Date
शुक्र, भदौ १९, २०८३
Fri, September 4, 2026
Friday, September 4, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘परदेशीका श्रीमतीलाई आफ्नै गाउँका छोरी, बुहारी सम्झेर व्यवहार गर्न जरुरी छ’

सहयोगीबाट सहयोगीबाट
साउन २, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पुरुषहरू कमाउन विदेश हिँडेपछि महिलामाथि घरको कामको बोझ अरू थपिएको छ । बालबच्चाको रेखदेख, घाँस दाउरा, मेलापात, खेतीपाती र सामाजिक, सांस्कृतिक व्यवहारका काम गर्ने महिलाको सङ्ख्या दिनदिनै बढ्दै छ, तर परदेशीका श्रीमतीले थामेको कामको कदर गर्नुको साटो समाजले चाहिँ महिलाको चरित्रमाथि औँला उठाउँछ । सुकिलो लुगा लगाउँदा, मिठो खादा अनि घरबाट बाहिर निस्कँदा पनि समाजले लगाउने अनेक लाञ्छनाको सिकार भएका छन् महिलाहरू । वैदेशिक रोजगारीमा गएका घरका महिलाले भोगिरहेका सामाजिक लाञ्छना र अवहेलनाको विविध पाटोमा समाजशास्त्र डा. मीना पौडेलसँग गरिएको कुराकानी ।

    पुरुष वैदेशिक रोजगारीमा गएका घर महिलालाई समाजले हेर्ने दृष्टिकोण र गरिने व्यवहार कस्तो छ ?

    यसमा धेरै वटा पक्ष छन् । भर्खरै बिहे गरेर श्रीमान् परदेश गएका छन् भने एक त महिलाका लागि श्रीमानको घर नयाँ, ठाउँ नयाँ र परिवेश पनि फरक हुन्छ ।

    बिहे गरेको केही समय भयो र बालबच्चा पनि छन् भने पनि श्रीमान् परदेश गएपछि घर व्यवहार सम्हाल्दै अघि बढ्ने महिलाहरू आफूलाई एक्लो महसुस गर्छन् । श्रीमान् नहुँदा सहारा छैन, म एक्लै छु, मलाई केही भयो भने साथ दिने मानिस छैन जस्ता कुराहरूले महिलाहरूलाई मानसिक तनाव भइरहेको हुन्छ ।

    त्यसमाथि समाजले पनि महिलालाई त्यस्तै व्यवहार गर्छ । जस्तै फलानोको श्रीमान् बाहिर गएको छ, यसलाई जे भन्दा पनि हुन्छ, जे बोल्दा पनि हुन्छ यसको बोलिदिने मानिस छैन, भनेर हेप्ने गरिन्छ । अनि विभिन्न सांस्कृतिक र सामाजिक कार्यक्रमहरूमा जस्तै बन उपभोक्ता समितिहरुमा, सहकारीका बैठकहरूमा नबोलाउने, यसको श्रीमान् छैन, त्यो घरबाट अनुपस्थित भनिदिने, श्रीमतीलाई मान्यता नदिने जस्ता व्यवहार पनि भएको पाइन्छ । यसले महिलाहरूलाई थप तनाव दिने र एक्लिने देखिन्छ ।

    अर्को सबभन्दा ठुलो समस्या भनेको सामाजिक हिंसा भएको छ । यो भन्नाले एक्लै छ, यही हो मौका भनेर पैसा पनि श्रीमानले पठाएको छ भनेर लैङ्गिक दृष्टिकोणदेखि, यौन हिंसा, यौन शोषणदेखि लिएर भएको पैसा लुट्ने, ललाई फकाई गर्ने, डर धम्की दिने र कसरी हुन्छ चुस्ने प्रवृत्ति पनि देखिएको छ । यस्तो व्यवहार विवाह पछि संयुक्त परिवारमा नबसी एकल रूपमा बालबच्चा सम्हालेर बसिरहेका महिलामाथि धेरै भएको देखिन्छ ।

