Date
बिहि, जेष्ठ ७, २०८३
Thu, May 21, 2026
Thursday, May 21, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिडकालमा चिहान खन्ने स्याफुलको कथा

‘मृतकका कतिपय आफन्तहरू चिहान वरपर आफूहरुलाई धेरै शंख्यामा आउन दिनुपर्ने, मृतकलाई अन्तिम पटक श्रद्धा प्रकट गर्न दिइनुपर्ने माग गर्छन् र सोही कुरालाई लिएर वातावरण तनावपूर्ण बन्न जान्छ, भनाभन हुनजान्छ या मान्छेहरू झनै कहालिएर रुने वातावरण बन्छ,’ संवेदनशील मान्छे हुनु र आफ्नो जिम्मेवारी निर्वाह गर्नुको द्वन्द्वमा परेका स्याफुल बताउँछन्।

nepal_readers nepal_readers
भदौ १, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मध्य दिउँसोको चर्को घाममा, खाजा खान जाने समय भएपछि स्याफुलले आफूले खनिरहेको चिहानमा धुलोधालीको अन्तिम रहलपहल फाले। त्यसपछि उनले चिहान खन्दा आफूले लगाएको कपडा फुकाले – पिपिई सूट, मास्क र पन्जा। बाहिरी पम्पमा गएर आफ्नो हात धुनु भन्दा पहिले उनले यी अस्थायी कपडालाई फुकाल्नुपर्दथ्यो।

    त्यसपछि उनी छायाँ परेको भुइँतर्फ बसे। उनका लागि केराको पातमा बेरेर राखिएको सामान्य तरकारी र भात तयार थियो। उनी जतिखेर बिस्तारै र चुपचाप त्यो खाना खाँदै थिए, त्यति नै खेर नजिकैको मस्जिदबाट लाउडस्पीकरको ठूलो आवाजमा वरपर कोभिडका कारण मरेका नयाँ मृतकहरूको नाम बाचन हुँदै थियो।

    इन्डोनेसियाको राजधानी जाकार्तास्थित रोरोटनमा चिहान खन्ने काममा संलग्न व्यक्ति हुन् स्याफुल। कोभिड–१९ को संक्रमणबाट मृत्यु भएकाहरूका लागि मात्रै करिब २२ हेक्टर क्षेत्रफलमा फैलिएको चिहान छुट्याइएको छ। गत बर्षको शुरुवातबाट मात्रै जाकार्ता शहरको वरपर ११ हजार ५०० बढी मानिसहरूको कोभिड–१९ को संक्रमणबाट मृत्यु भइसकेको छ।

     कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको लागि भन्दै बनाइएको यो चिहान सरकारी स्वामित्वको तेस्रो र अन्तिम जग्गाको प्लट हो। यस बर्षको मार्च महिनादेखि अन्य दुई कोभिडका चिहानमा मान्छे गाड्ने ठाउँ अभाव भएपछि, रोरोटनको यो कब्रस्तान(चिहान)मा हालसम्ममात्रै ५ हजार व्यक्तिको शव गाडिएको छ।

    जानकारीबिना नै स्याफुललाई यो कष्टसाध्य नयाँ जागिरमा नियुक्त गरिएको थियो। इन्डोनेसियाको राजधानी भरि र स्याफुलजस्ता १०० भन्दा बढी चिहान खन्ने मानिसहरु आवश्यक पर्दछन् तर इन्डोनेसियाली जीवनमा धेरै दुःख र कहर पैदा गरेको यस महासंकटमा संलग्न अनेकौँ अदृश्य श्रमिकहरु पनि छन्। र, तिनीहरूको लागि दुःख र कहर हरदिनको साथी हो।

    कोभिड श्रृंखलाको अन्त्यमा गर्नुपर्ने काम अर्थात् चिहान खन्ने काम अत्यन्तै कठिन छ। र, धेरै अर्थमा महामारीको अग्रपंक्तिमा रहेर काम गर्ने डाक्टरहरु र नर्सहरूका लागि भन्दा कम खतरनाक छैन। त्यसो हुँदा पनि चिहान खन्नेहरूका बारेमा कमैले चासो व्यक्त गर्छन्।

