Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026
Thursday, June 25, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पाइलट विजय, रूपाले तपाईँलाई फ्याट्ट जातभातको कुरा सम्झाइदिनुभयो?

यसलाई अझ प्रष्ट्याउँ, विगत ४ हजार वर्षदेखि दक्षिण एसियाको बँगैचामा अनेकौँ खालका रूखहरू रोपिएका छन् तर ‘सुद्र या अछुत’ नामको रूखमा चाहिँ बिरलै पानी र मल हालिएको छ। तर पाइलट लामा भन्दैछन्, ‘यी रूखहरूमध्ये कुनै ठूला र साना भए, कसैले फल दिए या कसैले दिएनन् भन्ने विषयमा किन फजुल बहस चलाएको? हामी किन यस्तो विषयमा अल्झेको?’

झंकेश्वर दास झंकेश्वर दास
असार २४, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाल वायुसेवा निगमका विमान चालक तथा चलचित्र कलाकार विजय लामाको एउटा सानो भिडियो अन्र्तवार्ताको क्लिप सामाजिक संजालमा फैलिरहेको छ। र, उनले दिएको त्यस भिडियो वक्तव्यलाई कतिले संजालमा प्रशंसा पनि गरेका छन्। सामाजिक सेवामा संलग्न र लामाको ‘आइकनिक अभिवादन- जय चन्द्रसुर्य’कै कारण पनि धेरै मान्छेका माझ चिनिएका लामाले जातभातका बारेमा भिडियोमा यसो भनेका छन्:

    ‘आज जातभातको कुरामा किन अल्झिरहेको? हामी त भन्दैनौँ नि कसैलाई पनि नराम्रो। मलाई किन सम्झाउनुहुन्छ जात के हो भनेर, नसम्झाउनुस् न। सबै जात एउटै जात हो, नेपाली जात हो। हामी माया गरौँ न, आफैँले आफैँलाई किन सानो जात भन्ने? आफैँले आफैँले किन ठूलो जात मान्ने? ठूलो जात भन्ने पनि खराब, आफूले आफूलाई सानो जात भन्ने पनि खराब हो। किनकि यस्तो कुरा निकालेर मनमुटाव ल्याएर देशलाई ध्वस्त पार्ने कुराबाहेक के हुन्छ?’

    गहिरो सोचमा नडुबी, नेपाली समाजको जातीय जटिलता नबुझी लामाको तर्क सुन्दा उनको वक्तव्य सान्दार लाग्छ। वास्तवमै जातपातविरोधी र गम्भीर ‘राष्ट्रवादी’लाग्छ। जातभात नमान्ने र सबै नेपालीलाई एउटै ठान्ने कति राम्रो सोच लामाको! तर उनले भनेका यी शब्द र यसभित्र लुकेका कुराहरूलाई गम्भीर रूपमा केलाउँदा भने नेपाली समाजभित्रको जात व्यवस्था नामको महारोगबारे पाइलट लामाको अज्ञानता प्रष्टिन्छ। जात व्यवस्था ‘केबल थरको कुरोमात्रै हो’ भन्ने भ्रममा परिन्छ।

    यहाँ पाइलट लामालाई उल्लेख गर्न खोज्नुको कारण के हो भने औसत पढालिखा नेपालीले जातिवादको समस्यालाई जसरी बुझ्छन्, लामाले पनि उसैगरी बुझेका छन्। आफूले नबुझेको विषयमा सबैको प्यारो हुन र चर्चित बन्नकै लागि आम मान्छेहरू पनि लामाले झैँ ‘न्यानो तर हावा–क्रान्तिकारी टिप्पणी’ गर्छन्। लामा त एक पाइलट र औषत कलाकार मात्रै हुन्, नेपालका ‘परिपक्व र क्रान्तिकारी’ नेताहरू पनि समाजको जातीय चरित्रलाई बुझ्न नसक्दा बेलाबेला यस्तै हल्का र हचुवा टिप्पणी गर्ने गर्छन्। र, उनीहरूभित्र रहेको जातिविभेद कहिले केशब बडालका रूपमा प्रकट हुन्छ त कहिले दिपक ज्ञवालीका रूपमा।