    उनीहरूले नयाँ फरिया लगाउँदा पनि, चुरा पोते लगाउँदा पनि अनेक खालका कुरा काट्ने गरिन्छ । श्रीमान् घरमा नहुँदा महिलालाई दोहोरो जिम्मेवारी हुन्छ ।

    घरभित्र र बाहिरी व्यवहार पनि धान्नुपर्छ । तर समाजले चाहिँ हेर हेर उसको श्रीमान् बाहिर छ, यहाँ मस्ती गरेकी, फलानो सँग हिँडेकी भनेर विभिन्न लाञ्छना लगाउने कुरा काट्नेहरू बढी हुन्छन् ।

    तर यसरी घर चलाएर बसेका महिलाहरूलाई बाध्यता के हुन्छ भने बिजुलीको बिल पनि तिर्नै परेको छ, खेताला खोज्न पनि जानै परेका छ, अनि बच्चाको स्कुलको फिस तिर्न पनि जानै परेको छ । सहकारीको बैठक, गाविस, नगरपालिकादेखि वडासम्म पनि पुग्नै परेको हुन्छ ।

    सामान्यतया यी काम घरमा पुरुषहरू हुँदा उनीहरूले गर्छन् । तर उनीहरु छैनन् भनेपछि त महिला आफैँले गर्न पर्ने दोहोरो जिम्मेवारी छ । तर यसरी सबै बोझ उठाएर अघि बढिरहेका महिलालाई सामाजिक सांस्कृतिक दृष्टिकोणले बाठी भएर आइ भन्ने, अनि श्रीमान् छैन मोज मस्ती गरेर हिँडेको छ भन्ने र हेयको दृष्टिले हेर्ने, कुरा काट्ने, खिसिटिउरी गर्ने प्रवृत्ति हाम्रो समाजमा छ ।

    श्रीमान् कमाउन गएपछि घर व्यवहार, बालबच्चा सबै सम्हालेर श्रीमानलाई कमाउन सघाउने महिलाको योगदानको कदर गर्नुको साटो हाम्रो समाजमा किन उनीहरूलाई नकारात्मक व्यवहार गरिन्छ रु उनीहरूलाई गर्नु पर्ने सही व्यवहार कस्तो हो?

    परदेशीकी श्रीमती पनि त्यही गाउँको छोरी, चेली, बुहारी र महिला हो । यसमा विशेष व्यवहार गर्नुपर्छ भन्ने छैन । हिजो श्रीमान् घरैमा छँदा जस्तो व्यवहार गरिन्थ्यो त्यस्तै व्यवहार गर्दा हुन्छ । तर यहाँ त श्रीमानको अनुपस्थितिमा विभिन्न नकारात्मक टीकाटिप्पणी गर्ने नकारात्मक प्रवृत्ति छ ।

    यो हाम्रो समाजमा महिलाहरूलाई हेर्न एउटा ऐना मात्र हो यो । श्रीमान् घरमै छ भने श्रीमान् उसको सुरक्षा कवच भइदिन्छ । श्रीमान् छ त्यस कारण उ सुरक्षित छ भन्ने तरिकाले समाजले हेर्छ । तर श्रीमान् नभइसकेपछि यसको बोल्दिने कोही छैन, सहारा छैन भनेर हेप्न थाल्ने एक खालको हेपाहा प्रवृत्ति छ ।

    वैदेशिक रोजगारीमा जाने हुन् या गाउँ छाडेर काठमाण्डौमा रोजगारी गर्ने आउने हुन्, रोजगारीका लागि घर परिवार छाडेर एक ठाउँबाट अर्को ठाउँमा जाने यो आप्रवासनकाे एउटा प्रक्रिया हो । तर मूल रूपमा महिलालाई समाजमा यो मान्छे हो, उसको अस्तित्व छ, उसको स्वाभिमान छ भनेर स्वीकार्दैन ।