    चिहान खन्ने यी मानिसहरूले कहिलेकाहीँ सहयोगका रूपमा खानाको डब्बा, मास्क र भिटामिन भएका प्याकेजहरू प्राप्त गर्छन्। संयोग नै भन्नुपर्छ, अहिलेसम्म रोरोटनमा ३५ जना चिहान खन्ने मानिसहरूमध्ये कोही पनि कोभिडबाट संक्रमित भएका छैनन्।

    महामारीको डरलाग्दो स्मरण गराउने विम्व हो रोरोटन। र, यो महामारीबाट देशव्यापी रूपमा ८३ हजार भन्दा बढीको मृत्यु भएको दावी गरिएको छ। र, यो महामारीले यति ठूलो परिमाणको क्षति र आक्रमणसँग जुझ्न तयार नरहेको हाम्रो स्वास्थ्य सेवा प्रणालीलाई हल्लाइदिएको छ।

    पछिल्ला २० बर्षमा भूकम्प, ज्वालामुखी विस्फोट, भूस्खलन र अन्य प्राकृतिक प्रकोपहरुबाट गुज्रिएको एक देशका लागि सम्भवतः महामारीको यति कमजोर व्यवस्थापन आफैँमा विडम्बनापूर्ण हो। हाम्रा केही मात्र सरकारी नेताहरूले आफ्नो जीवनकालमा यस्तो खालको महामारी आउँछ भनेर सोचेका थिए होलान्।

    नयाँ कोभिड केसहरूमा पछिल्लो समयमा भएको बृद्धिको पूर्वानुमान गर्न असफल हुनुमा राष्ट्रपति जोको विडोडोको प्रशासनले पनि केही दोष बहन गर्नैपर्छ। कोभिड महामारी मे महिनाको मध्यमा २६ सय संक्रमितबाट बढेर जुलाईको मध्य (रमादान विदाको पुर्वसन्ध्या) मा ५४ हजार ५०० को शिखरमा पुग्यो।

    जबकि नयाँ संक्रमण रोकिएको देखिएपनि मृत्यु हुनेको संख्या भने रोकिएको छैन। आधिकारिक तथ्याङ्क अनुसार जुलाई २८ मा मात्रै २ हजार उनान्सत्तरी व्यक्तिको मृत्यु भयो। यो अहिले सम्मकै एकैदिनको धेरै संख्या हो। यो तथ्यांकले सरकारले खोप लगाउने कामलाई दोब्बर बनाउनुपर्नेतर्फ संकेत गर्दछ।

    यदि महामारीले दिन खोजको सन्देश नबुझिएको हो र सरकारी अधिकारीहरूले बिशेष तयारी बिना नै हचुवामा काम गरिरहेका छन् भने पनि यो महामारीको व्यवस्थापन स्थानीयहरूको आफ्नै जिम्मेवारी पनि हो। कोभिडलाई आफ्नो जीवनको खतराका रूपमा स्वीकार नगरीकन, उल्टै लापरवाही गर्नु पनि यो अवस्थाको कारक हो।

    हातमुख जोर्नका लागि जस्तासुकै काम गर्नुपर्ने वाध्यताका कारण कम आयका श्रमिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरूले कोभिडबाट बच्नका लागि भनिएका निर्देशन र मापदण्डहरूलाई बुझ्नै सकेनन्। सरकारले सुरक्षा र हेरचाहसम्बन्धी प्याकेजहरु त ल्यायो तर त्यसको वितरण अनियमित र असन्तुष्टिपूर्ण देखियो।

    परीक्षण र ट्रेसिङको कार्यान्वयनमा भएको ढिलासुस्तीका कारण सरकारको स्वास्थ्य सेवा प्रणालीले गर्नुपर्ने जति काम गर्न सकेन। अस्पतालहरू कोठा/बिच्छ्यौना र जीवनदायिनी अक्सिजन आपूर्तिको अवस्था नियन्त्रण बाहिर भयो। अस्पतालमा बेड नपाउनेहरूको देहान्त रोरोटनमा नै हुन थाल्यो ।