    विजयवाणीलाई पहिले सर्सती केलाउँ। उनले भनेको पहिलो वाक्य छ: हामी जातभातको कुरामा किन अल्झिरहेको? मानौँ, समाजमा सबै कुरा ठीकठाक छ। मानौ, हाम्रो समाजमा कसैले कसैलाई जातको आधारमा विभेद गरेको छैन। र, जातकै आधारमा कोही पनि सम्मानित/अपमानित तथा धनी र गरीब नभएको अवस्थामा लामाले माथि भनेको कुरा ठीकै हुन्थ्यो। तर दक्षिण एसियाली समाजमा कमसेकम ४ हजारदेखि ३ हजार वर्षयता मान्छेलाई हिन्दू सनातनी धर्म(यसलाई पहिले व्राह्मण धर्म पनि भन्ने गरिन्थ्यो)ले गरेको वर्गीकरण र विभेदले निश्चित समुदायका मान्छेहरूको आर्थिक र सामाजिक अवस्था जर्जर छ।

    यसलाई अझ प्रष्ट्याउँ, विगत ४ हजार वर्षदेखि दक्षिण एसियाको बँगैचामा अनेकौँ खालका रूखहरू रोपिएका छन् तर ‘सुद्र या अछुत’ नामको रूखमा चाहिँ बिरलै पानी र मल हालिएको छ। तर पाइलट लामा भन्दैछन्, ‘यी रूखहरूमध्ये कुनै ठूला र साना भए, कसैले फल दिए या कसैले दिएनन् भन्ने विषयमा किन फजुल बहस चलाएको? हामी किन यस्तो विषयमा अल्झेको?’

    लामाजी, अघाएको मान्छेले भोको र दरिद्रको पीडा बुझ्न सक्दैन। हजारौँ वर्षदेखि दलन र उत्पीडनमा परेकाहरूले ‘अहिले पनि किन हामीमाथि विभेद गर्छौ हामीलाई? हामीलाई मान्छे बनेर बाँच्न देउ’ भनेर आवाज उठाएका हुन्। ‘हिजो बाउबाजे/आमा हजुरआमामाथि राज्य र तथाकथित ठूलो जातिद्वारा थिचोमिचो गरिएकाले अहिले पनि हामी उत्पीडित र गरीब हुन बाध्य छौँ, हामीलाई मद्धत चाहियो’ भनेका हुन्।

    जसरी अमेरिकन प्रहरीले आफ्नो घाँटी थिचिरहँदा अश्वेत अमेरिकन जर्ज फ्ल्योडले ‘मैले श्वास फेर्न सकिनँ’ भनेर चिच्याइरहेका थिए, त्यसैगरी नेपालमा दलितहरूले ‘हामी पनि अन्य मान्छेझैँ बाँच्न पाउँ’ भनेर आवाज उठाइरहेका हुन्। कसैबाट कुटिएकाले ‘म कुटिएँ’ भन्नु, बिरामी भएकाले ‘म बिरामी भएँ’ भन्नु, अप्ठ्यारोमा परेकाले ‘मलाई अप्ठ्यारो पर्यो’ भन्नु ‘अल्झनु’ होइन लामाजी, बाँच्न खोज्नु हो। मान्छे हुनुको चरित्र हो। खोलामा डुबिरहेकाले पाखामा रहेकाहरूलाई ‘मलाई बचाउ’ भन्दै गुहार माग्नु मानवीय स्वभाव हो। बाँच्ने उम्मिद हो। खोलामा डुबेकाहरूले गुहार माग्दा तिनको उद्धार गर्ने र भविष्यमा उनीहरू नडुबुन् भनेर तिनलाई पौडन सिकाउनुचाहिँ जिउँदा मान्छेहरूको कर्तव्य हो।

    लामा थप्छन्, ‘हामी त भन्दैनौँ नि कसैलाई पनि नराम्रो। मलाई किन सम्झाउनुहुन्छ जात के हो भनेर, नसम्झाउनुस् न। सबै जात एउटै जात हो, नेपाली जात हो। हामी माया गरौँ न, आफैँले आफैँलाई किन सानो जात भन्ने? आफैँले आफैँले किन ठूलो जात मान्ने? ठूलो जात भन्ने पनि खराब, आफूले आफूलाई सानो जात भन्ने पनि खराब हो।’