    पुरुषसँग गाँसिएको अस्तित्व र पुरुषसँग जोडिएको पहिचान भएको हुँदा यस्तो भएको हो । महिलाको एकल पहिचानलाई अस्वीकृत गरिएको हो । अस्वीकृति गरेपछि जस्तो व्यवहार गरे पनि भयो । हेला गरे पनि भयो, जस्तो व्यवहार गरे पनि भयो । सिङ्गो समाजमा महिलाको आफ्नो पहिचानलाई नस्विकारेको सङ्केत हो यो ।

    परदेशीका श्रीमतीलाई यस्तो व्यवहार गर्ने को हुन्छन् बढी ?
    सबैभन्दा बढी नजिकका छर छिमेकीहरूले यस्तो व्यवहार गरेको पाइन्छ । छरछिमेक प्रभावले र दबाबले अनि आफ्नो परिवारले पनि यस्तो व्यवहार गर्न थाल्छ ।

    विभिन्न अध्ययन र मेरो आफ्नो अध्ययन अनुसार पनि परिवारका सदस्य, जेठाजु, जेठानी वा नजिकका आफन्तले पनि सबैभन्दा पहिला हेला गर्न सुरु गरेका छैनन् । समाजले तेरो मानिस यस्तो भनेर कुरा काट्न थालेपछि परिवार भित्र पनि त्यो किचलो सुरु हुन्छ ।

    त्यस कारण सबैभन्दा पहिला त सुरुवात गर्ने चाहिँ सबैभन्दा नजिकको छिमेकी हो । त्यसपछि वल्लो टोल पल्लो टोल हुँदा हुँदै माइतीतिर पनि पुग्छ । त्यो यति छिटो फैलन्छ कि नकारात्मक व्यवहारको सङ्क्रमण यति छिटो फैलन्छ कि सारा समाजले उसलाई नकारात्मक हिसाबले हेर्ने थाल्छ ।

    आजकाल हाम्रो समाजमा धेरैको घरको चुलो रेमिट्यान्सबाट बल्छ । तर तिनै रेमिट्यान्स पठाउनेका घरका महिलालाई गाउँ समाजमा यस्तो व्यवहार हुँदा यसको असर महिला स्वयम् र समाजमा कस्तो पर्छ?
    यसले विभिन्न खालका असर पर्छ । सबभन्दा ठुलो असर त व्यक्ति स्वयंमा पर्छ । उसको मानसिक तनाव, नैराश्यता, दिक्दारी र हैरानी उसमा देखिन्छ ।

    शान्तिपूर्ण तरिकाले बस्न नपाउने, सुत्न सक्दिन म राती, दिनभरि त म काममा व्यस्त हुन्छु, बिर्सन खोज्छु तर राती चाहिँ श्रीमान् नहुँदा गाउँ समाजले गरेको अवहेलनाले मलाई छटपटी हुन्छ भन्नुहुन्छ कतिपय महिलाहरू ।

    स्वास्थ्य सँगसँगै अर्को भनेको श्रीमानसँग गर्नु पर्ने व्यवहार पनि फरक भएको पाइन्छ । धेरै त हैन तर केही केशमा यस्तो पाइएको छ । आफू एक्लै भएको दिक्दारी हैरानी अनि कहिलेकाहीँ रिस उठ्ने र श्रीमानसँग फोनमा कुरा हुँदा पनि यो कुरा व्यक्त हुँदो रहेछ ।

    म एक्लै छु । यहाँ एक्लै यहाँ घर व्यवहार चलाउदा मलाई कति दुःख भएको छ तिमीले देखेको छैन भनेर फोनमा पनि भन्ने रहेछन् । त्यो गुनासो कहिलेकाहीँ रिसको रूपमा व्यक्त हुँदा श्रीमान् श्रीमती बिचमा पनि अशान्ति हुने, हैरानी हुने र श्रीमतीले आफ्नो हैरानी श्रीमानलाई सार्ने हुँदा श्रीमानलाई पनि तनाव हुन्छ ।