    हामीले जतिखेर स्याफुललाई कब्रस्तानमा भेट्यौं, उसले भर्खरै दशौं शव गाडिभ्याएको थियो, तर ८ जुलाईको दिन २ सय ३३ शवको अन्त्येष्टि गरिएको थियो यहाँ। त्यो दिनजस्तो कहालीलाग्दो अवस्था भने आज थिएन। ‘त्यो त एकदमै कहालीलाग्दो अनुभव थियो,’ उनले त्यो दिनको सम्झना गर्दै भने, ‘त्यस दिन मैले बिहान ७: ३० मा काम सुरु गरें र मध्यरातसम्म पनि मेरो काम सकिएको थिएन।’ ९ जुलाईको दिन भने त्यस कब्रस्तानमा २ सय २० शवहरू गाड्नका लागि ल्याइएका थिए।

    ‘कोभिडका कारण मरेका शवहरू बोकेर आएका एम्बुलेन्सहरूको लामो र अन्तहिन लाइन, रोइरहेका तिनका श्रीमती या पति, छोराहरू तथा छोरीहरू र मृतकका आफन्तहरू जो आफ्नो प्रिय मान्छेको अन्तिम बिदाइका लागि भर्खरै उदिनिएको माटोनजिकै उभिरहेका देख्दा मन कहालिन्थ्यो’, साइफुलले भने, ‘यो निकै अवैयक्तिक र सामुहिक अन्त्येष्टिझैँ देखिन्थ्यो र हो पनि।’

    खाडल खन्नका लागि अत्याधुनिक मेसिनहरू ल्याइएको थियो, जबकि यसअघि मृत्युसंस्कारहरूमा यस खालका अभ्यासहरू हामीले देखेकै थिएनौँ। स्वास्थ्य अधिकारीहरूको निर्देशनअनुसार शवहरू पारदर्शी प्लास्टिकहरूले बेरिएका थिए। अनि मृतक रहेका काठका बाकसहरूलाई चिहानमा झारिएका थिए।

    पहिले र अहिलेबीच केही कुराहरूमा फेरबदल आएको छ। अहिले स्याफुल र उनका सहकर्मीहरूले मृतकलाई खाल्डोमा हालिसकेपछि, शोकमा परेका परिवारका सदस्यहरुलाई चिहान नजिकै पुगेर प्रार्थना गर्न र फूलहरु राख्न अनुमति दिइएको छ। जन्म र मृत्युको मितिसहित दिवंगतहरुको नाम लेख्नका लागि उनीहरूलाई एउटा सादा र सानो काठको फलेक दिइन्छ, जसमा बिदाइका कुनै शब्दहरू लेख्नका लागि कुनै ठाउँसमेत हुन्न।

    यो कामको भौतिक पक्षले मात्रै स्याफुललाई अति प्रभावित पारेको होइन। अरु कुरा पनि छन्। जस्तो किः कडाइका साथ लागू गरिएको प्रोटोकलले मृतक परिवारका पाँच पारिवारिक सदस्यहरूलाई मात्रै अन्तिम संस्कारमा भाग लिने अनुमति छ। कहिलेकाहीँ, यही विषय पनि ठूलो समस्या बन्ने गरेको छ।

    ‘मृतकका कतिपय आफन्तहरू चिहान वरपर थुप्रै आफन्त ल्याइनुपर्ने माग गर्छन् र सोही कुरालाई लिएर वातावरण तनावपूर्ण बन्न जान्छ, भनाभन हुनजान्छ या मान्छेहरू झनै कहालिएर रुने वातावरण बन्छ,’ संवेदनशील मान्छे हुनु र आफ्नो जिम्मेवारी निर्वाह गर्नुको द्वन्द्वमा परेका स्याफुल बताउँछन्।

    महामारीले परिवारहरूलाई कसरी प्रभावित पारेको छ र खतराका संकेतहरुलाई चिन्न मान्छेहरू किन असमर्थ छन् भन्नेबारेमा उनले धेरै कुरा सिकेका छन् किनकि स्याफुललाई थाहा छ कि यस पुस्ताका मान्छेहरूले यसअघि कहिल्यै पनि यस्तो खालको महामारीको अनुभव गरेका थिएनन्।

    जस्तो कि, ४७ वर्षीय पुजीले कोभिडकै कारण आफ्नो पति गुमाइन्। सास फेर्न गाह्रो नहुन्जेल र अस्पताल लैजान नपरुन्जेल उनलाई लाग्यो कि उनको लोग्नेलाई सामान्य रूघाखोकी मात्र लागेको हो। एक हप्तापछि लोग्नेको हालत बिग्रियो, त्यहीबेला अस्पतालमा अक्सिजन सकियो र बाहिरबाटै अक्सिजन अर्डर गर्नुपर्‍यो। त्यसो हुँदा अक्सिजन समयमै उपलब्ध भएन र उनलाई बचाउन सकिएन।