    सम्भवतः उनले यहाँ ‘नराम्रो’ भनेर उल्लेख गरेको विषय ‘दलित’ शब्द हो। र, उनी आफूले कसैलाई ‘दलित’ या अछुत नभनेकोमा दंग छन्। स्पष्ट हुनुपर्ने कुरा के छ भने दलित शब्द आफैँमा कुनै खराब र नराम्रो शब्द होइन। जसरी गरीब शब्द नराम्रो होइन। समाजमा गरिबी रहेसम्म मान्छेलाई गरिब भन्न छाडिन्न। र, समाजमा दलन रहेसम्म दलित शब्द रहनेछ। र, अझै अर्को उल्लेख्य कुरा छ कि दलित शब्द आफैँमा गर्बिलो शब्द हो किनकि दलनविरुद्धको दक्षिण एसियाली आन्दोलनको नाम हो ‘दलित’। दलित आन्दोलन स्वभिमानको लामो आन्दोलन हो।

    र, लामाले भने पनि, नभने पनि समाजमा छुत र अछुतको समस्या छ। दलनकै आधारमा हजारौं वर्षदेखि सिर्जित आर्थिक अवस्था विद्यमान छ। र, समाजमा अहिले विद्यमान दलन कसैले ‘भनेको’ कारण भएको होइन। समाजमा जातकै आधारमा विभेद रहेका कारण मान्छेहरूले सोबारे ‘भनेका’ हुन्। र, हजारौँ वर्षदेखि ‘अछुत’ पहिचान दिने शासक र दिइएका पूर्खाहरूकै कारण आज पनि दलितका सन्ततीहरू पीडित छन्। र, शब्दमा नभन्दैमा समाजबाट दलनको समस्या हट्ने होइन। हजारौँ वर्षदेखिको दलनका कारण उनीहरू गरिब भएका हुन्, ‘ठाउँ’मा नपुगेका हुन्। र, जबसम्म उनीहरू अन्य तथाकथित उच्च जातिकै स्तरमा सामाजिक, प्रशासनिक र आर्थिक अवस्थामा पुग्दैनन्, उनीहरूले हामीलाई गार्हो भयो भनेर भनि नै रहनेछन्।

    र, ‘हामी सबै नेपाली एउटै हौँ’ भनेर रट्दैमा या गीत गाउँदैमा समाजमा समता आउने होइन। दलित र उत्पीडितहरूले आफ्नो पहिचान सार्वजनिक गरेका कारण उनीहरू ‘अन्य’बाट हेपिएका पनि होइनन्। अरुले हेपेको हेप्यै गरेपछि उनीहरूले ‘हामीमाथि अत्याचार भयो’ भनेर कराएका हुन्। पछिल्लो पटक रुपा सुनारले सोही विषय उठाएकी हुन्। अघिल्लो वर्ष रुकुममा तथाकथित ठूलो जातको परिवारको छोरी माग्न जाँदा नवराज विकसहित ६ जनाको हत्याभएपछि सो अत्याचारको विरुद्ध उठेको आवाज त्यही हो।

    लामाजी, जर्ज फ्लोयडले आफूलाई अश्वेत भनेर प्रहरीमाझ परिचय दिएपछि अमेरिकन श्वेत प्रहरीहरूले उनको घाँटी थिचेका होइनन्। सैयौँ वर्षदेखि त्यहाँ विद्यमान जातीय/रंगभेदी विभेदको चिन्तनबाट ग्रस्त सेता प्रहरीले फ्ल्योडको घाँटी थिचेका हुन्। गोरा बहुल मुलुकमा काला र गैरश्वेतहरूलाई गर्ने विभेदी सोचका कारण फ्लोयड मारिएका हुन्। ‘कालाहरू प्राय सबै हत्यारा, चोर र ठगहरू नै हुन्छन्, त्यसकारण तिनीहरूलाई जस्तो व्यवहार गर्दा पनि हुन्छ’ भन्ने चिन्तनले प्रायः फ्ल्योड र फ्लयोडहरू मारिने गरेका छन्। र, त्यहाँका श्वेतहरू अहिले पनि भन्दैछन्, हामीलाई रङ्गका आधारमा विभेद नगर। कालो भएकै आधारमा विभेद नगर। र, फ्ल्योड एउटा प्रतिनिधि पात्र मात्र हुन्।