    अर्को भनेको चाहिँ शङ्का उपशङ्का सृजना हुने हुन्छ । ए म नभएको बेलामा त्यहाँ यस्तो गरेको भन्ने कुराहरू आउँछ । फलानोसँग बोलिस्, हिँडिस् भनेर श्रीमानले पनि भन्न थाल्छन् । स्कुलमा गएर केही विषयमा छलफल गरेको हो गफ गर्न गइस् भन्ने, ए फलानोसँग बोल्दा राम्रोसँग बोल्ने मसँग चाहिँ रिसाउने भनेर श्रीमानले पनि शङ्का गर्ने हुन्छ । कतिपय घटना त यस्ता पनि छन् कि यो घाउ बढ्दै बढ्दै गएर यति गहिरो हुन्छ कि सम्बन्ध विच्छेदसम्म पनि पुगेको पाइएको छ ।

    अर्को भनेको त्यसको असर बच्चामा पनि पर्ने । बच्चाहरूसँग पनि चिढिने र श्रीमान् श्रीमतीबीच भएको संवादको असर बच्चाहरूमा पर्ने अर्को समस्या छ । यसको असरको बाछिटा नातेदारमा पनि पर्छ ।

    त्यसले गर्दा बाहिरबाट हेर्दा केही देखिन्न तर भित्र भित्रै सम्बन्ध परिवर्तन हुने, धेरैजसो नकारात्मक परिवर्तन हुने र सम्बन्धहरू बिग्रने अनि हैरान भएपछि महिलाहरू घरबाट निस्केर डेरामा बस्नु पर्ने, सहयोगी माइती छन् भने माइत गएर बस्ने र यसले गर्दा झन् सम्बन्ध बिग्रने, सम्बन्ध विच्छेदका कुराहरू र कतिपयले आत्महत्याको प्रयास भएको पनि पाइन्छ ।

    कोही हुँदैन श्रीमानले पनि मेरो कुरा सुन्दैन, आफन्तले पनि बुझ्दैनन्, खिसिटिउरी गर्छन् अनि त्यसले गर्दा म कहाँ जानु भनेर एकदमै आफूले आफूलाई कमजोर ठानेको पनि पाइन्छ । डिप्रेशनमा जाने, औषधी खानु पर्ने स्थिति पनि छ । दुई तीन वर्षपछि श्रीमान् फर्कँदा श्रीमान् श्रीमतीबीचको सम्बन्ध सहज नभइदिने समस्या देखिएको छ सामाजिक कारणले गर्दा सम्बन्ध र स्वास्थ्य दुवैमा असर गरेको छ । यसले कतिपयको त जिन्दगी नै वर्वाद भएको पनि छ ।

    सम्बन्ध विच्छेद गरेकाहरू त आफ्नो आफ्नो बाटो लागेका छन् तर यी सबै कुराहरूलाई दबाएर सहेर बस्नेहरूको सम्बन्ध नसुध्रिएको हैन सुध्रिएको छ । तर धेरै समय, धेरै लगानी गर्नु परेको अवस्था चाहिँ छ । मायालु वातावरण बनाउन र सम्बन्ध सुमधुर बनाउन धेरै समय खर्चनु परेको अवस्था छ ।