    उनका पति पहिलो पटक कहाँ संक्रमित भए होला? पुजीले सोचिन् कि यो पक्कै पनि उसले काम गर्ने कारखानामा भएको हुनुपर्छ।

    अहिले प्रष्टै देखिएको छ कि स्वास्थ्यसम्बन्धी चेतावनी र सावधानीलाई धेरै कारखानाहरूले बेवास्ता गरेका छन्। काठमा लेखिएका उमेर हेर्दा धेरैजसो मृतकहरु ५० बर्ष भन्दा माथिका पाइन्छन्। यद्यपि सबै जना भने होइनन्। स्याफुलले १७ बर्षीय केटाको चिहानतर्फ औंल्याउँदै यस युवकको मामला साह्रै दुखद भएको बताउँछन्।

    मृतक युवककी आमाले उनको छोराको मृत्यु हुनुभन्दा एक दिन अघि मात्रै अन्तिम टेलिफोन सन्देश आदानप्रदान गरेको कुरा स्याफुलसँग बताएका थिइन्। ‘उनी आफ्नो छोरालाई बलियो हुनका लागि प्रोत्साहन गरिरहेकी थिइन् र उनी छोराले सास फेर्न खोज्दा गाह्रो भएको अवस्थाको पीडाको वर्णन गरिरहेकी थिइन्’, स्याफुलले त्यो दुखद क्षण सम्झिए। अन्य अस्पतालहरूमा जस्तै सो घट्ना पनि अक्सिजनको अभावले भएको थियो।

    रोरोटनमा गाडिएका मृतकहरूमध्ये केही अस्पताल जानकै लागि असमर्थ थिए, उनीहरूले घरमा नै अन्तिम दिन बिताए। वाचडग संस्थाको अनुमान अनुसार हालसम्म लगभग २,७०० जनाले नै कोभिडका कारण आइसोलेसनमा ज्यान गुमाएका छन्। र, यो संख्या मृत्युको आधिकारिक संख्याभन्दा फरक छ।

    रोरोटन चिहानभित्र सबै धर्मावलम्वीका मृत नागरिकहरू अटाएका छन्। यहाँस्थित क्रिश्चियन कब्रस्तान मुसलमानहरुका लागि भन्दा छुट्टै छ। घाँस र रूखहरू नभएको ठाउँमा सेता क्रसहरू देखिन्छन्, जुन लगभग एक निर्माणस्थल जस्तै देखिन्छ। मरेकाहरुलाई गाड्नका लागि यहाँ धेरै कागजात बनाउनु पर्दैन।

    अस्पतालबाट एक मृत्यु प्रमाणपत्र वा एक आईडी कार्ड रोरोटनमा निःशुल्क चिहान प्राप्त गर्नको लागि पर्याप्त छ। कम्तिमा अर्को तीन बर्षको लागि यही व्यवस्था कायम कायम हुनेछ। त्यसपछि, जकार्ता नगरपालिकाले कब्रस्तानको रेखदेखको लागि हरेक परिवारहरुलाई ४०,००० रुपैया (३ अमेरिकन डलर) को दरले वार्षिक शुल्क लिनेछ।

    तोकिएको कब्रस्तानबाहिर मृतक आफन्तको शव गाड्न खोज्नेहरुको लागि भने धेरै समस्या छ। यसका लागि केवल उनीहरूलाई मृत्यु प्रमाणपत्रले मात्र पुग्दैन, अनिवार्य रूपमा जिल्ला कार्यालयबाट लिखित अनुमति पनि प्राप्त गर्नुपर्छ। कारण? कोभिडबाट मृत्यु भएकालाई उनीहरुको बस्तिको बीचमा गाडेको भन्दै स्थानीयवासीहरूले प्रतिरोध गर्न सक्छन्। किनभने कोभिडका बारेमा विगत डेढ बर्षमा अनेकौं अन्धविश्वास र भ्रमहरू जन्मिएका छन्।

    (नेपाल रिडर्सका लागि एसिया टाइम्सबाट महेश पाण्डेयको अनुवाद।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.