    छालाको ओरियन्टेसनकै आधारमा विभेद भयो भनेर किन अमेरिकाका अश्वेतहरू चिच्याइरहेछन्? मध्यपूर्व, पाकिस्तान र बंगालदेशका लिबरलहरू त्यहाँको धार्मिक सत्ताले बोल्न दिएन भनेर बेलाबेला सामाजिक संजालमा किन चिच्याउँछन्? भारतमा त्यहाँका अल्पशंख्यक र दलितहरू किन त्यहाँको सत्ता र समाजले गरेको विभेदबारे प्रश्न उठाउँछन्? पूर्वोत्तर भारतका मंगोलियनहरूलाई ‘चिंकु’ भनेर किन त्यहाँका आर्यन् र द्रविडहरूले अपमानित गरिएकोबारे किन प्रश्न उठाउँछन्?  संसारभर यो या त्यो नाममा किन सर्वत्र विभेद छ?

    रूपा सुनारको केस अघि आएपछि उच्चजातीय, सम्भ्रान्त र मध्यम वर्गका पढालिखा मान्छेहरूले पनि तपाईँको जस्तै तर्क गर्न थालेका छन्। उनीहरूको मत छ, ‘समाज धेरै अघि बढिसकेको थियो, यो युगमा पनि जातको कुरा गरेर मान्छेहरूलाई किन फेरि जातीय विभेद सम्झाइदिएको?’ उहाँहरूको तर्क सुन्दा यस्तो लाग्छ, ‘नेपालमा सिद्धिइसकेको जातिवाद रुपा सुनार र नवराज विकहरूका केसपछि बौरिएको हो।’ उनीहरूको कुरा सुन्दा यस्तो पनि लाग्छ, ‘दन्किरहेको आगोलाई बाहिर देखाउनुहुँदैन। त्यसलाई लुकाउनुपर्छ। यसो गरेपछि आगोको असर रहँदैन। आगोले क्षति पुर्याउँदैन। रन्किरहेको पिलोलाई लुगा या ब्यान्डेजले छोप्नुपर्छ।’ तर समस्या त्यसरी त समाधान हुन्न!

    ‘जातका कुरा गर्नुहुँदैन’ भन्ने लामाजी र लामाजीजस्ता सहज र सम्भ्रान्त जीवन बाँचिरहेकाहरूले अब भने बुझ्नुपर्छ, हजारौँ वर्षदेखि थिचिरहेकाहरूले अहिले ‘म थिचाईँमा परेँ, पेलानमा परेँ’ भनेर अहिले चिच्याइरहेका हुन्। लामाजीहरूले समाजमा दलन देख्नुभएनछ, मान्छेहरूले दलित, छुवाछुत, छुत अछुतजस्ता शब्दहरू प्रयोग गरेको मात्रै सुन्नुभएछ। तर धरातलीय यथार्थ यही हो कि हाम्रोमा हजारौँ वर्षदेखि दलन थियो र आज पनि छ। र, त्यसलाई कम गर्नुपर्छ। त्यसलाई न्युनिकरण गरेर समाज रूपान्णतरमा अघि बढ्नुपर्छ भनेर अचेल आवाज उठ्न थालेको हो। के तपाईँ यो दलनको जड बुझ्न तयार हुनुहुन्छ? दलनविरुद्ध उठेको स्वभिमानको आन्दोलनमा संलग्न हुन तयार हुनुहुन्छ?

    आदिवासी समुदायमा जन्मेर पनि लामाजीले सम्भ्रान्त परिवारको शुख र समृद्धि प्राप्त गरेका छन्। अपवादको जिन्दगी जिएका कारण पनि उनले समाजको विज्ञान नबुझ्नु भएको हुनसक्छ। तर दलनजस्ताे महारोगबारे टिप्पणी गर्नुबारे उनले समाज विज्ञानका केही पुस्तकहरू अवश्य पढ्नुपर्थ्यो।र, लामाजीले दलिहरूले आत्मसम्मान र समताको आवाज उठाउँदा त्यसलाई ‘मनमुटाव ल्याएर देशलाई ध्वस्त पार्ने कुरा’ भन्नुभएछ। लामाजी, कुनै जात वा परिवारमै जन्मेका कारण मान्छेले विभेद र अत्याचारमात्रै भोग्छ भने उस/उनलाई यो देश र परदेशमा के फरक? सम्मानपूर्वक जीवन जीउन नपाएकालाई देश हुनु के, नहुनु के?

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      झंकेश्वर दास

      झंकेश्वर दास

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.