    परदेशीका श्रीमतीमाथि भइरहेका यस्ता व्यवहारमा परिवर्तन ल्याउन कसले के गर्न सक्छन् ?
    सबभन्दा पहिला त जो प्रभावित छ, जसलाई असर गरेको छ उसले नै सुरुवात गर्ने हो । तर हामीले भनेजस्तो सहज छैन । परामर्श लिने, सहजकर्ताकोमा जाने त्यो पनि चलाएको पनि देखिन्छ । तर सहज छैन । यसमा धेरै ठुला कुरादेखि मसिना कुरा पनि गर्नुपर्ने हुन्छ । ठुला कुरा भनेको समाजले आप्रवासनमा गएका पुरुष र उनीहरूका घरका महिलालाई हेर्ने दृष्टिकोण फेरिन जरुरी छ । तर यो एकदमै ठुलो कुरा हो ।

    यो आजको भोलि हुँदैन । सानो कुरा भनेको दुई जनाबीच निरन्तर कुरा गर्ने जो आप्रवासनमा गएको छ र जो घरमा हुनुहुन्छ उहाँहरूले विश्वासको वातावरणलाई टुट्न नदिने गर्न सक्नुहुन्छ ।

    समाज यस्तै हो, यो समाज यस्तै हुँदा पनि मैले गल्ती गरेका छैन र हाम्रो सम्बन्धलाई टुट्न दिनुहुँदैन भनेर लाग्नुपर्छ। परिवारको ठुलो भूमिका रहन्छ यसमा । महिला त नयाँ हुन्छ, आफ्नो घर परिवार छाडेर त्यो घरमा आएको हुन्छ । त्यस कारण उसलाई सहज वातावरण बनाउनको लागि पुरुषले नै भूमिका खोल्नुपर्छ ।

    यसको चुरो कुरो भनेको निरन्तर संवाद र विश्वासलाई टुट्न नदिने हो । अरू परामर्श गर्ने लगायतका कुरा भनेको ती मलम पट्टीहरू दीर्घकालीन हुँदैनन् । मुख्य रूपमा आफूहरूबीचको विश्वासलाई टुट्न दिनुहुँदैन । कतिपयले धेरै प्रयास गरेका पनि छन् । बाहिर जति कुरा काटे पनि श्रीमानको कान जति फुके पनि खिसिटिउरी गरे पनि उनीहरूले हामी दुई जना बिचको कुराकानी नै सत्य हो भनेर आफ्नो सम्बन्ध र घर व्यवहारलाई अझ मजबुत बनाएका छन् ।

    एउटा समाजमा बसेपछि एकले अर्काको आदर र सम्मान गर्न पर्छ र सकैलाई पनि अभद्र व्यवहार गर्न पाइँदैन । तर यो वातावरण छैन हाम्रो समाजमा । कानुनमा यसो गर्न पाइँदैन भनेर छ । संविधानले पनि यस्तो हुनुहुँदैन, अस्तित्व स्वीकार गर्नुपर्छ भन्ने कुराहरू मोटो रूपमा लेखेको छ ।

    तर कानुनले भन्ने कुरा, त्यसमा लेखिएको कुरा र हामी बाँच्ने समाजको बिचमा ठुलो खाडल छ । यस कारणले गर्दा यी कुराहरू कानुनीभन्दा पनि सामाजिक, सांस्कृतिक मूल्य मान्यताका कुराहरू छन् । जसले गर्दा महिलाको अस्तित्व र महिलाको पहिचानलाई सामाजिक सांस्कृतिक रूपमा परिभाषित गर्दैन ।

    म त फेरि पनि भन्छु मुख्य कुरा भनेको आफ्नो आत्मविश्वास डगमगाउन नदिएर एक अर्काबीच निरन्तर अन्तरक्रिया र संवाद गरी विश्वास कायम राख्नुपर्छ ।

    श्रीमान् परदेश जाँदा केही समयका लागि एक्ली भएकी महिला एकातिर र हाम्रो सिङ्गो समाज एकातिर हुन्छ । यो लडाइ ठुलो छ । हाम्रो समाजमा कानुनभन्दा पनि सामाजिक सांस्कृतिक मूल्य मान्यता कडा र बलिया छन् यसलाई तोड्न समय लाग्छ । – उज्यालो अनलाइनबाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.