणाली दिन सक्ने चिकित्सकहरूको ठहर थियो।

डेभिडले सन् १९८४ मा बोन म्यारो प्राप्त गरे। यद्धपि यो प्रक्रियाको चार महिनापछि उनको लिम्फोमाका कारण निधन भयो। लिम्फोमा एक प्रकारको क्यान्सर हो, जसलाई सहायक बोन म्यारो दिइनु अघि नै एपस्टीन बार नामक भाइरसद्वारा डेभिडको शरीरमा राखिएको थियो।

डेभिड आफ्नो जीवन भरी नै क्वारेन्टिनमा बसे। उनी घरभित्र मात्रै होइन, आफ्नो १३ वर्षे जीवनको अवधिभर एउटा प्लास्टिकको थैलाभित्र बसे। मलाई लाग्छ, यो कथाले तपाईंमा अहिलेको समयको अप्ठ्यारो परिस्थितिहरूलाई हेर्ने दृष्टिकोण बदल्न सक्छ। र, विश्व स्वास्थ्य संगठन र आफ्ना देशका सरकारले सुरक्षित रहनका लागि गरेका निषेधहरूको सम्मान गर्न पनि यो कथाबाट हामी प्रेरित हुन सक्छौँ।

–हिस्ट्री अफ यस्टर्डडेबाट मेनुका बस्नेतको अनुवाद।

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
एन्ड्रेइ टापालागा

एन्ड्रेइ टापालागा

Related Posts

Auto Draft

जन असन्तुष्टिलाई सम्बोधन गर्ने शक्ति जन्मियो भने अर्को अर्परिवर्तन आउन सक्छ

by nepal_readers
May 17, 2022

-चन्द्रप्रकाश बानियाँ- स्थानीय तहको निर्वाचनको प्रारम्भिक मत परिणामले अहिले नै खासै केही संकेत गर्दैन। अहिलेसम्म देखिएको यो नतिजा परम्परागत ढाँचामै...

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

by सरिता तिवारी
May 12, 2022

हाम्रो राजनीतिमा एउटा वामपन्थ, अर्को दक्षिणपन्थ पक्ष तथा वाम र दक्षिणपन्थीबीचको अर्को पक्ष छ। समाजलाई प्रगतिशील बनाउनका लागि फरक शक्तिहरूबीच...

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

by nepal_readers
May 10, 2022

-कैटलिन हेकनहठ- वातावरणमा निरन्तरको औपनिवेशीकरण र र्हासले सबैभन्दा बढी सिमान्तकृत, गरीब र मजदुर वर्गका समुदायलाई असर पुर्याएको छ। तर, यही...

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

by nepal_readers
May 6, 2022

पछिल्ला दुई दसकमा प्रकाशित विभिन्न कृतिहरूले कार्ल मार्क्सका कृतिमा रहेका पर्यावरणसम्बन्धी कुरालाई सतहमा ल्याएका छन् । मार्क्सले पर्यावरणको प्रश्नलाई कुनै...

पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

by मेनुका बस्नेत
May 3, 2022

सन् १९९० मा न्युयोर्कमा आयोजित एउटा पार्टी सकिएपछि हलिउडका चर्चित निर्माता हार्वे विन्स्टनले अभिनेत्री एनाबेला सिओरालाई उनको घरसम्म ड्रप गरिदिए...

पाँच प्रतिसतभन्दा कमले हतियारको बलमा चलाइरहेको शासन कतिन्जेल टिक्ला र?

पाँच प्रतिसतभन्दा कमले हतियारको बलमा चलाइरहेको शासन कतिन्जेल टिक्ला र?

by nepal_readers
May 1, 2022

-जीवन शर्मा- तपाईँ किसान र मजदुरका गीत गाउँनुहुन्छ। पहिले भन्दा अहिले मजदुरहरूको अवस्था फेरिएको छ त? पहिलेभन्दा अहिले मजदुरको अवस्था...

Leave Comment

Recommended

टर्कीले रुसबाट क्षेप्यास्त्र प्रतिरोधी प्रणाली किन्ने, नेटो गठबन्धन असन्तुष्ट

टर्कीले रुसबाट क्षेप्यास्त्र प्रतिरोधी प्रणाली किन्ने, नेटो गठबन्धन असन्तुष्ट

5 years ago
राष्ट्रघाती को हो? टुँडिखेलमा झुण्ड्याइयोस् – राजेन्द्र महतो

राष्ट्रघाती को हो? टुँडिखेलमा झुण्ड्याइयोस् – राजेन्द्र महतो

2 years ago

Connect with us

Popular Post

  • बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    0 shares
    Share 0 Tweet 0
  • पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

    0 shares
    Share 0 Tweet 0
  • भुत्ता कम्युनिष्ट, विज्ञान र भौतिकवाद

    0 shares
    Share 0 Tweet 0
  • अघिल्लो पटक जहाँ महिलाहरूले नेतृत्व गरे, त्यहाँ भ्रष्टाचार र बेरुजु कम भयो

    0 shares
    Share 0 Tweet 0
  • चिन्तनका हिसाबले मार्क्सवाद धेरै अगाडि छ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In